Wednesday, September 30, 2015

नेपालको प्राकृतिक श्रोत र दलित समुदायको पहुँच र जीविकाको सवाल - निर्मल विश्वकर्मा

१. पृष्ठभूमी
प्राकृतिक श्रोतहरु पृथ्वीमा पाइने सबै भन्दा महत्वपूर्ण सम्पत्ती हो । प्राकउृतिक श्रोतको उपलब्धता, यसको परचुरता र सम्भावनाले कुनै पनि राष्ट्र र स्थानीयस्तरको आर्थिक प्रणालीको सवलतालाई मात्र होइन की सवलतालाई मात्र होइनकी त्यस ठाउँको राजनैतिक र विकासको मुद्दालाई पनि महत्वपूर्ण सहयोग गरेको पाइन्छ । प्राकृतिक श्रोतहरु धेरै जसो ग्रामीण इलाकामा पाइने हुनाल यसलाई ग्रामीण श्रोत पनि भनिन्छ
अहिले प्राकृतिक श्रोतको क्षयीकरणले गर्दा यस प्रति विश्वको ध्यान गएको पाइन्छ । यसको वैज्ञानिक व्यवस्थापन नीतिहरु निर्माण हुन थालेको पाइन्छ । नेपालमा पनि प्राकृतिक श्रोत सबै भन्दा महत्वपूर्ण श्रोत हो । अझै पनि नेपालको आर्थिक अवस्था कृषिमा रहेको हुनालखे जािन, पानी, वन जस्ता प्राकृतिक श्रोत मानिसहरुको जीविकाको आधार हो । विश्वस्तरमा प्राकृतिक श्रोतको विश्वासको स्वाल भए जस्तै नेपालमा प्राकृतिक श्रोतमा विभिन्न जाती र समुदायको विभेदकारी पहुँच र प्रयाग महत्वपूर्ण सवालको रुपमा रहेको छ ।
यसै सन्दर्भमा नेपालको १४ प्रतिशत जनसंख्या ओगटने दलित समुदाय सदियौ देखि प्राकृतिक श्रोतको पहुँच र प्रयोगका हिसाबले वन्चितमा परेको समुदाय हो । जवकी सबै जसो समुदायको जीविका प्राकृतिक श्रोतमा आधारत छ । तर प्राकृतिक श्रोतका कस्ता कस्ता नीतिले दलित समुदायलाई प्रभाव परेको छ भन्ने तथ्यको विश्लेषण भएको पाइदैन । यो लेखले नेपालमा पाइने प्राकृतिक श्रोत मध्ये महत्वपूर्ण प्राकृतिक श्रोत जस्तै जमिन वन र पानी सम्बन्धि भएका नीति र संयन्त्रले कसरी दलित समुदायलाई प्रभाव पारेको छ सो बारे छलफल गर्दछ ।
२. नेपालमा प्राकृतिक श्रोतको अवस्था
प्राकृतिक श्रोत २ प्रकारको हुन्छ । एउटा नविकरण गर्न सकिने पानी, मलिलो जमिन, जंगल र नविकरण गर्न नसकिने श्रोत जस्तै खनिज, पेट्रोल आदी । नेपाल नविकरण गर्न सकने प्राकृतिक श्रोतका लागि धनि देश हो । नेपालमा प्राकृतिक श्रोतले ढाकेको क्षेत्र तपसिल बमोजिम रहेको छ ।
प्राकृतिक श्रोत प्रतिशत
खेती भएको जमिन २१%
खेती नभएको जमिन ७%
वन २९%
घासे मैदान १२%
हनाडी वुटमान १०.६%
पानी २.६%
अन्य(खोलाकिनार) १७.८%
जम्मा १०० %

नेपालमा जमिन प्राकृतिक श्रोतका हिसाबले मात्र होइन कि यो सबै भन्दा महत्पूर्ण सम्पति हो । नेपाल कृषि प्रधान देश भएकाले अहिले पनि आर्थिक हिसावले सकृय जनस्रोतको ७०% मानिस कृषिमा काम गर्दछन् । एक तिहाई भन्दा बढि राष्ट्रको उत्पादन कृषिबाट हुन्छ । यहाँ जमिनले उत्पादन र आर्थिक आधारमा तय गर्दैन कि सामाजिक र राजनैतिक आधार पनि निर्माण गर्दछ । नेपाल जमिनमा आधारित सामन्ती समाजिक संरचना भएकोले यो समाजिक अवस्थाको पनि निर्धारक हो । दलित समुदायको सन्दर्भमा भन्ने हो भने यो समुदाय जमिनमा आधारित उत्पीडन जस्तै कृषि मजदुर, सुकुम्वासी, हलिया, हरुवा, चरुवाबाट सदियौं देखि उत्पीडमा रहेका छन् । यस्तै नेपालको सन्दर्भमा जमिनले नै राजनैतिक पहुँच निर्धारण गरेको पाइन्छ । परम्परागत हिसाबका जमिन्दारहरु नै राजनैतिक पदका ठूला हैसियतमा रहेको पाइन्छ ।
यसै गरी पानी मानव समाजको लागि आधारभुत आवश्यकता हो । विश्वमा उपलब्ध पानी मध्ये लगथगत ७०% सिचाइको लागि, १५% मानव उपभोग र बाँकी १५ प्रतिशत उद्योगमा प्रयोग गरिन्छ । पानी स्वास्थ्य, सरसफाइ, आर्थिक विकास, मनोरन्जनको लागि अति आवश्यक प्राकृतिक स्रोत हो । नेपाल पानी स्रोतको लागि ब्राजिल पछि दोस्रो धनि राष्ट्र मानिन्छ । यसबाट ८३००० मेघावाट विजुली उत्पादन गर्न सकिन्छ । जसमध्ये ४६००० मेघावाट आर्थिक हिसावले सम्भाव्य रहेको मानिन्छ । दलित समुदायको सन्दर्भमा पानीलाई सदियौं देखि बन्चित गरिएको छ । यो समुदायले पानीमा आधारित छुवाछुतको मार वेहोरी रहेको छ । यो समुदायलाई सदियौं देखि सिचाई गर्न बन्चित गरिएको छ । पानीमा पहुँच यो समुदायका लागि अन्यन्त महत्पूर्ण कुरा हो । यसै गरी वन यो समुदायको लागि अति महत्वपूर्ण प्राकृतिक स्रोत हो । दलित समुदायको जीविका वनमा आधारीत जीविका रहेको छ । जस्तै धेरै जसो यो समुदाय फर्निचर बनाई जीविका चलाउँछन । कतिपयले दाउरा विक्री गरेर आफ्नो जिविका संचालन गर्दछन । नेपालको जम्मा भु–भागको ४० प्रतिशत भू–भाग वनले ठाकेको छ । यसलाई भूमी सुधारको दायरामा ल्याउन सके यसले यो समुदायको जिवीको पार्जनमा महत्पूर्ण भूमिका खेल्न सक्ने वहस पनि चलेको छ । तर वनमा आधारित वन्चितकरण विभेद र प्रात्डना यो समुदायले सदियौं देखि बेहोरी रहेको छ ।
३. प्राकृतिक श्रोत व्यवस्थापन स् ऐतिहासिक सन्दर्भ
ऐतिहासिक काल देखि नै नेपालको प्राकृतिक श्रोत व्यवस्थापन र यसको अधिकार र पहुँचको वाडफाड नीति हिन्दु धर्म र जातीपातीमा आधारित रहेको छ । नेपाल एकिकरण हुनु भन्दा अगाडि बाइसे चौविसे राज्यको वेला राजा र बाहुन नरम हुने घरलाई जग्गा दिने चलन थिाये । एउटा उदाहरणको लागि दुल्लुका राजा (१३५६) को नीति के थियो भने वाहुनलाई जमिन जति सक्दो बढि दिनु पर्दछ । उनको भनाई के थियो भने जुन व्यक्तिले वाहुनलाई जमिन दिन्छ उ ६० हजार वर्ष सम्म स्वर्गमा बास बस्दछ । यस्तै नीतिलाई शाह वंशका राजाहरुले राणा शासन भन्दा अगाडि लागु गरे । उनीहरुले जमिन र वन विर्ता, जगेडा, जागिर, गुणी आदी नाममा उचच जाती जस्तै बाहुन र क्षेत्रीलाई प्राकृतिक स्रोत वितरण गर्ने निति लिए । दलित समुदायलाई यसबाट वन्चित गरे । यीनिहश्रलाई उच्च जातीको सेवा गर्ने र त्यसबाट आफ्नो जीविका चलाउने नियम बनाए ।
राणाहरुले १०४ वर्ष सम्म शासन गर्दा उनीहरुले पनि विर्ता प्रणालीलाई बढवा दिए । उनीहरुले क्षेत्री ठकुरीलाई विर्तावाल बनाए । उनीहरुले करहरु उठाउने र न्याय सम्पादन गर्ने जिम्मेवारी पनि पाए । यस बेला प्राकृतिक श्रोतमा उनीहरु कै अधिकार रहयो । राणा शासनको अन्त पछि प्राकृतिक श्रोतमा वनलाई राष्ट्रियकरण गरियो तर जमिन राष्ट्रियकरण गरिएन । तर विर्ता उन्मुलन सन २०५१ सालमा गरियो । सन १९५७ (वि.स. २०१३) मा वन र खाली जमिनमा भएको विर्ता उन्मुलन गरी यसलाई राष्ट्रियकरण गरियो । त्यस पश्चात वन पानी राष्ट्रिय सम्पति भयो भने जमिन नीजि सम्पत्तिको रुपमा रहन गयो । त्यस पश्चात नीजि जमिनलाई भूमि सुधारको दायरामा ल्याउन विभिन्न नीतिहरु निर्माण भएका छन् । सन १९६४ मा भूमिसुधार ऐन ल्याइयो । यसलाई सन् १९६५, १९८१, १९९६ र २००१ मा संसोधन गरियो । तर अहिलेसम्म भूमी सुधार हुन सकेको छैन । यद्दपी यो विवादकै विषय रहेको छ । यो ऐनले निश्चित हदवन्दी तोक्यो र हदवन्दी भन्दा वढी भएको जमिन राष्ट्रियकरण गरी भूमिसुधार गर्ने भन्यो । तर अहिल सम्म कतै यसको उदाहरण भएको पाइदैन ।
यसै गरी पानीलाई राष्ट्रिय सम्पत्तिको रुपमा ल्याइयो । सरकारले समुदायमा आधारित पानी व्यवस्थापन नीति ल्यायो । यो निति खानेपानी र सिंचाइको क्षेत्रमा लागु भएको पाइन्छ । यो क्षेत्रबाट दलित समुदायमा बन्चितमा परेका प्रशस्त उदाहरण छन् । यसै गरी पानीबाट साना जलविद्युत निकाल्ने नाममा नेपालका सबै साना खोलाहरु स्थानीय सामान्तको कब्जामा रहेको छ । जहाँ दलितहरुको पहुँच छैन । यसै गरी वनको राष्ट्रियकरण गरे पश्चात वन व्यवस्थापनका विभिन्न नीतिहरु ल्याइए । वन ऐन २०४९ आउनु अगाढि सबै वनहरु वन कर्मचारीहरुको अधिकारमा थियो । धेरै जसो दलित समुदायको जीविका वनमा रहेकोले यो समुदाय वन कर्मचारीवाट धेरै प्रताडित हुन पुगे । गुजारा गर्न दाउरा काट्दा, काठ काट्दा यो समुदायलाई मुद्दा लगाई जेल चलान गर्ने प्रशस्त घटना भए । वि.सं. २०४९ पश्चात वनलाई व्यवस्थापन गर्न सामुदायिक वन नीति, राष्ट्रिय निकुञ्ज नीति, धार्मिक वन नीति, कवुलियती वन नीति ल्याइयो । यी नीतिहरु पनि दलित समुदायको हितमा छैनन भन्ने सवाल यघपी छदैंछ ।
४. प्राकृतिक श्रोत ः भैरहेको नीति र दलित समुदाय
वन नीति र दलित
नेपालमा वन विकास गुरुयोजना (१९८९) पश्चात थुप्रै नीतिहश्र वनेका छन् । दलित समुदायका सन्दर्भमा यसको विवरण टेवलमा राखिएको छ । –तालिका–२) यी नीतिहरु विष्लेषण गर्दा सामुदायीक वन र कवुलियती वन नीति दलित समुदायको हितमा देखिन्छ । तर यी नीतिहरुमा पनि यो समुदायको पहुँच र अधिकार बढाउनु पर्ने देखिन्छ । यसको अलावा अन्य नीति जस्तै धार्मिक वन नीति, राष्ट्रिय निकुञ्ज नीति र सरकारी वन व्यवस्थापन नीति दलितको लागि हितकर देखिदैन । प्राय जसो यी नितिहरुले दलित समुदायलाई जोखीममा पारेको देखिन्छ ।
पानी नीति र दलित
पानी स्रोत ऐन २०४९ र राष्ट्रिय पानी श्रोत रणनीति २०६० नेपालको पानी व्यवस्थापनका लागि महत्वपूर्ण नीति हुन् । यी नीतिहरुले सबै प्रकारको पानीको स्वामित्व नेपाल सरकारमा रहने प्रवाधान राखेको छ । यस अन्तर्गत वनेका सिंचाई नीति र रणनीति २०६० ले किसान व्यवस्थीत साना सिचाईलाई प्राथमिकता दिएको पाइन्छ । यो नीतिले यसको समिति निर्माण गर्दा कम्तीमा ३३% मलिा र कम्तीमा २ जना दलित पा अन्य वन्चित समुदायबाट प्रतिनिधित्व राख्नु पर्ने प्रावधान राखेको छ । तर दलित समुदाय भूमिहिन रहेको वा अतयन्त थोरै जमिन भएको समुदाय भएको हुनाले यो समुदायले यसबाट फाइदा लिन सकेको देखिदैन् ।
जमिन (कृषि) नीति र दलित

