बिजय राम हत्या प्रकरण : अहिलेसम्म के भएको भयो ?

 


विभेद बिरुद्द अभियान - सप्तरी,भदौ १५ गते । प्रहरी हिरासतमा रहेका रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका १९ वर्षीय विजयराम चमारको प्रहरी यातनाबाट मृत्युभएको घटनामा संलगन डिएसपी ज्ञान कुमार महतो सहितको टिमलाई कार्यवाही गर्न मांग गर्दै सोमबार सप्तरीको बिसणपुर चौकमा दलितहरुले प्रदर्शन गरेको छ । 

संयुक्त दलित संघर्ष समिति सप्तरीको आयोजनामा गरिएको प्रदर्शनमा सयौंको संख्यामा दलितहरुले बिसणपुर चौकबाट शुरु भएको जुलुस बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । कोणसभामा संर्घष समितिका संयोजक प्रथमलाल राम, दलित नेता गंगा सदा, सियाराम पासवान लगायतका नेताहरुले सम्बोधन गरेका थिए । 

यता रौतहटको गरुडामा समेत दलितहरुले आन्दोलन जारी राखेको छ । इलाका प्रहरी कार्यालय अगाडी सयौंको संख्यामा दलितहरुले धर्ना दिएका छन । आन्दोलनमा दलित,मुश्लिम लगायत गैर दलितहरुको समेत उल्लेखनीय सहभागिता रहेको आन्दोलनको नेतृत्वकर्तामध्येका एक मदन अम्बेडकरले बताए । आन्दोलनमा पर्साबाट मनोज राम नेतृत्वको टोली समेत पुगेको छ । सर्लाही,बाराबाट समेत दलित अगुवाहरु आन्दोलनमा एकबद्धता व्यक्त गर्न पुगेका छन् । 

आन्दोलनकारीहरुले  विजय रामको हत्यामा संलग्न डिएसपी ज्ञानकुमार महतो लगायत टिमलाई तुरुन्त निलम्ब गरी कार्यवाही गर्नुपर्ने,उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने,पिडीत परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने,निरन्जन रामको हत्याको मूल योजनाकार लखन साह र राजगिर साहलाई तुरुन्त पक्राउ गरी कार्यवाही गर्नु पर्ने,निरन्जन राम राम र बिजय रामलाई सहिद घोषणा गर्नुपर्ने र निदोर्ष व्यक्तिलाई तत्काल रिहा गर्नुपर्ने माँग अघि सारेका छन् । सर्घष समितिले भदौ १३ गते वृहत्त प्रर्दशन तथा इलका प्रहर िकार्यलय घेराउ,१४ गते विजय राम हत्यामा संलग्न डिएसपी लगायतका टिमलाई किटानी जाहेरी दर्ता,१५ र १६ गते शान्तिपूर्ण जुलस प्रर्दशन तथा इलका प्रहरी कार्यालय गरुडा अगाडी धर्ना र १७ गते मसाल जुलुश प्रर्दशन गर्ने कार्यक्रम तय भएको संर्घष समितिको संयोजक सोनेलाल रामले जनाएको छ ।

रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा इलका प्रहरी कार्यलय गरुडाको हिरासतमा रहेका विजय रामलाई प्रहरीको चरम यातनापछिउपचारको क्रममा ११ गते बिहीबार राति १२.३० बजे वीरगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमाडैनपछि काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा छ । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ । प्रहरीदे अवैध सम्बन्ध रहेको दावी गरेकै परिवारले पनि बलजफती ११ बर्षिया बालिकालाई टर्चर गरेर बयान दिन लगाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराई सकिएको छ । उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा दलित अधिकारकर्मीहरुले प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् ।

आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ । प्रहरीले हत्याका मुख्य योजनाकारला ई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए । प्रहरीको कुटाइबाट छोरा विजयराम चमारको हत्या भएको बाबु पनिलालको आरोप छ ।‘यो कुनै हालतमा मृत्यु होइन , हत्या हो ।’  

अहिलेसम्म के भएको भयो ?

प्रमुख जिल्ला अधिकारी बिच सहिद घोषणाको लागि सिफारिस गर्ने निर्णय : जिंगडियामा एकपछि अर्को गरी दुई जना नवयुवकको आकस्मिक मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुबै मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकले आठ बुँदे निर्णय गर्दै विजय रामको पोस्टमार्टम रिपोर्ट आएपछि र गृह मन्त्रालयको छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुवैको आधारमा सम्बन्धित सरोकारबालासित छलफल गर्ने, दुबै परिवारलाई आर्थिक सहयोग गर्न गरुडा नगरपालिकालाई आग्रह गर्ने, थप आर्थिक सहयोगको लागि केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।

 प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएको घटनाको छानबिनको लागि राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोग समेतको सहभागिता रहने गरी उच्चस्तरीय छानबिन आयोग गठनका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ । सर्वपक्षीय बैठकमा सुरक्षा समितिका सम्पूर्ण सदस्य, केही नगरपालिकाका प्रतिनिधि, मानव अधिकार आयोगको प्रदेश कार्यालयका प्रतिनिधि तथा दलित प्रतिनिधि र मृतकको परिवारका तर्फबाट पनि प्रतिनिधिको सहभागिता रहेको थियो । छानबिन प्रतिवेदन र मृतकको पोस्टमार्टम रिपोर्ट नआएसम्म निषेधाज्ञालाई विचार गर्दै संघर्षका कार्यक्रम रोक्ने निर्णय पनि गरिएको छ ।

#बिजय_राम_हत्या_प्रकरण 

स्रोत:ablokit.com.np

No comments:

Post a Comment