Thursday, October 31, 2013

"गन्धर्व विद्या र हाम्रो लोकका गन्धर्व " - डा. कविताराम श्रेष्ठ

नेपाली समाजमा गन्धर्व भन्ने जाति गायन पेशासँग सम्बद्ध एउटा जाति हो । उनीहरु युगौँदेखि गाउँगाउँमा सारंगीवादनका साथ सन्देशमूलक गीतहरु गाउँदै सिदा वा बिष्टहरुबाट वार्षिक भाग उठाएर पेट पाल्ने गर्दथे । आज त्यो व्यवस्था विसृंखलित अवस्थामा छ ।

 २०२० सालको मुलुकी ऐन लागु हुनुभन्दा अधि उनीहरु अछूत थिए र लोकले उनीहरुलाई गाइने भन्दथे । अहिले स्थिति केही फरक आएको छ । कानुनी रुपमा उनीहरुको सामाजिक अवस्था उठ्यो र त्यसपछि धेरै परिवर्तनहरु यस जातिका जीवनपद्धतिमा आएका छन् । यस अवस्थामा गन्धर्वहरुका परम्परागत कला र सीप धेरै मानेमा लुप्तहुने स्थितिमा छ । यसैलाई जोगाउन पर्ने आवश्यकतालाई महशुस गरी यो दिवसको आयोजना हुनपुगेको थियो । 

पहिलो पटक गुल्मीमा दलित युवा चुनावी सारथी

प्रेम सुनार कार्तिक–१४, गुल्मी ।
गुल्मीमा पहिलो पटक दलित समुदायका युवा एक पार्टीबाट चुनाव परिचान समितिको सारथी बन्ने अवसर पाएका छन् । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालका अध्यक्ष कृष्ण बिश्वकर्माले यस्तो अवसर पाएका हुन् ।एमालले उनको संयोजकत्वमा ४ सय ११ सदस्यी निर्वाचन परिचान समिति गठन गरेको छ , जसका उनि संयोजक हुन् ।

 सो पार्टीका जंग नेपाली, गणेश श्रीपाली, शंकर नेपाली, एमाओवादीका महेन्द्र विसी, नेकपा–माओवादीका सुरेन्द्र नेपाली विगतमा युवा संगठन र विद्यार्थी संगठनको नेतृत्वमा रहे पनि चुनावमा युवाहरुको नेतृत्व सम्हाल्ने अवसर पाएका बिश्वकर्मा नै पहिला हुन् ।

कमला हेमचुरी संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा राज किशोर यादब र कमला हेमचुरी संगको बहस
 साभार :- निर्मल अधिकारी युटुब चयानल

चन्द्र बा. बिश्वकर्मा संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान

हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा चन्द्र बा. बिश्वकर्मा  संगको बहस
साभार :- निर्मल अधिकारी युटुब चयानल

दुर्गा सोब संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान

हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा दुर्गा सोब संगको बहस
साभार :- निर्मल अधिकारी युटुब चयानल

डा. मदन परियार संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान

हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा डा. मदन परियार संगको बहस
साभार :- निर्मल अधिकारी युटुब चयानल

अग्नि सापकोटा संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान

हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा अग्नि सापकोटा संगको बहस
साभार :- निर्मल अधिकारी युटुब चयानल

गौरी प्रधान संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा गौरी प्रधान संगको बहस साभार :- निर्मल अधिकारी युटुब चयानल

अग्नि खरेल संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा अग्नि खरेल संगको बहस साभार :- निर्मल अधिकारी युटुब चयानल

जातिय विभेद र छुवाछूत न्यूनिकरणमा प्रहरीको भूमिका


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा जातिय विभेद र छुवाछूत न्यूनिकरणमा प्रहरीको भूमिका बिषयमा बहस
 साभार :- निर्मल अधिकारी युटुब चयानल

गज्धर सुनार संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा रौतहट घटनाको बिषयमा गज्धर सुनार संगको बहस
 साभार :- निर्मल अधिकारी युटुब चयानल

पदम सुन्दास संगको बहस -जातीय विभेद बिरुद्ध साझा अभियान


हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष निलप्रसाद भण्डारी र दलित अधिकारकर्मी पदम सुन्दासवीचको चर्को बहस । साभार :- निर्मल अधिकारी युटुब चयानल

आहुति संगको बहस - जातीय विभेद बिरुद्ध साझा अभियान

हिमालय टेलिभिजनमा प्रसारित जातीय विभेद बिरुद्ध साझा अभियान कार्यक्रममा आहुति संगको बहस
साभार :- निर्मल अधिकारी युटुब चयानल

