Friday, October 30, 2015

१२ बर्ष अघि श्रीमान् मारिए देखि रिउली दमाईका आँखा ओभाएका छैनन


कार्तिक  १३, विभेद विरुद्ध अभियान -श्रीमान् मारिएपछि बाजुरा पाण्डुसेनकी रिउली दमाईका आँखा ओभाएका छैनन् । १२ वर्ष अघिदेखि उनी जहिल्यै रोएरै बिताउँछिन् । रिउलीको जीवनमा ०५९ कात्तिक ७ को रातले अकल्पनीय बज्रपात पार्‍यो । छिमेकीको घरमा साथीभाइसँग बसिरहेका उनका श्रीमान् रामलाललाई तत्कालीन सुरक्षा फौजले माओवादी शंकामा गोली हानी हत्या गरेको थियो । 
श्रीमानको हत्यापछि रिउलीको मनले ठाउँ छाड्यो । वेदनाले विक्षिप्त उनी दिनरात भौंतारिन थालिन् । छिमेकीले चहर्‍याइरहेको घाउमा नुनचुक छरेसरह व्यवहार गरे । श्रीमानको वियोगमा भक्कानिरहेकी रिउलीलाई गाउँका केहीले मानसिक सन्तुलन गुमाउन थालेको टिप्पणी गरे । उनमा पीडामाथि पीडा थपिँदै गयो । ‘मलाई गाउँलेले पागल हुने भई भन्दा मन साह्रै दुख्थ्यो,’ उनले भनिन् । द्वन्द्वका क्रममा मारिएका बाजुराका १ सय ५२ का परिवारको आ–आफ्नै कथाव्यथाहरू जीवन्त छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका घरमूली नै गुमेपछि बाँचेकाले खेप्नुपरेका पीडा पनि फरकफरक छन् । यस्तै कथा बोक्नेमध्येकी हुन् रिउली दमाई । दिनभर कामधाम गरेर पाण्डुसेन ५ अगाउपानीका ७ जना रातको समयमा तास खेल्न बसेका थिए । त्यही बेला सदरमकुाम मार्तडीबाट गएको सुरक्षा फौजले घर घेरा हालेर गोली चलायो । उक्त घटनामा रिउलीका श्रीमान् रामलाललाई पनि गोली लाग्यो । उपचारकै क्रममा दोस्रो दिन उनको मृत्यु भयो । लुगाफाटो सिलाउने पेसा गर्ने ५० वर्षीय रामलालले घरपरिवारको गुजारा चलाएका थिए । श्रीमतीसहित दुई छोरा र तीन छोरी टुहुरा बने । कमाउने गुमेपछि छोराछोरी हुर्काउने अभिभारा रिउलीको काँधमा थोपरियो । जेठो छोरा भक्त हुर्केको भए पनि बाबु गुमाउँदा कान्छो छोरा विक्रम दूधे बालक थियो । बाबुको मृत्युबारे केही समयपछि जेठी र माइली छोरीले थाहा पाए । आपतविपत्मा आफ्नो पनि पराई हुन्छ भन्ने उक्ति रिउलीको जीवनमा पनि पर्‍यो । 
जेठो भक्त बिहेवारी गरी आमासँग छुट्टिएर बस्न थाले । भक्त परिवारले आफ्नै आमालाई पराई व्यवहार गर्न थालेपछि रिउलीको अन्तिम आससमेत पराईसरह भएपछि उनका दु:खका दिन अरू झाँगिँदै गए । ‘जेठोको परिवारले मलाई हेला गर्न थाले, घरमा बस्ने अवस्थै भएन,’ रिउलीले भनिन् । श्रीमान् मारिएको केही वर्षपछि राज्यले दिने क्षतिपूर्तिअन्तर्गत सुरुमा ३ लाख र अघिल्लो महिना २ लाख उनले हात पारिन् । तर, श्रीमानको मृत्युको क्षतिपूर्तिबापत पाएको रकम उनका लागि भने उपयोगै भएको छैन । अघिपछि बासै नदिने जेठो छोरा र गाउँलेले समेत आँखा गाड्न थाले । ‘खातामा रकम आएको दिन भने आफ्नै छोराले धम्काएर पैसा लिन्छ,’ रिउलीले दु:खेसो सुनाइन् । कान्छोलाई अहिले छोरीको घरमा पठाएकी छन् । बाँधुस्थित भारती कोसेडी निमाविमा उनी पढ्छन् । ५९ वर्षको उमेरमा आफू भने सदरमुकामस्थित एक होटलमा भाँडा माझेर हातमुख जोडछन् । ‘म जसोतसो गुजारा गरौंला, तर कान्छोकै झर्को छ,’ रिउलीले भनिन्, ‘उसले पढ्न पाए हुन्थ्यो ।’ बालकल्याण अधिकृत सर्पलाल गिरीले भने विक्रमको पढाइका लागि सरसहयोग गरिरहेको बताए ।

