दलित किशोरीको हत्यालाई आत्महत्या भनेर तथ्य मोडेको आरोप

महावीर विश्वकर्मा
काठमाण्डौं, ९ श्रावण ।
ताप्लेजुङ्गका १५ वर्षीय दलित किशोरीको हत्यालाई आत्महत्या भनेर सत्य आझेलमा पारेको भन्दै त्यहाँका दलित अधिकारकर्मीहरुले विरोध गरेका छन् । नाङखोल्याङ ३ की १५ वर्षीय झुमा वि.क.लाई गएको आषाढ २७ गते राती पदमकुमारी श्रेष्ठ र जुनु श्रेष्ठ सहित ८ जनाले निर्घात कुटपिट गरि हत्या गरेको उनीहरुले आरोप लगाएका छन् ।
झुमाको घरमा कोही नभएकोले छिमेकी आफन्त खेमराज वि.क.को घरमा सुत्न गएको बेला त्यही घरबाट थुतेर निर्घात कुटपिट गरेको र हत्या गरेर उनकै घरमा (जहाँ कोही थिएनन्) लगेर झुण्ड्याएर राखिदिएको अनि कुटपिट गर्नेहरुले नै भोलीपल्ट “झुण्डिएर मरेछ” भन्दै अरुलाई पनि खबर गरेको भन्दै संयुक्त दलित अधिकार सरोकार मञ्च ताप्लेजुङ्गले हत्या नै भएको जिकिर गरेको छ ।source : जागरण मिडिया सेन्टर



No comments:

Post a Comment