नेपालमा भूमि सुधार नीति बाहेक कृषि नीति पनि दलित समुदायको लागि महत्वपूर्ण प्राकृतिक श्रोत व्यवस्थापन नीति मान्न सकिन्छ । यसले पनि भूमि लगायत अन्य प्राकृतिक श्रोत व्यवस्थापनलाई सहयोग गर्दछ ।
यस नीति अन्र्तगत दिर्घकालिन कृषि रणनीति )१९९५) राष्ट्रिय कृषि नीति २०६१, पशुपालन ऐन २०५५÷५६ राष्ट्रिय विउ, नीति २०० महत्वपूर्ण नीति अन्र्तगत पर्दछन् । दलितको सन्दर्भमा यी नीतिहरुको विश्लेषण खेलमा राखिएको छ । यी नीतिहरु जमिनमा आधारित नीतिहरु हुन । भन्नाले जससंग बढी जमिन छ उसले नै यी नीतिबाट फाइदा लिएको पाइन्छ । दलित समुदायसंग जमिन नभएको हुनाले यी नीति यो समुदायको लागि लाभदायक छैन । यसैलाई मध्यनजर गरेर कृषि नीति २०६१ ले जमिन भाडामा लिएर उच्च मूल्य दिने वस्तु उत्पादन गर्ने कुरालाई जोड दिएको छ ।
५. राज्यले लिनु पर्ने नीति तथा कार्ययोजनाको रुपरेखा
वन क्षेत्र
वन क्षेत्रको नीति निर्माण गर्दा महिला र अन्य वन्चितीमा परेको समुदाय भनि दलित समुदायलाई लक्षित गरेको पाइन्छ । यो समुदायको आवश्यकता र प्राथमिकता अरु भन्दा फरक हुने हुनाले सोही अनुसार अनुसार गर्नु पर्दछ ।
अधिकांश ग्रामीण इलाकामा बसोवास गर्ने यो समुदायको जीविको पार्जन वनमा आधारित रहेको छ । उनीहरु सिकर्मी छन्, दाउरे हुन, डकर्मी हुन, वैद्य हुन । त्यसै कारणले गर्दा यी उत्पादनमा दलित समुदायको विशेष अधिकार हुनु पर्दछ ।
यी स्रोतहरुमा यी समुदायको पहुँच वृद्धि र्गै उनीहरुको सीप पर्वधन गर्ने खालका साना उद्योगहरु स्थापना गर्ने नीति राज्यले लिनु पर्दछ । जस्तै फर्निचर उद्योग खोल्नका लागि चाहिने आवश्यक स्रोतमा सहयोग गर्नु पर्दछ ।
सवै भन्दा महत्वपूर्ण कुरा नेपालको वनले धेरै जमिन ओगोटेर राखेको छ । यो जमिनलाई भूमि सुधारको दायरामा ल्याउनु पर्दछ । धेरै जसो दलित समुदाय सुकुम्वासी र पाखा पारिएका कृषकहरु भएकाले यस्तो अवस्थाबाट यो समुदायले फाइदा पाउन सक्छ ।
जमिन र कृषि नीति
दलित समुदायको लागि भूमि सुधार सबै भन्दा महत्पूर्ण कुरा हो । यो समुदायलाई प्रति परिवार सदस्य संख्यालाई आवश्यक पर्ने खाद्यन्न उत्पादन गर्न पुग्ने जमिन उपलब्ध गराउनु पर्दछ ।

राज्यले वन र पानी नीति जस्तै सबै नीजि जमिन राष्ट्रियकरण गर्नु पर्दछ । त्यस पश्चात खेती योग्य जमिन दलित समुदायलाई कवुलियत रुपमा वा अन्य प्रणालीबाट दिनु पर्दछ ।
दलित समुदाय नेपालमा कृषि कर्मवाटै जीविका संचालन गर्ने तर कृषकको रुपमा परिभाषित हुन नसकेको समुदाय हो । उनीहरु कृषि मजदुर र अधियाकर्ताको रुपामा मात्र नेपालको कृषि प्रणाली सहभागी छन् । त्यसैले सरकारले उनीहरुलाई जमिन, उन्नत वीउ, सिंचाइ, मलखाद निशुल्क रुपमा उपलब्ध गराई कृषकको रुपमा परिणत गर्नु पर्दछ । किनभने उनीहरु सिल्पी र परिश्रमी समुदाय हो ।
पानी नीति
सरकारले पानीमा आधारित छुवाछुत लगायत सबै प्रकारका जातीय विभेद अन्त गर्नु पर्दछ ।

