Wednesday, November 30, 2016

रोल्पामा बालिघरे प्रथा न्यूनीकरण हुँदै

विभेद बिरुद्ध अभियान - रोल्पा, १५ मङ्सिर । रोल्पामा परम्परादेखि चल्दै आएको बालिघरे प्रथा न्यूनीकरण भएको छ ।कपडा सिलाएबापत वा आरनको कामगरे बापत ज्यालास्वरुप वार्षिक दुई पाथी अन्न दिँदै आएकोमा हाल श्रमको आधारमा नगद दिने प्रचलनको सुरुवात भएको दलित अधिकारकर्मी कर्मलाल परियारले बताउनुभयो ।

दलित भोकै पनि नहोउन् र पेटभरी खान पनि नपाउन् भन्ने मानसिकताका साथ उच्च जातिहरुले यस्तो परम्पराको थालनी गरेको परियारले बताउनुभयो ।रोल्पा जिल्लाबाट बालिघरे प्रथा उन्मुलन गर्ने अभियानअन्तर्गत हाल आधा दर्जनभन्दा बढी गाविसमा बालिघरे प्रथा अन्त्य घोषणा भइसकेको परियारले जानकारी दिनुभयो ।

बालिघरे प्रथा उन्मुलनगरी दलितहरुको पेसालाई मर्यादित बनाउन तथा श्रमअनुसारको ज्याला पाउने वातावरण सिर्जना गर्न जिल्लामा विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।

हाल रोल्पा जिल्लामा १८ प्रतिशत दलित रहेका छन् । विगतमा दलितहरुले मात्रै कपडा सिलाई गर्दै आएकोमा पछिल्ला दिनमा गैर दलितले समेत सो पेसा अङ्गाल्दा आफ्नो पेसा सङ्कटमा पर्दै गएको दलितहरुले बताएका छन् । 

Monday, November 28, 2016

दलित युवतीद्धारा चारपाला मन्दिर प्रवेश, पुजा सुरु गरेकोमा हंगमा सुरु

प्रेम सुनार गुल्मी, विभेद बिरुद्ध अभियान ,मंसिर १४  । आफुलाई कालि माता उत्रेको भन्दै गुल्मीको ऐतिहाँसिक चारपाला दरवारको ईस्वरी देवि मन्दिरमा त्यहाँका एक दलित युवती प्रवेश गरेर हिजो देखि पुजा आराधना सुरु गरेकी छिन् ।
उक्त चारपाला दरवार स्थापना भएको झण्डै तिन साताव्दीको ईतिहाँसमा दलित युवती उक्त मन्दिरमा एक्लै प्रवेश गरेर पुजा आराधना सुरु गरेपछि अन्य समुदाय भित्र हंगमा सुरु भएको छ ।
हिजो विहान खान पकाई रहेको बेला एक्कासी कालिमाई उत्रेर घरबाट हिडेकी अमरअर्वाथोक–९ डाँडापोखरीकी १७ वर्षिया पुजा परियार साढे ९ वजे चारपाला दरवारमा प्रवेश गरेकी थिईन् । प्रवेश गरे पछि पुजा समितिका मानिसहरुलाई मैले ईस्वरीमातालाई प्रत्यक्ष भेटेर पुजा गर्न चाहन्छु ढोका खोलि दिनुहोस भनेर आग्रह गरिन् । तर समितिका कुनै पनि पदाधिकारीहरुले अहिले चाँपी छैन् खोल्न सकिदैन भनेर टारी रहे ।
उनको पालो साँझ ६ वजे सम्म नखोलिए पछि उनको शव्दमा कालिमाई कै शक्ती ग्रहण गरेर मुल ढोका फोरे पुजा सुरु गरिन् । रातभरी पनि पुजा दिनै भर पनि पुजा सुरु गरेपछि आज जिल्लाका दलित अधिकारकर्मी सहित पुजा समिति र स्थानिय राजनैतिक दल बसेर उनले तिन दिन लगातार कालिमाईले पुजा गर्न भन्नु भएको छ भन्दै मन्दिर छाड्न नमाने पछि तिन दिनका लागि उनलाई त्यहाँ राखेर पुजा आराधना गराउन सवै मञ्जुर भएका छन् ।
पुजा समितिका अध्यक्ष रुद्रबहादुर ब्ुचा मगर लगायतका केहि व्यक्तिले दिउँसो अवेर सम्म के कारणले ढोका खोलियो ? जवकी पुजारी वाहे कोही बस्न नपाउने निर्णय समितिले भन्दै उनलाई अफ्ठ्यारोमा पार्ने तर्कहरु निकाल्न खोज्दै थिए । तर त्यहाँका दलहरु र जिल्लाबाट गएका दलित अधिकारकर्मीहरु विच राम्ररी छलफल भए पछि उनिहरु पछि हटेका थिए ।
अमरअर्वाथोकको सरस्वती माविमा कक्षा १० मा अध्यानरत परियारले यो मन्दिर सवैका लागि हो, दलितले पुजा गर्न हुँदैन भनेर मलाई देवि उत्रिदा समेत वाहिराउने निकै प्रयास गरियो र भित्र पस्न नदिन घण्टौं सम्म तानावाना वुनेर मलाई दुख दिईयो , त्यस पछि साँझ कालिमाता आफै शक्ती ग्रहण गरेर ठुलो ताल्चा फोरेर मलाई भित्र पसाउनु भयो ।
वाहिरबाट मुखले चिप्लो घस्नेहरु यस मन्दिरका लुटेरा रहेछन् भन्ने कुरा आफुले थाह पाएको उनको आरोप थियो । उनले पटक पटक लुटेराहरुको संज्ञा दिदै समितिका मान्छेहरु मानव विरोधी , देवि–देउता विरोधी भएको आरोप लगाईन् । उनी मन्दिर प्रवेश गर्ने शाहस आफुले नबटुलेर कालिमाता आफैले बटुलेको ठोकुवा गरिन् ।
उनले कालिमाताले जस्तोखालको रुपरेखा र कृयाकलाव गर्ने गरेको देखिन्थ्यो त्यो जस्ताको त्यस्तै गर्ने गर्दछिन् । नढाँटी आफ्ना विवरण पेश गरे उनले सवै वकेर प्रष्ट पारी दिन्छीन् । मनमा पाप राखेर वोले उनलाई बक्न किनै सकस हुने र वोहोस हुने गर्दछिन् ।
आफुलाई मन्दिर प्रवेश गर्न रोक लगाउने र घृणा गर्नेहरुलाई कहिल्लै भलो नहुने उनको भनाईछ । उनका काका ईस्वरी परियारका अनुसार उनलाई दशैको घटस्थापना देखि कालिमाई उत्रेका थिए ।
त्यस अघि उनलाई केहि भएको थिएन् । तर नहुने चोखो जल चढाउँदै उनि समान्य अवस्थामा स्कुल जाने गर्दथिन् । उनका पिता लक्ष्मण परियार भारतमा जागिरे भएकोले उनि भारतमै जन्मेर हिन्दुधर्मकी अनुआयी रहेकी थिईन् ।
नेपाली कांग्रेसका नेता अशोक थापा , नेकपा एमालेका नेता अशोक श्रेष्ठ र नेकमा माओवादी केन्द्रका स्थानिय नेता डिलबहादुर बिक, ईस्वरी माविका प्रधानध्यापक हरिबहादुर कार्की लगायतका परिवर्तनका पक्षधर स्थानिय शिक्षक वुद्धिजिवीहरुले दलित वा जो कोही पसेर पुजा गर्दैमा फरक नपर्ने तर्क राखे पछि कुनिष्ठा देख्ने जस्ता पुरातनवादीहरु पछि हट्न बाध्य भएका थिए ।
मन्दिर प्रवेशको विवाद चर्किन सक्ने सम्भावना देखेर स्थानिय दलित समुदायहरुले वोलाए पछि दलित वर्गउत्थान जिल्ला समन्व्य समितिका उपाध्यक्ष ईस्वरी परियार , नेपाल दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष धर्म बिक र यसै समाचारदाता त्यहाँ पुगेका थिए ।
झण्डै चार घण्टा लामो छलफल पछि सहज वातवरण बनेर उनलाई थप दुई दिन त्यसै मन्दिरमा राखेर पुजा गर्न दिने त्यस पछि उनलाई त्यस भेगको गहनाका रुपमा संरक्ष र सम्मान गर्न कुनै सुरक्षित स्थानको व्यवस्था समेत गरेर वाहिरी गाउँका मानिसहरुलाई समेत बोलाएर गह्रा दशा हेर्ने वातवरण मिलाउने सहमति बनेको थियो ।
परियार पनि त्यस कुरामा सहमत भईन् र पुजा सुरु गरेर बसीरहेकी छिन् । उनको मन्दिर प्रवेशले चारपाला दरवारको परम्परा तोडिएको छ तर स्थानियको मानसिकता दिलै देखि तोडिने न तोडिने कुरामा भने भविश्यले बताउने देखिएको छ । यस प्रश्नमा स्थानिय ग्रैह दलित शिक्षक वुद्धिजिवी र राजनैतिक दलका नेताहरुले मानसिकताबाटै पनि तोडिने तर्क राखेका छन् ।
‘जातिय विभेद चारपालावासीले राखेनन र उनिहरुले अन्य गाउँवासीलाई पनि सकरात्मक सन्देश दिएका छन् ’–जिल्लाबाट गएका तिनै जना दलित अधिकारकर्मीले यस्तो प्रतिकृया दिएको गुल्मी दिगाम सेरोफेरो नेटवर्कमा खबर छ  । 

स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि बाग्लिवाङको दलित बस्तीमा होमस्टे

विभेद बिरुद्ध अभियान ,मङ्सिर १४ ,प्यूठान –यहाँको पुजा–३ बाग्लिवाङस्थित दलित बस्तीमा होमस्टे सञ्चालन भएको छ ।  स्थानीयहरुको सक्रियतामा यसै वर्षदेखि ६ वटा घरमा होमस्टे सञ्चालन भएको हो । ‘होमस्टेले उत्तरी प्यूठानका पर्यटकीय स्थलहरु अवलोकन गर्न आउने पाहुनाहरुलाई सहजता मिल्ने छ ’ होमस्टे सञ्चालक भुपी सुनारले भनिन्, ‘लिवाङको दिहाल्ना, डांडाकटेरी अवलोकन गर्दै आएका पाहुनाहरु यहाँ बस्छन् र अर्को दिन तामाखानी अवलोकन गर्दै रजवाराको झाँक्रिढुङ्गा दर्शन गर्न पुग्छन् ।’
ग्रामिण क्षेत्रमा सञ्चालन भएको होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई अत्यन्तै सहजताको वातावरण सृजना गर्ने सक्ने होमस्टे सञ्चालक हर्क बहादुर सुनारले बताए ।
यसै वर्ष निर्माण गरिएको गौमुख क्षेत्र पदमार्गले सम्भावना हुंदा हुंदै ओझेलमा परेको उत्तरी प्यूठानलाई विकासको दिशातिर डो¥याउन मद्दत गर्ने पदमार्ग निर्माण समिति पुजाँका अध्यक्ष पूर्ण बहादुर सुनाले बताए ।
प्यूठानकै नमुनाको रुपमा बाग्लिवाङको दलित बस्तीमा सञ्चालन भएको होमस्टले पुजाँ गाविसको मात्र नभइ प्यूठानकै आर्थिक अवस्थामा सुदृढ ल्याउने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए ।

३५ दिनभित्र जन्मदर्ता गराए एक हजार रुपैयाँ दिइने

विभेद बिरुद्ध अभियान -दाङ,मङ्सिर १४  –जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने दलित बालबालिकाले अबदेखि प्रोत्साहन रकम पाउने भएका छन् ।
तोेकेको समय भित्र जन्मदर्ता गराउने दलित बालबालीकाई यसैबर्ष देखि प्रति व्यक्ति एक हजार रुपैयाँ उपलब्ध गराउने तुलसीपुर नगरपालीका समाजकल्यान अधिकृत टोपबहादुर डाँगीले जानकारी दिए । 
यसरी पाइन्छ रकम
जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराएको हो, भन्ने खुल्ने गरि प्रमाणपत्र लिएर नगरपालिकामा आएमा एक हजार रुपैया भुक्तानी दिने डाँगीले बताए ।
त्यसका लागि जन्मेको ३५ दिनभित्र आमा–वुवाले सम्बन्धित वडामा गएर बालबालिकाको जन्मदर्ता गराउनु पर्ने छ ।
तोकेको समय भित्र जन्मदर्ता नवनाउने र आवश्यक परेको बेला मात्रै बनाउदा बार्षिक जन्मदरको तथ्याङ्क थाहा नहुने भएकाले नेपाल सरकारले यस्तो रणनीति अपनाएको नगरपालीकाले जनाएको छ । सरकारको यस्तो कार्यले जन्मदर्ता गराउने दलीत बालबालीकाको संख्यामा ह्वातै वृद्धि हुने तुलसीपुर नगरपालीका कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारी दिए ।
३५ दिनभित्र जन्मदर्ता बनाउने १०० मा १५ जनामात्रै
यस अघि जन्मेको ३५ दिनभित्र सवै बालबालीकाले जन्मदर्ता वनाउदा कुनै शुल्क नलाग्ने व्यवस्था नेपाल सरकारले गरे पनि त्यो प्रभावकारी भएको थिएन् ।
डाँगीका अनुसार जन्मेको ३५ दिनभित्र जन्मदर्ता बनाउने बालबालीकाको संख्या एक सय जनामा १५ जना मात्रै छ । बाँकी ८५ प्रतिशत बालबालीकाले ५० रुपैयाँ जरिवाना तिरेर जन्मदर्ता गराउने गरेका छन् । गत बर्षमा नगरपालीकामा जन्मदर्ता गराउनेको संख्या ३ हजार २ सय १४ पुगेको थियो ।
नगरपालीका पंजिकाधिकारी ध्रुवराज रेग्मीका अनुसार बालीकाको संख्या एक हजार ५ सय ५ र बालकको संख्या एक हजार ७ सय ९ रहेको थियो ।
नगरपालीकाका अनुसार २ हजार ७ सय ३१ जनाले समयमै जन्मदर्ता नगराउदा १ लाख ३६ हजार ५ सय पचास रुपैयाँ जरिवाना तिर्नु परेको छ । तोकेको समयमा जन्मदर्ता नवनाउनेले ५० रुपैयाँ जरिवाना तिरेर जन्मदर्ता बनाउने प्राव्धान छ ।