संगीत अन्वेषक रामशरण दर्नालको नाममा हुलाक टिकट जारी

टिकट सौजन्य :- श्री पदम सुन्दास
काठमाडौं, कार्तिक १४  । हुलाक सेवा विभागले संगीत क्षेत्रका अग्रज अन्वेषक श्री रामशरण दर्नाल ज्युको हुलाक टिकट प्रकाशन गरेको छ । विभागले हिजो आयोजना गरेको एक समारोहमा  ७ ओटा बिबिध संस्मरणात्मक टिकटहरु एक दिवशिय आवरण  सार्बजनिक गरिएको थियो  । समारोहमा संचारमन्त्री माधब घिमिरेले  अन्वेषक श्री रामशरण दर्नाल ज्युको नाममा प्रकाशित टिकटमा प्रथम दिवसिय टाँचा लगाउनु भएको थियो  । गितारको साथमा श्री रामशरण दर्नाल ज्युको तस्बिर अंकित टिकटको मूल्य दस रुपैया रहेको छ ।

निर्वाचनमा दलित सहभागिता - चन्द्रकिशोर

राजनीतिक लोकतन्त्रलाई आर्थिक र सांस्कृतिक लोकतन्त्रमा अनुवाद गरी त्यसलाई विस्तार र विकास गर्न नेपाली परिप्रेक्ष्यमा दलितहरूको मुद्दामा विशेष ध्यान दिनुपर्छ । समाजिक-आर्थिक समतासहितको लोकतन्त्र भएन भने राजनीतिक लोकतन्त्र धरापमा पर्छ । राजनीतिक लोकतन्त्रको पहिलो आधार निर्वाचन प्रक्रिया हो । निर्वाचन एउटा यस्तो औजार हो, जुन विधिबाट बञ्चित रहेका समूहको नेतृत्व, प्रतिनिधित्व र पहुँच प्राप्त गर्न सकिन्छ । निर्वाचनमा दलितहरूको मुद्दा, भूमिका र निर्वाचनपश्चात गठित संविधानसभामा सहभागिता तथा निणर्ायकत्वका सवाल अहिले महत्त्वपूर्ण भएर आएको छ । संविधानसभामा दलितहरूको संख्याको आधारमा अनिवार्य उपस्थिति गराउनुपर्छ । संविधानसभा- १ मा देखापरेका कमी-कमजोरीहरूलाई यसपटक सच्याउनुपर्ने हो । तर

Tuesday, October 29, 2013

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

आदरणिय दाजुभाई तथा दिदिबहिनिहरुमा सादर नमस्कार ।
एक्काइसौँ शताब्दि संगै झाङ्गिदै गएको सूचना प्रबिधिको लोकप्रियता दिनानुदिन बढ्दो छ । हामी बोल्छौँ, आलोचना, टिप्पणी, सुझाव र दृष्टिकोणहरु राख्दै प्रत्येक पल हजारौं मान्छे जोडिदै जान्छौ। हजारौं विचारहरु प्रत्येक पल यो मंचमा पोखिन्छन र त्यति नै छिटो विलिन भएर जान्छन। आज सम्म धेरै दलित र दलित मैत्री साथीहरुका धेरै परिवर्तनकारी विचारहरु कुनै आकार लिन नपाउँदै सहिद भए होलान। अघि बढ्नु पूर्ब ति ज्ञात अज्ञात परिवर्तनकारी विचारहरुलाई हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु । 
दलितहरु समाजका हरेक ठाउमा विभेदका शिकार भएका छन् जातीय असमानता , छुवाछुत, विभेद ले पिल्शिएका छन् , प्रताडित भएका छन् ,जकडिएका छन् अब भविष्यमा हाम्रा परिवर्तनकारी विचारहरु जो सूचना प्रबिधिमा भएका अनेकौ माध्यम खास गरि बलग र सामाजिक संजालमा अभिव्यक्त हुन्छन्, ति त्यसै खेर जान नपरोस भनि सङ्ग्रह गरि दलित सवालहरूलाई आमसमुदायसम्म पुर्याउने अभियानका लागि प्रण गर्दै यो ब्लक alldalit.blogspot.com र यो सामाजिक संजाल फेसबुकमा Gopal-Siwa पेज खोलिएको हो ।
वर्तमानमा दलित अवस्था र समस्यालाई हामी धेरैले देखे सुने बुझेको छौ । मलाई थाहा छ तपाई र म जस्ता लाखौ नेपाली छन् , दलित छन् जो पृथक सोंच र क्षमता भएका छन् । कमि छ त केवल सहकार्य र सुचना आदान प्रदानको।तपाइँ र म जस्ता मान्छेहरुको ।  तपाइँका टिप्पणी र आलोचना मार्गदर्शक हुनेछन्।यदि तपाई पनि यस ब्लक मार्फत असमानता को सिकार भएका दलितहरुको पिडा मात्र हैन निरुपणका लागि सुझाब, ऐक्यवद्धता, लेख , सुझाब सल्लाह दिइ यो अभियानमा साथ दिन चाहनुहुन्छ भने स्वागत छ ।आउनुस हामी सबै एक्काइसौँ शताब्दि संगै झाङ्गिदै गएको सूचना प्रबिधिको जालोलाई सहि ढंगले उपयोग गरौ ...सामाजिक, आर्थिक र राजनैतिक परिबर्तनका लागि आउनुस बहस र अन्तरक्रिया गरौ । हाम्रो दलित समुदायको लागि धेरै रचनात्मक र उदाहरणीय काम गरौ ।
अन्त्यमा , समय अनुसार प्रविधिको बिकाश संगै मानिसहरु अनलाइन माध्यमबाट सुचनाहरु लिने र दिने क्रम क्रमश बढेको छ , त्यहि अनुरुपमा नै  alldalit.blogspot.com ले पछिल्लो आबस्यकता पुरा गर्न भर पुर कोशिश  गर्ने छ भन्ने बिस्वास लिएको छु alldalit.blogspot.com को बिज रोपिएको छ यसलाई मल जल गर्ने काम सम्पूर्ण दलित् , गैर दलित समुदाय को उतरदायित्व रहनेछ भन्ने आशा र विस्वास  राख्दै दलित समुदायको बारेमा सुरु गरिएको यो अनलाइन पत्रिकालाइ अगाडी बढाउँन यहाहरुको सहयोग रहिरहनेछ भन्ने पूर्ण बिस्वास लिएको छु  ।
धन्यवाद
गोपाल सिवा
gopsiwa@gmail.com