कान्तिपुर बाट


Wednesday, October 28, 2015

सँरक्षणको अभावमा तिन बालबालिकाको बिचल्ली

सलिम अन्सारी,प्यूठान- विभेद विरुद्ध अभियान । 
हँसपुर गाबिसको गुरुङडाडाँ गाउँमा आमाले अर्कै बिहे गरेपछी र बुवा जेल परेपछी कलिला छोराछोरीको बिचल्ली भएको छ।
विपन्न दलित परिवारका यी बालबालिका  बिगत ६ महिना देखी बिपन्न मात्रै बनेन्न बेसहारा पनी बनेका छन। न झयाल ढोकाको घर न त आफुलाइ जन्मदिने अभिभाबकको भर, फोटोले प्रष्टिरहेको छ। गत फागुनमा आमा दुर्गाले काखकी नाबालिका छोरी लिएर दोस्रो बिहे गरेपछी र बुवा रमेश सुनार बलातकारको अभियोगमा जेल परेपछी एक  छोरा र दुइ छोरीको हेरचाह तथा स्याहारसुसारमा अरु कोहि नहुँदा बिचल्ली भएको हो। बेसाहारा ति बालबालिका अहिल बृद्द बज्यैको सहारामा बसिरहेका छन। दुर्गाका छोरा रेउते ५ बर्ष सँगिता ९ बर्ष र मनिषा ७ बर्षकी छन। उनिहरु गाउँकै एक प्राबिमा भर्ना भएपनी पढन जाँदैन्न। पढने मन छ,९ बर्षिय सँगिता भन्छिन आमाबुवा छैन्न कस्ले पढाउँछ र खै। साथीहरु स्कुल जाँदा पदन जान मन लागे पनी आमा बुवा साथमा नहुँदा टुहुरो जस्तै बनेको उनले बताइन। 
उनिहरु सधै धुलेफुस्रे भएर हिडछन,उनिहरुको गासबासको समेत ठेगान छैन। बृद्द बज्यैले बषौ देखी गाउँमा गर्दै आएको पिउन कामबाट उठेको अन्नबालीको भरमा ती कलिला उमेरका नातीनातिनाको लालनपालन गर्दै आएकी छन। अरु उपाए केहि नहुँदा यिनलाइ कसरी पाल्ने भन्ने समस्या भएको र बालबालिका पासो जस्तै भएको ६६ बर्षिय बृद्द कुन्तीदेवीले सुनाइन। उनले रुदै भनिन नातिनातिना सानै छन,हाम्रो सहारा कोहि छैन,उनीहरुको भविष्य प्रती चिन्ता लाग्छ। स्थानिय सुर्योदय प्राबिमा अध्यनरत ति बालबालिकालाइ कापि कलम किन्न समेत खर्च छैन। नाती नातिना स्कुल पदछौ भन्छन,मैले कापिकलम किनिदिन सकेकी छैन। यिनीहरुलाइ आखाँ देखाइदिन पाए हुन्थयो। सहाराबिहिन भएपछी नातीनातिना र बज्यैको दैनिकी कष्टकर रुपमा बित्ने गरेको छ। उनका छोरा रमेश आफनै १२ बर्षिय छोरी बलात्कारको अभियोगमा गत चैत्रे  महिना देखी  जेलमा छन। जिल्ला स्थित बालअधिकारकर्मीको टोलीले केहि महिना अघि घरमै आएर ५ हजार ४ सय रुपैयाँ बराबरको दैनिक उपभोग्य सामान किनीदिएको उनी बताउछिन। उहाँहरुले बच्चाहरुलाइ हामी साथै लिएर जान्छौ पढाउछौ हुर्काउछौ भन्नुभाथ्यो मैले लैजान दिइन उनी भन्छिन अहिल पछुतो लागेको छ। त्यसपछी घरमा कसैले पाइला नटेको उनले बताइन। बृद्द बज्यैको आश्रयमा रहेका बालबालिका कहिले चामल अभाव त कहिल नुन तेलको अभावमा भोकभोकै बस्ने गरेकोले कुनै सँस्थाले यिनीहरुको सँरक्षण गरिदिय ठुलै धर्म हुने थियो स्थानियहरु बताउँछन।
source:-Airawati

आफु माथि कुटपिट र बलात्कार गरेको भन्दै सिराहामा दलित महिला द्वारा उजुरी


Siraha/Oct 28,Bibhed Birudh Abhiyaan. A Dalit woman from local Phulkahan village, Phulkahakatti VDC-2 in Siraha district has said some youth from a neighbouring village beat and raped her.

According to the woman, she was physically assaulted and raped by the assailants nearly 300 metres south of Kasaha Chok in neighbouring Ayodhyanagar VDC-3 while returning home after shopping in the weekly market there.

She said that among three motorcycle-borne youths, two held her while the next one raped her. The victim identified the rapist as the 23-year-old Keshab Mahato, the son of Shreeram Mahato of Ayodhyanagar VDC-5. She said 33-year-old Prameshwar Mahato and 29-year-old Prem Mahat, who accompanied Keshab, held her hands and feet.

The woman, a mother of three children, reported that the three men hit her with a rod and bamboo splinters, due to which she sustained deep wounds on back of the head, left ear and forehead. She is undergoing treatment at the Green Apple City Hospital at local Ayodhyanagar-1.

Although the incident took place on Monday evening, it came to light only on Tuesday evening as the village elders tried to settle the case in a hush-hush manner.

According to locals, the victim had an altercation with Keshab’s mother Inardevi Mahato in course of shopping at the local Kasaha market before the incident took place.

The rape victim accused Inardevi of calling her son on the mobile phone and ordering him to beat and rape her.

The Dalit woman, who was lying unconscious after the assault, was rescued and taken to the hospital by the locals who saw her while they were returning home from the market.

The Area Police Office, Golbazaar stated that police would investigate into the incident based on the first information report filed by the victim.

Sunday, October 25, 2015

मुक्त हलिया व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुदै

कञ्चनपुर, ८ कात्तिक , विभेद विरुद्ध अभियान।

भीमदत्त नगरपालिका ब्रह्मदेवका मुक्त हलिया परिवार सहकारीमा आबद्ध भएर आर्थिक उन्नतिमा लागेका छन् । 
 
ब्रह्मदेवका २१३ मुक्त हलिया परिवार चन्द्रसूर्य मुक्त हलिया कृषि सहकारी संस्थामा आबद्ध छन् । दुई वर्षदेखि सहकारीमा आबद्ध भएर उनीहरुले न्यून ब्याजमा ऋण लिई बाख्रापालन, बङ्गुरपालन, सिलाइकटाइ पसल र किराना पसल सञ्चालन गरेका छन् । सहकारीका अध्यक्ष दशरथ लुहारले सहकारीले धेरै मुक्त हलियाको जीविकोपार्जनमा सहयोग पुगेको बताउनुभयो । 
 
“सहकारीबाट ऋण लिएर व्यवसाय गरेका छौँ”, लुहारले भन्नुभयो, “व्यवसायले परिवारको लालनपालन गर्न सहज भएको छ ।” समूहका सदस्यले हरेक महिनाको अन्तिममा बचत रकम बुझाउने गरेका छन् । बचत बुझाएका दिन सदस्यले आवश्यकताअनुसार डेढ प्रतिशतमा ऋण लिने गरेका छन् । सहकारीका सचिव कालुराम भुलले मागअनुसार ऋण दिने गरिएको बताउनुभयो । 
 
