दलित शब्दसँग नागरिक समाजले हिजो आज खुलेर प्रतिक्रियाहरु ीदन थालेका छन् कसैले सकारात्मक कसैले नाकारात्मक रुपले टिका टिप्पणी दिन थालेको पाईएको छ ।धेरै नागरिक समाजबाट दलित शब्द हटाउनु पर्छ दलित भनेर आफुलाई किन चिनाउनु हुन्छ भनिन्छ कसैले वास्तवमा समाजमा रहेको जातिया छुवाछत र विभेदको अन्त्य भईसके पछि यो दलित शब्द आफै हटेर जानेछ भन्ने सुझाव आउछ कसैले दलित अधिकारको राजनैतिक मात्र हो गैर सरकारी र अन्तराष्टिय गैर सरकारी संस्थाहरुले मागी खाने भाँडो बनाएका छन् भनेर प्रतित्रिया आएको छ भने धेरै नागरिक समाजबाट वास्तवमा दलित संघ संस्था अन्तराष्टिय गैर सरकारी संघ संस्थाहरुले दलित समुदायको उत्थान र विकास सामाजमा रहेको बिद्यामान छुवाछुतको अन्त्य गर्नको लागि नेतृत्वदायी भुमिका खेलेको छन् संघ संस्थाहरुले गरेको कार्यक्रम प्रशंसनीय र निरन्तरता दिन समेत सुझाव आएको छ ।
पछिल्ला समयमा कान्तिपुरमा प्रकाशित भएको प्रदिप गिरीले दलित सँगको ९ वटा टिप्पनी गरेका थिए वास्तवमा वहाँको लेखमा दलित सँगको सकारात्मक भन्दा नकारात्क कुराहरु बढी आएको थियो भने मोफसलमा विराटनगरका देवी पन्थीले खुलेरै दलित शब्दलाई नकारात्मक टिका टिप्पनी गरे अझ वहाँले दलित शब्दलाई अन्य गैर दलित बर्गका गरिबीसँग तुलना गनुभएको थियो साथै वहाँले दलितसँगको सेवा र सुविधलाई विरोधी शैलीमा अन्तरजातिया विवाह गर्ने जोडीहरुलाई सरकारले प्रदान गर्ने १ लाख दिने जसले घोषणा गरे उनीलाई कारबाही गनेै सम्मको अभिव्याक्ति दिनु भएको थियो त्यसै गरी जिल्ला विकास समिती मोरगका सरोजकुमार गौतमले दलित शब्दलाई सकारात्मक टिप्पणी गनू भएको थियो वहाँले दलित हरुको हक अधिकारको कुरामा सहयोग गनुपर्ने र दलित समुदायहरुलाइई समाजमा गरिएको जातिया विभेद अन्त्य गर्नको लागि केही समयको लागि मात्र दलित शब्द राखिएको सकारात्मक हो भनेका र अन्य वर्गहरुको हाराहारीमा आउनको लागि मात्र आरक्षण लगायत सेवा सुविधा हो भनि टिप्पणी गनु भएको थियो ।
नेपाली वृहत्त शब्दकोषमा दलित शब्दलाई समाजमा ,हक ईज्जत र प्रतिष्ठा, समान रुपले पाउन नसकेको जाति वा समुह, सामाजिक व्यावस्थाको असमानताले सोसीएको वा पछि परेको जनसमुदाय साथै पग्ल्याँटेफग्ल्यँद ,दलिएको दमन गरिएको,थिचिएको कुल्चिएको,विध्वंस गरिएको गरिएको भनेर उल्लेख गरिएको छ ।
शब्दकोषले पनि दलित शब्दलाई सकारात्मक अर्थ दिएको हामी पाउन सक्छौ त्यस कारण दलित शब्द दलित समुदायहरुलाई पनि हाउगुची लागीरहेको छ अब दलितहरुले पििन थरहरुमा काठमाण्डौमा नेवार समुदायहरुले दलित भन्दा डेरा नपाउने समस्यको कारणले थरहरु अपभ्रश गर्न थालेको छन् जस्तै विश्वकर्मा भित्रका थरहरु लोहार,सेतिसरुवाल,सुनचेउरी,हरुले लोहनी,सिलवाल,सेनचिरी लेख्ने गरेको पाईएको छ कतिपयले यसरी आफै दलितको थर लुकाएर के विभेदको अन्त्य हुन्छ र ?
आफनो समस्यको आवाज किन आफैले नउठाएको भन्ने प्रश्नहरु जन्मिन सक्लान् तसर्थ दलित भनेर डेरा खोज्दा खोज्दा दलितलाई डेरा नै नदिने गरेको झापाबाट एमविए अध्ययन गर्न गएका दलित बिद्यार्थी सन्तोष सुनचेउरीले बताए आखिर आज समाजमा जातिया विभेदको अन्त्य भएको भए धेरै सन्तोषहरुले काठमाण्डौमा डेरा सहज रुपले पाउन सक्थे होलान । वास्तवमा दलित र अन्य गरिव समुदाय र एनजिओ आईएनजीओ डा अम्बडेकरले यदलित समुदायहरुलाई भारतको संविधानमा आरक्षणको व्यावस्था गरेको कारण आजसम् भारतका दलितहरुले राहतको म्हसुुस गरेका छन प्रति त्यसको ठिक विपरीत नेपालको संविधानमा ऐन कानुनमा छुवाछुत मुक्त राष्ट घोषण कागजमा मात्र सिमीत छ कार्यान्वयनमा आउन सकेको छैन ।
वास्तवमा दलित शब्दलाई सकारात्मक र नकारात्मक दृष्टिले हेरीन्छ । अहिले े दलित अभियानको क्रममा धेरै खाले विचारहरु दलित समुदायहरु सुझावको रुपमा आएका छन । पक्कै हामीलाई थाहा छ राज्य छुवाछुत मुक्त राष्ट घोषण भईसकेको छ ,तर पनि समाजमा किन विभेद का घट्नाहरु भईरहन्छ । नागरिक समाजलाई े प्रश्न गर्न चाहन्छु छुवाछत विभेद व्यात्तिगत तवरले मात्र घटाईएको छ छुवाछुत विभेद कहाँ छर भनिएको छ तर मोरगको बेलबारीमा सार्वजानिक बिद्यालयमा माया सार्की र मनोज विश्वकर्मालाई सिगो समाजले जुक्ताको माला लगाएको घट्ना के व्याक्तिगत हो र ?