२००७ साल पछि पनि अछुतलाई सरकारी कार्यालयमा पस्न मनाही लेखिन्थियो

पेज १/२ ..साभार :- मोहनलाल कपाली :एक संङ्घर्शील छबि पुस्तक बाट

छुवाछुत बिरोधि थिए नेपालका चार सहिद


साभार :- मोहनलाल कपाली :एक संङ्घर्शील छबि पुस्तक बाट

२००३/०४ सालको कुरा ..बिस्वज्योति हलमा दलितलाई नास्ता

साभार :- मोहनलाल कपाली :एक संङ्घर्शील छबि पुस्तक बाट

२०३५ सालको कुरा ..निर्दोषलाई न्याय

साभार :- मोहनलाल कपाली :एक संङ्घर्शील छबि पुस्तक बाट


माया विकको मृत्यु बारे प्रहरीले चलाएको गोली लागि दुईको मृत्यु

स्याङ्जा - स्याङ्जाको चापकोटमा प्रहरीले चलाएको गोली लागि दुई को मृत्यु भएको छ। मत्यु हुनेमा चापाकोटका सुर्य आले र कृष्ण भट्टराई रहेका छन्। ३ जना गम्भीर घाइते छन्।चापाकोटकै महिलाको मृत्यु बारे प्रहरीले गरेको अनुसन्धानमा असन्तुष्ट आमा समुह र स्थानियवासी प्रहरी चौकी पुगेका थिए। सोही क्रममा स्थानियबासी र प्रहरीबीच झडप भएको थियो।

झडपपछि प्रहरीले हवाइ फायर गरेको बताएकोछ। असोज २७ गते नवमीको दिन मृत अवस्थामा फेला परेकी चापाकोट ५ की माया विकको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो। तर प्रहरीको अनुसन्धान प्रक्रिया चित्त बुझ्दो नभएको भन्दै स्थानियवासी प्रहरी

‘दलित जनजागरण महिला समुह’ ले गांउमा परिवर्तन र आर्थिक स्वावलम्बन बनाउदै

स्थित विद्यानमार्गका महिलाहरु महिला समुह गठन गरी गांउ परिवर्तन मात्र नभएर आर्थिक स्वावलम्बन बन्न सफल भएका छन् । तीन वर्षअघि देखि नै स्थापना भएको ‘दलित जनजागरण महिला समुह ’ ले छिमेकमा बसेर नयाँ नयाँ कार्यहरु गर्दै आएको समुहकी अध्यक्ष मिरा बराईलीले बताईन् ।
दलित महिलाहरु एकजुट भएर आर्थिक रुपमा दरिलो र समाजमा उत्पन्न हुने समस्या समाधानमा पनि उनीहरु जुटिरहेका छन् । समाजमा भईरहेका समस्या समाधानका लागि आफना समुहमा भएका महिलाहरु सदैव लागि परिरहेको समुहकी अध्यक्ष बराईलीले बताईन । पहिला समुह गठनगर्दा थोरै मात्रामा महिलाहरुको उपस्थिति रहेको थियो भने अहिले आफु मात्र नभएर अन्य दलित महिलाहरुलाई पनि समुहमा आवद्ध गराउन महिलाहरु लागिपरेका छन् ।

अब दलितले इतिहास रच्ने आन्दोलनमा होमिनुपरेको छ - सुमन बयलकोटी प्रसून

आर्थिक रुपमा शोषित, सामाजिक रुपमा तिरष्कृत, शैक्षिक अधिकारबाट वञ्चित, सांस्कृतिक रुपमा अपमानित र राजनीतिक रुपमा आवाजविहीन छन् दलित। मुख्य जातिका रुपमा रहेका पहाडी दलितमध्ये मिजार ६५ प्रतिशत, परियार ६७ प्रतिशत, विश्वकर्मा ६८ प्रतिशत र झन्डै ९० प्रतिशत तराई दलित गरिबीको रेखामुनि रहेको स्थिति छ। अझ तराईका मुसहर जाति लगभग सबै नै सुकुम्बासी छन्। दलित समुदायले गर्दै आएको पेशा पनि विश्वव्यापीकरणसँगै विस्थापित भइसकेको अवस्था छ। सीपका धनी भएर पनि सीमित पुँजीका कारण खुला बजारीकरणसँग प्रतिस्पर्धा गर्न सक्ने देखिन्न।त्यस्तै दलित महिलाका सन्दर्भमा बिहेको बहानामा गर्भवती बनाएर अलपत्र पार्ने घटनामा कमी आएको छैन। अझ वादी महिलाका समस्या जटिल छन्।