दुई वर्षअघि गठित सहकारीमा रु तीन लाख बढी निपेक्ष सङ्कलन गरिएको छ । निक्षेपको अधिक रकम ऋण लगानी भएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको सहयोगमा मुक्त हलिया समुदायमा छरिएको पुँजीलाई एकत्रित गरी आर्थिक अवस्थामा सुधार ल्याउन सहकारी सञ्चालनमा ल्याइएको हो । 
 
कञ्चनपुरका चार स्थानमा सहकारी सञ्चालनमा छन् । मुक्त हलिया समाज महासङ्घका अनुसार सुदूर तथा मध्यपश्चिम क्षेत्रमा गरी मुक्त हलियाका १४ सहकारी छन् । 

Saturday, October 24, 2015

भारतमा सामाजिक असमानता प्रती असन्तुष्ट ९० दलितले एक साथ बौद्ध धर्म ग्रहण


गांधीनगर -कार्तिक ७, विभेद विरुद्ध अभियान ।
गुजरात के जूनागढ़ में मोदी के राज में ही करीब दो साल पहले पांच हजार दलितों ने धर्म परिवर्तन कर बौद्ध धर्म अपना लिया था. उस घटना के ठीक 2 साल बाद अहमदाबाद के ढोलका कस्बे में 90 दलितों ने समाज में मौजूद गैरबराबरी से मुक्ति के लिए बौद्ध धर्म अपना लिया है. 

गुजरात बौद्धिष्ठ अकादमी द्वारा ढोलका कस्बे में गुरूवार को इस परिवर्तन के लिए कार्यक्रम आयोजित कराया गया था. पोरबंदर के महान अशोक बुद्ध विहार के धम्म प्रचारक भिक्षु प्रज्ञा रत्न से दीक्षा लेने वालों की उम्र 25-35 वर्ष के बीच है. दीक्षा लेने वालों में एमबीए डिग्रीधारी 27 वर्षीया भामिनी डेलवाडिया भी हैं जिन्होंने अपने परिवार के चार सदस्यों के साथ दीक्षा ली है. भामिनी अहमदाबाद के जीवराज पार्क क्षेत्र की रहने वाली हैं. कार्यक्रम में लगभग 500 लोगों ने भाग लिया.
भामिनी ने कहा कि वे सबके लिए समानता में विश्वास रखती है. हिन्दुत्व में उन्हें यह समानता नहीं मिली. मुझे डॉ. अम्बेडकर के आदर्शों में आस्था है, इसीलिए मैंने बौद्धधर्म ग्रहण किया है.भामिनी के आईआईएम से पोस्ट ग्रेजुएट पति, उसके ससुर और देवर ने भी बौद्ध धर्म की दीक्षा ली है. हेमलता सोनारा जो एमए कर रही हैं, भी उन नौ महिलाओं में शामिल हैं जो बौद्ध धर्म में शामिल हुई हैं.
26 वर्षीया निकिता परमार कहती हैं कि वे आंख मूंदकर हिन्दू रीति-रिवाजों में विश्वास नहीं कर सकतीं. बौद्ध धर्म अपनाने वाले एक और व्यक्ति जतिन मकवाना ने बताया कि मैंने बौद्ध धर्म से काफी कुछ सीखा है. यहां पर हिंदू धर्म की तुलना में काफी समानता है. दलित होने पर जहां कहीं भी आप जाओ लोग आपकी जाति पूछते हैं और फिर भेदभाव करते हैं. बौद्ध धर्म में ऎसा कोई वर्गीकरण नहीं है यहां सब समान है. इसलिए ऐसा धर्म अपनाना बेहतर है जो सबको बराबर मानता है बजाय उसके जिसमें जाति के आधार पर अपमानित किया जाता हो.

Friday, October 23, 2015

कतार र युएइमा बिश्वकर्मा समाजको छुट्टाछुट्टै कार्यक्रम सम्पन्न

कार्तिक ७, विभेद विरुद्ध अभियान ।
नेपालीहरुको महान पर्व बिजय दशमी तथा शुभ दिपावली २०७२ को पावन अवसरमा बिश्वकर्मा समाज कतारको आयोजनामा शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । समाजका कार्यवाहक अध्यक्ष चोलाकान्त बिक को सभापतित्वमा नैलिमा रेस्टुरेन्टको शभाहलमा भब्यताका साथ सम्पन्न कार्यक्रममा सल्लाहाकार समितीका पुर्व सम्योजक तथा बर्तमान सल्लाहकार सदस्य प्रेम कुमार बिक प्रमुख आतिथि हुनु हुन्थियो भने कार्यक्रममा बिशेष अतिथी बिश्वकर्मा समाज कतारका सल्लाहाकार सदस्य प्रेम रसाईली तथा सामजिक सन्जाल सन्चालन तथा परिचलन सम्योजक कृष्ण बिश्वकर्मा रहनु भएको थियो । समाजका सचिव टेक सागर बिश्वकर्माले संचालन गर्नु उक्त कार्यक्रममा अतिथिमा ब्यबसायि  तथा सल्लाहाकर सदस्य भिम लकान्द्री, जगत बि क,गम बहादुर बिक ,दलित एकता सन्जाल भुत पुर्व अध्यक्ष इन्दु लावर , दलित एकता सन्जाल कतारका प्रथम उपाध्यक्ष बिरेन नेपाली , भुत पुर्व कोषाध्यक्ष लोक नेपाली समेतको उपस्थिति रहेको थियो ।
नानु गदालको शुभकामना मन्तब्य बाट शुभारम्भ भएको कार्यक्रममा बिश्वकर्मा जतिको एकता एव बिकासको लागि दिलोज्यानका साथ लागि पर्ने प्रतिबद्धता गर्दै बिदेशी भुमिमा रहे पनि नेपाली परम्परालाइ जिवन्तता दिदै आफ्नो सस्कृतिको जगेर्ना गर्दै महान चाड बिजया दशमि मनाउन पाउदा हर्श उर्लाष रहेको  बताउदै बिश्वकर्मा समाज कतारका सम्पुर्ण सदस्यहरु बाट क्रमिक रुपमा शुभकामना आदान प्रदान गरिएको थियोे ।कार्यक्रममा समाजका बयोबृद्ध तथा सल्लाहाकार सदस्य गम बहादुर बिश्वकर्माले अतिथीहरुलाई टिका लगाइदिनु भएको थियो भने प्रमुख अतिथी एवम अतिथीहरु बाट उपस्थित सबै सदस्यहरुलाई टिका तथा नेपाली ढाका टोपी लगाइ दशैको टिका ग्रहण गरी, गराइएको थियो ।
त्यस्तै गरि बिश्वकर्मा समाज नेपाल यूएईले आयोजना गरेको दशै बनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा  यूएईमा छरिएर रहेका बिश्वकर्माहरुको आपसी सहयोग र सहकार्य गर्ने उद्देश्यका साथ रोहन सुनारको अध्यक्षतामा बिश्वकर्मा समाज नेपाल दुबई क्षेत्रिय समिती गठन भएको छ ।