वडामै यस्तो विजोक
तुलसीपुर नगरपालीका वडा नं ९ मा झण्डै सात सय जना बालबालीकाको जन्मदर्ता छुटेको प्रतिवेवदन सार्वजनिक भएको छ । न्युसीपीसी तुलसीपुरले तुलसीपुर ९ दोघरेमा एक कार्यक्रमको आयोजना गरेर वडामा अहिले पनि ६ सय ९३ जना बालबालीकाहरु जन्मदर्ता बनाउनबाट छुटेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

न्युसीपीसीका अध्यक्ष नवराज लामीछानेले वडामा रहेका ३४ वटा टोलविकास संस्थाको घरघरमा गएर तथ्याङक संकलन गरेको जानकारी दिए ।
प्रतिवेदनका अनुसार बालविवाह गर्नेको संख्यामा पनि वृद्धि भएको छ । २०७१ मा उमेर नपुगेका २२ जना बालबालीकाले विहे गरेका थिए भने ७२ को वैशाख देखी चैत्र महिना सम्म २३ जना बालबालीकाको विहे भएको थियो ।

Sunday, November 27, 2016

९२ वर्षको उमेरमा पदमबहादुर सुनाम साइकल चढी सरर

विभेद बिरुद्ध अभियान - मोरङ, मंसिर १३ । ९२ वर्षको उमेरमा वृद्ध मानिस के गर्ला ? तपाईंलाई कसैले सोध्यो भने सहजै जवाफ दिनु हुन्छ, लौरोको साहारामा भित्र–बाहिर गर्छ अथवा छोरा वा नातिको साहारामा बाँचीरहेको हुन्छ ।तर उर्लाबारीका ९२ वर्षीय पदमबहादुर सुनामको विषयमा त्यस्तो जवाफ आए गलत हुन्छ । वृद्धमध्येका सुनाम एक अपवाद वृद्ध सावित भएर देखाएका छन् । आफ्नो जीवनको उत्तरार्द्धमा दैनिक जीवनमा आइपर्ने घरायसी काम साइकल चढेर फत्ते गर्छन् ।
उनी साइकल चढेर हाट–बजार गर्छन् । उनले २५ वर्षको उमेरमा साइकल चढेका हुन् । घरमै आराम गरेर समय कटाउन, धार्मिक पुस्तक पढ्न र पारिवारिक भेटमा मात्र व्यस्त रहन उनलाई घर परिवारले आग्रह गर्छन् । तर उनी मान्दैनन् । गाउँ वरपर हुने सभा सम्मेलनमा पुगिहाल्छन् उनी । यो उमेरमा साइकल कुदाएको देखेर जो कोही आचश्र्यचकित हुने गरेका छन् । ‘घरमा बसिरह्यो भने खुट्टा दुख्छ, जीउ कट्कटी खान्छ त्यसैले साइकल कुदाउँछु,’ उनले भने ।
सुनामका अनुसार साइकल कुदाएर डुल्यो भने वरपर के भइरहेको छ थाहा पनि हुन्छ । शरीर तन्दुरुस्त पनि हुन्छ । साइकल सरर कुदाएको हेर्दा जो कोही छक्क पर्ने गरेको सुनामको अनुभव छ । अचेल सवारीसाधनको चाप उच्च हुँदै गएपछि ९२ वर्षीय सुनाम साइकल र पदयात्रीका लागि अलग्गै सडक पेटी बन्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, ‘सडक विस्तार भएको छैन । तर यातायातको साधन र जनसङ्ख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा हामीजस्ता पाका साइकलयात्रीलाई दुर्घटनाको जोखिम बढेको छ ।’
भोजपुर खावा–३ मा जन्मिएका सुनाम २०३५ सालमा उर्लाबारी झरेका हुन् । सकुञ्जेल साइकल कुदाइरहने उनको भनाइ छ । ‘साइकल मेरो साथी हो, नकुदाइ बस्न सक्दिन । आँट भएसम्मको ठाउँ पु¥याउन मद्दत गर्छ,’ उनले भने । हालसम्म उनले एक दर्जन साइकल फेरिसकेका छन् ।

Saturday, November 26, 2016

नेपाली जनवादी क्रान्ति र जातीय मुक्तिको प्रश्न - मोहन वैद्य‘किरण’

११ मंसिर- विभेद बिरुद्ध अभियान 
विषयको उठान
नेपाल अर्धसामन्ती तथा नवऔपनिवेशिक अवस्थामा रहेको छ । यस अतिरिक्त, नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र क्षेत्रीय विविधतायुक्त मुलुक पनि हो । नेपालमा लामो समयदेखि मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेसीलगायत विभिन्न तह र तप्काका जनसमुदाय सामन्तवाद र साम्राज्यवाद÷विस्तारवादद्वारा उत्पीडित रहिआएका छन् । यी उत्पीडन वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक आदि विविध प्रकृतिका रहेका छन् । यी सबै उत्पीडनबाट मुक्तिका लागि जनवादी क्रान्ति अनिवार्य रुपमा आवश्यक छ । यो लेख जातीय उत्पीडन र मुक्तिको प्रश्नमा सङ्केन्द्रित रहेको छ । 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)द्वारा नेपालमा नयाँ जनवादी गणतान्त्रिक राज्यसत्ताको स्थापना गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिकलगायत साम्राज्यवाद÷विस्तारवादी सबैखाले उत्पीडनको अन्त्यका लागि महान् जनयुद्धको सञ्चालन गरिएको थियो । परन्तु, त्यसले गम्भीर प्रकारको धक्का खानु प¥यो । 
नेपाली जनवादी क्रान्तिको प्रक्रियामा जातीय उत्पीडन र मुक्तिको प्रश्नबारे निकै छलफल, बहस र परिचर्चा हुँदै आएका छन् । यस सन्दर्भमा एकातिर अनेकौं विवाद, भ्रम र विचलन पैदा हुँदै आएका छन् भने अर्कोतिर सही संश्लेषण र निष्कर्ष निकाल्ने काम पनि भएका छन् । यी कुराबारे सैद्धान्तिक र व्यावहारिक दुवै दृष्टिले स्पष्ट हुन आवश्यक छ ।

ऐतिहासिक सन्दर्भ
लेनिनले जातीय उत्पीडन र मुक्तिको प्रश्नबारे उल्लेख गर्दा आत्मनिर्णयको अधिकारका सन्दर्भमा ऐतिहासिक दृष्टिले तीन प्रकारका देशहरुको चर्चा गर्नु भएको छ, ती हुन् – पश्चिमी युरोप, पूर्वी युरोप तथा रुस आदि र अर्धऔपनिवेशिक तथा औपनिवेशिक देश । यी देशहरुको सन्दर्भमाथि आवश्यक ध्यान दिन जरुरी छ । 
एक ः पश्चिमी युरोपको सन्दर्भ । पश्चिमी युरोपमा सामन्तवादको विरोधमा पुँजीवादी जनवादी आन्दोलनको प्रक्रियामा जातीय आन्दोलनको विकास हुन पुग्यो । फलतः त्यहाँ अंग्रेज, फ्रेन्च, जर्मन आदि जातिहरुका जातीय राज्यहरु बने । ती देशहरुमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो र त्यस स्थितिमा त्यहाँ कुनै जातीय समस्या रहेन ।

दुई ः पूर्वी युरोप र रुस आदि । पूर्वी युरोपका केही देश, रुस आदि दोस्रो प्रकारका देश अन्तर्गत पर्दछन् र त्यहाँ जातीय आन्दोलनको विकास हुन्छ । ती मुलुकहरु बहुजातीय रहेका थिए । रुसमा रुसी जाति मुख्य उत्पीडक जाति थियो । 
तीन ः अर्धऔनिवेशिक, औपनिवेशिक देशहरु । लेनिनको विचारमा यस्ता देशहरु चीन, तुर्की आदि पर्दछन् र ती देशहरुमा पुँजीवादी जनवादी आन्दोलन भर्खरै सुरु भएका हुन्छन् । यसप्रकारका देशहरुबारे लेनिनले विशद विवेचना त गर्नु भएको छैन, परन्तु यसप्रकारको विवेचनालागि आधार भने तयार पार्नु भएको छ । त्यो आधार हो साम्राज्यवादको विश्लेषण ।
लेनिनका विचारमा यी तीनै प्रकारका देशहरुमा उत्पीडित जातिहरुको मुक्तिका लागि आत्मनिर्णयको अधिकारको आवश्यकता पर्दछ । आत्मनिर्णयको अधिकार भनेको पृथक रहने अधिकार हो ।

पूर्वका जुन देश समग्रमा अर्धऔपनिवेशिक, अर्धसामन्ती वा औपनिवेशिक अवस्थामा रहेका हुन्छन् ती देशहरुमा जातीय आन्दोलन एकातिर सामन्तवाद र अर्कोतिर साम्राज्यवादका विरुद्ध परिलक्षित रहेको हुन्छ । एशिया, अफ्रिका र दक्षिण अफ्रिकाका उत्पीडित मुलुकहरु यसै श्रेणीमा पर्दछन् । 
माओले माक्र्सवाद–लेनिनवादको जगमा टेकेर अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा औपनिवेशिक मुलुकहरुमा सम्पन्न गरिने जनवादी क्रान्तिबारे नयाँ प्रकाश पार्नुभएको थियो । त्यसै पृष्ठभूमिमा वहाँले त्यसप्रकारका देशहरुमा सम्पन्न गरिने जातीय मुक्ति आन्दोलन सामन्तवाद र साम्राज्यवादविरोधी हुने कुरा बताउनु भयो । 
जातीय उत्पीडन र मुक्तिका दृष्टिले नेपाल तेस्रो श्रेणीका देशमा नै पर्दछ । तसर्थ, नेपालमा जातीय उत्पीडन र मुक्तिको प्रश्न सामन्तवाद र साम्राज्यवादका विरुद्ध परिलक्षित जनवादी क्रान्तिको प्रश्नसित अभिन्न रुपमा गाँसिन पुगेको छ ।