दलित आन्दोलनले गुमाएको समाज सुधारक -हीरा विश्वकर्मा

भारतीय दलित आन्दोलनको इतिहासमा महात्मा ज्योतिबाबा फुुले र बडौदाका महाराज सदाजिराव गायकवाडको नाउँ श्रद्धा पूर्वक लिइन्छ । गैरदलित हुुँदाहँुुदै पनि यिनले त्यहाँको आन्दोलनमा ठूलो योगदान पुुर्‍याए ।
ज्योतिबाबाले महाराष्ट्रमा १९ सौं शताब्दीको मध्यतिर हिन्दु धर्मभित्र भएको दलित माथिको अत्याचारविरुद्ध निकै सुुधारका काम गरेकाले डा. अम्बेडकरले समेत उनीबाट धेरै प्रेरणा पाएका थिए । सदाजिरावले बेलायतमा पढाउन छात्रवृत्तिको व्यवस्था नगरिदिएको भए अम्बेडकर अम्बेडकर नै हुुन सक्थे वा सक्दैन थिए, अनुुमान गर्न गाह्रो छ । 
भारतजस्तै छुुवाछूतको समस्याले ग्रस्त छ नेपाल । तर भारतमा जस्तो गैरदलितमा प्रखर सुुधारवादी नदेखिए पनि यस क्षेत्रमा खडेरी परेकै चाहिँ होइन । दलित आन्दोलनले श्रद्धा पूर्वक लिनुुपर्ने बाहुुन समुुदायका केही व्यक्ति छन्् । मलाई तीन जनाको नाउँ थाहा छ । सबैभन्दा अगाडि आउने नाउँ हो, पण्डित छविलाल पोख्रेल । राणाकालीन

मोरङका उच्च वर्गका अधिकारीहरुले दलित संग सामुहिक भोज खाए

विराटनगर २९ भदौ । जातीय भेदभाव तथा छुवाछुत विरुद्ध कानुन निर्माण भएपनि छुवाछुत अन्त्य नभएको बताउदै मोरङका उच्च वर्गका अधिकारीहरुले दलित संग सामुहिक भोज खाएका छन् ।मोरङमा क्रियासिल १० वटा गैर सरकारी संघ सस्थाहरुले शनिवार महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आयोजना गरेको छुुवाछुत विरुद्ध कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी शिवराम पोखरेल, साहयक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेल र प्रहरी नायव उपरिक्षक दिपक पोखरेलले दलित संगको सामुहिक उपस्थित भई भोज खाएका थिए ।

पहिलो मिस दलित नेपाल २०७० को उपाधी सानिया सुनार लाई

मिस डाईनामिक सानिया, फस्ट रनरअप अनु र सेकेन्ड रनरअप सुजता |
 नेपाल दलित समाज कल्याण संघको आयोजना तथा ट्रेनर नेपालको सहकार्यमा नेपालमैै पहिलो पटक हुनलागेको  मिस दलित नेपाल २०७० को ग्राण्ड फिनाले कार्तिक ८ गते पोखरा सभागृहमा भएको छ ।
  नेपालका बिभिन्न शहरहरु भैरहवा, बाग्लुङ्ग, पाल्पा, काठमाण्डौँ, चितवन,  बुटवल पोखरा लगायतका ठाऊँहरुबाट छनौटमा परेर आएका  प्रतियोगीहरु लाई फाईनल चरणको लागी बिभिन्न बिधामा  ट्रेनर नेपालका अध्यक्ष रबिन गुरुङ्ग, शलिना गुरुङ्ग, करीश्मा सुनार लागायतले तालिम तथा प्रशिक्षण दिएका थिए  ।१३ प्रतिस्पर्धीलाई पछाडी पार्दै सानिया सुनारले पहिलो मिस डाईनामिकको उपाधी जितेकी छन् । पोखरा सभागृहमा शनिबार भएको ग्राण्ड फिनाले राउण्डमा दर्शकसंगै निर्णायकलाई खुशी पार्दै उनले उपाधी जितेकी हुन् ।

