प्रेम सुनार, गुल्मी २०७० मंसिर १५ ।केहि दिन अघि मन्दिरमा दलितहरुले धुप–धजा चढाएको विषयमा आक्रमण भएको भन्दै गुल्मीको दरबार देविस्थानका एक दलित अगुवा सुरक्षाको माग गर्दै सदरमुकाम तम्घास आएका छन् । आज (शनिबार) विहान साढे पाँच वजेको समयमा अज्ञात दुई युवाले आफूमाथी आक्रमण गरी मोवाईल लुटेर लगेको भन्दै दरवारदेविस्थान ९ का दलित अगुवा गोकर्ण नेपाली सुरक्षाको माग गर्दै तम्घास आएका हुन् ।
गत आईतबार गाउँमा रहेको मालिका मन्दिरमा दलितहरुले धुपधजा चढाएपछि गैर दलितहरुले त्यहाँका दलितहरुलाई ज्यानमार्ने धम्की दिएको र आज विहान आक्रमण नै भएपछि आफू जीवन रक्षाको लागि भागेर सदरमुकाम आएको नेपालीले बताए ।
‘विहानै साढे पाँच वजेतिर गोठमा भैसीलाई पानी तताउन गएको बेला मुख ढाकेका (छोपेका) दुई जनाले झ्याप्पै समात्न आए’ – नेपालीले भने – ‘मैले गुहार मागेपछि मोवाईल खोसेर लगे, म पनि भागेँ ।’ मोवाईल खोसेपछि उनिहरुले ‘ अब देखि बढि होईन बुझीस् ’ भनेर औंला ठडाउँदै हिडेको नेपालीले बताए ।
नेपालीले गएको सोमबार दलित र गैरदलितविच छलफल हुँदा गैरदलितहरुले ज्यानमार्ने धम्की समेत दिएको रेकर्ड आफूले मोवाईलमा गरेर पत्रकारलाई भनेकोले आफ्नो मोवाईल खोसेर लगेको गोकर्णले बताए । उनले