लेनिनले आफ्नो “जातिहरुको प्रश्नमाथि आलोचनात्मक टिप्पणी” शीर्षक लेखमा विकासमान पुँजीवादले जातीय प्रश्नका दुई ऐतिहासिक प्रवृत्तिहरुलाई अभिव्यक्त गर्ने कुराबारे प्रकाश पार्नुभएको छ । पहिलो प्रवृत्ति हो, जातीय आन्दोलनको विकास र जातीय उत्पीडनका विरुद्ध जातीय राज्यहरुको निर्माण । दोस्रो प्रवृत्तिअन्तर्गत मूलतः जातिहरुका बीच एकताको विकास र अन्तर्राष्ट्रिय एकताको निर्माणको कुरा पर्दछ । लेनिनले यी दुई प्रवृत्तिलाई पुँजीवादका विश्वव्यापी नियम बताउनुभएको छ । पहिलो प्रवृत्ति मूलतः जातीय आन्दोलनका बीचबाट जातीय राज्यको निर्माण गर्नु हो । दोस्रो प्रवृत्ति परिपक्व पुँजीवादको लक्षण हो र त्यो समाजवादी रुपान्तरणको दिशामा विकसित हुँदै जान्छ ।
जातीय समस्या र क्षेत्रीय समस्या 
नेपालमा विभिन्न प्रकारका उत्पीडनहरु छन् । ती मध्ये जातीय उत्पीडन र क्षेत्रीय उत्पीडन पनि उल्लेखनीय रहेका छन् । नेपाल एकातिर बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक हो भने अर्कोतिर यहाँ क्षेत्रीय विविधता पनि रहेको छ । त्यसैले नेपालमा जातीय उत्पीडनको साथमा क्षेत्रीय उत्पीडन पनि तीव्र बन्दै आएको छ । 
नेपालमा जातीय तथा क्षेत्रीय उत्पीडनका विविध रुपहरु देखा पर्दै आएका छन् । यी उत्पीडन भाषिक, आर्थिक, सांस्कृतिक र राजनीतिक प्रकारका रहेका छन् । यहाँ खस–नेपाली भाषाको प्रभुत्व कायम रहिआएको छ । यहाँ उत्पीडक जाति र शहरिया क्षेत्र आर्थिक दृष्टिले सापेक्षित रुपमा समृद्ध छन् । उत्पीडक जाति र क्षेत्र राजनीतिक दृष्टिले प्रभुत्वशाली बन्दै आएका छन् । यहाँ मूलतः खस जाति र पहाडिया समुदाय शोषकको श्रेणीमा पर्दछन् । खस जाति पनि पश्चिमी क्षेत्रमा उत्पीडित रहिआएको छ । यी सबै उत्पीडनहरुमा राजनीतिक उत्पीडन नै उत्पीडनको प्रमुख रुप हो । समग्रमा यी सबै उत्पीडन सामन्तवादी र साम्राज्यवादी÷विस्तारवादी उत्पीडनमा आधारित रहेका छन् । 
स्तालिनको विचारमा जाति भनेको नश्ल र प्रजाति होइन । नेपालमा जातिलाई राष्ट्र वा राष्ट्रियता दुवै पदको झण्डै समानार्थीका रुपमा प्रस्तुत गरिएको पाइन्छ । स्तालिनले राष्ट्रको परिभाषा गर्दा – भाषा, भूगोल, अर्थतन्त्र र ऐतिहासिक रुपमा विकसित मनोवैज्ञानिक संस्कृतिजस्ता तत्वहरुको एकरुपतामाथि ध्यान दिनुभएको थियो । स्तालिनको विचारमा राष्ट्र भनेको एउटा त्यो स्थिर मानव समुदाय हो, जुन साझा भाषा, भूगोल, अर्थतन्त्र र संस्कृतिमा आबद्ध रहेको हुन्छ । कतिले राष्ट्र (ल्बतष्यल) लाई राज्य वा देशका अर्थमा पनि ग्रहण गर्दछन् । परन्तु, राष्ट्रलाई जातिका अर्थमा ग्रहण गर्नुपर्दछ । यसैगरी राष्ट्र (ल्बतष्यल) र राष्ट्रियता (ल्बतष्यलबष्तिथ) का बीचमा पनि केही भिन्नता पाइन्छ । सामान्यतः प्रजातीय (त्चष्दब)ि समुदायका कतिपय अवशेष कायमै रहेका मगर, गुरुङ, तामाङ आदि समुदायलाई जनजातिका अर्थमा ग्रहण गर्ने काम पनि हुँदै आएको छ । साथै, जनजातिलाई हिन्दु वर्णाश्रम व्यवस्थाको संरचनाभित्र नपर्ने आदिवासी तथा मूल जातिका रुपमा पनि लिने गरिएको छ । अन्ततः नेपालमा नेवार, मगर, गुरुङ, तामाङ्, राई, लिम्बु, थारुजस्ता समुदायहरु राष्ट्रको हैसियत राख्न समर्थ छन् । ती जनजातिहरु लामो समयदेखि सामन्तवादी एकात्मक राज्यसत्ता तथा ब्राहमणवाद र साम्राज्यवाद÷विस्तारवादद्वारा उत्पीडित रहिआएका छन् । 
नेपालमा जातीय मात्र होइन, क्षेत्रीय समुदाय पनि छन् । यस सन्दर्भमा मधेसी समुदाय विशेष उल्लेखनीय रहेको छ । मधेसी समुदाय सामन्ती पहाडिया अहङ्कारवादद्वारा लामो समयदेखि आर्थिक, राजनीतिक, भाषिक र सांस्कृतिक रुपले चर्को उत्पीडनमा पर्दै आएको छ । यसका अतिरिक्त कर्णाली तथा सेती–महाकाली क्षेत्रका खस समुदाय पनि क्षेत्रीय उत्पीडन अन्तर्गत नै पर्दछन् । नेपालमा क्षेत्रीय उत्पीडनको प्रकृति जातीय उत्पीडनको प्रकृतिसित मिल्दोजुल्दो रहेको छ । यी सबै समुदाय सामन्तवादका साथै साम्राज्यवाद÷विस्तारवादद्वारा पनि उत्पीडित रहेका छन् ।

जातीय उत्पीडन र वर्गीय उत्पीडन
जाति उदीयमान पुँजीवादी युगको एक ऐतिहासिक प्रवर्ग हो । यसले साझा भाषा, भूगोल, अर्थतन्त्र र सांस्कृतिक मनोविज्ञानमा आधारित स्थिर मानव समुदायलाई बुझाउँदछ । परन्तु, वर्ग एउटा बेग्लै ऐतिहासिक प्रवर्ग हो । समाजको उत्पादन प्रणालीमा निश्चित हैसियत राख्ने श्रेणीलाई वर्ग भनिन्छ । जाति र वर्गको अवधारणामा भिन्नता अवश्यै छ । परन्तु, यी दुई अवधारणाका बीच घनिष्ठ सम्बन्ध पनि छ । कुनै पनि जातिभित्र वर्गको पनि अस्तित्व हुन्छ र वर्गसमाजमा वर्गीय हैसियतबिना कुनैपनि जातीय समुदाय रहन सक्दैन । माओले अमेरिकाका काला समुदायको उत्पीडनको सन्दर्भमाथि चर्चा गर्दै भन्नुभएको थियो – “अन्ततोगत्वा जातीय सङ्घर्षको सवाल वर्गसङ्घर्षकै सवाल हो । अमेरिकाका गोरा मानिसहरुमध्ये केवल प्रतिक्रियावादी गुटले नै काला मानिसहरुको उत्पीडन गर्दछ ।” तसर्थ, के कुरा प्रस्ट छ भने जातीय प्रश्न अन्ततः वर्गीय प्रश्न नै हो ।

जातीय आन्दोलन ः नीति र कार्यक्रम
माक्र्सले जातीय प्रश्नलाई पुँजीवादी जनवादी क्रान्तिको एक महत्वपूर्ण प्रश्नका रुपमा प्रस्तुत गर्नुभएको छ । उहाँले आयरल्याण्डवासीहरुको मुक्तिको प्रश्नमा सशक्त आवाज उठाउनु भएको थियो । पहिले वहाँले इङ्ल्याण्डबाट आयरल्याण्डको मुक्तिको प्रश्नलाई असम्भव बताएपनि पछिल्लो अवधिमा अनिवार्य बताउनुभएको थियो । साथै, वहाँले अलग्गिएपछि पनि सङ्घ बनाउने कुरा उल्लेख गर्नुभएको थियो । 
पार्टीको जातीय आन्दोलनसम्बन्धी नीति र कार्यक्रमबारे आफ्नो “जातिहरुको आत्मनिर्णयको अधिकार” शीर्षक लेखमा लेनिन भन्नुहुन्छ – “जातिहरुका अधिकारहरुमा पूर्ण समानता, जातिहरुको आत्मनिर्णयको अधिकार र सबै जातिहरुका मजदुरहरुको एकता – यही नै जातिहरुसम्बन्धी त्यो कार्यक्रम हो जसको शिक्षा माक्र्सवाद, सारा संसारका अनुभव र रुसका अनुभवले मजदुरलाई दिन्छन् ।” लेनिनका यी भनाइ विशेष मननीय रहेका छन् ।
हाम्रो पार्टीले नेपाली नयाँ जनवादी क्रान्तिको एक अभिन्न अङ्गका रुपमा जातीय तथा क्षेत्रीय प्रश्नलाई लिंदै आएको छ । २०६९ पौष–माघमा सम्पन्न हाम्रो पार्टी नेकपा–माओवादीको सातौं महाधिवेशनमा पारित “नयाँ जनवादी क्रान्तिको कार्यक्रम सम्बन्धी प्रस्ताव” मा भनिएको छ – “जातीय आन्दोलनलाई एकातिर आन्तरिक राष्ट्रियताको आन्दोलन र अर्कोतिर साम्राज्यवाद÷विस्तारवाद विरोधी आन्दोलनका रुपमा विकसित तुल्याउँदै वर्गीय तथा राष्ट्रिय मुक्तिमा आधारित नयाँ जनवादी क्रान्तिसँग जोड्नु आवश्यक छ ।” यी भनाइ विशेष ध्यान दिन योग्य छन् ।
यसैगरी सोही महाधिवेशनमा पारित “राजनीतिक प्रतिवेदन”मा आन्दोलनको ठोस कार्यक्रमका सन्दर्भमा भनिएको छ ः
# सामन्ती ब्राह्मणवादी उत्पीडक जातिद्वारा आदिवासी, जनजाति समुदायहरुमाथि हुँदै आएका राजनीतिक, आर्थिक र सांस्कृतिक सबैखाले उत्पीडनको अन्त्य हुनुपर्दछ । उत्पीडित जातीय आत्मनिर्णयको अधिकारलाई सैद्धान्तिक रुपमा स्वीकार गर्नु पर्दछ । उत्पीडित जातीय पहिचानसहितको सङ्घीयताका आधारमा जातीय स्वायत्त शासन व्यवस्थाको स्थापना हुनुपर्दछ । उत्पीडित जाति तथा क्षेत्रका लागि सापेक्षित समानता हासिल नहुँदासम्मका निम्ति अग्राधिकारको व्यवस्था हुनुपर्दछ । 
# केन्द्रीय प्रतिक्रियावादी राज्यसत्ताद्वारा कर्णाली, सेती, महाकालीलगायतका अविकसित क्षेत्रहरुमाथि आर्थिक, राजनीतिक तथा सांस्कृतिक रुपमा हुँदै आएको उत्पीडनको अन्त्य गरिनुपर्दछ । उत्पीडित क्षेत्रको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित पहिचानसहित सङ्घीयतामा आधारित क्षेत्रीय स्वायत्त शासनको स्थापना हुनुपर्दछ । 
# सामन्ती पहाडिया अहङ्कारवादद्वारा मधेसी समुदायमाथि राजनीतिक, आर्थिक तथा सांस्कृतिक रुपमा हुँदै आएको शोषण–उत्पीडनको अन्त्य हुनुपर्दछ । मधेसी समुदायको आत्मनिर्णयको अधिकारलाई सैद्धान्तिक रुपमा अङ्गीकार गर्दै उनीहरुको पहिचानसहितको सङ्घीयतामा आधारित स्वायत्त शासनको स्थापना हुनुपर्दछ ।

उक्त उद्धरणहरुमा उत्पीडित जाति÷क्षेत्रको आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति, जातीय÷क्षेत्रीय स्वायत्त शासन र उत्पीडित जातीय÷क्षेत्रीय पहिचानसहितको सङ्घीयताको पक्षपोषण गरिएको छ ।
संविधानसभा र सङ्घीयताको प्रश्न
नेपाली जनवादी आन्दोलनमा संविधानसभाको नारा २००७ सालदेखि उठ्दै आएपनि नेकपा(माओवादी)द्वारा दश वर्षको महान् जनयुद्धको प्रक्रियामा सशक्त रुपमा प्रस्तुत भएको हो । फलतः अग्रगामी राजनीतिक निकास र जनवादलाई पूर्णता दिनका लागि संविधानसभाको निर्वाचन हुन पुग्यो । पहिलो संविधानसभामा सङ्घीयताको प्रश्नमा प्रशस्तै विवाद भए । परन्तु, सामन्ती ब्राह्मणवाद, साम्राज्यवाद तथा विस्तारवादपरस्त चिन्तन, स्थानीय जातीय अहङ्कारवाद र दक्षिणपन्थी संशोधनवादको प्रभुत्वको कारण पहिलो संविधानसभामा उत्पीडित जातीय तथा क्षेत्रीय पहिचान सहितको सङ्घीयताको प्रश्न उपेक्षित बन्न गयो । त्यसै क्रममा संविधानसभाको विघटन पनि गरियो । 
अनि २०७० साल मङ्सिरमा दोस्रो संविधानसभा निर्वाचनको नौटङ्की पूरा गरियो । यसलाई हाम्रो पार्टीले प्रतिगमन बताएको छ । यस संविधानसभामा पश्चगामी, यथास्थितिवादी र दक्षिणपन्थी अवसरवादी शक्तिहरुको प्रभुत्व रहन गएको छ । यस स्थितिमा कतिपय मानिस के भन्दछन् भने यो सङ्घीयताको हार हो र नेपाली जनता सङ्घीयताको पक्षमा देखिएनन् । यो अत्यन्तै गलत सोंच हो । पश्चगामी तथा यथास्थितिवादी शक्तिहरुको प्रभुत्व र नेतृत्वमा भएका र हुने चुनावहरुमा जनमत वास्तविक अर्थमा अभिव्यक्त हुन सक्दैन र यस तथ्यलाई हामीले राम्रोसित आत्मसात् गर्न जरुरी छ । 
पहिलो संविधानसभामा राज्यको पुनर्संरचना र सङ्घीयताको प्रश्नमा सामथ्र्य र पहिचानको प्रश्नलाई लिएर अनेकौं बहस, विवाद र सहमतिको प्रक्रिया अगाडि बढेको हो । परन्तु, त्यसबेला कुनै ठोस निर्णय भने लिन सकिएको थिएन । अब यस दोस्रो संविधानसभाबाट पनि उत्पीडित जातीय तथा क्षेत्रीय पहिचानसहितको सङ्घीयताको स्थापना हुन सक्ने कुनै आधार र अवस्था देखिंदैन । 
अब के गर्ने त ? २०७० मंसिर २३–२९ मा सम्पन्न हाम्रो पार्टी नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकमा पारित राजनीतिक प्रतिवेदनमा भनिएको छ – “सातौं राष्ट्रिय महाधिवेशनमा पारित नीति तथा निर्णय अनुरुप हामी मजदुर तथा किसान वर्गका हकहित, आदिवासी जनजाति, मधेशी समुदायका हकहित तथा उत्पीडित जातीय पहिचान सहितको सङ्घीयता, महिला, दलित एवम् मुस्लिम समुदायका हकहित सहित विशेषाधिकारको व्यवस्था र पिछडिएका क्षेत्र सहित आम उत्पीडित जनसमुदायको मुक्तिप्रति प्रतिबद्ध छौं । यो मुक्ति वर्गीय मुक्ति, जातीय मुक्ति र देशको समग्र राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्नसित अभिन्न रुपमा गाँसिएको छ । पार्टीको तात्कालिक राजनीतिक कार्यनीतिको मूल मर्म सङ्घर्षका बीचबाटै जनताको संविधान बनाउने दिशामा सङ्केन्द्रित रहेको छ ।” हामीले पार्टीको यो मान्यतालाई राम्रोसित आत्मसात गर्न जरुरी छ ।