पाँच सयको ब्याजमा हलिया बस्दै मुक्त हलिया

दार्चुला, २ कात्तिक । सरकारले हलियालाई मुक्त घोषणा गरे पनि सुदूरपश्चिममा अझै पनि हलिया मुक्त भएका छैनन् । 
हलिया मुक्त गराउने पक्षका काम गर्दै आइरहेको राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ डडेल्धुराका अनुसार अझै पनि हलिया सरकारबाट मुक्त भए पनि साहुबाट मुक्त हुन सकेका छैनन् ।डडेल्धुरा जिल्ला नवदुर्गा गाविस डाँडावन–४ घर भएका मुक्त हलिया उदयसिंह चुनाराले २०३२ सालदेखि रु ५०० मा मालिकको हलो जोतिरहेको उहाँले बताउनुभयो ।
सरकारबाट मुक्त भएका हलिया चुनारा ३८ वर्ष बितिसक्दा पनि रु ५००मा अझै पनि हलो जोतिरहनुभएको छ । सरकारबाट पनि मुक्त भएको पाँच वर्ष बितिसक्दा पनि उहाँलाई भने मुक्तिले छोएको छैन । मुक्तिपछिको अवस्था झनै दयनीय बन्दै गएकाले फेरि हलिया बस्नुपरेको चुनाराको भनाइ छ ।

Monday, October 28, 2013

US Ambassador visited to Terai Dalit Concern Centre

His Excellency the US Ambassador, Mr. Peter W. Bodde, visited to one of our member organization Terai Dalit Concern Centre (TDCC), Bhairahawa, Rupendehi on 11th September 2013. His Excellency visited TDCC office at around 3pm. The TDCC board members and staff expressed their gratitude and warmly welcomed the Ambassador by offering him with flower garland. 

Soon after his arrival a short interaction meeting took place inside the TDCC hall. Due to security reasons the photographs and video shoots were prohibited. And also due to tight schedule the meeting was kept brief. Altogether only six people were present in the meeting including the ambassador himself and his two staffs; one interpreter and other controller. The two person from TDCC; president Mr. Budhiram harijan  and Program Coordinator, Mr. Rajendra Kumar Harijan were present. Ms Sabitra Pariyar, the national project coordinator of Voter Registration (VR) project   was present on behalf of DNF. 

छुवाछुत तथा जातीय विभेदका सन्दर्भमा खोजपत्रकारिता तालिम सम्पन्न

काठमाडौं, ८ असोज २०७० । जातीय छुवाछुत तथा विभेदका घटनाहरुको अनुसन्धानमूलक खोज पत्रकारिता गर्नका लागि दलित गैर सरकारी संस्था महासंघको आयोजनामा दलित मानवअधिकार र जनउत्थान प्रतिष्ठानको सहयोगमा नगरकोटस्थित होटल चौतारीमा तीन दिने अनुसन्धानमूलक पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तालिममा कान्तिपुर दैनिक, काठमाडौं पोष्ठ, एभिन्युज, गोरखापत्र, हिमालयन टिभीलगायत राष्ट्रिय सञ्चारमाध्यम  र मोफसल गरी २२ जना पत्रकारहरुको सहभागिता रहेको थियो । असोज ५ गतेबाट शुरु भएको तालिम ७ गते औपचारिक कार्यक्रम गरी समापन भएको थियो ।

संविधानसभाको निर्वाचनसँग जोडिएका दलित समुदायका सवालहरु

दलित समुदाय नेपालमा एतिहासिक रुपमा वञ्चितिकरणमा पारिएको समुदाय हो । शिक्षा, स्वास्थ्य, भूमि, रोजगारी तथा नागरिकताको क्षेत्रमा पँहुच नभएको र सामाजिक, राजनीतिक रुपमा समेत पछाडि परेको यो समुदायको समाज र राष्ट्रको निर्माण तथा विकासमा भने उल्लेख्य योगदान रहेको छ ।
०६२÷०६३ को एतिहासिक जनआन्दोलन तथा अन्य परिवर्तनका आन्दोलनमा सशक्त सहभागी भएको दलित समुदायका सवालहरुलाई सम्वोधन गर्न शुरुवात गरिएको भएता पनि जुन रुपमा गर्नुपर्ने हो सो हुन सकेको पाइदैन । गत संविधानसभामा दलित समुदायको समग्र प्रतिनिधित्व ५० सीट (८.३१%) मात्र थियो, जुन आफ्नो जनसंख्या प्रतिशत (समानुपातिक)

दलितको साहारा एमाले : नेपाल

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता काठमाडौं–२ का उम्मेद्वार माधवकुमार नेपालले नेकपा एमाले दलित र उत्पीडित समूदायलाई साहारा दिने पार्टी भएको बताउनुभएको छ ।मतदाता घरदैलो अभियान अन्तर्गत सोमबार मूलपानी–५ को दलित वस्ती विसुंखे टोलमा दलित समूदायलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले त्यस्तो बताउनुभएको हो ।

 ‘अरुले धेरै गफ गरे होलान्, तर एमाले काम गरेरै देखाउने पार्टी हो, नेपालले भन्नुभयो,‘दलितका छोराछोरीलाई निःशुल्क शिक्षा तथा नर्सिङतर्फ निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्ने निर्णय मेरै(एमाले) नेतृत्वको सरकारले गरेको हो ।’ उहा“ले आफ्नै नेतृत्वको सरकारले सिरहा र सप्तरीमा ३ हजार दलित परिवारलाई आवासको व्यवस्था गरेको स्मरण गर्दै भन्नुभयो,‘दलितलाई अपमान गर्नेलाई दण्डित गरिनेछ, वास्तविक रुपमै दलित समूदायलाई साहारा दिने पार्टी एमाले नै हो ।’

