‘मरे पछि डुमै राजा” भन्ने उखान आज भोलि पढ़े लेखेका समाजमा गनिएकाहरूले सार्वजनिक रुपमा प्रयोग गर्न थालेका छन् ।गत वर्ष संसद कोमल ओलीले कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘इट्स माई सो’ मा मरे पछि डुमै राजा भनिंन भने केही दिन अघि मात्र नेपाल सरकारको सचिव जस्तो उच्चतहमा पुगेका भीम उपाध्ययले सामाजिक संजालमा सोही उखानलाई उदाहरण दिदै आफना बिचार पोखे।सार्वजनिक भएका विचार अभिव्यक्ति हेर्दै सुन्दा बौद्धिक वर्गको मस्तिष्कमा यस्तै प्रश्न दलितहरुलाई होच्याउने शब्दहरु समाजका बुद्धिजीवीहरु ले नै सार्वजनिक रुपमा प्रयोग गर्ने हो भने समाजको बिकासको बाधक समेत रहेको कुनै पनि जात-जाति तथा वर्गलाई लक्षित गरी बनाइएका समाजविरोधी उखान-तुक्काहरु कसले ,कहिले ,कसरी हटाउने भन्ने प्रश्न मात्र हैन त्यसै संग जोडिएर गणतन्त्रात्मक शासन व्यवस्था भएको देशमा पनि जातीय पूर्वाग्रह राखेर उखान टुक्कामा कसैको उछितो काडेर रोमान्चित हुने कस्तो बौद्दिकता ? नेपाली समाजमा बौद्धिक तप्काहरु बाट उठिरहेको जातको/बिभेदको घोचापेचीमा कसको स्वार्थ मिसिएको छ ? भन्ने आउछ ।
सामाजिक संजाल तथा संचार माध्यममार्फत कसैलाई होच्याउने र अपमान गर्ने खालका अभिब्यक्ति दिन नपाइने कानुनमा उल्लेख छ। तर अच्चम यी कुरा कोमल ओली र भीम उपाध्यायले के बुझेका छैनन होला त ? सर्वसाधारणले समेत मिडियामा अभिब्यक्ति दिँदा बिचार पुर्याउनु पर्ने हुनछ भने संसद र सचिव जस्तो व्यक्तिले हेक्का नराखेका होलान त् ? एकातिर कुरा बुझेर बुझ पचाउने संक्रमणभित्र देश रुमलिएको छ भने अर्को तिर हाम्रो बौद्दिक तप्का कहलिएका तप्काहरुको बुद्धि र कुण्ठाको लेभल मिल्छ...न पत्याए हेर्दै जानु होला धेरै उहाहरु जस्ता बौद्धिकहरुको जातीय पूर्वाग्रह सहितको बोलि सामाजिक संजालमा आउदा दिनमा पढ्न देख्न सुन्न पाइनेछ । एकातिर हामी हाम्रो समाज शिक्षित र परिवर्तित हुँदै गएको छ भन्दै गम्कीरहेका छौ भने यथार्त चै शिक्षित,दिक्षित र बौद्दिक बनेकाहरूको मान्यता एवं सोचहरूमा समयको गतिसँगै परिवर्तन आउन नसकेकोमा दुखि हुनु परेको छ । बौद्दिक तप्काका एक थरि मानवको मानष्पटलमा कुसंस्कार, कुरिती,अमानविय, अपचनिय र असम्मानिय आदि सोचको पट्टकै परिवर्तन भएको पाईन्न। उल्टो नराम्रो गरि जरो मोटाउदै गएको पाइन्छ। समय समयमा सामाजिक संजालमा दलितको काम, पेशा र जीवनशैलीमाथि निरन्तर प्रहार गरेर , उनीहरुलाई मानसिक रुपमा सँधै होच्याएर दलित समुदायको हुर्मत लिएर दलित विरोधी भेदभाव, छुवाछुत भावना र रुढिवादिको सोच सामाजिक व्यवहारमा पोखिदै आएको तथ्य र तत्थयांक बाट विभेद तथा छुवाछुतले नेपाली समाजमा कति कति सम्म जरो गाडी बसेको छ भन्ने स्पस्ट हुन्छ ।यी त प्रतिनिधि उदाहरण वा पात्र मात्र हुन् । बर्णाश्रम समाज बहुल मुलुकभित्रका लाखौं दलितहरु आज उखान तुक्काको नाममा रातोदिन चर्को मानसिक पिडा खेपिरहेका छन् ।
त्यसो त् सामान्य मानेर बौद्धिक तप्काहरु जातीय पूर्वाग्रह र खिसि गर्दै बोल्दा के बोले भनेर हेक्का राख्न नभयाउलान तर वहाहरु जस्तो बौद्धिक तपका बाट हामी समाजमा जे जति समुदाय वा वर्ग बस्छौ , हामीले एकअर्काको अस्तित्व लाइ नस्वीकार्दा र आफुले आफैलाई ठूलो जात समुदायको मपाईत्व गर्दा तथा एक अर्काको जीवनलाई ‘सम्मान’ र ‘समान’ नगर्दा मानविय मन् भड्किन्छ, भड्किएको मन् वा जीवन हिंसा /सामाजिक द्वन्द्व प्रति उन्मुख हुन्छ भन्ने हेक्का चै राख्नु होला।सामाजिक द्वन्द्व आएपछि त्यसै जाँदैन । त्यसले ज्ञात अज्ञात सहिदहरू उत्पादन गर्छ । बचेका कति मानिसको जीवनलाई पङ्गू, कबाड, अर्थहीन बनाएर जान्छ ।