गलत चिन्तन र प्रवृत्तिको विरोधमा सङ्घर्षको प्रश्न
जातीय आत्मनिर्णयको अधिकार र उत्पीडित जातीय पहिचानको प्रश्नमा कतिपय गलत चिन्तन र प्रवृत्ति देखापर्दै आइरहेका छन् । यसप्रकारका गलत चिन्तन र प्रवृत्तिहरुलाई यसरी दर्शाउन सकिन्छ ः 
पहिलो, सामन्ती ब्राहमणवादपरस्त सोंच । सामन्ती ब्राह्मणवाद प्रतिक्रियावादी विचारधारा हो । यो सोंच अतीतमुखी, यथास्थितिवादी र दक्षिणपन्थी संशोधनवादीहरुमा पाइन्छ । उनीहरु जातीय आत्मनिर्णयको सैद्धान्तिक स्वीकृति र उत्पीडित जातीय पहिचानसहितको सङ्घीयताको विरोधमा पेस हुँदै आएका छन् । यो सोंच समानुपातिक प्रतिनिधित्व प्रणालीको विरोधमा पनि परिलक्षित रहिआएको छ । 
दोस्रो, साम्राज्यवाद तथा विस्तारवादपरस्त सोंच । साम्राज्यवाद तथा विस्तारवादले एकातिर जातीय तथा क्षेत्रीय प्रश्नलाई वर्गीय प्रश्नसित अलग्याउन चाहन्छन् भने अर्कोतिर जातीय तथा क्षेत्रीय आन्दोलनमा कम्युनिस्ट विचारधारा तथा पार्टीको उपस्थिति देख्नै सक्दैनन् । यो सोंच जातीय तथा क्षेत्रीय मुक्तिका विरुद्ध परिलक्षित रहेको छ । कैयौं मानिसहरु यसप्रकारको गलत चिन्तनको शिकार हुँदै आएका छन् । उनीहरुले सामन्ती ब्राह्मणवाद वा पहाडिया अहङ्कारवादको त विरोध गर्दछन् परन्तु, साम्राज्यवाद÷विस्तारवादको विरोध भने पटक्कै गर्दैनन् । यो साम्राज्यवाद÷विस्तारवाद परस्त सोंच हो । 
तेस्रो, स्थानीय जातिगत तथा क्षेत्रगत अहङ्कारवादी चिन्तन । यो सोंच स्थानीयतावादी सोंच हो । यो सोंच एक अर्को जाति र एक अर्को क्षेत्रका विरुद्ध परिलक्षित रहेको छ । यो सोंच मूलतः भौगोलिक सीमाङ्कनको प्रश्नसित सम्बन्धित छ । यसले उत्पीडित जाति तथा उत्पीडित क्षेत्रका जनताबीचमा पाइने अन्तर्विरोधलाई मैत्रीपूर्ण होइन दुश्मनीपूर्ण रुप दिन चाहन्छ । यसबाट प्रतिक्रियावादी शक्तिहरुलाई ठूलो मद्दत पुग्दै आएको छ ।

निष्कर्ष
नेपाली जनवादी क्रान्ति र जातीय मुक्तिको प्रश्नबारे संक्षिप्तमा जुन अध्ययन गरियो त्यसको निष्कर्षका रुपमा निम्न विषयमाथि ध्यान दिन जरुरी छ ः
# हाम्रो पार्टी नेकपा–माओवादी जातीय उत्पीडनको विरोध र मुक्तिको प्रश्नमा जातीय आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति, जातीय स्वायत्त शासन र उत्पीडित जातीय पहिचानसहितको सङ्घीयताप्रति प्रतिबद्ध रहिआएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि यसप्रकारको प्रतिबद्धता अनिवार्य रुपमा आवश्यक हुन्छ । 
# जातीय उत्पीडन र मुक्तिको प्रश्न वर्गीय उत्पीडन र मुक्तिको प्रश्नसित अभिन्न रुपमा गाँसिएको छ । उत्पीडक जाति र उत्पीडित जातिका सर्वहाराहरु एकताबद्ध भएर मात्र जातीय र वर्गीय दुवै हिसाबले मुक्ति प्राप्त गर्न सकिन्छ । आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन र सर्वहारा वर्गको नेतृत्वमा मात्र असली अर्थमा जातीय मुक्ति सम्भव छ । 
# नेपालजस्तो अर्धसामन्ती तथा नवऔपनिवेशिक मुलुकमा जातीय मुक्ति आन्दोलनको प्रहारको निशाना सामन्तवाद र साम्राज्यवाद÷विस्तारवाद दुवै हुन् । सामन्तवाद, सामन्ती ब्राह्मणवाद वा पहाडिया अहङ्कारवादका विरुद्ध मात्र प्रहार केन्द्रित गर्ने र साम्राज्यवाद÷विस्तारवादलाई छुनै नचाहने प्रवृत्ति नितान्त गलत हो । 

# नेपालमा जातीय मुक्ति आन्दोलनलाई सफल तुल्याउनका लागि एकातिर सबै उत्पीडित जाति÷जनजाति, उत्पीडित क्षेत्र र अर्कोतिर महिला÷दलितसहित मजदुर÷किसान वर्गसित पनि बृहत र दरिलो एकता अनिवार्य रुपमा आवश्यक छ । 
# नेपाली जातीय तथा क्षेत्रीय मुक्ति आन्दोलन सिङ्गो नयाँ जनवादी र समाजवादी क्रान्तिको अभिन्न अङ्ग हो । नयाँ जनवाद हुँदै समाजवादमा गएपछि मात्रै असली अर्थमा जातीय तथा क्षेत्रीय मुक्ति हुन सक्दछ ।
# जातीय तथा क्षेत्रीय मुक्ति आन्दोलनको विकास र विजयका लागि सामन्तवादी ब्राह्मणवाद तथा साम्राज्यवाद÷विस्तारवादपरस्त चिन्तन, स्थानीय जातीय एवम् क्षेत्रीय अहङ्कारवाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध दृढतापूर्वक विचारधारात्मक सङ्घर्ष चलाउन जरुरी छ ।

Wednesday, November 23, 2016

आफु अन्तरघुलन हुन् नचाहने दलितहरुको एकताका बहस ! - गोपाल सिवा

मङ्सिर ७- विभेद बिरुद्ध अभियान - केहि अघि मेरा एक बिस्वकर्मा थरका मित्रले दमाइ थर कि युवती संग बिहे गरे । बिहेको बिषयलाई लिएर उनलाई आफ्नै  समुदायका सयौ मानिसहरुले आफ्नो जातका राम्रा राम्रा केटीहरु  हुदा हुदै दमाइ भईस? भनेर  तथानाम गाली गरेका रहेछ्न। दलित–दलित अन्तर्जातीय विवाह गरेका हामलाई दलित–गैरदलित अन्तर्जातीय विवाह गरेको जोडीलाई जस्तै धमकाउने , हातखुटा भाच्छु भने , यी कुरा सुन्दा गोपाल जी, ती आफुलाई गैर दलित बाट उत्पीडन भयो ,विभेद भयो , सक्छौ भने गैर दलित लाइ हाम्रो छोरी बिहे गरेर देखाउ भन्दै कुर्लने दलितहरुको  सोचाईको स्तर र  अनुहार देखेर म आफै लज्जित भए भन्दै  मित्रले म संग यसरि वितृष्णा पोखे । यथार्तमा मित्र संग भएको ब्यबहारले त् दलित समाजलाई अन्तरघुलनबाट आफै बन्चित गर्ने दलितहरु एकता त् के गैर दलित संग अन्तरघुलन पनि हुन् नसक्ने मात्र हैन यसरि दलित गैर दलित बीच अन्तरघुलन नहुनु भनेको विभेदको खाडल यथाबत राख्न झन् मदत पुराउने निस्चित् छ   । सम्भवत यहि कुराहरु मनन् भएर होला बिगत केही बर्ष देखि सामाजिक संजालमा दलित समुदायको एकताका बहसले राम्रै ठाउँ पाएका छन्। दलित एकता भएँन , दलित एकता बनाउन र दलित समुदायको हक अधिकार स्थापित गर्न , स्वाभिमान जोगाउन यसो गर्नु पर्छ, यसरी दलित समुदायको विकास गर्न सकिन्छ भनेर बहस चलेको चल्यै छ। तर हामी दलितले खोजेको एकता के हो ? दलित समुदायको हक अधिकार स्थापित गर्ने तय तरिका र दलित समुदायको साझा पिडा , हकहित र विकास के हो ? एकता र विकासमा हाम्रो योगदान के हुने? भने कुरोको चुरोमा भने सवैले अनदेखा गरिरहेका छौ  ।
सात दशक लामो समयदेखि दलित समुदायले जातीय विभेदको अन्त्य तथा सामाजिक न्यायका लागि आन्दोलन गर्दै आए ,राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएका एकै पिडा, उत्पीडन र उदेशय बोकेर देखिएका संघ, सस्था र समुहहरू धेरै खुलेका छन्  जसको उदेश्य हेर्नु भो भने छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माण गर्ने र दलित समुदायलाइ स्वाभिमान पुर्वक बाचन पाउने बनाउन हक अधिकारका लागि पर्ने भन्ने छ ।  हिजो सम्म सवै दलितहरुको पिडा उत्पीडन समस्या एकै हो र सवै मिल्नुको बिकप्ल छैन भन्दै हामीले अगुवा मानेकाहरुले अहिले सम्म एकता भन्दै पाठ पढाए । आज सयुक्त दलित समुदायबाट आ -आफ्ना  समाजमा विभाजन भएर अन्तरघुलन लाइ लतारेर  एकता र बिकासको कुरा गरिरहेका छन् ।नेपाली समाजमा आफुहरुले भोगेको विभेद र भेदभावको स्वरुपलाई हेर्ने हो भने यो समस्या सबैको साझा समस्या हो भन्ने नि प्रस्ट छ   ।तर  धेरै साथिहरु जुन जुन दलित सस्थामा आबद्धता हुनु हुन्छ वहाहरु सिमित यौटा जातिमा गासिएर संकीर्ण सोच पालेका छन् । म फलानो समाज  भनेर हिडेका छन् जसले गर्दा अझै पनि आर्थिक सामाजिक राजनीतिक स्तर बाट  शोषण र पीडा व्यहोर्न आफु र सम्पूर्ण दलित समुदाय बाध्य भएको छ । दलित समुदाय भनेर एकता हुनु भनेको पहिले दलित हुन र दलित भनेर चिनिन सक्नु पर्छ । यौटा सिमित समुदायमा मात्र नभै उत्पीडन भोगेका ति ६० लाख सबै दलित समुदायको प्यारो बन्न सक्नु पर्छ । तर बिडम्बना दलित समुदाय भित्र अझै सम्म पनि सबैको समान अवसर सहभागिता र भेदभावको खडेरी छ 
एकातिर, दलित जुटौ , एकता हौ , अन्तरघुलन हौ भन्छौ तर कतिपय कुरामा हामीहरु सबै कुनै न कुनै यस्ता कृयाकलापका आफै दोषी छौँ । उत्पीडित समुदायहरुको एकता नहुदा , साझा अजेण्डा नहुदा समानता, समाजिक न्याय, सहभागिता र भेदभावबाट मुक्तिको समान लक्ष्य र चाहना बोकेका देशमा साठी  लाख दलित समुदाय भएर पनि राज्यलाइ दबाब दिने शक्तिको रुपमा स्थापना हुन् सकेको छैन  । हामि राज्यबाट युगौ देखि तिरस्कृत र बहिस्कृत भएका हाम्रा मुदाहरू किन एक हुन् सक्दैन  ? सात दशकमा बल्ल बल्ल जुटौ एक हौ भन्नेर आत्मबोध हुन् थालेको बेलामा साझा चौतारी बाट समाज बनाउने आचरण किन भए त भन्नेबारे पनि खोज हुनु पर्छ  । हैन भने कुनै दिन ओली ले भने झैँ सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो के को लभ पर्नु हिरो एकातिर, हिरोइन अर्कैतिर हुन्छौ  । ठीक त्यसै गरि जब गैर दलितले सार्वजनिक ठाउमा डुम , डान्ग्रा भन्दै हामीलाई विभेद गर्छन त्यो बेला हामि दलित एकै पिडा भोग्दै आएका हौ भन्दै रुन्छौ तर जब समाज र राज्य संग कार्यनीति बनाएर लडौ , छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माण गरौ भनेर योजना बनाइन्छ अनि  देखा पर्छ राजनीतिक स्वार्थ, आफ्नो समाजको स्वार्थ जसले गर्दा दलित आन्दोलनका मुद्दाहरुमा इमान्दारिताको खडेरी देखिन्छ 
 