तस्बिर / जानकारी स्रोत :- बिस्वकर्मा समाज कतार/ बाबुराम बिस्वकर्मा ज्युको सामाजिक संजाल बाट


बली चढाइएका मासु दलित समुदायले मात्रै खानु पर्ने चलनले जातीय विभेद हटेन

बैतडी, कार्तिक ७- विभेद विरुद्ध अभियान । बैतडी जिल्लाका विभिन्न मन्दिरहरूमा बली चढाइएका राँगाको मासु दलित समुदायले मात्रै खानु पर्ने चलनले जिल्लाको विभिन्न समुदायमा रहेको जातीय विभेद अझै हट्न सकेको छैन । घटस्थापनादेखि विजयादशमी सम्ममा विभिन्न देवी देवताहरूको मन्दिरमा बोका र राँगाको बली चढाइन्छ । खसी बोका जसले भाकल गरेका हुन् उनीहरूले मासु खाने गरेको तर बली गरिएका राँगाको मासुचाहिँ दलित समुदायले मात्रै खानु पर्ने परम्परा रहेको निंगलासैनी भगवती मन्दिरका मुखिया मानबहादुर बोहराले वताए ।

मन्दिरमा बली चढाइएका राँगाहरूको मासु दलित समुदायले मात्रै खाने चलनले दलित समुदाय बढी जातीय विभेदको शिकार हुनु परेको भनि राष्ट्रिय हलिया महासंघका अध्यक्ष राजुराम भुलले बताए ।

भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा दलित युवाको हत्या

कार्तिक ६, विभेद विरुद्ध अभियान। भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा एक दलित युवकको हत्या भएको छ । परेवा चोरेको आरोपमा ती दलित युवाको हत्या गरिएपछि हरियाणाको सोनिपत र फरिदाबादमा हिंसा मच्चिएको छ । 
हरियाणास्थित फरिदावादको सोनिपतमा परेवा चोरीको आरोपमा पक्राउ युवाको प्रहरी हिरासतमा ज्यान गएपछि त्यहाँ हंगामा भएको हो । प्रहरीले हिरासतमा लिएका ती युवाको शरीरभरी चोट लागेको पाइएपछि उनलार्इ यातना दिइ हत्या गरिएको भन्दै आफन्तहरुले आन्दोलन थालेका हुन् । फरिदावादको सोनिपतमा यो घटनाले केही दिनयता तनाव बढाएको छ । मृतकका आफन्तहरुले प्रहरी चौकी र सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा बर्साएका छन् । 
केही महिलाले पुलिसकर्मी माथि लाठी पनि बर्साएका छन् । त्यसपछि पुलिसले अवस्थालार्इ नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । त्यस इलाका सयौंको संख्यामा प्रहरी परिचालित गरिएको छ । पुलिसका अनुसार ती युवकको शव उनको घरमै भेटिएको थियो । तर पुलिसको भनाइको कडा प्रतिवाद गर्दै युवकका परिवारले प्रहरी हिरासतमै उनको मृत्यु भएको दाबी गरेका छन् । ती दलित युवामाथि परेवा चोरीको आरोप अर्को जातिका मानिसले लगाएका थिए । अहिले दुबै जातिका मानिस एकअर्का विरुद्ध उत्रेका छन् ।