Sunday, October 27, 2013

राज्य र प्रदेश माग्न नसक्ने दलितहरू-त्रिभुवनचन्द्र वाग्ले

जतिखेर नेपाली नेता, गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरूलाई फुर्सद थियो। कुरा काटेर दिन बिताउनु थियो- त्यतिखेर सबैले दलितका मुद्दालाई सबैको मुद्दा, राष्ट्रकै मुद्दा भने मानौं सबै नेपाली दलित हुन्। मुलुकमा जतिजतिखेर राज्य/प्रदेशका लागि हानाथाप भयो, कसैका हातमा केही आइ पो हाल्छ कि जस्तो भयो, सबैले दलितलाई बिर्सिए।  
हिजो काँधमा बन्दुक बोकाएर राज्यका सपना बाँड्नेहरूले, हिजो दलित युवालाई विभिन्न आश्वासन दिने सबैले दलितलाई बिर्से, मानौं अहिले दलितका सवालमा कुनै मुद्दा नै बाँकी छैनन्। सबै पूरा भए। यसो किन भयो भने, हरेक दलमा दलितसँग पार्टी फुटाउने सङ्ख्या पुग्दैन। सडक जाम नेपाल बन्द गराउने युवा सङ्ख्या पनि छैनन् दलितसँग। मिडियामाथि आक्रमण गर्ने जुझारु पनि छैनन् दलित

Saturday, October 26, 2013

Severed head, limbs of murdered dalit girl found


PTI | Oct 26, 2013,
REWARI (Haryana): The body of a 13-year-old dalit girl, kidnapped on October 20, was found with severed head and limbs, which were recovered from different areas of Khedi village of Mahendergarh district. 

The torso of the girl was found on October 24 and a day later her severed arms were recovered, according to police. Her head was found today in the Ateli area, about 50km from here, they said, adding the minor's post mortem was conducted at PGIMS, Rohtak. 

The Class VII student was kidnapped by unidentified persons on October 20 and four days later her torso was found, triggering protests by the family members and villagers

Friday, October 25, 2013

जनगणनामा दलितहरूले जात लुकाएर आफ्नै खुट्टामा बन्चरो हाने -गोपाल बराइली

२०४८ सालको जनगणनाले नेपालको कुल जनसङ्ख्या (१ करोड ८४ लाख ९१ हजार ९७)मा दलितको सङ्ख्या १५.७ प्रतिशत थियो। अधिकार र पहिचानको चेतना उच्च गतिले बढेको मानिएको त्यसपछिको जनगणना २०५८ मा जनसङ्ख्या बढेर २ करोड ३१ लाख ५१ हजार ४९३ पुगे पनि दलित सङ्ख्या घटेर १२.८ प्रतिशतमा झ्र्‍यो। २०६८ को जनगणनाले दलितको सङ्ख्या घट्नुमा समुदायभित्रै देखिएको जात लुकाउने पलायनवादी प्रवृत्ति प्रमुख कारण रहेको प्रस्ट पारेको छ।

गणतन्त्र, जनआन्दोलन, जनयुद्धमा पनि दलितको समस्या यथावतै

नेपाली समाज अहिले कुनै व्यक्ति स्वतन्त्र हुनसक्छ, निडर र निष्पक्ष तरिकाले बोल्न, लेख्न सक्छ भन्ने सोच राख्नै नसक्ने अवस्थामा पुगेको छ । कुनै शक्तिको पक्षमा देखिएर व्यक्तिगत स्वार्थ पूर्ति गर्ने हेतु सबैको हुन्छ नै भन्ने सोच्नु गलत हो। मेरा लेख हेरेर एक जना साथीले म राजावादी वा कांग्रेस समर्थक हुनुपर्छ भन्ने अनुमान गरेका रहेछन्। राजा महाराजाले नै हो म र मेरो जातिलाई यो हालतमा पुर्या एको।
अनि कसरी म राजावादी बन्न सकुँला र? हो नेपाली कांग्रेसको कतिपय नीति र विचार मन पर्छन् मलाई। किनभने, मान्छे मारेर शक्ति संचय गर्छु भन्ने विचार उसको छैन। कम्युनिस्ट भनिने सबै दलको कमसेकम

दलितको मुद्धालाई राष्ट्रिय मुद्धाको रुपमा उठान गर्न दलित एकताबद्ध हुनु पर्ने

धरान । चुनावी माहौल तातिदै गर्दा हिन्दुहरुको महान चाडले पनि नेपालीहरुलाई छोपेको छ । बडा दशै २०७० को शुभकामना आदान प्रदान गर्दा विभिन्न राजनितिक दलका कार्यकर्ता तथा चुनावी उम्मेदवारहरु आफनो पार्टीलाई जिताउन भोट पनि माग्ने गरेका छन् ।उम्मेदवारी दर्ता गरेका पार्टीहरुले दशैको शुभकामना आदान प्रदान कार्यक्रम सहित उम्मेदवारी परिचय तथा प्रचार प्रसार संगै अघि बढाईरहेका छन् ।यसै क्रममा दलित सेवा संघ सुनसरी जिल्ला