नया संविधानमा दलित अधिकार र संघर्षका स्वरुपहरु - एम.एल.नेपाली

१३ असोज, विभेद बिरुद्ध अभियान  ।  हामी दलित उत्पीडिहरु त हजारौ समस्याको सामना गर्ने हैसियत राखेर दलित आन्दोलनमा लागेको हो । जातीय छुवाछूतको युगिन दासत्वबाट मुक्त हुनलाई हामी हजारबार होईन एकबार गौरबशाली मृत्यूबरण गर्न खोजी रहेका छौ । हामी त दलित आन्दोलनमा नै शाहदत प्राप्त गर्न खोजेका छौ । त्याग, तपस्या र बलिदान द्धारा छूवाछूतको शोषणको बिरासतलाई दलित आन्दोलनका हामी बिद्रोही शक्तिले हल्लाउने, आधिबेहरी र तुफानी संघर्षले शोषणलाई मेटने आँट गर्न चाहन्छौ । हामी, दलित त छूवाछूतको संघर्षमा जन्मीएको लडाकुदस्ता हौ । हामी भोगेका पीडाको मात्राले अरुभन्दा बलियो, जुझारु, आत्मबल र शक्तिशाली मनोभाब भएको हुनै पर्र्छ । हामी त दलित मुक्तिमा लाग्दा सबै किसीमका लडाईलाई झेल्ने, ब्यहोर्ने उसैमा समरपित हुने भनेर लागेका हो । नेपाली समाज सामन्तबादी राज्य संरचनाबाट ध्वस्त भई सकेको छैन, त्यसैले यसका सोच र व्यवहारहरु सामन्त ठालुहरुको निर्देशनमा दलित उत्पीडितलाई दमन गर्न चलिरहन्छन । अहिले नेपाली समाजको राजनैतिक स्वरुपलाई हेर्दा क्रान्तिका समरभूमिबाट आएका गैरदलित नेताहरु दलित उत्पीडित जनताको मुद्धामा संविधानमा अडान लिन सकेनन । उनीहरुमा आफनै जातिवादी पक्षधरता,अवसरवादी चेतनाले गर्दा आफनै जात र आफनै वर्गको पक्षपोषण संविधानमा भटाभट निर्णय गरिरहेका छन । थारु, दलित, मधेशीहरुका विषयमा निर्णय गर्न चाहेनन । नेपाली राजनैतिक क्रान्तिको विभिन्न मोडहरुमा यही प्रतिकृयावादी व्यवहार भयोसत्ताबाट । अहिले पनि दलित आन्दोलकहरुले आफनो अधिकार संविधान विधेयकमा दफावार छलफल होस र पारित गरियोस भनि संशोधन प्रस्ताव दर्ता गराउदा दलित सवालमा नेपाली काग्रेस, एमाले र एमाओवादीका शिर्षनेताहरुले धम्की निर्दैशन दिईरहेका छन । यो धम्कीलाई खप्न नसकेर एमालेका सभासद जीतु गौतम दर्जी र दलबहादुर सुनारले आफनो संशोधन प्रस्ताव फिर्ता लिएका छन । अहिले सम्म काग्रेस एमाओवादी तथा अन्य दलका करीव बाकी १३ जना सभासदहरुले आफनो संशोधन प्रस्ताव फिर्ता लिएका छैनन । पार्टी सत्ताको निरकुंशताको सामाना गरिरहेका छन , त्यो कति बेला सम्म उच्च मनोबलका साथ टिक्ने हो, दलित सभासदलाई पार्टीसत्ताले कुन कुन हथकण्डा लगाएर गलाउने हो त्यो हेर्न वाकी छ ।
हामीले बुझन जरुरी छ, उत्पीडित, दलित, गरीब निम्न वर्गबाट सभासद भएर आएका दलितहरुले संविधानमा आफना हक स्थापित गर्न अडान र साहसका साथ दलितको स्वाभिमानलाई जीवित राख्न पहल गर्नै पर्छ । अव दलित मुक्ति आन्दोलनमा क्रान्तिचेत, परिबर्तनको आस्था, उच्च नैतिकताको साथ दलित संघर्षलाई घनिभूतरुपमा उठाउनै पर्छ । अहिले दलितलाई नयाँ संविधानमा न्यायोचित अधिकार स्थापित गर्न नदिने सत्तारुढवर्ग हाम्रो दृष्टिमा महान वर्गशत्रु तथा जातीय छुवाछूतलाई स्थापित गर्न खोज्ने दुश्मन हो भन्छौ हामी । किनकी उसले सबै ६० लाख निर्दोष दलित जनता र देशका लागि बलिदान गर्ने दलित यौद्धाहरुलाई सत्तामा स्थापित हुनवाट घृणा, अपमान तिरस्कृत, बहिस्कृत र बञ्चित गर्दैछ, । तर यो संविधानमा दलित अधिकार स्थापित गर्न दलित यौद्धाहरुबाट एउटा सँयुक्त आन्दोलनको छालमय संघर्षको पहल भएको छ । तर त्यसलाई सफलतामा पु¥याउन बाँकी छ । प्रतिकृयाबादी सत्ताका नायकहरुले दलितमुक्तिका एजेण्डा संविधानमा राख्नबाट निषेध गर्न ह्वीप, दवाव डर धम्की दिईरहेका छन, अहिले उनीहरु षढयन्त्रमा केही सफल भएको देखिन्छ तर त्यो पूर्ण होईन त्यसको विरुद्ध हामीले निर्मम प्रहार गर्नु पर्छ । दलित सभासदलाई दलितमुक्तिको लागि अवरोध खडा गर्न सत्ताले पद, नाम सम्मान, प्रतिष्ठाको अवसरको ललिपप देखाएका छन । हामी अव त्यसका विरुद्ध आफनो मनोभावनालाई सुदृढ,बलियो बनाउन आत्मसंघर्ष, अन्तरसंघर्ष र वर्गसंघर्षको भिषण प्रकृयाबाट विकास गर्ने हो । यि प्रतिकृयावादी शक्ति विरुद्ध सामना गर्दै आफनो बिरुदको कठोर मनोबैत्रानिक हमलालाई रोक्दै जुन संयुक्त संशोधनन प्रस्ताव दर्ता भएको छ त्यो अव संविधान विधेयकमा दफावार छलफलद्धारा दलित एजेण्डा संविधानमा स्थापित गर्न दिने या गर्न नदिने शक्ति दुश्मण र मित्रशक्तिको पहिचान गर्दै अन्तिम लडाई रडनु पर्छ ।
पीछडिएको सामन्ती सत्ताको एकजातीय कमाण्ड र यसको राज्यसंरचना प्रकारान्तले नयाँ संविधानमा कायम भई सक्यो । राज्यको यो निरकुंश शक्तिलाई भक्ताउन पहल गर्ने थारु, दलित जनजाति मधेशीलाई राज्यको दमनद्धारा निस्तेज पार्दैछ । सामान्त ठालुहरुको अभिजात वर्गिय शासन प्रणाली, ठालु सँस्कृति अन्त्य गर्न शासकहरुले सहजरुपले दिने अवस्था देखिदैन । अव आन्दोलनरत सवै शक्तिले दलित उत्पीडित तथा सीमान्तकृत सवै जनताको जुझारु मनोभाबलाई संगठित गर्दै सत्तारुढवर्गलाई गलाउने, थकाउने झुकाउने स्तरको अलि ठूलो संघर्षको कार्यक्रम गर्नु जरुरी भएको छ । दलित उत्पीडित सीमान्तकृत सबै जनतालाई मुक्त गर्ने असिम र अमिट संघर्ष नथाकेर निरन्तर लाग्नु पर्ने भएकोछ । हामी उत्पीडित दलित, सीमान्तकृत वर्गको आफनो बिशाल रक्त स्नानले नै निरकुश सामन्ती राजतन्त्रको पर्खाल भक्ताउन सफल भएकै हो । अब महान बर्गसंघर्षका भिषण क्रान्तिका प्रकृयाबाट नै दलित उत्पीडित तथा सिमान्तकृत वर्गका न्यायोचित मागहरु पुरा गर्नु पर्ने अवस्था सृजना हुदै गएको देखिन्छ । छूवाछूत अन्त्यको सवालमा वर्ग संघर्ष प्रधान हो तर हाम्रो समाजमा बर्गिय मुक्तिले मात्र जातिय मुक्ति हुदैन, त्यसको लागि हामीले बर्गिय मुक्ति र जातीय मुक्तिका दुई प्रवर्गलाई उचित संयोजन गर्दै आम रुपान्तरणयुक्त संघर्ष गर्नु जरुरी भएको प्रतिति हुन्छ । त्यसको लागि अन्यायपूर्ण आदत्तका सवैखाले सत्ताहरु निर्मूल गर्ने पूर्णयुद्ध ( टोटल वार) सग जोडेर समाज रुपान्तरणको आन्दोलनलाई अघि बढाउनुु पर्छ ।
दलित हामीले लामो समय देखि हारको जिन्दगी व्यहोरेर आईरहेका छौ । यहि हारको कारणले हाम्रो अस्तित्व स्थापित हुन सकिरहेको छैन । दलितको ईतिहास एकतरह पराजयको लामो ईतिहास बनेको छ । तर अव यो संविधान लेखनको प्रकृयामा हामी बढि आट र साहसका साथ आफनो अधिकारलाई स्थापित गर्नु जरुरी छ । नेपाली समाज यहाँ शासक वर्ग छूवाछूतलाई कुनै न कुनै रुपमा जीवित राख्ने पछौटे सोच र प्रतिकृयावादी चेतनाबाट ग्रस्ति छ । समाज परिवर्तन भएको छ दलितको समस्या छैन भन्दै हिडेता पनि वास्तवमा जातीय भेदभाव तथा छूवाछूतको पीडा समाप्त नभएको कुरा साँचो हो । दलितहरुले देशको स्वतन्त्रताको लागि आफनो जीबनलाई बलिदान गरेका छन । तर दलित दलितलाई सत्तामा स्थान सुरक्षित गर्नको लागि देशको सिङगो सामाजिक ढाँचामा दलितहरु कहाँ संवोधन भएका छ र ? चालु जातीय छुवाछूतको संरचना कायम गर्दा शासकलाई सत्तामा आफू स्थिर भईरहने मौका रहन्छ । त्यसकारण शासकहरुको लागि आफू शासन सत्तामा यस आरम गर्न पाईरहने हुदाँ जातीय भेदभाव जीवितरहनु बहुत अनुकल हुन्छ । यसलै उनीहरु यस्तो सुन्दर अवस्थालाई उ गुमाउन चाहदैनन । यसको अर्थ उनीहरु दलितलाई सत्तामा स्थापित गर्ने जोखिम लिनै चाहदैनन् । दलितलाई आफू समान बनाउने, छुवाछूतलाई मेटाउने तथा पछौटे समाजलाई बदल्ने खतरा भरसक सत्ताले लिन चाहदैन । त्यसको लागि सामन्ती एकाधिकारबाद र निरकुशतन्त्रको लामो ईतिहास बोकेको जातीय छूवाछूत र भेदभावलाई पूर्णरुपमा समाजवाट मुक्त गर्न दलित एक पटक आफै विस्फोटित भएर लडनु पर्छ ।

त्यसलै अहिले संविधान लेखनमा सबै प्रकृयावाट दलितलाई मुक्त गर्नको लागि हामीले चलाउने आन्दोलन र संघर्षमा समरपित हुदै अजय, अपराजित भएर न्यायोचित निस्कर्षमा पुग्नै पर्छ । सत्ताको यो अन्याय पूर्ण व्यवहारले अहिले दलित मुक्ति आन्दोलन प्रति केही क्षण भए पनि अवरोध खडा गर्न खोज्छ, तर त्यसलाई समाजको विकास क्रमले ध्वस्त पारेर लिन्छ । पुरानोको विरुद्ध नयाँको संरचना, ध्वस र पुननिर्माण विकासका सावैभौम नियमहरु हुन , जस्ले हजारौ जनताको महान बलिदानबाट प्राप्तगरेको संविधानसभामा दलित जनताको सचेत आवाज स्थापित गर्न कसैले रोक्न सक्दैन । यस्ता शासक वर्गले गरेका अन्यायपूर्ण व्यवहारले दलित मुक्तिको अधुरा बाटाहरुलाई सच्याउन निर्देशन गर्छ, बल दिन्छ हामीलाई । शासकवर्गको यस्तो निरंकुश बिचार,व्यवहारले संघर्षको सुदृढीकरण कामको उचित पद्धति, जुझारुपन र दलित आन्दोलकहरुमा झन एकताबद्ध भएर व्यवहारबाट ज्ञान शिक्दै आन्दोलनलाई जनपक्षधर बनाएर सफल हुनेवाटो सिकाउछ । यसबाट दलित आन्दोलकहरुमा दलित मुक्तिको क्रान्तिचेत, विपलव्वी आस्था आन्दोलन प्रति जुझारुमनोभावको जन्मदिन्छ, जस्ले दलितलाई मुक्त गर्ने सच्चाईहरु प्रतिविम्बित गर्छ । तर सहजरुपमा यि उच्चतम व्यवहार आउन सक्दैन त्यसको लागि हामीले प्रतिकृयावादी शक्ति संग रहेका शत्रुतापूर्ण अन्तरविरोधबाट दलित मुक्तिका सुत्रहरुलाई विन्यास गर्दै आन्दोलनलाई अवरोध खडा गर्ने शक्तिका विरुद्ध विस्फोटित भएर प्रतिरोधपूर्ण संघर्ष गर्दै अघि बढनु पर्छ । ईति

सेप्टेम्बर २७ तारिखको दिन डा बिष्णु माया परियारलाई समर्पित गर्दै सम्मान

विजय थापा ,वाशिंगटन डिसी असोज १३,विभेद विरुद्ध अभियान । गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्मिएकी बिष्णु माया परियार (मानार्थ-विद्यावारिधि) लाई गत सेप्टेम्बर २७ तारिख उनको सम्मानमा प्रोकेलेमेसन (घोषणा) गर्दै सेप्टेम्बर २७ तारिख दिन उनलाई समर्पित गर्दै सम्मान गरिएको छ ।
उनलाई अमेरिकाको केन्टकीको लुइज़भिलमा उक्त सम्मान गरिएको हो । महिला अधिकारकर्मी तथा समाज सेवी परियारलाई केन्टकीको लुइज़भिलका नगर प्रमुख ग्रेग ई फ़िशरले उनलाई दलित ,सिमान्तकृत ,बालबालिका तथा महिलाहरुको सेवामा अहम भूमिका निर्वाह गरेकोमा उक्त सम्मान गरेका हुन् ।
उक्त कार्यक्रममा नगर प्रमुखले सेप्टेम्बर २७ तारिखको दिन लाई डा बिष्णु माया परियार लाई समर्पण गरेको घोषणा गरेका थिए भने उनले नगर प्रमुख ग्रेग ई फ़िशर तथा शहरकी महिला परिषद टिनवार्ड पूघ ,लुईजभिल बिश्व बिद्यालयका प्राध्यापक करेन कजर ,मार्क होग तथा अन्यलाई धन्यबाद दिएकी छिन् ।
हाल समाज सेवी डा बिष्णु माया परियार बोस्टन छोडेर न्युजर्सीलाई कर्म थलो बनाएकी छिन् । उनले न्युजर्सीमा कारणको लागि महिला नामक गैर मुनाफा सामाजिक संस्थाको स्थापना गरेकी छिन् ।
परियारले न्युजर्सी शहरबाट बिभिन्न सामाजिक सेवा ,टिपीएस तथा भूकम्प पिडितहरुका लागि उनले गरेको योगदान र समर्पणको उच्च कदर गर्दै सेप्टेम्बर २७ तारिख दिवस नै उनको नाममा घोषणा गरिएको हो ।
उनि भूकम्प लगत्तै नेपाल पुगी करिब एक महिना नेपाल बसी आफ्नो गाउँ पुगी राहत ,आर्थिक सहयोग ,अन्य सहयोग तथा पुनर्निर्माणमा जुटी फर्केकी थिइन् ।
डा परियार सयुक्त राज्य अमेरिकाको बोस्टनस्थित इम्पावोर दलित वुमन अफ नेपाल (EDWON) कि संस्थापक अध्यक्ष हुन भने अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी छिन् ।
२०१३ मा बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०० बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त “पाइन् मानोर कलेज”ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो । 
परियारले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था “एड्वन “मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् ।उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक तथा वक्ताको रुपमा संलग्न भै रहेकी छिन् ।
नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गर्दै आफ्नो अभियानमा निरन्तरता दिई रहेकी छिन् ।एड्वानले नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला,बालबालिका र अन्य बिपन्न समुदायका महिला र बालबालिका उत्थानका लागि बिद्यालय स्थापना तथा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।
सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरे वापत उनलाई कदरस्वरुप ४ दर्जन भन्दा ज्यादा राष्ट्रिय र अन्तर रास्ट्रिय  पुरस्कार द्वारा उनि सम्मानित भै सकेकी छिन् ।

