रुकुम नरसंहारको विरोध गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुगे माइतीघर मण्डला

 विभेद बिरुद्द अभियान - काठमाडौ, १८ जेठ  । रुकुम नरसंहारको विरोध गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आफै माइतीघर मण्डला पुगेका छन् ।अन्तरजातिय प्रेम सम्बन्धलाई लिएर भएको रुकुम नरसंहारको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आइतबार माइतीघरमण्डलामा गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागि भएका हुन ।

लकडाउनको वेवास्ता गर्दै रुकुम नरसंहारलाई लिएर अहिले माइतीघरमा दिनदिनै विरोध प्रर्दशन भइरहेको छ । त्यहि क्रममा जसपाका कार्यकर्ताहरुले घटनाको विरोध गर्दै निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै विरोध गरेका छन् ।

जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विकको अन्तरजातिय प्रेमलाई लिएर रुकुम पश्चिमको सोतीमा भएको नरसंहारमा ६ जनाको ज्यान गएको थियो भने एकजना अझै वेपत्ता छन् ।

सोतीमा रहेकी आफ्नी प्रेमिका सुष्मा मल्ललाई साथीहरुसहित लिन जाँदा नवराजमाथि गाउँलेले आक्रमण गर्दा उनिसहित ६ जनाको हत्या भएको थियो । जुन घटनाको संसददेखि देशभर व्यापक विरोध भइरहेको छ ।

No comments:

Post a Comment