‘गुरुकुलमा दलितले पनि पढ्न पाउनुपर्छ’ भन्दा मच्चियो भाँडभैलो

 


विभेद बिरुद्द अभियान -सबै खालका विभेद र असमानताविरुद्ध नेपाली जनताले चलाएको विभिन्न कालखण्डका आन्दोलन र संघर्षपछि अहिले मुलुक संविधानतः संघीय लोकतान्त्रिक गणतन्त्रमा रहेको छ ।

तर, अहिले पनि देशमा जातीय विभेद र असमानमा कायम रहेको छ ।  यसको एउटा उदाहरण बनेको छ, बाग्लुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ संस्कृत गुरुकुल । जहाँ दलित र जनजातिलाई पढ्न दिन नहुने भन्दै आक्रोश व्यक्त गरिएको एउटा भिडियो सामाजिक सञ्जालमा भेटिएको छ ।

उक्त गुरुकुलमा ब्राम्हणहरुले मात्र नभएर दलित र आदिवासी जनजातिले पनि पढ्न पाउनुपर्ने भिडियोमा तर्क गरिएको छ । यस्तो तर्क गर्ने व्यक्ति चन्द्रकान्त पौडेल हुन् ।पौडेलले यो तर्क गरिरहँदा उनका आसपासको उच्च जातका स्थानीय समुदायले भने कुनै पनि हालतमा गुरुकुलमा दलितलाई पढ्न नदिने भन्दै खुलमखुल्ला जातीय विभेदपूर्ण अभिव्यक्ति दिएका छन् ।यही कारण यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गुरुकुलमा दलित र जनजातिले पनि पढ्न पाउनुपर्छ भन्ने व्यक्ति चन्द्रकान्त अर्याल भने विश्व हिन्दु संगठन एसिया क्षेत्रका प्रमुख रहेको बताइएको छ ।

विश्व हिन्दु संगठनका नेताले नै किन यति क्रान्तिकारी अभियान चलाए ? भन्ने कुरा बुझ्न बाँकी छ ।तर, भिडियो हेर्दा नेपाली समाजमा अहिले पनि जातीय हिसाबको उच्च र निच जाति रहेको र उच्च जातिले तल्लो जातिमाथि हेर्ने दृष्टिकोण र व्यवहार पुरातनवादी र विभेदपूर्ण रहेको देख्न सकिन्छ ।

No comments:

Post a Comment