अर्को तिर गैरदलित समुदायबाट दलित समुदायमाथि हुने हत्या, अपमान र क्रूर यातनाको प्रतिनिधि घटनाहरूलाई हेर्दा हाम्रो समाजमा जातका आधारमा आफ्ना सन्तानलाई विवाह गर्न नदिने दण्डनीय अपराध गर्ने पाखण्डीहरूको संख्या ठूलो छ भन्ने कुरामा कुनै शंका छैन।केहि बर्ष अघि कथित उपल्लो जातकी ‘पराजुली’ थरकी किशोरीसँग प्रेम गरेकै कारण अजित मिजार मारिएको थिए तर अफवाह फैलाइयो आत्महत्याको।त्यस यता न्यायको पर्खाइमा अजितको लास टिचिङ अस्पताल (त्रिवि शिक्षण अस्पताल, महराजगन्ज) मा राखेको ५ वर्ष हुन लाग्यो। अजित मिजार मात्र हैन अन्तरजातीय प्रेम सम्बन्धका कारण शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा र सविता नेपालीले ज्यान गुमाए । २ दिन अघि मात्र सोही प्रकृतिको २ ओटा घटना सार्वजनिक भए । पहिलो घटना रुपन्देहीको देवदहकी अङ्घिरा पासीले स्थानीय २२ वर्षीय वीरेन्द्र भरसँग प्रेम विवाह गरेकी थिइन् । स्थानीयवासीले संगै फेला पारे पछि गत जेठ ९ गते गाउँमा भएको भेला र छलफल पछि वडाका वडाध्यक्ष अमरबहादुर चौधरी लगायतका समाजसेवीले उनीहरुलाई विवाहको अनुमति दिएका थिए । जनप्रतिनिधिले नै किशोरको जिम्मा लगाएर घर पठाइएका थिए तर घर गएपछि किशोरको आमाले जातिय विभेद गर्दै लाच्छना लगाएपछि,केटाको आमा भौतिक आक्रमणमै उत्रिएपछि उनी शनिवार घर नजिकैको एउटा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परिन। उता जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक सहित उनका साथीहरु टीकाराम सुनार र गणेश बुढालाई गाउँलेहरू मिलेर कुटपिट गरि हत्या गरेको घटना सार्वजनिक भयो । थाहा छैन उमेर पुगेकाहरूको स्वतन्त्र रूपमा विवाह गर्न पाउने संवैधानिक अधिकार हनन गर्न पलकेकाहरू अर्थात् जातका आधारमा विवाह हुन नदिने, आफु विवाह गरेका जोडीलाई छुट्ट्याउन खोज्ने, अन्तरजातीय प्रेम गरेकालाई धम्क्याउने, कुट्ने, प्राण नै हर्नेहरू यी दुई घटना / हत्याको बारेमा के अफवाह फैलाऊँछन ?
त्यसो त् समाज र यसका मान्यताहरू तीव्र गतिमा बदलिरहेका छन् । हिजो जुन कुरा वा घटना असामान्य र असम्भव थिए, आज ती कुरा सामान्य र सम्भव भएका छन् ।जात–थर , धर्म भन्ने कुरा गौण हुन थालेको पनि छन ।तर गैरदलित समुदायसँग प्रेम सम्बन्ध राख्दा मात्र पनि ज्यान गुमाऊनु परेको अजित मिजार, शिवशंकर दास, सेते दमाई, अस्मिता तोलामी सार्की, संगीता परियार, माया तिरुवा र सविता नेपाली हत्या घटनामा दलित समुदायमाथि राज्यको दृष्टिकोण र संवेदनहीनताको प्रमाण सामान्य दलितले मात्र हैंन बौद्धिक कहलीएका र दलितको राजनीति गरेर कपाल फुलाएकाहरूले समेत देखि सके।अन्तरजातीय प्रेम सम्बन्धका कारण ज्यान गुमाएका आफ्ना सन्तानका हत्याराहरूलाई कानुनी कारबाही गरियोस् भनेर रुँदै हिडीरहेको मिझार, दास, दमाई, तोलामी सार्की, परियार, तिरुवा र नेपालीका परिवारले बर्षौ देखि न्याय नपाएको साक्षी बनिरहेको बेला देशको कानुन र न्याय दिने निकायले नवराज विक र अङ्घिरा पासीलाई न्याय देला /दिन सकला ? प्रश्नले एकतमास चिमोटी रहेको छ। दलित समुदाय माथिको आक्रमण तीव्र बन्दै जाँदा देशमा रहेका लाखौं दलितहरुको भविष्य के हुन्छ भन्ने प्रश्न पेचिलो बनेको छ ।जातकै कारण एक पछि अर्कों आफ़ना समुदायका युवायुवती गुमाएका पीडाले न्यायका लागि दलित समुदाय यसरी नै आँसु बगाएर बस्छौ कि हामी जाग्छौ होला !