Thursday, October 22, 2015

गायक राजू परियार लाई दलित एकता संजालको मायाको चिनो

लम्जुङ, कार्तिक  ५, विभेद विरुद्ध अभियान ।
नेपालीहरुको महान चाड बिजयदशमीको अबसर परेर फुलपातिको दिन लम्जुङ् जिल्लाको राईनास नगरपालिका कुसुन्दे तिनपिप्लेमा स्थानीय यूबा क्लब, अकाल यूबा क्लब को सयुक्त आयोजनामा लम्जुङ् जिल्ला निवासी लोक दोहोरि गायक राजू परियारलाई नागरिक अभिनन्दन एव सम्मान कार्यक्रम गरिएको छ ।
त्यसै अबसरमा दलित एकता संजालका अभियन्ताहरु बाट लोक दोहोरि गायक राजू परियारलाई मायाको चिनो स्वरुप  "सारङ्गी" उपहार स्वरुप प्रदान गरिएको छ। साउदी अरबियामा कार्यरत तथा दलित एकता संजालका अभियन्ता तथा समाजसेबी श्री राजेन्द्र सिर्मल(राजिन) ज्युको सहयोगमा प्राप्त उपहार गायक परियार लाई प्रदान गर्दै अभियन्ताहरुले बिजया दशमी तथा सुभ दीपवालीको सुभ अबसरमा  समाजसेवि सिर्मल ज्युले लोक दोहोरिको क्षेत्रमा परियारलाई सफलताको शिखर चुम्न गर्नु भएको कामना सन्देश समेत पढेर सुनाइएको थियो । 
आफ्नो जिन्दगीमा यो मायाको चिनो नै अहिले सम्म कै उत्कृष्ठ र सम्मान जनक उपहार रहेको बताउदै गायक परियारले  सारङ्गी नेपाली सँगीतको प्रतिक मात्र नभै गायन र गायकसँग यसको गहिरो सम्बन्ध रहेको बताएका छन । गायकहरुको स्वरलाई अझै मिठास र कर्णप्रीय बनाउनको लागि सारङ्गी बाजाको महत्वपुर्ण भुमिका रहेको हुनाले आफु लाई सारङ्गी अति मन पर्ने बताउदै गायक परियारले मायाको चिनो प्रदान गर्नु हुने श्री राजेन्द्र सिर्मल ज्यु लगायत उपस्थित सम्पुर्ण दलित एकता संजालका अभियन्तालाई धन्यबाद ब्यक्त गर्नु भएको थियो।
स्थानीय तथा छिमेकी जिल्लाका नागरिकहरुको बाक्लो उपस्थिति रहेको यस कार्यक्रममा स्थानीय गायक , कलाकारहरु सहित आधुनिक गायक तथा संगीतकार रमेश कादरिया, गायक सोम बाबू परियार,गायिका बिष्णु परियार एव गायक तथा नायक प्रशान्त तामाङको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा गायक राजू परियारले बिभिन्न लोक भाकाका गीत गाएर उपस्थित दर्शकहरुलाई मनोरंजन दिएका थिए ।
स्थानीय बिभिन्न राजनीती पार्टीका प्रतिनिधीका साथै समाजसेवि तथा बुद्धिजीवी ,पत्रकारहरुको समेत उपस्थिति रहेको यस राजू परियार नागरिक अभिनन्दन कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष सुमन ढकाल ज्यु ले गर्नु भएको थियो भने कार्यक्रममा लम्जुङ् उधोग बाणिज्य महासंघका अध्यक्ष श्री  रामकुमार श्रेस्ठ प्रमुख अतिथि हुनु हुन्थियो ।

Wednesday, October 21, 2015

सूचना बिभागले नभेटेका पासवानलाई ओलीले मन्त्रीको टिको लगाइ दिए-पी.बी.दियाली

कार्तिक ५, विभेद विरुद्ध अभियान । 
२०६०ं, ६१ सालतिरको कुरो हो ।पहिला आन्दोलनका क्रममा यी मान्छे मलाई खोज्दै इटहरी आए । दलितको मुद्दा उठाएर भेदभाव बिरुद्ध आगो ओकल्ने भाषण गर्ने यी पासवानलाई निक्कै प्रेरित गरें । घरमै बसे, खाए । पाहुना हुँदा र खाना पाउँदा खुब जी हजुरी गरे । पछि सभासद भएछि काठमाडौँ बोलाए । फकाएर आश्वाशन दिदैं पत्रिका दर्ता गर्ने सर्टिफिकेट मागे । काठमाडौँको सिडिओ अफिसमा मलाई सम्पादकमा नियुक्ति गरेको कागजपत्र बुझाए । पत्रिका मेरो नाममा दर्ता भयो । पिंगलास्थानको उनको डेरामा अफिस थियो । सहसम्पादक राखेको सप्तरीतिरको एउटा मण्डल थरको केटाले समाचार लेख्न छोडेर पासवानकी स्कुले छोरी लिएर भाग्यो । दलितको लागि लडने भनेका यी पासवान आफूभन्दा तल्लो जातले छोरी लग्यो भन्दै बेहोसी नै भए । ज्वांईछोरीलाई पक्राउ गराउन प्रहरीको शक्ति प्रयोग गर्दै पोखरा पुगे । छोरीले कुनै हालतमा ज्वांई नछाडने बरु बाउ त्याग्ने भनेपछि यी पासवान बेहोसी जस्तै भए । ‘ज्वाईंलाई जहाँ भेटयो त्यही मार्छु’ भन्दै ज्यान फालेर लागि परे । ‘छोरीले ज्वाईं बेगर बाँच्दिन बरु मर्छु’ भनेपछि पासवान बर्बराउँदै कैंयौं दिन हिँडे । घरको रिस संसदमा पोखेर ब्यहोरा देखाए । कुर्सी फाले । आफनो लुगा च्याते, दाह्रा किटे । सभामुख सुभास नेम्बाङलाई झण्डै कुटे । पछि दोस्रो संबिधानसभा पनि बाबुराम भटराईलाई संबिधानको मस्यौदा लेख्ने बेलामा दलितको कुरा छुटाएको भन्दै कागजको बिटाले हाने ।दलितको नाममा माथि पुगेर नसुहाउने हर्कत गर्ने पासवानले थुप्रै आर्थिक हिनामिना गरेका छन् । मेरो तलब पनि दिएनन् । आफनै पार्टीमा एक पटक महासचिब रहेका ठाकुर चन्दगहतराजकी पढालेखा बहिनीलाई सभासद् बनाउने भन्दै लाखौं खाएछन् । पछिल्लो संबिधानसभामा लामा थरकी महिलालाई सभाषद बनाएर उनको ब्यक्तिगत पैसा र सभाषद्को तलब समेत बैंकमा किर्ते गरेर खाएछन् । ती महिलाको काण्डमा पासवानले दलित जनजाति पार्टी फुटाए । आफू एक्लै जम्ने अर्कालाई पेल्ने, ठग्ने, हेप्ने । आफू तल परेमा तुरुन्त बर्बराउने र फेरी सद्दे हुन जान्ने यी पासवानलाई हामीले किन मन्त्री मान्ने ? मैले उनको पत्रिकामा सम्पादक भएर काम गर्दा थाहा पाएँ कि पासवान पैसा भनेपछि कतिसम्म लोभ गर्छन् ? 
आफू दलितको नेता भन्छन् तर भाडा बसेको घरमा दलित भन्दैनन् । यी मान्छेको पार्टीको संसदीय दलको कार्यालयमा कहिलेकाहीं जाँदा एउटी चौधरी थरकी महिला सभासदले निक्कै रबाफ मच्चाउंथिन जबकी उनी अर्कै पार्टीकी थिईन । सम्पादकको नाताले बिश्वेन्द्रको राजनैतिक कमीकम्जोरी औंल्यांउदा ती चौधरी महिला सभाषद् प्रतिबाद गर्थिन । बिशेन्द्रलाई चिमोटदा उनलाई दुखे जस्तो । भित्री रहस्य के थियो ? मैले पता पाइन । त्यतातिर पनि लागिन पनि ।
पत्रिकामा काम गर्दा पासवानले ५ महिनामा ४ ठाउँ अफिस सारे । कर्मचारी, रिपोर्टर, टाइपिस्ट कसैलाई तलब दिएनन् । अनामनगरको भटराई थरको मानिसले संचालन गर्ने छापाखानाले पैसा मागेको मागेकै गर्थे, पासवान ठगेको ठगेकै गर्थे । चिप्ला कुरा घरीघरी गर्ने पासवान तत्काल मान्छेको चित्त बुझाउने क्षमताका छन् । त्यसैले म उनीसंग केही समय फसेंछु । पैसा माग्दामाग्दा हदै भएपछि मैले काठमाण्डौको सूचना बिभागमा पासवान बिरुद्ध मुद्दा हालेँ । कोइराला थरका प्रमुख र मिठाराम हुमागाईं नाम गरेका अधिकृतले पासवानलाई बोलाए । धेरै समय ताकेता गरेपछि पासवानले दलितको क्षेत्रमा काम गर्ने मोती नेपाली जो डिडब्लुओ नामक संस्थाका अध्यक्ष हुन, उनको रोहबरमा मलाई तिर्नुपर्ने रकम मोलमोलाई भयो । लगभग सत्तरी हजार थियो । सूचना बिभागका अधिकृतहरुले मलाई लचिलो हुन आग्रह गरे, बिश्वेन्द्रले पनि माफी मागे, पत्रिका बन्द भएको, गरिबी यस्तै उस्तै भनेपछि मलाई तीस हजार दिने । तत्काल आठहजार र बांकी २२ हजार एक महिना भाका थियो । मैले स्बीकारेँ । आठहजार लिएँ । २२ हजारको कागज गरेँ । सूचना बिभागमा माइन्यूट पनि गरे । भाका पुगेपछि पैसा माग्दा पासवानले मोती नेपालीलाई हप्काएछन । म काठमाडौँ छाडेर सुनसरीको इटहरी आएको छु । सूचना बिभागमा सम्पर्क गर्दा पासवानलाई पत्र काटेको तर डेरा नभेटेर त्यतिकै छ भन्ने जबाफ आयो । यसबारे पत्रकार महासंघका पूर्बाञ्चल सदस्य गणेश लम्सालमार्फत जानकारी गराएँ । महासंघले चासो राख्दा पनि सूचना बिभागले पासवानलाई नभेटेको भनेछ । अब त माननीय बिशेन्द्र पासवान मन्त्री भएका छन । बिनाविभागिय मन्त्री हुनाले तत्काल नभेटिएलान तर पछि बिभाग छुटिएपछि सूचना बिभागले थाहा पाउँछ कि र मेरो तलब दिलाईदेला भन्ने अपेक्षा राखेको छु ।
पी.बी.दियाली इटहरी बाट प्रकासित हुने गणराज्य साप्ताहिक,  मा सम्पादक हुनु हुन्छ । 

