खानेपानी र सरसफाईमा दलितको पहुँच न्यून -राजेन्द्र ताम्राकार


काठमाडौं÷ १२ असार । खानेपानी तथा सरसफाईमा दलित महिलाको पहुँच अत्यन्त न्यून रहेको सम्बन्धित सरोकारवाला निकायका अधिकारकर्मीहरुले बताएका छन् ।दलित महिला संघद्वारा आज काठमाडौंमा आयोजित ‘खानेपानी तथा सरसफाईका लागि जनवकालत कार्यशाला गोष्ठीमा सहभागी वक्ताहरुले खानेपानी र सरसफाईको क्षेत्रमा दलित महिलाको पहुँच र सहभागिता नगन्य रहेको बताएका हुन् । 
दलित महिला संघले गत बैशाखमा गरेको ‘खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच’ विषयमा गरेको अध्ययनमा पहाडी दलितको २३ प्रतिशत र तराइ दलितको ४ प्रतिशत मात्र खानेपानी र सरसफाईको क्षेत्रमा पहुँच पुगेको देखिएको छ । कार्यशाला गोष्ठीमा स्वास्थ्यका लागि पानी (नेवा) का प्रतिनिधी हिमालय पन्थीले विभेदको प्रमुख श्रोत खानेपानी नै भएकाले दलितमहिलाको खानेपानी र सरसफाईमा पहुँच पुग्न नसकेको बताउनुभयो । 
पन्थीले अब बन्ने संविधानमा खानेपानी र सरसफाईको मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गराउनुपर्नेमा जोड दिनुभयो ।   त्यस्तै हेल्भेटासका प्रतिनिधि योगेश पन्तले खानेपानी र सरसफाईमा दलित महिलाको पहुँच अभिवृद्धि गराउनका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने खाँचो औंल्याउनुभएको छ । कार्यशाला गोष्ठीमा राष्ट्रिय योजना आयोगका परामर्शदाता गुणराज श्रेष्ठले ‘खानेपानी तथा सरसफाइमा दलित महिलाको पहुँच अभिवृद्धिका लागि जनवकालत’ विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशाला गोष्ठीलाई सहजीकरण गर्दै योजना अयोगका परामर्शदाता श्रेष्ठले सरकारले सन् २०१७ सम्ममा १०० प्रतिशत  जनतालाई  खानेपानी र सरसफाइमा पहूँच पु¥याउने लक्ष्य लिएको बताउँदै उक्त लक्ष्य प्राप्त गर्न सबभन्दा पहिले दलित समुदायको यस क्षेत्रमा पहुँच अभिवृद्धिमा जोड दिनुपर्ने बताउनुभयो । कार्यशालामा विभिन्न क्षेत्रका सरोकारवालासहित ३३ जनाको सहभागिता रहेको थियो । 

No comments:

Post a Comment