हाम्रो सामाजिक संरचना यस्तो छ कि दलित गैरदलित नम्वरीहरु संगै हुर्किंदै जाँदा गैरदलितमा म ठुलो जात भन्ने कुण्ठा भरिदै उ भित्र कुण्ठामाथि कुण्ठा थपिँदै / फेरिँदै जान्छ। पछि विभेदकारीमा अवतरित हुन्छ। वर्षौंसम्म कुण्ठाले भरिएको गिदी बोकेर हिँडेको रहेछु भनेर चाल पाएँ त् ठिकै हो नपाए चै जहाँ ठाउँ भेट्यो त्यहि विभेदको बिष बमन गर्ने र आफ्नो कुरूप ब्यबहार देखाई रहन्छ । यसरी नै अझै पनि आफु ठूलो जातको हूँ छुवाछूत , बिभेदको संस्कार मैले निरन्तरता दिनु पर्छ समाजका दलित गरिव उत्पीडितलाई हेलाहोचो गर्नु पर्छ /उखान तुक्का र खिसिमा उनेर आत्मरत्तिमा रमाऊनु पर्छ भनेर बस्ने हो भने त्यसले समस्या निम्त्याउँने निश्चित छ ।
२१औ शताब्दी सम्म आई पुग्दा पनि दलितले सम्मानजनक सामाजिक हैसियत पाउन बाट बन्चित हुनु पर्ने , उखान टुकका र खिसिको उनाईमा ऊनीनु पर्ने , ज्यान गुमाउनु पर्ने के लोकतन्त्र, प्रजातन्त्र अनि गणतन्त्रको सम्मान हुन सक्दैन। त्यसैले हेक्का नराखी बोलिने यी र यस्ता शब्दले जब सिंगो दलित समुदायलाई अपमान गरेको महसूस हुनछ तब संसार भरि छरिएर रहेका र सामाजिक संजालमा पहुँच भएका कथित दलित समुदायहरू कान ठाडो पारेर यी र यस्ता शब्द ,अभिब्यक्ति एव अमानवीय घटनाको बिरोध गरदै बिभेदकारी मानसिकताको सराद्धे गर्न कम्मर कसेर लाग्छ्न/ लागेका छन र लाग्नु पनि पर्छ । किनकि सामान्य विषय हो भनेर बेवास्ता गरि प्रतिकार नगर्ने हो भने यिनको भड़कीएको कुण्ठा र चरित्रले सदियौ देखि समाज, राजनिति अनि राज्य व्यवस्था बाट अपमानित भई रहेको दलित समुदाय एकाईशौ शताब्दिको उन्नत लोकतान्त्रिक व्यवस्थामा पनि अझ बढ़ी 'छि छि र दूरदूर' को अपमानले पिरोलिदै बाच्न बाध्य पर्ने छन ।
अन्त्यमा, समाज , समय र बिचार सबै गतिशील बस्तुहरु हुन अत बिचार र चिन्तनलाई पनि समयसापेक्ष बनाउदै परिस्कृत बनाउदै लैजाऊ ।नेपाली समाजका दलित गरिव उत्पीडितलाई हेर्ने हेयको दृष्टिकोणलाई बदलौ ।हेलाहोचो गर्ने मानसिकता त्यागौ ।अन्यथा एक दिन तपाइको बिभेदकारी मानसिकता र विचारलाई हिजोको गरिवी , अशिक्षा र ज्यु–हजुरी श्रद्धा गर्नेहरु आज सराद्धे गर्न तपाईले टेकेकै धरातलमा आइपुग्ने छन। विभेदविरुद्ध सशक्त रूपमा उत्रने छन र उत्रौ । किनकि जातकै कारण दलित समुदायलाई निषेधको ब्यबहार गर्ने ,होच्च्याउने, धम्काउने, जे बोल्दा /गर्दा पनि हुन्छ भने, हतोत्साही गर्ने र प्राण हर्ने संस्कार अहिले देखिए जसरी हावी हुदै गयो भने दलितहरु कोही पनि सुरक्षित हुने छैनन् । आज समुदायका अङ्घिरा पासी र नवराज विकको हत्या भएको बेला/ उनको परिवारलाइ परेको बेला आफूलाई नछुने भनेर चुप लागेर बस्नु भो भने पछि तपाईलाई परेको बेला बोलिदिने कोही बाँकी रहँदैनन् । त्यसैले, उठौं, जागौं, बोलौं । दलित प्रतिकार समुहको जनमत निर्माण गरौ ..अहिल्यै हो बोल्ने बेला, गर्ने बेला ।
No comments:
Post a Comment