मन्दिरको पुजारी अम्मर कामी -प्रविर ददेल

साउन ९, रुकुम ।
 देशको विभिन्न ठाउमा दलितलाई मन्दिर पस्न नदिएको समाचार वेला वेला सुन्न पाईन्छ । कति दलितले मन्दिर पसेको निहुँमा मर्नासन्न गरी कुटपिट भएका छन । भने कतिपय स्थानमा मन्दिरमा गएर भगवानको दर्शन  गर्न दलितलाई रोक लगाएको छ,। दलित मन्दिर गए भगवान रिसाउछन भन्ने पुरानो मान्यता अझै कायमै छ ।
 तर रुकुमको एक गाविसमा भने  मन्दिरको पुजारी दलित  भएका छन । रुकुम सदरमुकाम खंलगा देखी करिव ५ कोष पश्चिमको गाविस गरायला २ का लोक वहादुर कामीको  छोरा अम्मर कामी गाउकै शिवजी मन्दिरको पुजारी भएका हुन ।
उनीलाई गाँउमा भगवानको अवतारको रुपमा लिएका छन । यो मन्दिरमा कसैलाई पनि रोक लगाएको छैन । उनीलार्इृ शिवजीले मानव विचको विभेद हटाउन कसैलाई पनि मन्दिर पस्न रोक नलगाउनु भनी सपनीमा भनेपछि सवैको लागी सधैको लागी यो मन्दिर खुल्ला राखीएको पुजारी अम्मरले वताए ।
गाँउलेको २ लाख रुपया जनश्रमदानमा निमार्ण गरीएको सो मन्दिरमा वाहुन जाती मात्र मन्दिरको पुजारी हुने प्रचलनलाई तोड्दै  दलित पुजारी वनाएको स्थानिय वासी नरवहादुर क्षेत्रीले वताए ।  उनले भने,  गाँउमा दलित पुजारी राखेपछि वषौ देखी कुसस्कारको रुपमा रहेको जातिय छुवाछुत यो गाँउमा अन्त्य भएको छ ।
 यो मन्दिरमा शिवरात्रीको दिन ठुलो मेला लाग्ने गर्दछ । पुजारी अम्मरका अनुसार त्यो वेला गाँउका तथा जिल्लाका एक हजार भन्दा वढी  भक्तजनहरु प्ुजा गर्न आउने गरेको पुजारी कामीले भने ।
(source : http://abhiaynkhabar.blogspot.com)

No comments:

Post a Comment