बिजय राम हत्या प्रकरण : डिएसपीलाई निलम्बन गरि कार्यवाही नगरेसम्म आन्दोलन जारी रहने

 


विभेद बिरुद्द अभियान -रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेको आरोपमा इलका प्रहरी कार्यलय गरुडाको हिरासतमा रहेका विजय रामलाई प्रहरीको चरम यातनापछि मृत्यु भएको घटनामा एक जना प्रहरी निरीक्षक र दुई जना प्रहरी हबलदार निलम्बन भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिजय राम समेतको सोधपुछमा संलग्न जिल्ला प्रहरी कार्यलय,रौटहटा प्रहरी निरीक्षक नवीनकुमार सिंह,प्रहरी हबलदार हिरोज मियाँ र मन्नस कुमार सिहंलाई उक्त घटनाको सम्बन्धमा प्रहरी नियावली २०७१ नियम ११५को देहाय (४) वमोजिम थप अनुसन्धान तथा जाँचबुझ समाप्त नहुन्जेलसम्मको लागि निलम्बन गरिएको छ । प्रहरी निरीक्षक सिंहलाई जिप्रका रौतहटका सिफारिसमा गृहमन्त्रालयले र हबलदारद्धयलाई प्रदेश २ को प्रहरी कार्यलयले निलम्वन गरेको हो । सघर्ष समितिका घटनाका मुख्य दोषी डिएसपीलाई निलम्बन गरी कार्यवाही नगरेसम्म आन्दोलन जारी रहने जनाएको छ । 

प्रहरी हिरासतमा रहेका बिजय राम प्रहरी यातानापछि उपचारको क्रममा ११ गते बिहीबार राति १२.३० बजे वीरगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो । मृतकको शव पोष्टमाडैनपछि काठमाडौं स्थित टिचिङ्ग अस्पतालमा छ । दलितहरुले विजय रामको हत्यामा संलग्न गरुडा इलका प्रहरी कार्यलयका प्रमु ज्ञानकुमार महतो सहितको टोलीलाई निलम्वन गरि कार्यवाही गर्नुपर्ने माँग राख्दै आन्दोलन गरीरहेका छन् ।

सर्घष समितिले भदौ १३ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । आज पनि शान्तिपूर्ण जुलस प्रर्दशन तथा इलका प्रहरी कार्यालय गरुडा अगाडी धर्नामा सयौं दलित तथा गैर दलितहरुको सहभागिता रहेका छन् । गत साउन ३१ गते निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो ।

शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरी दावी छ । प्रहरीदे अवैध सम्बन्ध रहेको दावी गरेकै परिवारले पनि बलजफती ११ बर्षिया बालिकालाई टर्चर गरेर बयान दिन लगाएको पत्रकार सम्मेलन मार्फत जानकारी गराई सकिएको छ ।

उता सार्वजनिक भएको भोलिपल्टदेखि नै विजयका परिवार तथा दलित संघर्ष समिति रौतहटले चरणबद्ध रुपले गरुडा प्रहरीको बिरोधमा दलित अधिकारकर्मीहरुले प्रदर्शन तथा आन्दोलन गर्दै आएका छन् । आफ्नो निर्दोष छोरालाई हत्यामा फसाउन प्रहरीले हिरासतमा यातना दिएर आरोप कबुल गराएको मृतक विजयराम चमारका बुवा पनीलाल राम चमारको दाबी छ । प्रहरीले हत्याका मुख्य योजनाकारला ई छोडेको र यातनाको भरमा आरोप कबुल गराएकै कारण विजयराम चमार यातना सहन नसकेर मृत्युु भएको उनले आरोप लगाए । प्रहरीको कुटाइबाट छोरा विजयराम चमारको हत्या भएको बाबु पनिलालको आरोप छ ।

स्रोत:ablokit.com.np

No comments:

Post a Comment