Tuesday, October 20, 2015

भारतको फरिदाबादमा दलित परिवारलाई ज्युदै जलाइयो


कात्तिक 0३, विभेद विरुद्ध अभियान ।
फरीदाबाद: फरीदाबाद के सुनपेड़ गांव में एक दलित परिवार को जिन्दा जला दिया गया। इस घटना में दो बच्चों की मौत हो गई जबकि पति-पत्नी घायल हैं। हरियाणा के मुख्यमंत्री ने पीड़ित परिवार को 10 लाख रुपये मुआवजा देने का ऐलान किया है और आरोपियों के खिलाफ कड़ी कार्रवाई का भरोसा दिया है।

सदमे में हैं बच्चों के पिता
हमले में घायल जितेन्द्र सदमे में हैं। उनका आरोप है कि मंगलवार की सुबह करीब 3 बजे उसके घर में कई सवर्ण जाति के लोग दाखिल हुए और पेट्रोल डालकर उनके परिवार को जिन्दा जला दिया। इस घटना में जितेन्द्र का दो साल का बेटा वैभव और करीब एक साल की बेटी दिव्या की मौत हो गई जबकि पत्नी रेखा और वह खुद घायल है।


छावनी में तब्दील गांव
घटना के बाद पुलिस ने गांव को छावनी में तब्दील कर दिया। घटना की जगह पर फोरेंसिक एक्सपर्ट ने जांच की। हालांकि पुलिस को ऐसा कोई चश्मदीद नहीं मिला जिसने आरोपियों को देखा हो। चौंकाने वाली बात यह है कि जितेन्द्र के परिवार को एक साल से सुरक्षा में छह पुलिसकर्मी मिले थे, लेकिन उनकी मौजूदगी में कैसे किसी ने इस वारदात को अंजाम दे दिया।

यह था मामला
सुनपेड़ गांव में करीब 20 फीसदी आबादी दलितों की है और 60 फीसदी सवर्ण हैं। गांववालों और पुलिस से पूछताछ के बाद पता चला कि अक्टूबर 2014 में गांव के सवर्ण और दलित परिवार के कुछ लड़कों में मोबाइल को लेकर झगड़ा हुआ था। इसके बाद 5 अक्टूबर 2014 को दलित जितेन्द्र के परिवार के कुछ लोगों ने तीन सवर्ण लड़कों भरतपाल, मोहन और पप्पी की हत्या कर दी जबकि इस घटना में तीन सवर्ण घायल भी हुए थे। इस मामले में 11 दलितों को गिरफ्तार किया था।


आरोप है कि इस घटना के बाद से ही एक ही सवर्ण परिवार के लड़के दलित परिवार को परेशान कर रहे थे। वहीं सवर्ण छिद्दा सिंह का परिवार जिस पर जितेन्द्र के परिवार को जिंदा जलाने का आरोप लगा है उनके घर के बाहर भी पुलिस का कड़ा पहरा है। हालांकि अधिकतर घरों में ताले बंद हैं। आरोपियों के परिवार का कहना है कि दलित जितेन्द्र के सभी आरोप बेबुनियाद हैं।