मोरगको पथरीमा सार्वजानिक पुराणमा दलित बटुकहरुलाई पनि अरु गैरदलित पुरुषसँग ब्रतबन्ध गराउन अनुरोध गर्दा उक्त पुराण नै स्थागित गरिएको घट्ना व्याक्तिगत हो र?टंकीसिनवारीका ११ बर्षीय दलित बालकलाई सार्वजानिक स्थलमा कालो मोसो र कुटपिट गरिएको व्याक्तिगत हो र?
विराटगरका सुमन मग्रान्ति र उर्मिला खतिवडाले गरेको अन्तरजातिया विवाहलाई किन केटी पक्षले छुटाउने प्रयास गरे यो दलित भएकै कारण होईन र ?यहाँ दलित शब्द रहरले राखिएको हैन हो आर्थिक रुपले विपन्न सबै दलित हो त्यो कुरा म मान्छु तर आर्थिक रुपले विपन्न लामिछाने ,पन्थी,श्रेष्ठ लाई जातिया छुवाछुतको पिडा छ त? आर्थिक पिडा मात्र हो रक्सी र मासु खादैमा दलित भईने होईन धनी र गरिब त मान्छेको आरोह अबरोह मात्र हो उसले परिश्रम मिहीनेत गयो भने एकदिन गरिबबाट धनी बन्न सक्छ धनी कंगाल बनेको उदारहण प्रशस्तै छन् तर जातिया विभेदमा परेको दलित २१ औ शताव्दीसम्म आईपुग्दा विभेदको शिकार किन बनाईन्छ ।
दलित शब्दलाई डा अम्बेदकरले आरक्षण मात्र दिएनन उनीले संविधानमा लेखेका हुन जसले गर्दा दलित समुदायले आजसम्म राहतको महसुस गरेका छन् ।मेरो सहकर्मी मित्र निर्मल न्यौपानेले ठटयौली पारमा म पनि दलित भएर जन्मिन पाएको भए सेवा र सुविधा पाउने थिए होला भन्ने प्रतिक्रिया राखे सेवा सुविधाको कुरा गरिरहदा वास्तवमा ७० वर्षका बुद्धाहरुलाई सरकारले बुद्ध भत्ता दिन्छ त्यो बुद्ध भत्ता सुशील कोईरालाले पनि पाउनु हुन्छ तर वहाँले लिनुहुन्न सुविधाको कुरा यही हो ?
वास्तवमा अचानोको पिडा खुकुरीलाई थाहा हुदैन यहाँ दलितको पिडा गैरदलितलाई थाहा हुदैन त्यो पिडा दलितलाई मात्र थाहा हुन्छ । दलित शब्दलाई आर्थिक सँग तुलना गर्न कदापि सकिदैन किनकी आर्थिक पिडा त छदैछ सोही मोरो माथि कात्रो भने झै जातिया छुवाछत र विभेद पिडा छ । ठिक छ सामाजमा जातिया छुवाछुत र विभेदको अन्त्य को ग्यारेण्टी कसैले लिन चाहयो भने दलित शब्दको जन्तर भिरीराख्ने दलित समुदायको रहर त होईन नी?कसैले गैर दलितको घर भित्र पसाएर एकछिन सगै बसेर खादैमा त्यो विभेदको अन्त्य हैन राज्यबाट नै छुवाछुत र विभेद को व्यावहार समाजमा देखिएन झल्किएन सबै सकारात्मक सोच भईदिए किन दलित शब्दको राजनैतिक हुन्थ्यो र ?
दलित शब्दलाई जता लगे पनि जहाँ लगेपनि यो राजनैतिक नभएर विभेद भित्रको पहिचान मात्र हो साढेलाई त्रिशुलको डाम राखिएर छोडिएको सडाहा जस्तो होईन यो त समाजमा जातिया छुवाछुत र विभेद अन्त्य भयो भने दलित शब्दको दाहसंस्कार अबश्य हुनेछ अनि दलित शब्दलाई कसैले राजनैतक गर्ने छैनन् ।
जबसम्म जातिया छुवाछुत व्यावहारमा आउन सक्दैन तब सम्म जातिया छुवाछत विभेदको अन्त्य भएको भन्न सकिने कुनै आधार छैन तर दलित शब्द राख्नु अनि नराख्नु भन्दा पनि जातिया छुवाछुत राख्नु कि नराख्नु भन्ने कुरा चहि ठुलो हो वास्तवमा समाजमा सबै समान व्यावहार विभेदको अन्त्य भएदिए दलित शब्द आफै हराएर जानेछ जसरी सति प्रथाको अन्त्य भयो त्यसरी नै दलित छुवाछुत विभेदको प्रथा पनि अन्त्य भई दलित शब्द सदाको लागि विदा भएर जानेछ ,दलित समुदायहरुले बाई बाई गर्नेछन् ।
साभार :- हाम्रो यातायात
No comments:
Post a Comment