अर्को तिर उत्पीडनका बाबजुद पनि समाजका केहि बौदिक पढेलेखेका जानेका दलितहरु मिलेर बिभिन्न संघ सस्था बनाएका छन । एक पछी अर्को गरि नयाँ थपिएको दलित संघ सस्थामा लगभग कागजी उही नीति नियम र योजना बनेका छन्  । संघ सस्थामा जोडिन पुग्ने जोसुकैले देख्न सक्छ हामिले भोगेर आएको  उत्पीडनलाइ आधार मान्ने समता मुलक समाज निर्माणको लागि कार्ययोजना बनाएको र दलित सवै एक हुनु पर्ने योजना र एक्यबद्धताहरु लेखिएका हुन्छन । फलस्वरूप जोडिएको नया सदस्यले पनि जोडिएकै दिन देखि सस्था छिरेर मनुवाद भन्न सिक्ने एव राज्यको नीति निर्माता , गैर दलित र दलित नेतालाई गाली गर्दाको स्वाद लिन थाल्छ । यसैमा गर्व पनि गर्न सिक्छ । 
अहिले सम्मको निचोडलाइ हेर्ने हो भने दलित संघ सस्था  बनेपछि त्यसको उपयोग कसरी गर्ने भन्ने सोच हामीमा विकासै भएको छैन । गाउँदेखी शहरसम्म दलितका मुद्धामा जिम्वेवार र जवाफदेही कसरि बन्ने,दलित समस्याबारे सार्थक बहस, छलफल गरी समस्या समाधानका उपयुक्त विधि खोज्न जरुरी ठानिएको छैन। एकताकै कुरा गर्दा हामीले हाम्रो साझा प्राथमिकता नबुझेको प्रष्ट देखिएको छ । सर्वसाधारणलाई एकता भनेको भेट हुने, पिकनिक गर्ने , रमाइलो गर्ने  भोज भतेर खाने हो भनेर मात्र प्रतित भएको छ । जब  भोज भतेर र पिकनिकमा मान्छे धेरै थरिका जुट्न थाल्छन ,  अनि अगुवाहरु जाने बुझेकाहरुको पदको लोभ र अहमता बाझिन थालछन् अनि  मधेसी दल जस्तै  जुटने बेलामा छिन्नभिन्न हुदै समाज स्थापना हुदै गएका छन् । जसको नतिजा विश्वकर्मा समाज , मिजार समाज, परियार समाज, पोडे समाज भन्दै खुलेका छन् । यसरी खुलेका संस्थाहरू दलित समुदायको लागि आवाज उठाउन  एकजुट हुने भन्दा पनि एक अर्कामा विभेदहरु कायमै राख्न स्थापित भएको जस्तो प्रतित हुन्छ । किनकि यिनीहरुमा दलित आन्दोलन विघटन हुने तथा कमजोर हुने पिर भन्दा पनि अरुको नेतृत्व नमान्ने र म फलानो समाजको हो .... पहिला आफ्नो घर बनाउ अनि मात्र सोचौला भने मानसिकता हावी भएको छ । हामी आफैंले यसरि किताकाट गरेर सर्वसाधारणलाइ समेत एकता भन्दा समाजमा जोडिन जति  प्रोत्साहित गर्‍यौं त्यसले सम्पूर्ण समुदायको साझा पिडा बुझेर पनि  राम्रालाई हैन हाम्रालाई भने झैँ किताकाट हुन् मलजल गरिरहेको छ   । हामि फुटेर हैन जुटेर साझा एजेन्डा बनाएर जान सके सम्बोधन गर्न सके मात्र  सामाजिक रुपान्तरण, न्याय, समानता र समावेशी राज्य स्थापित हुन सक्छ नत्र  राज्य संग लडने दलित शक्ति कम्जोर भइन्छ भनेर यी जाने बुझेकाले  चाहिँ सोच्नु पर्छ कि पर्दैन? 
हाम्रो वास्तविकता यही एवं यस्तै छ  र हामी यही वास्तविकताको धरातलमा उभिएर एकता भएन भनेर उफ्रिरहेका छौं। सायद हामीले खोजेको एकता पनि यस्तै हो कि ? एकोहोरो छुवाछुत मुक्त राष्ट्र र विभेद मुक्त समता मुलक समाज निर्माणका कुरा गरिरहँदा हामीले आफू कति सभ्य छौं, आन्तरिक विभेदलाई निर्मुल पार्न हामि बीच हुन् सक्ने अन्तरघुलनलाई हामीले कसरी उपयोग गरेका छौं भनेर सोचेकै छेनौं। सोच्ने जरूरी नै ठानेका छैनौं, किनकी सबै ठेक्का त गैर दलितहरु को हो।यस्ता अनेकन् उदाहरण भेटिन्छन् तपाइँ हामी उत्पीडित समुदाय वरिपरी। थोत्रा गफ ठोकेर दलित एकताको गफ हाक्ने मित्रहरु हाम्रो वास्तविक चरित्र नै एकता बिरोधि छ , अन्तरघुलन हुन् नचाहने छ  । भलै आफ्नो समाजको हक हितको पाटो महत्वपूर्ण होला तर सम्पूर्ण उत्पीडितहरुको मानसिक विकास त्योभन्दा झन् महत्वपूर्ण छ भनेर बुझ्न हामीले अब चै ढिला गर्न हुन्न  । हामि सवै राज्यबाट तिरस्कृत र बहिस्कृत गरी दलित बनाइएको हो भने साझा मुदा र अजेण्डा बनाउ , सबै तह र क्षेत्रबाट छलफल गरौ । समस्याको कारण अन्यत्र खोज्नुभन्दा आफैँलाई प्रश्न गरेर वा सुधारेर समाधान पाउन सजिलो हुन्छ । प्रश्नहरु नसोधी र आत्मालोचना नगरी सुधार सम्भव  छैन  ।अनि समय मै एक पटक हामि सवैले आफुले आफैलाई एनामा गएर  आफ्नो अनुहार हेर्दै आफ्नो मनलाई सोध्नु पर्छ कि  'जब एकै पिडा भएका , युगौ देखि राज्य बाट , राजनीतिक , आर्थिक , सामाजिक रुपमा उत्पीडनको सिकार भएका हामि दलित दलित बिचमा नै विभेद गरछौ भने,अन्तरघुलन हुन् सक्दैनौ भने, एकता हुन् सक्दैनौ भने गैर दलितले हामीलाई किन विभेद गरिरहेका छन भन्दैछौ ?'
मलाई ती दमाइ थर कि युवती संग बिहे गर्ने मित्र झैँ तमाम दलित हकअधिकार र एकताको गफ  हाकेर आफुलाई ठुलै बुद्धिजिबि सम्झनेहरुलाई सोध्न  मन लागेको छ  'के साच्चै  दलितहरुलाई राज्यले अनि  गैरदलितहरुले गर्दा नै  पछडि परेको हो ? कि तपाईं हाम्रो अपरिवर्तनर्शील , अकाट्य सोचाईको स्तरले ?'  राज्यबाट, गैर दलितबाट हामी उत्पिडनमा पर्यौ पनि भन्ने अनि तिनै उत्पिडनमा परिएको भन्ने गरेको हाम्रा आफ्नै समुदाय भित्र एक्ता गर्दै उक्लदै गर्नु पर्ने बेलामा तेरो र मेरो समाज भनि रहदा कसरी अनि कस्ले राज्य सामु आवाज उठाउँन कोरस गर्दिन्छ ? एकै पिडा भोगेको समुदाय हौ भनेर हिजो पछी लाउने अनि आफु नेता बन्ने अनि आज राज्य बाट पाएका सुबिधा दुवै हातले सोरेर आफु र आफ्ना लाइ सम्पन्न पारेर पछी लाग्ने लाइ अब  तिमीहरु पनि अलग्गै  समाज बनाउ भनेर बाध्य बनाइन्छ भने  अन्य समुदायले तपाईं अनि तपाईंको समुदायलाई कुन नजरले हेर्लान ? के भोलि फेरी तपाइको पछी एकता गरौ भन्दै आउलान त् ? 
एक पटक चिन्तन गरौ मित्रहरु, हामि हामि बीच विभेद लाइ जिउदो राखेर समतामुलक समाज भन्नु को तुक छैन , फलानो भन्दा फलानो सानो हो  भन्ने  कुराहरुमा अल्झिएर बल्ल तल्ल जुटेको जागेको नेतृत्व बिकास हुदै गरेको दलित समुदायलाइ हतोत्साहित गर्ने काम कसैले पनि नगरौ , जिम्मेवार  बन्न सिकौ। सोच बदलौ । सवै समुदायको अपनत्वको विकासका लागि व्यापक छलफल र वहस गर्दै नयाँ शिराबाट दलित एकता गर्दै दलित शक्तिको रुपमा स्थापित हौ  । जब सम्म हामिले सकारात्मक सोचको बिकास गर्न सक्दैनौ तब सम्म दलित  समुदाय  सुध्रने र अगाडि बढ्ने छैन ।

Tuesday, November 22, 2016

गायक रामजी नेपाली ब्लड बक्स जुटाउने अभियानमा

विभेद बिरुद्ध अभियान , मङ्सिर ८ - काठमाडौंः एक समयका चर्चित गायक रामजी नेपालीले १ हजार १ सय ११ वटा ‘ब्लड बक्स’ जम्मा गरेर रक्त संचार केन्द्र र बिभिन्न अस्पतालमा हस्तान्तरण गर्ने अभियानमा लागेका छन् ।
आम सर्वसाधारणलाई एक ठाउँबाट अर्काे ठाउँमा रगत ल्याउन-लैजान सजिलो होस् भन्ने उद्धेश्यले यो अभियानमा लागेको उनको भनाई छ । ‘बिभिन्न अस्पताल तथा ब्लड बैंकमा रगत पाइन्छ । तर रगत बोग्ने भाँडोको अभाव छ । यसले गर्दा बिरामीले समयमै सेवा पाउन सकेका छैनन्’, गायक रामजीले भने, ‘त्यो आवश्यकतालाई केही सहज बनाउन मैले अभियान ल्याएको हुँ ।’
शरीरले रगत उत्पादन गर्न नसक्ने प्mयाङ्कोनी एनिमिया भन्ने रोगबाट पीडित जेठी छोरी काजल नेपालीको उपचारको क्रममा  रगत उपलब्ध गराउन बिगत पाँचबर्ष देखि रक्तसंचार केन्द्र धाउदै आएका रामजीले ब्लड बक्सको अभावमा धेरै पटक समस्या भोगेको अनुभज छ । आफुले जस्तो दुःख अरु कसैले पनि भोग्नु नपरोस् भनेर अभियान चलाएको उनले बताए ।
रामजी अहिले सानो–सानो सहयोग जुटाएर भएपनि अभियान पुरा गर्न लागि परेका छन् । मठ मन्दिर, चैत्य गुम्बा र चर्चमा खोजिने धर्म भन्दा मानव सेवा नै ठुलो धर्म मान्ने रामजीले आफ्नो अभियानमा सहयोग गर्न आम मानिसलाई अपिल समेत गरेका छन् । ‘अहिले नगरे कहिले गर्ने, हाम्ले नगरे कसले गर्ने’ भन्ने नारा रामजीको अभियानको रहेको छ । यो अभियानको सफलता पछि स्वास्थ्य क्षेत्रमा आबश्यक पर्ने अन्य सामग्रीको पनि संकलन अभियान चलाउने बिचार रहेको रामजीले बताए । 
२०५३ सालमा ‘घुम्न जाउला कान्छी बागलुङ बजार’ बोलको गीतबाट गायनमा डेब्यु गरेका गरेका हुन् । त्यति बेला हालसम्म गरेर उनले करिब डेढसय गीतमा स्वर तथा संगीत दिएका छन् । ‘जवानीमा तानेको गाजा’, ‘भिरको टुनी किन हो रुनी’, ‘सालैजो’ लगायतका दर्जनौ गीत हिट भएका छन् । रामजीले केही चलचित्रमा पनि संगीत दिएका छन् । छोरीको उपचारमा लागेका कारणले बिगत पाँच बर्षयता उनले गीत संगीतमा खुलेर लाग्न पाएका छैनन् ।

डोल्पाको दलित बस्ती पहिरोको उच्च जोखिममा

विभेद बिरुद्ध अभियान - डोल्पा, ८ मङ्सिर । डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । ४० घरधुरी रहेको सो बस्तीको तल पर्ने छलगाड खोलाले बर्सेनि दश मिटरभन्दा धेरै दायाँबायाँ क्षयीकरण बढाउँदै गएकाले जोखिममा परको स्थानीयवासी तुलबहादुर सार्कीले बताउनुभयो ।
जोेखिम बढ्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । रोकथामका लागि सम्बन्धित निकायमा आग्रह ग¥यौँ तर कुनै निकायबाट सुनुवाइ भएन स्थानीयवासी मनबहादुर सार्कीले बताउनुभयो ।
यहाँका दलित समुदाय विभिन्न किसिमका संस्कारबाट हेपिएका छन्, राज्यले पनि ग्रामीण भेगमा कष्टकर जीवन बिताइरहेका दलितका समुदायका आवाजको पनि उचित सम्बोधन गर्न सकेको छैन, हाम्रा पीडा कसले पो सुन्लान् र रु मार्मिक हुँदै सार्कीले भन्नुभयो ।
नदी कटान बढ्दै गएपछि हरेक वर्ष जोखिम थपिँदै गएकाले जोखिम न्यूनीकरणका लागि स्थानीयवासीले सम्बन्धित निकायमा आग्रहसमेत गरेका छन् । 

७२ वर्षीया तीर्थमाया विश्वकर्मालाई बोक्सी भन्दै दिशा खुवाइयो

विभेद बिरुद्ध अभियान ,मंसिर ७, २०७३- ‘तँ बोक्सीले गर्दा हाम्रो सन्तान सधैं विरामी परिरहन्छ । यसको बोक्सी मन्त्र आज झार्नुपर्छ भन्दै मलाई समातेँ । प्लास्टिकमा पोकोमा ल्याएको केको हो नर्क (दिसा) खुवाउन लाग्दा गुहार मागेँ । हार गुहार सुनेर आएका मानिसले दिसा खुवाएर किन अमानवीय काम गर्न लागेको भन्दाभन्दै पनि नर्क मुखमा दलेर ''बोक्सी भएकोले मन्त्र झार्न खुवाएको हौं'' भनि हिँडे ।’