दलितको उत्थान एमालेले गर्छ– उम्मेद्वार राई

धरान / नेकपा एमाले सुनसरी क्षेत्र नं. –१ प्रत्यक्ष तर्फका उम्मेद्वार कृष्णकुमार राईले दलित वर्गको उत्थान गर्ने एकमात्र पार्टि नेकपा एमाले भएको बताएका छन् ।
सोमबार नेपाल उत्पीडित जातिय मुक्ति समाज धरान नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा उमेद्वार भेटघाट कार्यक्रममा बोल्दै उमेद्वार राईले नेकपा एमालेको विजय भएमात्र दलित वर्गको मुक्ति हुने बताएका हुन ।
 दलितहरुको आर्थिक, सामाजिक तथा साास्कृतिक रुपान्तरण गर्ने पार्टी एमालेलाई भोट दिएर जिताउन पनि उनले आग्रह गरे ।

उपल्ला जातिको छुद्र व्यवहारका कारण अबदेखि कुनै पनि ठाउँमा बाजा नबजाउने

जुम्ला, सदरमुकाम मुगुबाट दुई दिन टाढा पर्ने सोरु भेकको नार्थपु गाविसका दलितको चार थान परम्परागत बाजा सोही गाविसका ठकुरीहरुले कब्जामा लिएका छन् ।  गएको असार ३० गते उक्त गाविस ५ का सोवीन्द्र शाहीको विवाहमा बाजा बजाउन गएका वडा नं. ४ का दलितहरुलाई दमाहा निर्माणको तामा आफैँले दिएको भन्दै ठकुरीहरुले चार थान दमाहा खोसेर लिएकाले आफूहरु पेसाविहीन भएको मकरसिंह नेपालीले बताउनुभयो ।

Thursday, October 24, 2013

आर्थिक र शैक्षिकरुपमा पहुँच नपुगेकै कारण दलित महिला पछाडि

तस्बिर र लेख साभार : राजेन्द्र ताम्राकार ज्युको फेसबुक पेज
राजेन्द्र ताम्राकार ,काठमाडौं १६ भदौ । आर्थिक, शैक्षिक, राजनीतिक, सामाजिक तथा साँस्कृतिकरुपमा पछाडि पारिएकै कारण राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता हुन नसकेको दलित महिला नेतृहरुले बताएका छन् ।
राजनीतिमा दलित महिलाको अर्थपूर्ण सहभागिता अभिवृद्धि गराउने उद्देश्यका साथ दलित महिला संघद्वारा आयोजित ‘राजनीतिक समावेशीकरण तथा सामाजिक अन्तरघुलन’ विषयक तालिमका सहभागीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तालिममा बाँके, कैलाली, कञ्चनपुर, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाबाट एनेकपा

बनेका कानुन कार्यान्वयन नभएकोमा दलित अधिकारकर्मीको गुनासो

तस्बिर र लेख साभार : राजेन्द्र ताम्राकार ज्युको फेसबुक पेज
राजेन्द्र ताम्राकार, काठमाडांै, असोज ११ । दलित सम्बन्धी ऐन कानुन बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा मानवअधिकारकर्मी तथा दलित अधिकारका क्षेत्रमा क्रियाशिल अधिकारकर्मीहरुले गुनासो गरेका छन् । उनीहरुले पहिले ऐन कानुन बनेन भनेर आन्दोलन गर्नुपथ्र्यो तर अहिले बनेको कानुन पनि कार्यान्वयन भएर सङ्घर्ष गर्नुपर्ने बेला आएको बताएका छन् ।
दलित महिला संघ, नेपाल राष्ट्रिय समाज कल्याण संघ र जागरण मिडिया सेन्टरले शुक्रबार राजधानीमा आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूत ऐन,

Wednesday, October 23, 2013

पढाइका लागि भोकैप्यासै

विद्यालयमा भर्नाका लागि स्वागत कार्यक्रम चलिरहेको बेला भीमदत्त नगरपालिका–१२ ओदालीकी आरती लोहार (१३) लाई आफन्त र छरछिमेकले 'तिमी ठूली भइसक्यौ, अब भाइहरूलाई मात्र पढाऊ' भन्दैछन्। शुभचिन्तकहरूले महाकाली नदीमा बालुवा चालेर पढिरहेकी आरतीका भाइहरूको चाहिं पढाइ निरन्तर होस् भन्ने चाहेको बुझिन्छ। अनिल (१०) र अशोक (८) उनका भाइ हुन्।
वीपी स्मृति निमाविबाट आरतीले २ कक्षा र भाइहरूले १ कक्षा उत्तीर्ण गरेका छन्, यसैपालि। उनीहरूलाई नयाँ कक्षामा भर्ना हुन गाह्रो परिरहेको छ।