नारी दर्पण बाट

Tuesday, September 29, 2015

सामाजिक कुरीति र जातीय बिभेद लाई गीत संगीत मार्फत प्रस्तुत

काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान ।  भारतको मेघालयको सिलोङमा जन्मिएर म्याग्दी जिल्ला भकिम्ली गाबिस २ मा बाल्यकाल पूरा गरेका बिनोद बिस्वकर्माले चरम जातीय बिभेदलाई गीत संगीत मार्फत प्रस्तुत गरेका छन । “जो जलेको छ उसलाई मात्र थाहा हुन्छ जलनको पीडा । कल्पना गर्नेहरुलाई के थाहा जसरी अचानोको चोट खुकुरीलाई थाहा हुन्छ ।‘’ बिबिध संस्कृति र रितीरिवाजले भरिपूर्ण हाम्रो नेपाली समाज जति मनमोहक छ त्यति नै सामाजिक कुरीति, अशिक्षा, धार्मिक रितिरिवाज, पुरानो रूडीबादी परम्पराले त्यति नै ग्रसित छ ।

दलित एकता, हक, हित र जातीय भेदभाव विरुद्धको निम्ति जन चेतना फैलाउने उदेश्यले “अब बन्ने संविधानमा दलित हरुको हक हितलाई सुनिस्चित गर्नका साथै बर्षौ देखि नेपाली समाजमा जरो गाडेर बसेको जातीय छुवाछुत निर्मुल पार्नका लागि सम्पुर्ण दलितहरु एक हौ” भन्दै सँगितको माध्यमबाट सम्बंधित निकायलाई खबरदारी गर्दै कलाकार बिनोद बिस्वकर्माको लोक दोहोरी गीति एल्बम “छुवाछुत प्रथाको अन्त्य” नामक गीति एल्बम बजारमा आई सकेको छ ।
युगले कोल्टे फेरि सकेको छ तर विडम्बना नेपाली समाजमा भने हिजोका केही सामान्त बादीहरुले बनाएको एउटा अमानवीय सामाजिक व्यवस्थाले नै निरन्तरता पाई रहेको छ । शिक्षित वर्गहरुले नै पौराणिक कुरिती कुसंस्कारहरुलाई पालन पोषण गरी रहेको पाइन्छ । अँध्यारो समाजको कुरितिहरुलाई चिरेर एउटा सुन्दर र उज्ज्वल समतामुलक समाजको परिकल्पनामा यस गितले महत्वपूर्ण स्थान ओगटने पुर्ण बिस्वास बिनोद बिस्वकर्माको छ | आफुले भोगेका तितामिठा अनुभव अनुभुतिहरुलाई संगाल्दै जाने क्रममा अन्धो र अँध्यारो समाजमा ज्ञानको ज्योती छर्नको निम्ति सांगीतक क्षेत्रबाट पनि मानवीय भेदभाव एक अपराध हो भनेर समाजमा सकारात्मक सन्देश पुगोस भन्ने हेतुले सरल शब्दहरुलाई हृदयस्पर्शी भावमा ढालेर समाजको यथार्थ चित्रण गरेका छन रचनामा ।
बाबु इन्द्रबीर बिश्वकर्मा र आमा मनमाया बिस्वकर्माको कोखबाट २०४५ सालमा जेठो पुत्रका रुपमा जन्मेका उनले स्नातक सम्मको अध्ययन गरेका छन १ भाई र तिन बहिनीका दाई घरको आर्थिक अवस्था सुधार गर्न भनी बिगत ४ बर्ष देखि बिदेशिएका (कतार र दुबई) ऊनि सानै उमेर देखि बन पाखा उकाली ओराली मेलापातमा गित गाउथे भने प्राथमिक बिधालय देखि नै विद्यालय स्तरिय कार्यक्रमहरुमा स्टेजमा गित गाउन सुरु गरेका थिए त्यसै गरि माध्यामिक तहको शिक्षा अध्यनको क्रम देखि विभिन्न माबि स्तरिय एकल लोक गित तथा दोहोरी गीत प्रतियोगिताहरुमा भाग लिदै विभिन्न मेला महोत्सबहरुमा एकल लोक गित तथा दोहोरी प्रस्तुत गर्दै धेरै ठाउमा पुरस्कार जितेका छन भने गाउनको अलवा सामान्य सबै बाध्यबादन हरु पनि बजाउछन ।विभिन्न मेला महोत्सबहरूमा गित गाउदा गाउदै हिडेका उनले २०७० असोज महिनामा पहिलो एल्बम “भमरालाई रश” लाई बजारमा ल्याएर सांगीतिक यात्रा सुरु गरे पहिलो गीतबाटै धेरै श्रोताहरुको मन जित्न सफल भए र सबैको हौसला र प्रेरणा मिल्दै गयो अहिले सम्म आफ्नो ४ वटा एल्बम ‘’भमरालाई रस”, ‘’हासी हासी जाउ”, ‘’पन्छे बाजाको गीति एल्बम भेना साली सँगै नाच्ने हो” र पछिल्लो समयमा “छुवाछुत प्रथाको अन्त्य” हुन भने लय/शब्द सृजना गरि १ दर्जन जति गीतहरु सृजना गरेका छन सबै गित हरुमा आफै शब्द लय स्वर दिएका छन । “छुवाछुत प्रथाको अन्त्य” गितलाई हिम सम्झौता डिजिटल प्रा.लि. ले बजारमा ल्याएको हो ।
यो गितको मुख्य भाब भनेको अब बन्ने संविधानमा आफ्नो हक र हित सुनिस्चित गर्नको लागि सम्पुर्ण दलितहरु एक भएर लड्नु पर्छ र दलितहरुले हिजो देशको लागि हजारौले बलिदान दिए यति बेला देसमा संविधान घोषणा हुन लागेको बेला अबको संविधानमा दलितका हक अधिकारका कुरा हरु लेखिनु पर्छ अझै पानीका धारा छुन दिइदैंन इनार छुन दिईदैन मठ, मन्दिर प्रबेशमा रोक लगाइन्छ राज्यले कानुन बनाए पनी लागु गर्न सकेको छैन त्यसैले आफ्नो अधिकारको निम्ति आफै लड्नु पर्छ राज्यका हरेक क्षेत्रमा दलितको सहभागिता हुनु पर्छ भन्दै खबरदारी समेत गरिएको छ गीत एकदमै समय सान्दर्भिक भएकोले गीतको म्यूजिक भिडियो तयार पार्न समय लाग्ने भएकोले अहिले अडियो मात्र बजारमा ल्याएको सर्जक बिनोदले भनेका छन । समय सान्दर्भिक र सामाजिक रुपमा उत्कृष्ट यो गीतले मानवीय भेदभाव जस्तो कुप्रथालाई हटाउन सिङ्गो देशलाई नै सकारात्मक सन्देश दिने देखिएकाले म्यूजिक भिडियो तयार पार्न बिभिन्न दलित संघ संस्थाले सम्म सहयोग गर्ने बचन दिएका ऊनि बताउछन ।

बिनोद बिस्वकर्मा र शान्ता बर्देवाको स्वरमा रहेको गीतको शब्द तथा लय सङ्कलन आफैले गरेका छन यो गीत लाई अहिले को चर्चित म्युजिक कम्पनी हिम सम्झौता म्युजिक कम्पनीले बजारमा ल्याएको हो भने www.freenepalisong.com मा गएर सुन्न वा डाउनलोड गर्न सकिने छ । सम्पुर्ण दलित दाजु भाइ दिदी बहिनीहरुबाट राम्रो सल्लाह सुझाब र आशीर्वाद पाएको ऊनि सुनाउछन । ऊनि भन्छन लाग्छ यो गीत सुनी सके पछि सबैले मन पराउनु हुने छ मेरो यो मेहनत र सृजनालाई माया गरि दिनु हुने छ । र मैले फेरि पनि यस्ता गीत गाउन पाउने छु ।

संविधानले सम्बोधन नगरेका दलितका विषयहरु - निर्मल नेपाली

काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान । नेपाल बहुजातीय , बहुभाषिक, बहुधार्मिक तथा भौगोलीक विविधता युक्त नेपालको विशेषतालाई आत्मसाथ गरी आम नेपाली विच एकता, सद्भाव, सामाजीक र सांस्कृतिक ऐक्यबद्धता रहि आएको छ । त्यसैगरी सबैमा सहिस्णृता मातृत्व प्रेम, एकता, एक आपसको सद्भाव र सम्मानको संरक्षन, सम्वद्र्धन र प्रवद्र्धन गर्नु पर्दछ । जहाँ आम नेपालीको आत्म सम्मान, प्रतिष्ठा र अस्तित्व गाँसिएको छ ।
सदियौ देखि समाजमा जरो गाडेर रहेको वर्गिय, जातीय , क्षेत्रीय , भाषिक, लैङगीक विभेदको साथ साथै सीप र कलाका धनी दलितलाई जातीय भेद भाव र छुवाछुत जस्तो अमानवीय , शोषण, दमन र अन्यायपुर्ण व्यवहार नेपाली समाजले गर्दै आइरहेको छ। यसरी एकले अर्को को भावनालाई नबुद्मदा मानिस मानिस विच गरीने विभेदका कारण समाज विखण्ड हुने । द्धन्द बढ्ने, समाजमा एकता खलबलीन गई हिंसात्मक गतीविधीहरु बढिरहेका छन् ।
त्यसैले नेपालमा विद्यमान रहेका सबै प्रकार जातीय, भाषिक, वर्गिय, क्षेत्रिय, लैङगिक विभेदको अन्त्य गरी आर्थिक, समानता, सम्वृद्धि, शान्ती सद्भाव एकता र सामाजीक न्याय सुनिश्चित गरी नेपालका सम्पुर्ण दलितहरुको अधिकारलाई नेपालको संविधान २०७२ मा सुनिश्चित गनुै संघिय लोकतान्त्रिक गणतन्त्रको वास्तविक मर्म र भावना रहेको छ । संविधानमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका तिनै संघिय, प्रादेसिक र स्थानीय तहमा दलितको प्रतिनीधित्व सुनिश्चित भएमा मात्र समातामुलुक समाजको निर्माण हुने छ ।
यसरी सम्पुर्ण दलितका अधिकार संविधानले सुनिश्चित गरे संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यबस्थाको माध्यमद्धारा दिगो शान्ती शुसान, विकास र समृद्धिको आकांक्षलाई संविधानले पुरा गर्ने छ । भन्ने आशा दलितहरुले राखेका थिए । तर २०७२ को संविधानले त अन्तरिम संविधान २०६३ मा दलित समुदायको निमित्त प्रदान गरिएको हक र अधिकारलाई समेत कटौति भएका अधिकारलाई नेपालको संविधान २०७२ मा स्थापित गर्नको निमित्त दलितहरुले विभीन्न राजनितीक दलमा आबद्ध दलित नेता , दलित नागरीक समाज , दलित अधिकार कर्मी , दलित समाचार कर्मीको सहभागितामा संयुक्त दलित राजनितीक संघर्ष समितीको नामबाट आन्दोलनको नामबाट आन्दोलनको शुरुवात भयो ।
आन्दोलनको क्रममा कयौँ दलितहरु घाइते भए, कयौँ दलित पक्राउ परे , कयौँ दलितले बुट र लाठि खाए । यो आन्दोलनको महत्व पुर्ण उद्देश्य हो । संविधानमा दलितका अधिकार स्थापित गर्ने र सुनिश्चित गर्नु नै हो ।
दलितहरुले आफ्ना माग राख्दा राख्दै पनि नेपालको संविधानको मस्यौदा आयो । यसरी मस्यौदा आउदा नेपालका सय दलितले झन आन्दोलनलाई शशत्त बनाउदै लगियो । तर पनि दलितको आन्दोलनको सुनुवाई भएन। दलितले आफ्नो आन्दोलन नियमीतरुपमा गर्दै आए ।