दक्षिणी गाउँ हावा गाविस- ३ की ७२ वर्षीया तीर्थमाया विश्वकर्माले आइतबार जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी दरखास्तमा आफूमाथि भएको अन्याय यसरी पोखिन् । जाहेरीमा आरोपितमा उनकै देवरहरु केशव र काले विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जाहेरीमा उल्लेखित प्रत्यक्षदर्शी भनिएका छिमेकीहरु बीरबहादुर सुनुवार, अम्बरबहादुर विक, कृष्णप्रसाद फुयाँल, जीतबहादुर सुनुवार र रणबहादुर विकलाई केही बुझ्न भनेर प्रहरीले झिकाइसकेको छ । पक्राउ परेका केशव र कालेले भने आफूले उक्त कार्य गरे-नगरेकोबारे केही बोलेका छैनन् ।

कथित ‘बोक्सी’ भन्दै दिएको यातनाविरुद्ध उजुरी गर्न आएकी तीर्थमाया उभिन नसकेर प्रहरी कार्यालयको भित्तामा अढेस लागेर बसेकी थिइन् । पाठेघरको शल्यक्रियापछि उनलाई उठ्न र हिँडडुल गर्न अप्ठ्यारो छ । बोक्सीकै आरोपमा एकपटकको कुटाइबाट उनको औंला समेत भाँच्चिएको छ । राम्रोसँग उपचार नहुँदा त्यो औला बाङ्गो छ ।

बोक्सी आरोपपछि पटकपटक यातनाको फेहरिस्त सुनाउँदा तीर्थमायाको मन भक्कानिन्छ र आँखाबाट आँसु झर्छ । एकपटक हैन, बिहे भएर आएपछि नै बोक्सीको कथित पदवी शीरमा बोकेर हिँड्दा उनलाई कहिलेकाहिँ मरुँमरुँ लाग्छ । केही वर्षअघिको एउटा घटना उनले सुनाउँदा उनी धुरुधुरु रोइन् । ‘केहीवर्षअघि काकाको २२ वर्षको छोरा एक्कासी मर्‍यो । साइली देउरानीले गाउँ/समाजकै अगाडि तँ बोक्सीले मेरो दिदीको छोरासम्म टोकिस् भनिन्।’

सहनै नसकेर मैले त्यतिखेर भनेँ, ‘भगवान मैले टोकेको रहेछ भने मलाई लागोस, हैन भने तलाई लगोस भनेर घामतिर फर्की ढोगेँ,’ जिल्ला प्रहरी कार्यालय दोलखाको आँगनमा सोमबार आफूमाथि लागेको आरोपहरुको चाङ तीर्थमायाले एकपछि अर्को गर्दै सुनाइन् ।

‘चार वर्षअघिको झुण्डिएरै मर्न मन लागेको अर्को घटना यस्तो छ,’ उनले अगाडि भनिन, ‘२०२० सालको भदौमा जन्मिएको मेरो आफ्नै भाइ चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा ल्याउँदै गर्दा केहीसमयअघि मर्‍यो । मलाई भाइ मरेको पीडा त छँदै थियो तर आफ्नै देउरानीले सबैका सामू भाइ पनि टोकिस् भनेर तथानाम गाली गरिन् ।’

त्यसबेला झुण्डिएर मर्न मन लागेको तर श्रीमान (रणबहादुर)ले सम्झाएपछि मन थामेको उनीले सुनाइन् । ‘मालिक (श्रीमान) साह्रै सोझो हुनुहुन्छ, भाइ र बुहारीहरुले भन्यो भन्दैमा मर्नु हुँदैन भनेकाले मन थामेँ,’ उनले भनिन् । त्यतिखेरै प्रहरीकहाँ सहारा माग्न आउन लागेको तर श्रीमान्‌कै कारण नआएको उनले बताइन् ।

गत कात्तिक २७ गते पनि उनलाई दिसा खोजिएको रहेछ । घटनापछि भने उनी सदरमुकाम चरिकोट सातदोबाटो चोकमा आइन् । घटना सम्झँदै एक्लै रोइरहिन् । बाटै एक महिला   रोइरहेको राजनीतिकर्मी कमला कार्कीले देखिन् । ‘स्कुटर रोकेर बुझ्दा बोक्सीको आरोपको सिकार रहेकी आमा पो रहिछिन्,’ कार्कीले भनिन्, ‘त्यसपछि म आफैं हावा गाविस पुगेर घटनाको सत्यतथ्य बुझेपछि जाहेरी गर्न सघाएँ,’ उनीले भनिन् ।

तीर्थमाया श्रीमानको साथमा बस्छिन् । एकछोरो पनि भिन्न भएर बसेका छन् । दुई छोरीको बिहे भइसक्यो । ‘मालिक आरनको काम गर्नुहुन्छ । फलामको काम गरेर ६० देखि ७० जना‘विष्ट’ कमाउँनुहुन्छ । उनीहरुले दिएको अन्नहरु खाएर बाँचेका छौ,’ उनले दु:ख सुनाइन् । घरकै मान्छेहरुबाट खेदिँदै आएकी तीर्थमाया गाउँलेबीच मायाको पात्र हुँदाहुँदै  एकपटक आमा समूहकी अध्यक्षकै सिकार बन्न पुगेको बताउँछिन् ।

‘गाउँमा प्यारो, घरमा आखाँको किरो’
उनीसँग सुत्केरी गराउने सीप छ । गाउँमा अप्ठ्यारो पर्दा उनलाई सबैले बोलाउँछन् । १६ वर्षदेखि सुढेनी काम गर्दा उनले लगभग १५ जनालाई सुत्केरी गराएकी छन् । आफूले सुत्केरी गराएर भएका बच्चाहरु हुर्कँदै गरेको देख्दा उनी खुसी हुन्छिन् ।

भन्छिन्, ‘श्रीमान् र आफ्नो छोरोछोरीबाहेक आफ्नो परिवारका मानिसले बोक्सी भने पनि अरुको प्यारी छु । गाउँभरी सुत्केरी गराउन जान्छु । त्यतिमात्र हैन सानो जातिले लगाएको लुगा लगाउँदा बच्चा दु:ख/विमारी हुन्नन्, रक्षमा हुन्छ भन्दै माग्छन् । माग्ने जतिलाई आफ्नो फरिया च्यातेर दिन्छु । त्यसको भोटो र टोपी सिलाएर लगाउनेहरु अहिले १५ वर्षसम्म भैसके ।’

कथित ‘बोक्सी र तल्लो जात’ जस्ता समाजिक अन्धविश्वासको भूमरीमा बाँचिरहेकी तीर्थमाया भन्छिन्, ‘सानो जाति भन्दा चित्त दुख्दैन तर बोक्सी भन्दा चाहीँ झुण्डिएर मर्न नै मन लाग्छ ।’

‘सम्पत्ति खोस्न बोक्सीको आरोप’
‘मालिक (श्रीमान) जेठा भइकन पनि सोझो भएकैले म हेपिएकी हुँ । दुई देवर र उनीहरुको सन्तानलाई ससुराले बन्धकी राखेको जग्गा फिर्ता गरेर कमाएको रिस हो,’ बोक्सी भन्दै पटक-पटक कुटिनुको कारणबारे तीर्थमायाले बताइन् ।

उनीले घटनाको जड यस्तो रहेको बताइन, ‘तीन भाइ छोराहरुलाई सम्पत्ति बाँडेपछि आफ्नो भागको चाहीँ बन्धकी राखेर ससुरा हिडेँ । ऋण तिर्न नसकेर ससुरा जग्गा जिम्मा लगाई हिँडेपछि त्यो मेरो श्रीमान्‌ले ऋण तिरेर जग्गा फिर्ता गर्नुभयो । जबदेखि त्यो कमाउन थाल्यौ त्यहाँदेखि बोक्सीका बोक्सी भन्दै गाली खान थालेँ ।’

आमा कुटिएपछि छिमेकी गाउँ जफेमा बिहे भएकी छोरी शान्ति विकले भनिन, ‘मेरो बिहे भएको २२ वर्ष भयो । अहिले पनि माइती जादाँ काकाहरुले मलाई समेत कुट्छन् ।’ बारम्बार सम्पत्तिको कारण झिकेर अन्तमा बोक्सी भन्दै बद्‌नाम गर्ने गरेको उनले बताइन् ।

‘दसैंमा घर जाँदा मलाई पनि कुट्न आए । काकाहरुले तेरो पनि साप्राको मासु झार्छु भने । एउटा बारीका पाटाका निम्नी सधैं बोक्सी भनेर झाँको झार्छन्,’ उनले भनिन् । उनका अनुसार बुबा र आमाको नाममा ससुराको समेत गरेर एक रोपनी जतिमात्र जमिन छ ।

Wednesday, November 16, 2016

‘तँ दलित १५ दिन भाछैन किन जन्मदर्ता लिन आइहालिस्’ भन्दै कुटपिट

विभेद बिरुद्ध अभियान - परासी,१ मंसिर – पाल्ही गाविसका सचिव नन्दलाल कुम्हालले गत आईतबार विहान गाविसमा छोरीको जन्मदर्ता लिन आएका स्थानिय करन हरिजनलाई गाली गर्दै थप्पड हानेको पीडितले बताएका छन् ।
छोरी जन्मेको १५ भएपछि, छोरीको जन्म दर्ता लिन गाविस पुगेका हरिजनलाई ‘तँ दलित १५ दिन भाछैन किन जन्मदर्ता लिन आइहालिस्’ भन्दै उनले कुटपिट गरेको पीडितले बताए ।
आइतबार विहान ११ बजेको समयमा गाविस सचिव एवं सहयोगीहरु कार्यालय बाहिर बसी घाम ताप्दै एव गफिदै गर्दा हरिजनले पटक पटक जन्म दर्ताको फर्म भर्न र बनाई दिन आग्रह गरेपछि सचिव कुटपीटमा उत्रिएको बताइएको छ ।
सेवाग्राहीको काम नगरी उल्टै जातिय विभेद गर्दै थप्पड हानेको दाबीसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र दिँदै उनले प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गगराएका छन् । गाविस सचिव कुम्हालले आफूले हरिजनलाई कुटपिट र गालीगलौज केहिपनि नगरेको दाबी गरे ।

Tuesday, November 15, 2016

१३ वर्षीया छोरी बबिता नेपालीले आमा सुनकुमारीको दागबत्ती दिइन्

विभेद बिरुद्ध अभियान -भैरहवा, ३० कात्तिक । घरेलु हिंसाबाट मृत्यु भएकी रोल्पा–८ की ३८ वर्षीया सुनकुमारी नेपालीको सोमबार भैरहवामा दाहसंस्कार गरिएको छ । उनको पार्थिव शरीरमा १३ वर्षीया छोरी बबिता नेपालीले दागबत्ती दिएकी थिइन् । भैरहवाको डन्डा खोलामा उनको दाहसंस्कार गरिएको छ । नेपालीको शवमा रुपन्देहीका पूर्व प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पुष्पगुच्छा राखेर श्रद्धाञ्जली दिएका थिए । सो क्रममा उनले घटनामा संग्लग्नलाई कडा कारबाही गरिने बताए । साथै, उनले सुनकुमारीको उपचारमा सहयोग जुटाउन पहल गर्ने लुम्बिनी प्रेस क्लब, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलगायत दाताप्रति आभार प्रकट गरे । साथै, नेपालीकी छोरी बिनिता नेपालीको शिक्षा, स्वास्थ्य र लालनपालनमा जिल्ला बाल कल्याण समितिले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘हिंसामा नपरून् अरू सुनकुमारी’
श्रद्धाञ्जलीसभामा उपराष्ट्रपतिका छोरा दिपेश पुनले आगामी दिनमा अरू सुनकुमारीहरू हिंसामा नपरून् भन्दै कामना गरेका थिए । उनीले दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनलाई आग्रह पनि गरे । पुन शनिबार सुनकुमारीको उपचारमा सहयोग गर्न तीन लाख रुपैयाँ बोकेर राजधानी काठमाडौंबाट भैरहवा आएका थिए । तर, सुनकुमारीको सोही दिन निधन भएको थियो ।
सुनकुमारी ट्रस्ट बनाइने
दिपेश पुनले सुनकुमारी ट्रस्ट स्थापना गरी रोल्पालगायतका क्षेत्रमा घरेलु हिंसामा परेका, शिक्षा, स्वास्थ्यलगायतबाट वञ्चित भएकाहरूलाई सहयोग गर्ने बताए । महिला अधिकारकर्मी ज्ञानु पौडेलले महिला हिंसाका घटना दिनप्रतिदिन बढ््रदै गएको बताइन् । क्लबका अध्यक्ष माधव ढुंगानाले सुनकुमारीको उपचारमा कुनै कसर बाँकी नराख्दा पनि उनलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गरे । सुनकुमारीको दाहसंस्कारसँगै लुम्बिनी प्रेस क्लबले उनकी छोरीलाई जिल्ला बाल कल्याण समितिको जिम्मा लगाएको छ । 
यसरी भयो सुनकुमारीमाथि हिंसा 
सुनकुमारी श्रीमान् ध्रुव नेपाली र नातामा बहिनी पर्ने जाला नेपालीको कुटपिटबाट गत २६ असोजदेखि अचेत थिइन् । सोही अवस्थामा उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको थियो । आर्थिक अभावका कारण बिरामी कुरुवाहरूले समेत सुनकुमारीलाई छाडेपछि उनको उपचार प्रभावित भएको थियो । आर्थिक अभावमा २५ दिनसम्म उपचार हुन नसकेको खबरपछि लुम्बिनी प्रेस क्लबले उनको सम्पूर्ण उपचार जिम्मा लिएको थियो । क्लबको निर्णयसँगै विभिन्न क्षेत्रबाट सहयोग रकम संकलन भएको थियो । 