गांववालों का कहना है कि यह झगड़ा सिर्फ दो परिवारों का है, जिसके चलते पिछले एक साल से गांव का माहौल खराब हुआ है। पुलिस ने इस मामले में कई आरोपियों को हिरासत में ले लिया है। इस घटना को पंचायत चुनाव से भी जोड़कर देखा जा रहा है।
नोट :- NDTV बाट साभारित यो समाचार जस्ताको त्यस्तै हिन्दी भाषामा राखिएको छ ।
-एड्मिन

राज्यले दलित आन्दोलन सम्बोधन गर्न नसक्नुका कारण- श्यामबहादुर मगराती

कार्तिक ०३ ,  विभेद विरुद्ध अभियान ।दलित समुदाय आफ्नो हकअधिकार प्राप्तिका लागि निरन्तर संघर्षरत छ। हाम्रा राजनीतिक दलका नेता र नीति निर्माता पनि दलित समुदायको हकअधिकारको विषयमा वकालत गरेर थात्तै्कनन्। विडम्बना, समस्या भने जस्ताको तस्तै छ।

वर्तमान २१ औँ शताब्दी विज्ञान र प्रविधिको, मानवीय संवेदना र सामाजिक चेतनाको युग भनेर चिनिन्छ। यस युगमा पनि एउटै समाजमा बसेर एउटै धारा र कुवाको पानी खान नमिल्ने, एउटै धर्म, संस्कृति मान्ने तर त्यही मन्दिरमा पसेर पूजा गर्न नपाउने, मन्दिरका गजुर बनाउने तर तिनै दलितलाई मन्दिर प्रवेश गर्न निषेध गर्ने! तिनै हातले बनाएको भाँडामा पकाउने, सिलाएको कपडा लगाउने, बनाएको जुत्ता लगाउने तर तिनैलाई दलित समुदायले छुन नमिल्ने जस्ता अमानवीय व्यवहार समाजमा कायमै छ। अझै त्यसमा हाम्रा राजनीतिक दलका नेतृत्व र नीतिनिर्माता रमिते बनिरहेका छन्। यस्तो अन्यायको विरोध गर्दै आफ्नो हक अधिकार माग्दा राज्यले उल्टै दमन गर्छ। यो गम्भीर विषय होइन?
अहिलसम्म दलित आन्दोलन दुई विषयमा केन्द्रित  देखिन्छ। पहिलो, वर्षौंदेखि सामाजिकरूपमा रहेको जातीय छुवाछुत र विभेदविरुद्धको सांस्कृतिक आन्दोलन, दोस्रो परापूर्वदेखि राज्यले पछाडि पारेको समुदाय भएको कारण त्यसको क्षतिपूर्तिसहित राज्यसत्तामा समानुपातिक प्रतिनिधित्वको लागि राजनीतिक अधिकार आन्दोलन। सामाजिक रूपान्तरण र समतामूलक समाज निर्माणका लागि यी विषयको राज्यले सम्बोधन गर्नुपर्ने हुन्छ। तर अहिलेसम्म राज्यले सम्बोधन गर्न नसक्नुका कारण निम्न देखिन्छन:
पहिलो : नेपाली समाज हिन्दू वर्ण व्यवस्थामा आधारित भएकाले परापूर्वदेखि अहिलेसम्म जातीय छुवाछूत र विभेद विद्यमान छ।
दोस्रो : दलित समुदाय विशेषगरी विपन्न र श्रम गरी खाने वर्गमा पर्छन्। सामन्ती राज्य व्यवस्थाले विपन्नको शोषण र सम्पन्नको पोषण गर्नेगर्छ। त्यसैले दलित समुदाय स्वाभाविकरूपमा अन्यायमा पर्छन्। अहिले नेपालमा पुँजीवादी संस्कृतिको बजारीकरणको प्रभाव छ। पुँजीवादी संस्कृतिले श्रमको सम्मान गर्दैन बरु पँुजीको पूजा गर्छ। त्यसैले श्रम गरी खाने दलित समुदायले सामाजिक सम्मान पाउँदैन।
तेस्रो : नेपालको राज्यसत्ताको चरित्र सामन्ती प्रकृतिको भएकाले उपेक्षित, उत्पीडित, विपन्न र राज्यले पाखा लगाएका वर्ग र समुदायलाई सम्बोधन गर्न जरुरी ठान्दैन। चुनावका समयमा अधिकारका कुरा गरेर भोट माग्ने तर सत्तामा पुगेपछि उपेक्षा गर्ने गरिन्छ। नयाँ संविधानमा दलित समुदायको अधिकार स्थापित गर्न दलित सभासद तथा अभियन्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन र ज्यादती यसैको उदाहरण हो।
दलित समुदायलाई उत्पीडनको साङ्लोबाट मुक्त गर्न निम्न कुरामा ध्यान दिनु जरुरी छ :
१. दलित उत्पीडन यो समुदायको मात्र सरोकारको विषय होइन। यो गैरदलितको पनि सरोकारको विषय हो। एक्काइसौं शताब्दीका सामाजिक राजनीतिक नेतृत्व तथा अगुवाको पहिलो दायित्व छुवाछुतमुक्त समाजको निर्माण गर्नु हो। यो नीति, ऐन र कानुनमा लेखिएरमात्र हुँदैन। जीवन र व्यवहारमै चरितार्थ हुनुपर्छ।
२. दलित समुदायका मुद्दा विशुद्ध सांस्कृतिक मुद्दासँग मात्र जोडिएका छैनन्। वर्गीय मुद्दासँग पनि जोडिएका छन्। त्यसैले उपेक्षित, उत्पीडित, विपन्न र राज्यले पाखा लगाएका वर्ग र समुदायविरुद्धको संघर्ष पनि दलित आन्दोलनको मुख्य मुद्दा बन्नुपर्छ।
३. राजनीतिक अधिकार राज्यसत्तासँग जोडिएको छ। उत्पीडित वर्ग र समुदायको राज्यसत्ताबिना आफ्नो हक अधिकार सुनिश्चित हुन सक्दैन भन्ने दलित समुदायले बुझ्नु जरुरी छ। यसको उदाहरण १० वर्षको 'जनयुद्ध' र २०६२/०६३ को जनआन्दोलन हो।
४. राजनीतिक अधिकार सीमित व्यक्तिका लागि पदमा बस्ने अवसरमात्र होइन। यो सिंगो समाजलाई रूपान्तरण गर्ने कर्तव्यसहितको अभियान हो। त्यसैले दलित आन्दोलनका अभियन्ता वा अगुवाले बुर्जुवा सत्ताभित्रको कुर्सी मोहमा मात्र आन्दोलनलाई सीमित गर्ने हो भने त्यो स्वयंका लागिमात्र होइन सिंगो समुदायको लागि पनि ठूलो धोका हुन सक्छ। यसर्थ समयमै यसप्रति सबै सचेत हुन जरुरी छ। 