दलितले उठाएका मुद्धाहरु

विगत लामो समयदेखिनै दलित समुदायले राज्यका हरेक तहमा दलितको प्रतिनिधित्वको सुनिश्चित गरी राज्य संचालन र श्रोतका दलित पहुच हुनुपर्छ भन्ने मुख्य मुद्धा उठाउदै आए । खासगरी दलितहरुले राजनितीक अधिकार र सहभागिता विना राज्यको कुनै पनि अंगमा प्रतिनिधित्व हुुुुुुन सक्दैन । त्यसकारण राजनितीक अधिकार नै सबैभन्दा ठुलो मुद्धा हो ।
नेपालमा समय समयमा हुने परिवर्तनमा दलितहरुको पनि अहम भुमिका रहदै आएको छ । जसले २००४ साल , २०७ साल, २०१५ साल ,२०३६ साल , २०४२ साल ,२०४६ साल , २०६२÷६३ को आन्दोलन होस् । यी सबैमा दलितहरुको महत्वपुर्ण भुमिका रहदै आएको छ । तर देशमा लोकतन्त्र स्थापित भै सक्दा पनि दलितको योगदानको कदर गरीएन । दलितले देशको लागि दिएको आहुति सम्मान नगरी अपमान गर्ने काम भयो जसबाट सम्पुर्ण दलित दुः खीत भएकाछन् ।
यसरी दलितहरुले उठाएका बास्तविक मुद्धाहरुलाई किनारा लगाएर नेपालको संविधान २०७२ को मस्यौदामा समानुपातिक शव्दनै नराखि समावेशिको नाममा दलितलाई झन पछाडि पार्ने काम भयो जसले गर्दा आम दलितहरुलाई आन्दोलन गर्ने वाक्य बाध्य बनायो ।
जातिय भेदभाव र छुवाछुत , दलित समुदायको सिप र कलाको संरक्षण र सम्बद्धन गर्ने , आर्थिक विकास गर्ने , भुमिहरु दलित र घरवार विहीन दलितको बसोवासको ब्यवस्था राज्यले गर्नु पर्दछ भन्ने मुद्धा दलित समुदायले उठाउदै आइरहेका छन् त्यसैगरी शिक्षा, स्वास्थ्य , रोजगारी , समानता विषय पनी मुद्धाको रुपमा दलितले उठाएका छन् । तर यी मुद्धाहरुलाई अहिले बन्ने संविधान २०७२ ले कति सम्वोधन गरेको छ त्यसको विश्लेषण गर्न जरुरी छ ।
यसरी नेपालको संविधान २०७२ लाई २०७२ साल भदौ ३१ गते संविधान सभाबाट पारीत भैसकेको छ भने २०७२ साल असोज १ गते ५३६ जना संविधान सभाका माननिय सभासदले हस्ताक्षर समेत गरीसकेर सभामुखले प्रमाण्ति समेत गरी सकेका छन् । नेपालको संविधान २०७२ लाई राष्ट्र प्रमुखको तर्फबाट महामहिप राष्टपति डा. रामवरण याादव जयुले २०७२ साल असोज ३ गते साझ ५ बजेसंविधान सभाबाट विशेष समारोह बाट जारी गर्ने कार्यक्रम समेत पारीत भैसकेको छ ।

नेपालको संविधान २०७२ ले दलितको पक्षमा पारीत विषयहरु

दलित समुदायले उठाउदै आएका मुलभुत मुद्धाहरुमा केहि मुद्धाहरुलाई नेपालको संविधान २०७२ ले पारीत गरेको छ । पारीत धारा र विषयहरु यसप्रकार छन् ।
धारा २३ को समानताको हकमा सबै नागरीक कानुनको दृष्टिमा समान हरने छन् । धर्म वर्ण लिङग जात जाती यौनिक अभिमुखीकरण शारीरीक अवस्था अपाङगता स्वास्थ्य स्थिती वैवाहिक स्थिती गर्भाबस्था आर्थिक अवस्था उत्पक्ति भाषा वा क्षेत्र वैचारीक अवस्था लगाएत अनय कुनै पनि आधारमा भेदभाव गरीने छैन भन्ने कुरा पारीत भएको छ ।
धारा २९ छुवाछुत तथा भेदभाव विरुद्ध हक पारीत भएको छ । धारा ३४ शोषण गर्न पाउने छैन भनी पारीत भएको छ । धारा ३९ मा श्रमको हकमा प्रत्येक श्रमीकलाई उचित पारीश्रमिक सुविधा तथा सामाजिक सुरक्षको हक हुने छ भन्ने कुरा पारीत भएको छ ।
धारा ४५ मा दलितको हकमा १ दलित समुदायका व्यक्तिलाई निजामति सेवा सेना प्रहरी लगायतका राज्यका सवै निकाय र क्षेत्रमा समानुपातिक समावेशि सिद्धान्तका आभारमा रोजगारी प्राप्त गर्ने हक हुने छ । सार्वजनिक सेवा लगायतका रोजगारीहरु अन्य क्षेत्रमा दलित समुदायको सशक्तिकरण प्रतिनिधित्व सहभागिताको लागि कानुन बमोजिम विशेष व्यबस्था गर्ने २ दलित विद्यार्थिलाई प्राथमिक देखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रवृती सहित निःशुल्क सशक्षाको व्यबस्था गरीनेछ ।
३ दलित समुदायलाई स्वास्थ्य र सामाजिक सुरक्षा प्रदान कानुन बमोजिम विशेष व्यवस्था गरीने छ । ४ दलित समुदाय लाई आफ्नो परम्परागत पेशा ज्ञान सिप र प्रविधिको प्रयोग संरक्षण र विकास गर्ने हक हुने छ । राज्यले दलित समुदायको परम्परागत पेशाा सँग सम्वन्धित आधुनिक व्यबसायमा उनिहरुलाई प्राथमिकता दिई सोका लागि आवशयक सीप र स्रोत उपलब्ध गराउनेछ । ५ राज्यले भुमिहिन दलितहरुलाई कानुन बनाई एक पटक जमिन उपलबध गराउने छ ।
६ राज्यले आवास विहिन दलितका लागी कानुन बनाई बसोबासकोब्यवस्था गर्ने छ । ७ दलित समुदायको लागी यस धाराद्धारा प्रदत्त सुविधा दलित महिला , पुरुष र सबै समुदायमा रहेका दलितले समानुपातिक रुपमा प्राप्त गर्ने गरी न्यायोचित वितरण गर्नु पर्ने छ भन्ने प्रावधान लाई पनि संविधान सभाले पारीत गरेको छ । धारा ४७ मा सामाजिक न्यायको हकमा दलितले समाबेशि सिद्धान्तका आधारमा राज्यको संरचना तथा सार्वजनिक सेवामा सहभागिताको हक हुनेृ छ भने कुरा पनि पारीत भएको छ ।
माग ८ काो संघिय व्यवस्थापिका अन्तर्गत धारा ८८ प्रतिनिधि सभाको गठन गर्ने व्वयवस्था पनि पारीत भएको छ भने धारा ९० राष्ट्रिय सभाको गठन गर्ने व्यवस्था पनि पारीत भएको छ ।जसमा राष्ट्रपति बाट मनोनित गर्दा ४५ जनामा १ जना दलितलाई पनि मनोनित गरिनेछ भन्ने कुरा पारीत भएको छ । तर प्रतिनिधि सभामा भने दलितको लागि स्पष्ट कुरा उल्लेख गरीएको छैन । यसैगरी संविधानले दलितका पक्षमा संघिय राज्य प्रादेशिक राज्य र स्थानिय तहको गाउँ कार्यपालिका नगर कार्यपालिका र जिल्ला संघिय परिषदमा ३ प्रतिशत देखी ५ प्रतिशत सम्म दलित को प्रतिनिधित्व सहभागिता सुनिश्चित गर्ने कुरा पनि पारीत गरेको छ ।
यसरी संविधान लाई हेर्दा संघिय राज्यमा दलितको प्रतिनिधित्व हुन सक्ने अवस्था न्युन रहेको छ यसैगरी स्थानिय तहका संरचनामा भने प्रादेशिक राज्यमा पनि दलितको समान्पातिक र समावेशि सिद्धान्त का मुद्धाहरु मध्य केहि मुद्धालाई मात्र यो संविधानले समवोधन गरी पारीत गरेको छ । धारा २५३ मा राष्ट्रिय दलित आयोगका व्यवस्थालाई संवैधानिक आयोगको रुपमा पारीत भएको छ ।
यसरी दलित समुदायका सबै मुद्धालाई सम्बोधन भएता पनि केहि मुद्धा पारीत भएका छन् । बाँकि रहेका मुद्धाहरुलाई पनि समपसाक्षेपि रुपमा दलित समुदायको पक्षममा निति नियम र कानुन निर्माण गरी पुरा गर्नु पदर्छ । लामो अन्तराल पछि जनताको पक्षमा पारित संविधान केहि हदसम्म भएपनि दलितहरु ले स्वागत गरेका छन् । अब दलितहरु पनि राज्यका निकायमा सहभागी हुने अवसर प्राप्त गरेका हुन् । लामो कसरतले समन्वय सहकार्य सम्झौता र सहमति पछि आएको संविधान केहि हदसम्म राम्रो र हाम्रो भन्दा अतियुक्ति नहोला ।
तर पनि सबैको भाबनालाई र सबैका मुद्धाहरुलाई सम्वोभन गरी सबैका सहमतिमा संविधान पारीत भएको भए अझ सुनमा सुगन्ध हुने थियो । तर अझै संविधान घोषणा भए पनि रुपान्तरित संसदले संविधानमा दलित मधेशि आदिवाशि जनजाती थारु मुस्लिम पिछडीएका वर्ग महिलाहरुका पनि अझै परिमार्जित गरि लैजानु पर्ने आवश्यकता छ जसबाट मात्र सबै अस्तित्व सबैको मान प्रतिष्ठा सम्मान हुनेछ । यस तर्क पनि राजनेता र राजनितीक दलहरुले सोच्नै पर्छ ।
सबै नेपालीको आसा थियो कि जनताले चुनेका जनताका प्रतिनिधिहरुले बनाएको संविधान जनताको पक्षमा हुन्छ भन्ने कुरा अटिलै सावित भएको छ । जनताका प्रतिनिधिद्धारा पारित संविधान जनताकै प्रतिनिधि सभामुखद्धारा प्रमाणीत संविधान र जनताकै प्रतिनिधि राष्ट्रपति द्धारा प्रमाणीकरण गरि जारी गरीएको यो संविधान नेपालको इतिहासमा कोरो ढुङ्गा सावित हुने छ ।