मङ्सिर १ र २ गते ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने

विभेद बिरुद्ध अभियान - काठमाडौँ, ३० असोज । नौमती पञ्चैबाजाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यहि मङ्सिर१ र २ गते  ‘दोस्रो राष्ट्रिय नौमती पञ्चेबाजा सांस्कृतिक महोत्सव–२०७३’ हुने भएको छ । 
नेपाल नौमती पञ्चैबाजा प्रतिष्ठान र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को संयुक्त आयोजनामा नाचघरमा हुने सो महोत्सव  मङ्सिर १ र २ गते गर्ने तयारी भइरहेको प्रतिष्ठानका महासचिव डिबी नेपालीेले जानकारी दिनुभयो । 
सम्मेलनको पहिलो दिन उद्घाटनसँगै पाँचै विकास क्षेत्रको प्रतिनिधित्व हुने गरी नौमती पञ्चैबाजाको सम्मेलन र दोस्रो दिन पञ्चैबाजाको इतिहास, संरक्षण र त्यसको आधुनिकीकरण लगायत पञ्चैबाजासम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ ।

जाजरकोटको ग्रामीण क्षेत्रमा दलित दलितबीच पनि आपसमै विभेद

विभेद बिरुद्ध अभियान - जाजरकोट, ३० कात्तिक – यहाँका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ ।विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको छ ।
जिल्लाको बारेकोट क्षेत्रको नायकवाडा, रोकायगाउँ, रामीडाडाँ, सक्ला, भगवती, पश्चिमका अधिकांश गाविसमा यस्तो समस्या देखिएको हो । दलितभित्रका कामी, विक र नेपालीले अन्य दलितलाई बोलाउँदा समेत तिमी, तँ भनेर बोलाउँछन् भने बादी, लुहार, दमाईं, सार्कीले भने उनीहरुलाई तपाईं भनेर बोलाउने गरेको पाइएको छ ।
दलितभित्र नै विभेद रहेका कारण छुवाछूत प्रथा हट्न निकै मुस्किल भएको खगेनकोटका कृष्णबहादुर शाहीले बताए । युवाहरुले यो विभेदलाई हटाउन खोजे पनि सवै युवा शिक्षित नहुनु, पाका उमेरका मानिस पुरानो संस्कार छाड्न नमान्नु विभेद नहट्ने समस्या हो । धारामा पानी भर्दादेखि भान्सासम्म दलितले दलितलाई नै विभेद गर्ने गरेका छन् । नायकवाडाका जयबहादुर दमाईं भन्छन् “पुराना संस्कार, रीतिस्थिति बदलेर पाप गर्नु छैन, हामी चलेको चलन नै चलाउँछौँ ।”
विभेदका विषयमा खुलेर पढेलेखेका युवाले विरोध गरेपनि बूढापाकाले पुरानो संस्कारलाई नै निरन्तरता दिनु र युवा पीँढीलाई बूढापाकाले विरोध नगर्न दबाब दिएपछि विभेद हट्न थप मुस्किल भएको छ ।

हामीले खोजेको राष्ट्रिय दलित आयोग - हीरा विश्वकर्मा

विभेद बिरुद्ध अभियान -कार्तिक ३०, २०७३- अनलाइन सञ्चारमाध्यममा व्यापक प्रगति भएसँगै दलित अनलाइन पनि अस्तित्वमा आएको छ । यसले देशभर घटेका दलितसँग सम्बन्धित समाचारहरू बराबर प्रेषण गर्ने गर्छ । सो अनलाइनले दलितसँग सम्बन्धित विविध सामग्रीहरू दिइरहेको छ । सो अनलाइनका केही नमुना खबरहरू यस्ता छन् : अन्तरजातीय विवाह गर्दा प्रहरी खोरमा (झापा गौरादह ७ का भुपेश परियार र अनिशा थापा, उमेर १८ दुवैको), दलित महिलामाथि बलात्कार प्रयास, धादिङ प्रहरीले उजुरी लिन मानेन (धादिङ पीडा गाविस),जातीय भेदभाव अन्त्यका लागि गठन गरिएका सबै संयन्त्रहरू निक्रिय, जहाँप्रधानाध्यापकबाटै छुवाछूत हुन्छ (मुगु जिल्लाका विद्यालयहरूमा), झापाको उद्योग वाणिज्य संघमा दलित व्यवसायीलाई उपेक्षा, बझाङमा अर्को कलंक, मन्दिर छुँदा १ आना सुन र २ हजार जरिवाना, जहाँ पानी माग्दा जात सोधिन्छ (कर्णाली अञ्चलका धेरै जिल्लाहरूमा), २०६९/०७० मा राष्ट्रिय मानवअधिकार आयोगमा छुवाछूतसँग सम्बन्धित ४ वटा घटनामात्रै दर्ता, नेपाल प्रहरीले ८ वर्षमा ४७ वटा छुवाछूतका घटनालाई सम्बोधन गरेको ।माथिका सबै प्रतिनिधि घटनाहरू हुन् । करिब ३ हजार वर्षदेखि भारतीय उपमहाद्विपमा यो जातपातको व्यवस्था कायम भएको हुँदा अहिले हामी सामाजिक न्यायसहितको गणतन्त्रमा प्रवेश गर्दासमेत यस्ता घटनाहरू घटिरहेका छन् । हामीले पञ्चायतकाल पनि भोग्यौं, त्यतिबेला छुवाछूत सम्बन्धी घटनाहरू बाहिर आउँदैन थिए, त्यसको प्रमुख कारण थियो, त्यसको नगण्य प्रतिरोध। अहिले छुवाछूतलाई सामाजिक तथा दण्डनीय अपराध संविधान र कानुनले घोषणामात्र गरेको छैन, नेपालको संविधान— २०७२को धारा २४ले छुवाछूत विरुद्धको हकलाई मौलिक हकको रूपमा परिभाषित गरेको छ । तर यी सबै कानुनी तथा संवैधानिक व्यवस्थाको बाबजुद किन त्यस्तो घटना घटिरहेको छ भन्ने कुरा हामी सबैको चासोको विषय हुनुपर्छ ।
अहिले कानुन कार्यान्वयन गर्ने निकाय तथा मानवअधिकारको सरक्षण गर्ने निकाय पनि सक्रिय छन्, उनीहरूलाई कुनै न कुनै रूपमा छुवाछूत तथा दलित अधिकारका विषयमा अभिमुखीकरण गरिएको छ। तर पनि मानवअधिकार आयोगमा एक वर्षमा जम्मा ४ वटा घटनामात्रै दर्ता हुने र नेपाल प्रहरीले ८ वर्षको अवधिमा केवल ४७ वटा मात्रै छुवाछूतका घटनालाई सम्बोधन गर्नुको अर्थ के निकाल्ने । यी दुवै प्रतिनिधि रिपोर्टहरूले मानवअधिकार रक्षाका लागि स्थापना भएको मानवअधिकार आयोगको दलित तथा छुवाछूतको विषय प्राथमिकतामा नपरेको वा त्यहांँ रिपोर्टिङ नभएको तथा कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीमा पनि उजुरी नै नपर्ने वा परे पनि त्यसको औपचारिक सम्बोधन नहुने कुराको इंगित गर्छ । यस्तो अवस्थामा छुवाछूत तथा दलित अधिकारको विषयमा काम गर्नको लागि छुट्टै निकाय आवश्यक रहेको पुष्टि हुन्छ । 
२०५८ सालमा स्थापना भएको राष्ट्रिय दलित आयोगले आफ्नो १५ वर्षे कार्यकाल पुरा गरेको छ ।योसँगै स्थापना भएको राष्ट्रिय महिला आयोग कानुन बनेर काम गरिरहेको छ । तर दलितआयोगलाई भने विना कानुन मन्त्रिपरिषदको गठन आदेश बमोजिम राजनीतिक भर्तिकेन्द्रको रूपमा मात्रै विकास गरिएको छ । तर अहिले यो आयोग संवैधानिक बन्ने तरखरमा छ र यसको कानुन अहिले संसद्मा विचाराधीन अवस्थामा छ । हामीलाई थाहा छ, मानव अधिकारसंँग सम्बन्धित संस्थाहरूलाई प्रभावकारी बनाउन संयुक्त राष्ट्र संघले पेरिस सिद्धान्तको प्रतिपादन गरेको छ । यो सिद्धान्तले मूलभूत रूपमा त्यस्ता मानव अधिकारसँग सम्बन्धित संस्थाहरूलाई प्रभावकारी बनाउन मानव अधिकारलाई लागु गर्ने वा पालना गराउने अन्तर्राष्ट्रिय संयन्त्रहरूको विषयमा सरकार, संसद् तथा अन्य निकायहरूलाई सुझाव दिनसक्ने, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ—संस्थाहरूसंँग सम्बन्ध विस्तार गर्नसक्ने, मानव अधिकारको प्रबद्र्धनका लागि सचेतना जगाउने तथा शिक्षित बनाउने, अर्धन्यायिक निकायको रूपमा काम गर्नसक्ने, आर्थिक र मानवस्रोतका दृष्टिकोणबाट स्वतन्त्र रहने (सरकारमा निर्भर नरहने) कुराहरूलाई आंैल्याएको छ । 
अहिले संसद्मा विचाराधीन अवस्थामा रहेको विधेयकलाई हेर्दा दलित आयोगको अधिकारलाई एकदम सीमित बनाइएको छ र सरकारलाई केवल सुझाव दिने निकायकोरूपमा मात्रै राख्न खोजिएको छ । यसलाई किन यति सीमित अधिकारमात्र दिइएको भन्ने जिज्ञासाको उत्तरमा स्थानीय विकास मन्त्रालयका एकजना उपसचिवले भने, ‘मानव अधिकारलाई हेर्ने सबैभन्दा उच्च निकाय मानवअधिकार आयोग हो र यसको अधिकार क्षेत्रलाई संकुचन हुने वा ‘कन्ल्फिक्ट अफ इन्ट्रेस्ट’ नहुनेगरी बनाइएको हो । अन्य आयोग र दलित आयोगको बीचमा धेरै फरक छ, किनभने छुवाछूत र त्यससँग सम्बन्धित घटनाहरूको प्रकृति फरक हुन्छ र अन्य निकायले दलितका समस्याहरू सम्बोधन गर्ने चासो तथा चिन्ता व्यक्त गरेको देखिँदैन । अत: हाम्रोलागि मानवअधिकारको समकक्षी दलित आयोगको आवश्यकता परेको हो । 
त्रिविको समाजशास्त्र विभागले एउटा देशव्यापी अध्ययन गरेको थियो, सो अध्ययनअनुसार २७ प्रतिशतले शारीरिक हिंसा, ४६.१ प्रतिशतले मनोवैज्ञानिक हिंसा, ६० प्रतिशतले धार्मिक ठाउँमा विभेद तथा ८४ प्रतिशतले उपल्ला जातिहरूको घरमा विभेद भएको बताएका छन् । दलितको समस्या यति विकराल हुँदाहुँदै पनि त्यसलाई सम्बोधन गर्ने राज्यको निकाय कमजोर बनाइँदा के त्यसले सामाजिक तथा मानवीय कलंकको रूपमा रहेको समस्याको निराकरण गर्न सक्छ?हाम्रो छिमेकी देश भारत पनि हाम्रोजस्तै छुवाछूतबाट पीडित देश हो । त्यहाँ सन् १९५० देखि नै दलितको समस्या सम्बोधन गर्न संवैधानिक लगायत अनेक व्यवस्थाहरू भएको छ । त्यसमध्येको एउटा व्यवस्था अनुसूचित आयोग हो ।
भारतको संविधानको धारा ३३८ को उपधाराहरू ५, ८ र ९ मा उल्लेख भए बमोजिम उपधारा ५ मा उल्लेख भएअनुसार, संविधानले व्यवस्था गरेको वा केन्द्र तथा राज्यका कानुनहरूले सुनिश्चित गरेको अनुसूचित जातिहरूको अधिकारको रक्षाको सम्बन्धमा अनुसन्धान गर्ने, अनुगमन गर्ने तथा मूल्यांकन गर्ने अधिकार हुने, अनुसूचित जातिहरूको अधिकारको हनन भएको उजुरी परेमा सोधखोज गर्ने र यसभित्र अनुसूचित जातिहरूको आर्थिक तथा सामाजिक विकासका योजना तर्जुमामा सहभागी हुने वा सुझाव दिने तथा केन्द्र वा राज्यको कामको मूल्यांकन गर्ने, अनुसूचित जातिहरूको रक्षा तथा विकासमा भएको प्रगतिहरूको मूल्यांकन र सुझावसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने, उपधारा ८ ले आफैले वा उजुरीको आधारमा अनुसन्धान गर्दा नागरिक अदालत सरहको अधिकार उपभोग गर्न पाउनेअधिकार दिएको छ । 
त्यस्तै अन्य थप व्यवस्थाहरूमा, देशको कुनै पनि क्षेत्रबाट आरोपितलाई बोलाइ वकपत्र गराउन सक्ने, घटनासँग सम्बन्धित कुनै पनि कागजपत्रहरू मगाउन सक्ने, न्यायालय तथा कुनै पनि सरकारी कार्यालयहरूबाट आवश्यक कागजपत्रहरू मगाउने, नियममुताविक अध्यक्षलाई लागेका अन्य कुराहरू, उपधारा ९ अनुसार केन्द्र तथा राज्यहरूले अनुसूचित जातिहरूको अधिकार तथा विकास सम्बन्धी नीति—नियम बनाउँदा आयोगको परामर्श लिनुपर्ने, आयोगभित्र प्रहरीको डीआईजीको कमाण्डमा एउटा दस्ता रहने । यी सबै कुराहरूलाई हेर्दा भारतको अनुसूचित आयोग नेपालको अख्तियार दुरुपयोग अनुसन्धान आयोग जत्तिकै शक्तिशाली बनाइएको देखिन्छ । 
काभ्रेका अजित मिजारको हत्या प्रकरणमाउनी दस जोड दुईका विद्यार्थी थिए । अत: यो विद्यार्थी आन्दोलनको विषय हुनुपर्ने, उनी १८ वर्षका युवा थिए, युवा आन्दोलनका विषय हुनुपर्ने, उनी मानव थिए, मानवअधिकार आन्दोलनको विषय हुनुपर्ने, तर उनी दलित थिए, त्यसैले दलित अधिकारको मात्रै विषय भयो, देशको न्याय प्रणालीले काम नगर्दा दलित आन्दोलनकारीहरूले प्रधानमन्त्रीलाई समेत गुहार्नुपर्ने, यस्तो अवस्था अन्त्यको लागि पेरिस सिद्धान्तमा आधारित कमसेकम राष्ट्रिय मानवअधिकार आयोगसरह राष्ट्रिय दलित आयोग हुनुपर्ने देखिन्छ । यसका लागि खासगरी मुख्य राजनीतिक दलहरू तथा सांसदहरूको ध्यानजानु जरुरी छ । 

