उपचार खर्च तिर्न नसकी अस्पतालमा बन्धक मुसहर दम्पतीलाई पनि एक लाख ५ हजार सहयोग

 


विभेद बिरुद्द अभियान - भदौं १७ गते । कोभिडमा भोकको कारणले ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिकाका मलर सदा परिवारलाई प्रदेश २ सरकारले एक लाख ५० हजार रकम दिने निर्णय गरेको छ ।

गत जेष्ठ ६ गते भोकका कारण मृत्यु भएका सदा परिवारलाई उक्त रकम दिने निर्णय प्रदेश सरकारले गरेको हो । त्यस्तै विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारको रकम तिर्न नसकी अस्पतालमा बन्धक बनेका अग्नीसाइृ कृष्णासवर गाउँपालिका–६का शिवचन्द्र सदा उनको पत्नी मलिया देवी सदालाई १ लाख पचास हजार राहत दिने निर्णय गरेको प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले जनाएको छ ।

दलित सरोकार मञ्च नेपालले गत भदौं ८ गते शिवचन्द्र सदा मार्फत आर्थिक सहयोगका लागि मुख्यमन्त्री कार्यालयमा निवेदन दिएका थिए । मुख्यमन्त्री राउतका अनुसार रौतटहमा हत्या भएका निरन्जन राम तथा मित्रा देवी बैठाको परिवारलाई समेत राहत उपलब्ध गराउने निर्णय पनि भएको मुख्यमन्त्री राउतले जनाएका छन् ।

पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ६, महुलीका दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।

न्याय र औषधी उपचार खर्चका गत भदौं ८ गते नै दलित सरोकार मञ्च नेपालको सहयोगमा प्रदेश २का मुख्यमन्त्री र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुर,राष्ट्रिक्ष् मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यलय सप्तरीमा निवेदन दिएका छन् । तर अहिलेसम्म कुनै सुनवाई नभएको कुरा अवलोकित दैनिकले निरन्तर रुपमा उठाउँदै आएका थिए ।

स्रोत:ablokit.com.np

No comments:

Post a Comment