संविधानले सम्बोधन नगरेका दलितको विषयहरु

नेपालको संविधान २०७२ संघिय लोकतन्त्र गणतन्त्रात्मक संविधान हो । जसमा संघिय प्रादेशिक र स्थानीय गरि तिन तहका राज्यका संरचनाहरु रहने छन् । तर संघिय मन्त्रीमण्डल , प्रादेशिक मन्त्री मण्डलमा दलितको समानुपातिक समावेशिको प्रतिनिधित्व कुरा राखिएको छैन । यो अत्यन्तै गम्भीर विषय भएको छ ।
त्यसैगरी संविधानको धेरै धारा उपधाराहरुमा समावेशि सिद्धान्त मात्र उल्लेख छ । तर समानुपातिक भन्ने शब्द राखिएको छैन । जसले गर्दा दलित समुदाय समावेशि मात्र ले गर्दा प्रतिनिभित्व हुनबाट पनि बन्चित हुने अवस्था देखीन्छ । प्रतिनिधि सभा पनि दलितको कति प्रतिनिधित्व हुने भन्ने कुरा पनि राखिएको छैन् । किनभने समानुपातिक नियोचनबाट मात्र प्रतिनिधितव रहन्छ । तर प्रत्यक्ष निर्वाचनबाट दलितको प्रतिनिधित्व हुने अवस्था छैन । किनभने यो स्पष्ट संविधानमा उन्नेख छैन। संघिय प्रदेह र स्थायी संरचनामा दलितको पाँच , दश र ५५ प्रतिशत माग थियो । त्यो पुरा हुन सकेन ।
त्यसैगरी सिकाङकन र क्षेत्र निर्धारण गर्नका लागी नेपाल सरकारले एउटा आयोग गठन गर्ने छ । त्यस आयोगमा एउटा दलितको प्रतिनिधित्व हुनुपर्ने माग थियो । तर त्यो सम्वोधन भएन । संघिय मन्त्री परषिदमा दलितको प्रतिनिधित्व हुनु पर्छ भन्ने दलितको माग थियो त्यो पनि हुन सकेन यो संघिय प्रादेशिक राज्य सबैमा हुनु पर्छ भनेका थिए तर भएन संघिय प्रतिनिधि सभाको सहाजमा निर्वाचन गर्दा दलित मात्र चुनाव गराउने माग थियो । तयो पनि संवोधन भएका जुसबाट प्रत्यक्ष निदोचनमा बाट दलितले जित्ने अवस्था रहने ।
संविधान धेरै आयोग गठन गर्ने व्यवस्था राखेको छ जसमा धारा २३७ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग २४१ मा राष्ट्रिय संघिय लोक सेवा आयोग धारा २४४ मा निवार्चन आयोग २४७ मा राष्ट्रिय मानव अधिकार आयोग धारा २४९ मा राष्ट्रिय प्राकृतिक स्रोतमा वित्तीय आयोग धारा २५१ मा राष्ट्रिय महिला आयोग समावेशी आयोग मा समानुपातिक समावेशि सिद्धान्तका आधारमा दलितको अनिवार्य प्रतिनिसधत्व हुनु पर्दछ भन्ने कुरा पेश गरीएको थियो । तर आयोगका दलित प्रतिनिधित्व हुने कुरा पारीत हुन सकेन ।
जसले गर्दा दलित आयोग मा मात्र दलितको प्रतिनिधित्व हुन्छ भन्ने अब आयोगमा सहभागी हुन सक्ने सम्भाबना देखिदैन । यसरी संविधानको मस्यौदामा दलितका धेरै विषयहरु संसोधनको लागी पेश गरे पनि ती सम्भाबहरु पारीत भए जस्ले गर्दा दलित समुदायका अझै पनि सोचेजस्तो सहभागिता संविधानमा हुन सकेन ।
यसरी दलितका संविधानमा पारीत हुन नसकेका मुद्धाहरुलाई अब सम्पुर्ण दलितहरु एकताबद्ध भई अब बन्ने ऐन कानुन नियम विनिमय निर्देशिकामा पारीत गराउन क्रियाशिल हुन जरुरी छ । यसरी सक्रिय भएर लागेमा बाँकि विषय पनि पुरा हुदै जाने छन् र दलितले आफ्नो हक र अधिकार प्राप्त गर्ने छन् ।
अन्त्यमा संविधान सभाबाट पारीत भई संविधान सभाबाटै जारी भएकोमा खुःसी व्यक्त गर्दै आगामी दिनमा समानुपातिक समावेशि सिद्धान्तका आधारमा दलित समुदाय अधिकार सुनिश्चित भए शान्ती , आर्थिक विकास र समतामुलक समाजको निर्माण हुन्छ अनि देशमा दिगो शान्ती हुनेछ ।

यो संविधान राम्रो र हाम्रो बनेको छ - छविलाल विश्वकर्मा

काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान ।  दलितहरुका लागि विगतका संविधानले केही दिन नसकेपनि यो नयाँ संविधानले चाँही केही त अवस्य दिएको छ । सामाजिक साँस्कृतिक रुपमा छुवाछुत गर्न नपाईने तर यदी कसैले गरिहालेमा त्यसलाई दण्डनिय वनाउने व्यवस्थाले सामाजिक साँस्कृतिक पक्षमा ठुलो फड्को मारेको छ । भुमिहिन दलित समुदायलाई यो संविधानले एकपटक भुमी उपलव्ध गराउने कुराो ग्यारेण्टि गरेको छ, प्राथमिक तहदेखी उच्च शिक्षासम्म दलित समुदायले छात्रवृति सहित निशुल्क शिक्षाको व्यवस्था गरेको छ । रोजगारीको क्षेत्रमा समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यको सम्पुर्ण तहमा रोजगारी प्रदान गरिने व्यवस्था छ । तर नीति निर्माण तहमा भने दलितलाई वञ्चित गरीएको छ । यसका लागि निरन्तर दवाव दिन जरुरी छ । ? एमाले स्थायी कमिटिका सदस्य तथा दलित नेता छविलाल विश्वकर्मासगँ दलित अनलाइनले गरेको कुराकानी
दलित दृष्टिकोणबाट हेर्दा कस्तो संविधान जारी भयो त ? 
जनताको प्रतिनिधिहरु संविधानसभामा पुगेर बनाएको संविधान हो, यो । किनभने जनताले निर्वाचन गरेको प्रतिनिधिहरुबाट संविधान बनाइएको हुनाले यो जनताकै प्रतिनिधिमुलक संविधान छ भन्नुपर्छ । तथापि दलितहरुको दृष्टिकोणबाट भने हो भने धेरै खुसी मान्नुपर्ने अवस्था पनि छैन । र निराश हुने अवस्थाा पनि छैन । यो दुईवटै कुराहरु हामी पाउँछौ र यसमानेमा निराश हुनुपदैन कि, विगतका संविधान भन्दा यो संविधान दलित समुदायको आर्थिक, सांस्कृतिक, सामाजिक परिवर्तनका लागि यो धेरै महत्वपूर्ण छ । अन्य समुदायभन्दा कम लेखिएको छैन, दलित समुदायको मुद्दा नयाँ संविधानमा । त्यसकरण यो संविधान राम्रो र हाम्रो बनेको छ ।

के–के अधिकार लेखियो त ,यो संविधानमा दलितहरुका लागि ?

नेपालको राजनीतिक इतिहासमा विगतमा छ वटा संविधानहरु बने । ती संविधानमा जनताको हक अधिकार पूर्णता नभएरै ती संविधान विरुद्ध परिर्वतनहरु भए र अहिले सम्म आइपुग्दा जनताको सपना केहि पुरा भएको छ । र जनताले आफनो लागि आफै संविधानको निर्माण गरेका छन् । यसमा दलित समुदायको लागि पनि विगतमा नपाएका केहि उपलब्धीहरु भएको छ । जस्तै सामाजिक सांस्कृतिक रुपमा छुवाछुत गर्न नपाईने र यदि गरे त्यसलाई दण्डनीय गर्न सकिने कुरा र पिडीतलाई क्षतिपूर्तिको व्यवस्था समेत गरेको छ । यो एउटा सामाजिक, सांस्कृतिक पक्षको ठूलो फड्को हो । आर्थिक क्षेत्रको कुरा गर्ने हो भने दलित समुदाय अधिकाशं भुमिहिन छन । यो संविधानले भुमिहीन दलितलाई एकपटक भुमी उपलब्ध गराउने ग्यारेण्टी गरेको छ । त्यस्तै शिक्षामा प्राथमिक तहदेखि उच्च शिक्षासम्म दलित समुदायले छात्रवृत्ति सहित शिक्षा पाउने व्यवस्था गरेको छ भने विपन्न दलितहरुलाई स्वास्थ्य सेवामा छुटको व्यवस्था गरेको छ । त्यस्तै रोजगारीको क्षेत्रमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको सम्पूर्ण तहमा उनीहरुलाई रोजगारी प्रदान गरिने व्यवस्था गरेको छ । यसरी नीति निर्माण तहमा भने दलितलाई वञ्चित गरिएको छ । यसको लागि हामी निरन्तर दवाव दिई अघि बढ्छौ ।

दलितका धेरै जसो मागहरु त पुरा भए , यी मुद्दाहरुलाई स्थापित गराउन कत्तिको गाह्रो हुदोरहेछ त ?

धेरै गा¥हो ह“ुदो रहेछ हामी दलित समुदायको हक अधिकार स्थापित गराउन । त्यो त यो संविधान निर्माण प्रक्रियामा पनि प्रष्ट देखियो नि । पहिलो संिवधान सभा र अन्तरिम संविधानले समेत सुनिश्चित गरीसकेका हामी दलित समुदायका हक अधिकारहरुलाई यो संविधान लेखन गर्दा केहि अधिकारहरु कटौती गरियो । यो अत्यन्त दुखद पक्ष हो हाम्रा लागि । यसका निम्ति अहिलेको वर्तमान राजनीतिक दलहरु नै बढि जिम्मेवार देखिए । जुन राजनीतिक दलले अहिले संविधान बनाउने नेतृत्व ग¥यो उसलाई बढि दोष दिनुपर्छ , त्यसको साथै अन्य पार्टीहरु पनि यसमा भागीदार भए । एउटा महिलालाई अधिकार दिनलाई एकमत हुन सक्ने राजनीतिक दलहरु दलित समुदायलाई अधिकार दिने बेलामा भने एकमत हुन सकेनन् । यो सामन्तवादी र पुरातनवादी सोचको उपज नै हो र यो सबै पार्टीका नेतृत्वमा रहेछन् भन्दा मलाई कुनै आपत्ति छैन । विगत आठ वर्षदेखि यो समुदायका निम्ति जुन खालको प्रयत्नहरु हामी राजनीतिक पार्टीका कार्यकता, सभासद साथीहरु, राजनीतिक दलका भातृसंगठनका साथीहरु, दलित नागरिक समाज, दलित गैरसरकारी संस्थारुहरुले ग¥यौं त्यो त्यसकै आधरमा अधिकार स्थापित गरेका हौं ।
तपाइहरु ४० जना सभासदको समन्वय समितिको कमजोरी वा राजनीतिक दलहरुको कमजोरी भयो । तपाइहरुले उठाएका मुद्दालाई राजनीतिक दलहरुले लताइयो भन्छन् नि ,यो संविधानमा ? 
हामीले अहिलेको संविधान सभामा दलित समन्वयन समिति बनायौ । अघिल्लो संविधान सभामा दलित समुदायको लागि राज्यका सबै संघिय, प्रान्तीय सम्पूर्ण समानुपातिक अन्र्तगत थप ३ र ५ प्रतिशत थप अधिकार सहितको हुने भन्ने कुरा थियो त्यो अधिकार अहिले आउन सकेको छैन । त्यो अधिकारलाई हामीले जोगाउन सकेका छैनौ भन्ने हामीले स्वीकार गर्नुपर्छ । लागि यसका हामीले पटक पटक छलफल पनि ग¥यौ । म आफै लगायत दलित समुदायका ६ जना सभासद संविधान मस्यौदा समितिमा पनि थियौ । संवाद समितिमा पनि हाम्रा विश्वेन्द्र पाश्वान र जितु गौतम लगायत नेताहरु पनि संवाद समितिमा थिए । र मस्यौदा सम्म विवादित विषयमा त्यो टुङगो नलागीसकेका विषयहरु हामीले मस्यौदा समितिमा राख्न सक्ने अवस्था छैन । र कतिपय कुराहरु पनि मस्यौदा समितिमा छलफल भइसकेको अवस्था थियो ।

फेरी मस्यौदा समिति भन्दा माथि एकिृकत मस्यौदा कार्यदल बन्यो र अन्तत त्यो संवाद समितिमा बहसमा गयो तर संवाद समितिले यी विषयमा निक्यौल गर्न नसकेपछि अन्तत हाम्रा अधिकारहरु काटिएर आए । त्यहा सबै पार्टीका ३० वटा दलका शीर्ष नेताहरु त्यहाँ हुनुहुन्थ्यो । तर त्यो समितिले पनि काटिएको जुन दलित समुदायको अधिकार थियो । समानुपातिक अतिरिक्त यो अधिकार स्थापित गराउन सकेन । यसरी हाम्रो पनि पर्याप्त दवावको कमजोरी र नेताहरुको पनि दलितलाई हेर्ने पुरातनवादी सोचको कारण हाम्रो मुद्दाहरु काटिएर संविधान जारी भयो ।

उनीहरुको मनोवृति नै त्यहाँ दिन नचाहेको देखियो ? 