उपचार खर्च जुटाउन नसक्दा बिरामी बाबुलाई छाडेर पाँच भाइ छोरा ‘फरार’

प्रेम सुनार,विभेद बिरुद्ध अभियान , कार्तिक ३० , गुल्मी– उपचार खर्च जुटाउन नसक्दा पाँच छोराले बुवालाई गुल्मी सदरमुकाम तम्घासको सुकुम्वासी बस्तीमा छाडेर भागेका छन् । चार दिनअघि लडेर टाउकोमा गम्भीर घाइते पुर्कोटदह–८ गुल्मीका ६३ वर्षीय कर्णबहादुर विकलाई छोराले अलपत्र पारेका हुन् ।
पैसा खोजेर भोलि आउँछौं भनेर उनका कान्छा छोरा मधु बुटवलतिर गएको कर्णलाई आश्रय दिएका शंकरले सुनाए, ‘यत्तिका दिन भयो अहिले त पाँचै भाइले फोन स्वीचअफ गरेका छन् ।’ पाँचै भाइ बुटवल सडकमा मजदुरी गरे पनि जन्म दिने बुवालाई बेवास्ता गरेपछि शंकरले उनलाई झिकाएका थिए ।
घाइते विश्वकर्मा वर्षौंदेखि सडकमा काम गर्दै आएका थिए । ‘आरने काम पनि धेरै वर्ष गरे,’ उनले भने, ‘बुढ्यौलीले छोएपछि त्यो काम छाडें ।’कात्तिकको जाडोमा बाटोछेउमा पातलो कपडामा थर्थराउँदै लडेका विश्वकर्मालाई गुल्मी केयर विश्वा सञ्चालक उपाध्यक्ष विद्या कार्की र सचिव सागर कार्कीले देखेपछि टीठ लागेर एक जोर न्यानो कपडा दिएका थिए । ने
पाली सेना थागिधुमका गुल्मीपति, सशस्त्रका गुल्मपतिसँग आग्रह गरेर खाने खर्च जुटाइदिन सकिन्छ कि भन्ने प्रयासमा लागेको कार्कीद्वयले बताए ।मंसिर १ देखि पेन्सन क्याम बस्दै छ । त्यहाँ सुन्तला बेचेर आएको मुनाफाले कर्णको उद्धारमा लगाउने सोचमा रहेको शंकरले बताए ।काँग्रेस नेतृ सुजाता कोइरालालाई राज्यकोषबाट ५० लाख दिने सरकारी निर्णय आएकै बेला गुल्मीमा यस्तो घटना बाहिर आएको हो ।

Monday, November 14, 2016

छठ पूजामा जातीय विभेद: डोमलाई पोखरी छुनै प्रतिबन्ध

विभेद बिरुद्ध अभियान - कार्तिक २९, २०७३- गाउँलेको अवरोधपछि उनीहरू आफ्नैअरू बेला छुवाछूत भोग्ने दलित पनि छठका बेला समान दरिन्छन्, मधेसमा । ऊर्जा, समानता र सद्भावको यो पर्व सिरहाको कुर्बा हनुमाननगरका दुई दलित परिवारका लागि भने छोइछिटोको पिरलोका रूपमा देखा पर्‍यो । स्थानीय लिलिया मल्लिक र जहरी मल्लिकलाई पोखरीमा छठ गर्न कथित उच्च जातका गाउँलेले रोक लगाए । बारीमा खाल्डो खनेर ट्युबवेलको पानी जमाएर जेनतेन छठ मनाउन बाध्य भए ।
छठको दिन दिउँसो लिलिया र जहरी अघ्र्यका लागि नैवेद्यका परिकार बनाउँदै थिए । गाउँको पोखरीघाट समितिका दुई सदस्य रामसकल महतो र जीवछ यादव मल्लिकको घरमा आएर चेतावनी दिए– ‘खबरदार मूल बाटोबाट नहिँड्नु र पोखरीघाटमा नजानू । छुट्टै ठाउँमा छठ मनाउनू ।’ लिलिया मल्लिकले गह भिजाउँदै भनिन्, ‘वर्षौं वर्षदेखि त्यही सार्वजनिक पोखरीको एक छेउमा हामीले छठलाई अघ्र्य दिँदै आएका थियौं तर यसपालि खोइ कुन्नि के भयो गाउँलेलाई ? दिउँसै आएर धम्की दिएर गए ।’
मल्लिक दुई परिवारले दिउँसै जलाशय पोखरीको घाटमा सफाइ गरी आफ्ना लागि स्थान बनाएका थिए । त्यहाँ लगेर चढाउने पकवान र नैवेद्य राख्न एउटा खाट पनि राखेका थिए । घरमै आएर चेतावनी दिनेहरूले पोखरीघाटबाट पनि डोम परिवारले राखेको खाट मिल्काइदिए । पीडित जहरी मल्लिकले भनिन्, ‘खाट फ्याँकिदिएपछि घाटमा जाने आँट आएन । बाध्य भएर आफ्नै कल छेउमा खाल्डो खन्यौं र छठलाई अघ्र्य दियौं ।’ जहरीले घरमा आएर चेतावनी दिनेहरूलाई सोधेकी थिइन्– यतिका वर्ष हामीलाई कसैले रोकेको थिएन तर यस वर्ष किन हामीसँग भेदभाव ? उनीहरूले सारा गाउँलेको निर्णय हो भनेर बताएको जहरीले दु:खेसो पोखिन् ।
मल्लिक परिवारको घर छेउमै सार्वजनिक पोखरी दुलहीझैं सिँगारिएको थियो । ‘झकिझकाउ पोखरीमा नयाँ लुगा लगाएर मेरा बालबच्चा पनि हरेक वर्ष छठमा रमाउँथे तर यो वर्ष अनिष्ट भयो,’ जहरीले बताइन् । पीडित सोभी मल्लिकले भने, ‘छठ गर्ने प्रत्येक घरमा हामी डोम परिवारले बुनेका बाँसका कोनिया, नाङ्लो पुगेको छ । ती दुई बाँसका चीज नभई छठ हुँदैन । नैवेद्य चढाउने ती बाँसका सामान मेरै हातले बुनेको हो तर हाम्रो परिवारलाई घाटमा अछूत भनेर जान दिएनन् ।’ छठको घाट वर्जित गरेर छुवाछूत गरेको र मानव अधिकारको उल्लंघन भएको भन्दै छुवाछूतविरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मल्लिकले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी गरे । निवेदनमा उनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेका थिए ।
छुवाछूतविरुद्धका सामाजिक अभियन्ता रामचन्द्र मल्लिक भन्छन्, ‘गत वर्ष नायक राजेश हमाल आएर धनगढीमाई नगरपालिका ११ नयनपुरमा डोम परिवारलाई इनारबाट पानी खुवाउन खोजे । त्यो घटनाले आन्दोलनको रूप लियो । त्यसैको रिसइबीले छिमेकी गाउँमा डोम परिवारलाई छठको घाट वर्जित गरियो । इनार छुन माग्दा पोखरी पनि गुम्यो ।’ उनले आक्रोश पोख्दै भने, ‘हिन्दु समाजमा छुवाछूत कहिल्यै हटदैन । घट्नुको साटो बढदै गएको छ ।’
मल्लिकको निवेदन परेपछि आयोगको क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख सुवर्ण कर्माचार्यको नेतृत्वमा एक टोली छानबिनका लागि घटनास्थल पुगेको थियो । टोली रामचन्द्रसँग जानकारी लिएपछि जहरी र लिलियाको घरमा पनि पुगेको थियो । उनीहरू काममा बाहिर गएकाले टोलीसँग भेट हुन सकेन । त्यसको भोलिपल्ट पुन: टोली उनीहरूको घर पुग्यो । उनीहरूले बयान दिनै अस्वीकार गरे । आयोगको टोली आएको खबरले गाउँमा खैलाबैला मच्चियो र रातारात मल्लिक परिवारहरूलाई आयोगको टोलीसमक्ष बयान नदिन दबाब र आग्रहसमेत गरे । गाउँलेहरूले पीडित मल्लिक परिवारद्वयलाई गाउँको इज्जत जोगाउन र आउँदो वर्षदेखि पोखरीमा छठ पर्व मनाउन दिने भन्दै सहमत गराए । पीडित परिवारहरूले गाउँमा नै आफूहरूलाई बस्नुपर्ने भएकाले गाउँलेहरूसँग दुश्मनी लिएर जीवन नचल्ने र सम्पूर्ण गाउँलेले नै आफूहरूसँग माफी मागेकाले आयोगको टोलीलाई बयान नदिएको सुनाए ।
अभियन्ता रामचन्द्रले आफूहरूलाई सम्मानसाथ समाजमा बस्ने हालसम्म व्यवस्था नभएको गुनासो पोखे । छुवाछूतसम्बन्धी घटनामा स्थानीय प्रहरी प्रशासनले समेत आफूहरूलाई सहयोग नगरेको र उल्टै पीडकहरूसँग नै मिलेर रक्सी, मासु खाएर अनेक दबाब दिने गरेको गुनासो पोखे । उनले आफूले जिल्लाको राजनीतिमा समेत आफूहरूको स्थान होस् भनेर विभिन्न पार्टीमा लागे पनि कुनै पनि पार्टीले आफूहरूलाई स्वीकार नगरेको सुनाए । ‘वामपन्थी र लोकतान्त्रिक दुवै पार्टीमा उपल्लो जातिका व्यक्तिकै बाहुल्य रहेकाले स्थान पाइनँ,’ उनले भने, ‘राजनीतिक पार्टीहरूमा आफूलाई न आसन दिएको न त भाषण नै गर्न दिएको कान्तिपुरमा खबर छ ।’
‘समाजमा कथित दलितबीच समेत छुवाछूत कायम छ,’ उनले भने, ‘छुवाछूतलगायतका घटना प्रकाशमा आएपछि गैरसरकारी संस्थाहरूको ओइरो नै लाग्छ तर आफूहरूभन्दा संस्थाहरूवाला नै मोटाउने गरेको अवस्था छ ।’ आफूहरूलाई दिनुपर्ने सेवा सुविधा संस्था सञ्चालकहरूले नै खाइदिने गरेको उनले गुनासो पोखे ।

Saturday, November 12, 2016

अग्निदहन चलचित्रकी सुनाखरी परियार (माइली)लाई सम्मान

विभेद बिरुद्ध अभियान - पोखरा, कात्तिक २७  गते । बोक्सी कुप्रथाको अन्त्यका लागि क्रियाशील संस्था मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानद्वारा निर्माणाधीन ‘अग्निदहन’ चलचित्रमा कलाकारको भूमिका बहन गरेकी सुनाखरी परियार (माइली)लाई बिहीबार पोखरामा सम्मान गरिएको छ ।
प्रतिष्ठानद्वारा बिहीबार यहाँ आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सम्मानपत्रसहित दोसल्ला ओढाएर उहाँलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा सचिव थपलियाले सामाजिक अन्धविश्वासका कारण समाजमा बोक्सी प्रथाले स्थान पाएको बताउँदै यस्ता विकृतिको अन्त्यका लागि नेपाल सरकार सम्बद्ध सबै पक्ष र निकायसँग सहकार्य गरी अघि बढ्ने बताउनुभयो ।
उहाँले बोक्सी प्रथाको अन्त्यका लागि गाउँबाट सुरु अभियान देशव्यापी बन्ने बताउँदै यस्ता अभियानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले मान्छे बोक्सी हुँदैन र बोक्सीको आरोपमा कसैमाथि पनि कुनै प्रकारको हिंसा हुनुहुँदैन भन्ने चेतना जगाउने उद्देश्यका साथ ‘अग्निदहन’ चलचित्रको निर्माण गरिएको जानकारी दिनुभयो ।
चलचित्रको छायाङ्कन सम्पन्न भएको बताउँदै उहाँले चलचित्रमा बोक्सीमाथि हुने गालीगलौज, कुटपिट, सामाजिक बहिष्कारदेखि हत्या गर्ने सम्मका विद्यमान अमानवीय र जघन्य अपराधलाई जीवन्त चित्रण गर्ने प्रयास गरिएको बताउनुभयो । सरकार र नागरिक दुवैको सहयोग र सहानुभूति पाएमा आगामी १५ वर्षभित्रै नेपाललाई ‘बोक्सीमुक्त देश’ घोषणा गर्ने सोच प्रतिष्ठानले राखेको छ ।
कार्यक्रममा गैरसरकारी महासङ्घका केन्द्रीय सचिव रामप्रसाद सुवेदी, प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेल लगायतले अन्धविश्वासका कारण समाजमा विद्यमान बोक्सीजस्ता कुप्रथाको अन्त्यका लागि समाजमा सबैको सहकार्य आवश्यक हुनेमा जोड दिनुभएको थियो ।