जाजरकोटका दलित समुदायका अधिकांशको अवस्था एकैनास

तस्बिर साभार:-ujyaaloonline
उज्यालो
उज्यालो
साहुले खलो दिए तिहार रमाइलो होला, नभए अरूको रमाइलो हेरेर बस्नुपर्छ, खगेनकोट गाविस–६ दलित टोलका रङ्गे कामीले आफ्नो परिवारको तिहार मनाउने अवस्था सुनाउँदै भने, “पुस्तौँदेखि कामीको परिवार चाडपर्व मनाउन साहुबाट खलो पाउने आशमा हुन्छ।”वर्षभरि काम गरेबापत साहुले दिने ज्यालाबापतको खाद्यान्नलाई खलो भन्ने चलन छ। जाजरकोटका अधिकांश दलित समुदायका परिवार खलो प्रथाबाट आउने अन्नपातबाट गुजारा चलाउँछन्। चाडपर्वका बेला उनीहरूलाई खलो पाउने प्रतीक्षा हुन्छ। दिनरात बेफुर्सदी भएर साहुका हँसिया, हथौडालगायत फलामका सामग्री निर्माण तथा मर्मत गर्ने काम गर्दै आए पनि रङ्गेको परिवारलाई सधैँजसो परिवार पाल्नै समस्या हुन्छ।

यस वर्ष आकाश र पूजाले पाए अमिना सुन्दास जागरण जेहेन्दार पुरस्कार

काठमाण्डौँ ।जागरण मिडिया सेन्टरले हरेक वर्ष प्रवेशिका परीक्षा (एस.एल.सि.) मा सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने दलित समुदायका एकजना छात्र र एकजना छात्रालाई प्रदान गर्दै आएको “अमिना सुन्दास जागरण जेहेन्दार पुरस्कार” यस वर्ष आकाश परियार र पूजा रम्तेलले प्राप्त गरेका छन् ।
आकाशले ८८.७५ प्रतिशत अंक ल्याएका थिए भने पूजाले ८६.७५ प्रतिशत अंक प्राप्त गरेकी थिइन् । जागरण मिडिया सेन्टर कै कार्यालय वुद्धनगर (काठमाण्डौं) मा कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो । पुरस्कार स्वरुप दुवैजनालाई जनही रु.१०,०००।(दश हजार) र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा एम.बि.बि.एस.पहिलो वर्षमा त्रिभुवन विश्व विद्यालय टप गरेका दलित समुदायका

दलितको प्रतिनिधित्व दलित स्वयम्बाहेक अरुले गर्न सक्दैन

'राज्य केन्द्रीकृत र एकात्मक भयो। लिङ्ग, वर्ग, क्षेत्र, जात आदिका आधारमा राज्यले नै विभेद गर्‍यो। राज्यको शासन सत्तादेखि सम्पूर्ण स्रोत र साधनमा एकाध व्यक्तिको हालिमुहाली भयो। त्यसैले गर्दा मुलुकमा व्यापक पक्षपात भयो। एक/दुई जातिबाहेक सबैमाथि अन्याय भयो। अब यो खाडल पुर्नुपर्छ र यसका लागि राज्यका हरेक तहमा समावेशिता कायम हुनुपर्छ।'– खासगरी माओवादीले सुरु गरेको हिंसात्मक आन्दोलन र मधेसवादी दल भन्नेहरुले पटकपटक गरेका आन्दोलनका केही कारणमध्ये एउटा यो पनि थियो।
जसलाई राज्यले पनि स्वीकार गर्‍यो। उचित/अनुचित, क्षमताले भ्याउने/नभ्याउने सबै माग 'पूरा गर्ने' आश्वासन दिन बाध्य भयो मुलुक। र, अहिले सिङ्गो मुलुक राज्यका हरेक तह र निकायमा समावेशिताको नीति लागु गर्ने क्रममा छ। तर यसबीचमा समावेशिताको माग जोडतोडले उठाउने यिनै दलले आगामी निर्वाचनमा उमेदवारी

Tuesday, October 22, 2013

एमालेका समानुपातिकतर्फका दलित उम्मेदवारहरु

 एमालेका समानुपातिकतर्फका दलित उम्मेदवारहरु 

     १.     रामअवतार पासवान- धनुषा
२. रवीन्द्र बैठा धोजी- सर्लाही
३. रामलखन चमार- नवलपरासी
४. रूपनारायण दास तत्मा- रौतहट
५. विक्रम महरा चमार- बारा
६. दुर्गाकुमारी पासवान- धनुषा
७. पल्टीदेवी महरा- धनुषा
८. रामदुलारी मिस्तर गोसाई- सर्लाही
९. चूडामणि जिक जंगली- कास्की
१०. विमला विक- बर्दिया
११. जितबहादुर (दर्जी) गौतम- झापा
१२. भागवत नेपाली- दाङ
१३. जगतबहादुर सुनार- कास्की
१४. कमलादेवी विक- रूपन्देही
१५. भागवत विश्वासी दमाई- दाङ