अवश्य पनि त्यै हो की यो समुदायको अधिकारलाई उनीहरुले स्थापित गर्न चाहेनन् । जसका कारणले यो अधिकार आउन सकेन त्यसका लागि हामीले अन्तिम प्रयास ग¥यौ । यति सम्म की पार्टीको आफनो किसिमको नीति र दृष्टिकोण हुदाँहुदै पनि म लगायत नेपाली काङग्रेसबाट हामी र ३ जनाले संशोधन प्रस्ताव पनि हाल्यौ । त्यसपछि एनेकपा माओवादीका साथीहरुले पनि हाल्नु भो र नेकपा एमालेका साथीह्रुले संसोधन हाल्नुभयो तर नेकपा एमालेका साथीहरुले बीचमा नै छोडनुभो । फिर्ता लिनुभो तर नेका र एनेकपा माओवादी पार्टीका साथीले हामीले संविधान सभामा राखेको फरक अथवा संसोधन प्रस्तावमा व्यापक वहस र छलफल चलायौ । त्यहाँ धेरै माननीय अरु साथीहरु जो गैर दलित समुदायको हुनुहुन्छ, उहाँहरुले पनि हाम्रो अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर बोल्नुभयो ।

अहिलेको संविधानमा लेखिएका दलितको मुद्दाहरु कार्यान्वयन गर्न कत्तिको डर छ ?
मुख्य कुरा कुनै पनि कुरा कागजी रुपमा लेखिदैमा पुग्दैन । संविधानका धाराका रुपमा मात्रै लेखिएर पुग्दैन । ती लेखिएका विषयबस्तुहरु कति कार्यान्वयन भए भन्ने कुरा ठूलोे हो । त्यसैले गर्दा विगतमा ०४७ सालको संविधानको बारेमा भन्नुपर्दा पनि यो पछाडी परेका वर्ग समुदायका लागि विशेष खालको व्यवस्था गर्न सकिनेछ भनेर उल्लेख भएका थिए । यसको मतलब राज्यले विशेष कानुन बनाएर उनीहरुलाई राज्यको मुल प्रवाहमा ल्याउने भन्ने कुरा थियो । तर एउटा पनि कनुन बन्न सकेन । किनभने व्यवस्थापिकामा हाम्रो प्रतिनिधित्व थिएन । जसका कारणले बनेन । त्यसकारण हाम्रो मुल बुझाई के हो भने जबसम्म त्यो संरचनामा हाम्रो प्रतिनिधित्व हुदैन, तबसम्म हाम्रा कुराहरु आउदैन । अहिलेको संविधानमा पनि धेरै दलित समुदायका कुरा त उल्लेख छन । तर त्यो उल्लेख भइसकेको विषय पनि कार्यान्वयन नहुने खतरा छ । त्यो खतरा प्रति हामीले सदैव खवरदारी गर्नुपर्छ । ३ वर्ष भित्र कानुन बनाउने कुरा गरिएको छ । त्यसमा पनि आवश्यकता अनुसार भनिएको छ र कुन खालको आवश्यकता हो भन्ने स्पष्ट छैन । यसमा हामी सजग भई अघि बढ्नुपर्छ ।

यो संविधानलाई दलित समुदायको आखाँबाट हेर्दा अझैपनि हामी स्पष्ट हुन नसकेको र चिल्ला कुरा लेखेर उम्किने प्रवृत्ति देखियो नि त ? 

हो, त्यस्तो प्रवृत्ति पनि देख्न सकिन्छ । ०६२÷०६३ को आन्दोलन पछिको पुर्नस्थापित प्रतिनिधि सभाले छुवाछुत मुक्त राष्ट्र घोषणा ग¥यो । त्यो घोषणा गरिसकेपछि त्यसको घोषणालाई कार्यान्वयन गर्ने तर्फ खासै चासो दिएन । त्यसको पाच वर्ष पछि ०६८ सालमा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन जारी भएको छ । तर ०५८ सालमा बनेको राष्ट्रिय दलित आयोगको विधेयक आज सम्म पारित भएको छैन । यी खालका खतरा र समस्याहरु छन । यति सम्म की अब नयाँ तर राष्ट्रिय दलित आयोगको त्यो विधेयक पासै नभई सकिने अवस्था रहयो । यो अत्यन्तै विडम्बनाको कुरा हो । इतिहासमा हामीले यस्ता घटनाहरुबाट पाठ सिक्नु जरुरी छ । र भोलिका दिनमा पनि यस्ता किसिमका घटनाहरु नदोहोरिएलान भन्न सकिन्न । राज्यले भित्री आखाले हाम्रा समस्या देख्न सक्दैन । त्यसैले हामी जुनसुकै बेला पनि अत्यन्त चनाखो भएर आफना हकहरुलाई स्थापित गराउनु लागिपर्नु पर्छ । यसका लागि विभिन्न छलफल,अन्तरक्रिया हरु गरेर दवाव दिन सक्छौ । नत्र भने कार्यान्वयन हुने कुरा हुदैन । अवको हाम्रो कुरा कानुन बनाएर मात्र होइन कार्यान्वयन मा जोड हो ।

आन्दोलनको रफ्तार नपुगेर हो ,वा राजनीतिक दलहरुले हामीलाई वेइमानी गरे ,यस्को भित्री पाटो के हो जस्तो लाग्छ तपाइलाई ? 

दलित समुदायले ००७ सालको क्रान्तिदेखि ३० वर्षे पञ्चायत विरुद्धको आन्दोलन अनि १० वर्षे जनयुद्ध र ०६२÷०६३ को आन्दोलन मा महत्वपुर्ण भुमिका खेल्दै आयो । हरेक आन्दोलनलाई दलित समुदायले रानीतिक परिवर्तनको आन्दोलनको रुपमा लियो । दलित समुदायले आन्दोलन पछि अधिकार पाउछन भन्ने कुरा सोच्यौ । तर अहिले पछिल्लो दिनमा दलित आन्दोलन अझै पुगेन । दलित आन्दोलनलाई छुट्टै रुपमा अझै सशक्त बनाउदै लग्नुपर्छ र यसमा गैरदलितहरुको पनि नेतृत्व हुनु एकदम आवश्यक छ । देश विकासको नयाँ ऐजेण्डा लिएर हिडनुपर्दछ । यो समुदाय उद्यमशील शिप र कला भएको समुदाय हो २१ औ शताब्दीमा हामी कति पछाडी छौ । हामीले सहजै अनुमान लिन सकिन्छ । हामीले एउटा नयाँ ढंगबाट सोच्नुपर्ने राष्ट्रलाई अन्य विकसित मुलुकहरुसंग तुलना गरेर हाम्रो वहस शुरु गर्नुपर्ने बेलामा आज आज हाम्रो जनशक्रि अहिलेको जेनेरेशन हामी राजनीतक नेतृत्वहरुले चाहि हामीले राष्ट्रको चिन्तन गर्नुपर्ने बेलामा एउटा सानो समुदायको चिन्नतमा समय खर्च गर्नुपर्ने बेला छ । त्यसकारण यो अत्यन्तै महत्वपूर्ण कुरा हो । यसका लागि हामीले एउटा कार्ययोजना बनाउ कति समयसम्म एउटा समस्या हल गर्न राज्यको एउटा योजनावद्ध ढंगले यसलाई लान सक्नुपर्छ भनेर त्यो खालको छलफल गर्न जरुरी छ ।

के के छन, दलितहरुको समस्या सामाधान गर्न तपाईसंग भावी योजना ? 

वास्तवमा दलित समुदाय भित्र पनि विविध खालका समस्याहरु छन । हाम्रो देशमा अधिकाशं गरिब भनेको यही दलित समुदाय नै छ । त्यसमा पनि दलित समुदाय हलियाको रुपमा बालिघरे प्रथाको रुपमा हरुवा चरुवा लगायत विविध खालका परम्परागत सामन्ती व्यवस्थाबाट अहिले पनि हाम्रो समुदाय माथि उठ्न सकेको छैन । हलिया मुक्ति घोषणा गरियो । कमैया मुक्ति घोषणा गरियो तर यो समुदाय आज पनि त्यहि पुरानै ढंगबाट बाँच्न बाध्य छन । त्यस्तै वादी समुदायमा वादी महिलाहरुको अवस्था पनि नाजुक छ । यसरी यो समुदायलाई हामीले ३, ४ वटा समुदायमा बाड्नु पर्दछ । दलित समुदायभित्र पनि यस्तो वर्ग बनिसकेको छ कि जो आर्थिक रुपमा ,शैक्षिक रुपमा धेरै माथिल्लो अवस्थामा पुगिसकेको छ । उनीहरु समाजमा अन्य समुदायसंगको हाराहारीमा जान सक्ने अवस्था भइसकेको छ । हामीले त्यसलाई दलित समुदाय भन्दा माथिल्लो वर्ग भन्न सक्छौ । त्यसलाई हेरेर कुनै योजना बनाउने होइन । हामीले योजना ल्याउदाखेरी सबैभन्दा तल्लो तहलाई हेरेर ल्यानुपर्छ मेरो मान्यता हो । हामीले कुनै किसिमको अधिकार दिदाखेरी तल्लो तहबाट उनीहरुलाई कस्तो किसिमको अधिकार दिने हो, आर्थिक, सामाजिक सांस्कृतिक अथवा रोजगारी लगायतका ती कार्यक्रमहरु कहाँबाट शुरु गर्ने त, कुन वर्गबाट शुरु गर्ने त ? हामीले एउटा दीर्घकालिन योजना र सोच खै त बनाउन सकेको खै त राज्यले बनाउन सकेको ? तपाई हाम्रो योगदान के भयो त ? हामी अहिले सम्म बीना योजना , बीना कार्यक्रम अगाडि बढिरहेका छौ । जसले गर्दा हाम्रो योजनावद्ध विकास हुन सकिरहेको छैन । जुनसुकै राजनीतिक पार्टीले सत्ता संचालन गरोस । त्यो राजनीतिक पार्टीले अथवा त्यो सरकारले दलित समुदायका लागि बनाएको योजना हामीले लागु गरौ किन नभन्ने ?

एकजुट त हुनुपर्ला नि योजना बनाउनको लागि ?

हो, त्यसैको लागि मैले भनेको हु“ । कुनै पनि योजना बनाउनका लागि राष्ट्रिय राजनीतिमा रहेका दलहरुको साझा एजेण्डा बनाउन जरुरी छ । जसरी अहिले हामी संविधान निर्माण प्रक्रियामा एक ठाउ“मा वस्यौ । त्यसरी नै एक ठाउँमा बसेर राष्ट्रिय स्तरको योजनावद्ध कार्यक्रम र नीति ल्याउन जरुरी छ । त्यसो ग¥यौं भने हाम्रो समस्या सधैभरि रहने छैन ।

दलित अनलाइनबाट 

दलन विरुद्धको प्रतिरोधः नेपाली दलितको सङघर्षगाथा - सरोज जी. सी.

दलन विरुद्धको प्रतिरोधः नेपाली दलितको सङघर्षगाथा 
सम्पादकः राजेन्द्र महर्जन र डा. याम बहादुर किसान 
प्रकाशकः समता फाउण्डेसन 
पृष्ठः ३३४
काठमाडौं ,१२ असोज, विभेद बिरुद्ध अभियान ।  सवालटर्नकि भारतीय अध्येता गायत्री स्पिभाकले आफ्नो चर्चित लेख “क्यान सवालटर्न स्पिक ?”मा सवालटर्न अथवा “सानो दर्जाका जनता”को स्थितिलाई आर्थिक, राजनीतिक तथा पहिचानको दृष्टिकोणबाट औंल्याइन । यद्यपि उनको लेख उपनिवेशबादको परिप्रेक्ष्यमा लेखिएको भएतापनि जातीय विभेद तथा छुवाछुतले आक्रान्त दक्षिण एसियाको सन्दर्भमा यो प्रश्नको छुट्टै भौगोलिक तथा सांस्कृतिक अर्थ र पाटो छ र छुट्टै उत्तर पनि । असीको दशकमा सोधेको यो प्रश्नको जवाफ अहिले एक्काइसौं शताब्दीमा भने बिस्तारै देखापर्न थालेका छन्, त्यो पनि दक्षिण एसियाबाट नै । यसको उदाहरण नेपालमा पनि बिगतका केहि ऐतिहासिक राजनीतिक परिवर्तनसंगै देखापर्न थालेका छन् । यस्तै तात्विक परिवर्तनका उदाहरण र विमर्शलाई समेटिएर लेखिएको पछिल्लो पुस्तक हो, दलन विरुद्धको प्रतिरोधः नेपाली दलितको सङघर्षगाथा । पुस्तकले नेपालको सन्दर्भमा स्पिभाकको प्रश्नको गतिलो सकारात्मक जवाफ दिने प्रयास गर्दछ, हो अब सवालटर्न बोल्न सक्छन । पुस्तकले नेपाली दलितको सङघर्ष सम्बन्धि एउटा बौद्धिक छलफलको थालनि गरेको छ ।

राजेन्द्र महर्जन र डा. याम बहादुर किसानद्वारा सम्पादिक यो पुस्तक अनुसन्धानमुलुक लेख तथा केहि वस्तुगत अध्ययनको संगालो हो । पुस्तकले समाज र समयले ल्याएको दलित चेतना र अमानवीय प्रथा तथा व्यबहारको प्रतिरोधको संघर्षलाई प्रष्ट्याउने प्रयास गरेको छ । दलनबिरुद्धको प्रतिरोधको इतिहास नयाँ होइन । छुवाछुत तथा जातीबादको प्रतिरोध राणाशासनकालको पूर्वाद्र्ध र उत्तराद्र्ध पनि भएको पाइन्छ । पुस्तकको परिचयमा सम्पादकद्वय उल्लेख गर्छन, शक्ति संचालनको पक्षबाट नै हिन्दुधर्मको सुधारबादी धारणा र सार्वजनिक स्थलमा छेकथुनको बिरुद्ध चन्द्र शमसेर तथा शुक्रराज शास्त्रीले नै कदम चलाए पनि देख्न लायक उल्लेखनीय नतिजा प्रजातन्त्रको स्थापना पछि मात्र भएको हो । स्पष्टतः २००८ पछिमात्र राजनीतिक मोर्चाबन्दी र सांगठनिक एकता सुरु भएको पाईन्छ । पुस्तक–परिचयमा दलन बिरुद्धको प्रतिरोधको संघर्ष ईतिहासलाई श्रृङखलाबद्ध रुपमा प्रस्तुत गरिएकोछ ।

दलित केन्द्रको संघर्षको इतिहास हेर्दा संघर्षको केन्द्रबिन्दु मन्दिर तथा अन्य (हिन्दु) धार्मिकसंस्था नै रहेको पाइन्छ । र, पुस्तकमा मन्दिर प्रवेशका वस्तुगत मुद्दालाई प्रमुख जोड दिए पनि यो मात्र दलित आन्दोलनको साध्य हुनुहुँदैन भन्ने आवाज छ । हिन्दुबादी शक्ति संचालन प्रतिरोधस्वरूप धर्म परिवर्तन “ट्रेन्ड” मौलाउंदै गएको छ । दलितको वास्तविक पहिचान गर्न नसकेको पूस्तकमा समाबेश धेरै लेखको निक्र्याैल छ । तर, के धर्म परिवर्तन नै दलित उत्पीडनको निकास हो ? यो प्रश्नको चोटिलो विश्लेषण भने पुस्तकमा भेटिदैन ।

ग्रामिण र विकट क्षेत्रमात्र होइन, आधुनिकताको केन्द्र मानिने राजधानी, काठमाण्डौ पनि जातीय विभेद र छुवाछुतको इतिहास छताछुल्ल छ । काठमाण्डौ उपत्यकामा १९६१ साल पछि माधवराज जोशी र शुक्रराज शास्त्री प्रयास हिन्दु धर्मतन्त्रको जग हल्लाउन र दलित आन्दोलनको आधारशिला हाल्न मद्दत गरेको पाईन्छ । २०१० को पशुपति मन्दिर प्रवेशको यसको महत्वपूर्ण कडि हो । जेबी विश्वकर्मा “पशुपति मन्दिर प्रवेश संघर्षः जब राज्य झुक्नु पर्याे”मा पशुपति मन्दिर प्रवेश संघर्षलाई दलित आन्दोलनलाई राष्ट्रियतहको संघर्षको रुपमा बोध गराउने र राज्यलाई झुकाउने सशक्त प्रयासको द्योतक मान्छन् । त्यो बेलासम्म छुवाछुत गैह्रकानुनी र असंबैधानिक भएपनि, दण्डनीय थिएन, उक्त प्रयासले यस्ता प्रथाको निरन्तरतालाई दण्डनीय बनाउन मजबुर गर्याे । 

पुस्तकको अर्काे महत्वपूर्ण पक्ष हो, दलित आन्दोलन छुवाछुत र विभेदमा मात्र समर्पित थिएन, यसका अन्य पक्षहरु पनि थिए । पुस्तकका अन्य लेख, “सिपापोखरे पानी उघाउ संघर्ष”, “उदयपुरमा सहभोज”, “बादी समुदायको संघर्ष”, “गैंडाकोट दूध भराउ संघर्ष” आदिले सामाजिक तथा राजनीतिक महत्वका अन्य पक्ष जस्तै भूमि सुधार, समावेशी, जातीय समानता, सामाजिक न्यायका सवालहरुलाई उठान र बिमर्श गर्नुका साथै, दलित आन्दोलनका सबल र दुर्बल पक्षको लेखाजोखा गरेकाछन् । सर्वजित विश्वकर्मा र विश्व सर्वजन संघ चलाएको अभियानको इतिहास, उपलब्धि र क्षतिको चर्चा रणेन्द्र बरालि “भगत सर्वजित विश्वकर्मा र दलित आन्दोलन”मा गछनर्् । बाग्लुङ्ग जिल्लाको मूलपानीबाट सुरु भएको दलित आन्दोलनले कठोर जहाँनिया राणाशासनकाल विरुद्ध औंला ठड्याउनु आफैमा महत्वपूर्ण थियो । तापनि, “हिन्दुधर्म नै वर्ण व्यवस्था, छुवाछुत र जातपातको आधार हो” भन्ने तथ्यलाई नबुझ्नु नै यो सांगठनिक संघर्षको सैद्धान्तिक कमजोरी थियो, बरालिको ठम्याई छ ।

आन्दोलनले राजनीतिक पहिचान नपाएसम्म यसको सार्थकता हुँदैन । धेरै हदसम्म त प्रत्येक आन्दोलनको साध्य राजनीतिक तथा संबैधानिक पहिचान नै हो । पुस्तकका केहि लेखले आन्दोलनको राजनीतिक तथा संबैधानिक पाटोको चर्चा गर्छन । पद्मलाल विश्वकर्माको लेख “सिंहदरबार घेराउ तथा भद्रकाली अनसन”ले २०५७ साल असारमा भएकोे दलित आन्दोलन फलस्वरूप धर्म निरपेक्षताको बहाली र प्रतिनीधि सभामा दलित आरक्षण तय गर्ने जस्ता संबैधानिक अधिकारबारे टिप्पणी गर्छ । अर्काे समय सान्दर्भिक उठान हो, दशबर्षे जनयुद्धमा दलित बलिदानको भूमिका । जनयुद्धको दौरान राज्यबाट मारिने मध्ये १२.६ प्रतिशत दलित छन् । दलित बलिदानको यथेष्ट पहिचान र प्रतिनीधित्व नहुनु ब्राह्मणवादी र दक्षिणपन्थी अवसरबादको अभिव्यक्ति हो, तिलक परियार तर्क गर्छन आफ्नो लेख “दशबर्षे जनयुद्धमा दलितको बलिदान गाथा”मा । त्यसैगरी आहुति भन्छन्, २०६३ को अन्तरिम संविधानले दलित आन्दोलनलाई मुर्तरुप दिने काम गर्याे । सामजिक समावेशिको सिद्धान्तलाई अंगीकार गरि दलित र अन्य पिछडिएका जातीलाई सामजिक न्यायको मोडेलमा समावेश गर्याे ।

यद्यपि, पुस्तकमा केहि सवालहरु अनुत्तरित छन् । प्राय सबै लेखमा हिन्दु धर्म र शास्त्र दलित उत्पीडन र विभेदको उद्गमबिन्दुको रुपमा चरितार्थ छन् । यो उत्पीडन शास्त्रको अबुझ, अल्पज्ञान वा अवैज्ञानिक व्याख्याले ल्याएको हो वा दलित आन्दोलनको दृष्टिकोणबाट शास्त्र नै गलत छ ? प्रश्नको एथेष्ट चर्चा नभेटीन सक्छ । पुस्तकको निष्कर्ष छः दलित आन्दोलन समयबोध र राजनीतिक चेतनाले उत्पन्न भएको अभिव्यक्ति हो । धर्मको नाममा भएको अन्धविश्वास र धर्मान्धतालाई दक्षिण एसियाको सन्दर्भमा विज्ञानले पनि पखाल्न सकेन । विश्व एक्काईसौं शताब्दीको डिजिटल युगमा पुग्दा, हाम्रो समाज जातीय छुवाछुत र दलन जस्ता साँघुरा घरायसी पर्खालबीच पिल्सिएको छ, यो हाम्रो समाजको लागि बिडम्बना हो ।



नागरिक दैनिक बाट 

Monday, September 28, 2015

दलित समुदायका बस्तीमै पुगी अभिभावकहरु संग अन्तरक्रिया

गुल्मी, असोज ११, विभेद विरुद्ध अभियान । दलित विद्यार्थीहरुको विद्यालयमा उपस्थिति न्यून हुन थालेपछि सदरमुकामको एक बिद्यालयले दलित बस्तीमै पुगी अभिभावकहरु संग अन्तरक्रिया गर्न थालेको छ । सिद्घबाबा उमावि तम्घासले विद्यालयमा भर्ना भएका दलित विद्यार्थीहरुको निरन्तरता र टिकाउपनमा समस्या आएपछि उक्त कार्यक्रम सञ्चालन गर्न थालेको हो । विद्यालयमा दलित विद्यार्थीको उपस्थिति न्यून हुनु र सिकाइ उपलब्धीमा समेत न्यूनता आउन थालेपछि दलित बस्तीमै छलफललाई अगाडि बढाइएको प्राचार्य डोरबिक्रम श्रीसले जानकारी दिए । उनले बिद्यालयको यो कार्यक्रमले केही सुधार ल्याउने आशा व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पर्याप्त समय दिन नसकेको र चासो समेत नराखेकोले यस्तो समस्या आएको बताएका थिए । बालबालिकाहरुको पढाइलाई मध्येनजर राखेर विद्यालयले गरेको कामप्रति अभिभावकहरुले खुशी व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापाको नेतृत्वमा जिल्ला शिक्षा कार्यलय गुल्मीका विद्यालय निरिक्षक दिपक भण्डारी, झविलाल वि.क., अभिभावक छन्दबहादुर पहराई, नेपाल दलित संघका अध्यक्ष झविन्द्र वि.क., यमबहादुर वि.क. लगायतको टोलीले दलित बस्तीमा पुगी अन्तरक्रिया गरेको बिद्यालयले जनाएको छ ।