सार्की परिवारलाई यस वर्षको दसैं हर्ष होइन, विस्मातले भरिएको छ


कार्तिक ३, २०७२,विभेद विरुद्ध अभियान । शोकमा डुबेकी पार्वती सार्कीलाई नजिकिँदै गरेको दसैंले कुनै उत्साह जगाएको छैन ।  पुत्रशोकसँगै चुलिँदै गएको आर्थिक संकटले पार्वतीको परिवारलाई यस वर्षको दसैं दशा सावित भएको छ । राहतबाट प्राप्त जस्ता र काठले बनाएको टहरामा भेटिएकी पार्वती चिन्ताले गल्दै गएजस्तो देखिन्थिन् । छोराको चिन्ताले दुब्लाउँदै गएको उनको काम गर्ने ऊर्जामा पनि शिथिल बनाएको अनुभव उनी सुनाउँछिन् । १२ कक्षा उत्तीर्ण गर्दा कलेज टप भएका छोरा कृष्ण मिजारको मृत्युपछि परिवार नै गन्तव्यहीन देखिएको छ ।  काभ्रे गाविस–३ स्थित अरूको घरमा जीवनको आधा उमेर नोकर बसेका ४५ वर्षीय धनबहादुर सार्कीले पार्वतीलाई बिहे गरेपछि अर्काले दिएको जमिनमा सानो ढुङ्गामाटोको घर बनाएका थिए । 
२१ वर्षको हुँदासम्म अरूकोमै बसेका उनलाई मालिकले २ हजारमा जग्गा किनिदिएपछि आफ्नै घर सरेर पार्वतीलाई बिहे गरेका थिए । आफ्नै जमिनको उत्पादनले महिना दिन पनि खान नपुग्ने उनीहरूले दु:खसाथ एक छोरा र एक छोरी हुर्काएका थिए । अचानक भूकम्पले घर र छोरा दुवै लगेपछि पार्वतीले आँसु खसाल्दै भनिन्, ‘छोराले पढिसकेपछि राम्रो जागिर पाउने र त्यसैबाट कमाएको पैसाले घर बनाउने सुनाउँथ्यो ।’  काठमाडौंस्थित पशुपति क्याम्पसमा पढ्दै गरेका कृष्णको सिन्धुपाल्चोक मेलम्चीमा अध्ययन भ्रमण जाँदा वैशाख १२ को भूकम्पमा परी ज्यान गएको हो । कृष्णले वाणिज्यशास्त्रमा स्नातक सकेर जागिर पाएपछि परिवारमै खुसी आउने दिनगन्ती गर्दै बसेका सार्की परिवारलाई यस वर्षको दसैं हर्ष होइन, विस्मातले भरिएको छ । धनबहादुर काठ मिस्त्री हुन् । 
दैनिक ५ सय कमाउने उनको मदिरा सेवन लतले राति अबेरसम्म बाहिरै पिएर बस्छन् । यो लतका कारण उनले आर्थिक व्यवस्थापन गर्न सकेका छैनन् । गरिखाने कुनै उपाय नभएको यो परिवारको दिनहरू जहिल्यै अभाव, गरिबीमै बितिरहेको छ । यस्तो चरम पारिवारिक कुण्ठाको बाबजुद पनि छोरा कृष्णको पढाइ राम्रो भएकाले पार्वतीले चित्त बुझाएकी थिइन् । बाबाको अवस्था कमजोर भए पनि छोराकै मुख हेरेर आमाको जीवन खुसी थियो,’ सँगै भेटिएकी छोरी सावित्रीले भनिन्, ‘दाइको मृत्युपछि सारा खुसी लुटिए ।’ सावित्रीले भनिन्, ‘मलाई पनि दाजुको नै भर थियो, अब के गर्ने जीवन अन्योल भयो,’ यस वर्षको एसलसी परीक्षा बिग्रिएको चिन्तामाथि दाजुको मृत्युको दु:खद् अवस्थाले पिरोलिएको उनले सुनाइन् । उनले १२ कक्षा उत्तीर्ण गरेको हनुमन्तेश्वर उच्चमाविका प्राचार्य गोपाल श्रेष्ठ उच्चमावि टपर विद्यार्थीको निधनले मर्माहत भएको सुनाउँछन् । ‘कृष्ण जीवित भइदिएको भए यो परिवारमा केही वर्षपछि खुसीका दिन आउँथे,’ श्रेष्ठले भने । ‘पढिसक्ने, कमाउने, राम्रो घर बनाउने, बहिनीको बिहे गरिदिने र आफ्नो बिहे गर्ने,’ कृष्णको योजनामा रमाइरहेका यो परिवारले यो वर्ष दसैं मनाउने सोच बनाएका छैनन् । जुठो परेकाले कटेरा सिंगार्ने, काटमार गर्ने, नयाँ लुगा लगाउने केही नहुने पार्वतीले बताइन् । ऋणमा डुबेको अवस्थाबाट त्राण पाउन श्रीमान्बाट मात्र असम्भव भएकाले पार्वती पनि ज्यालामा मेलापात गर्छिन् । दिनभर मेलापातबाट आएको रकमले परिवारको दैनिकी चल्छ । पार्वतीले सुरुका दिनमा छोरालाई त्यसैबाट बचाएर खर्च पठाउँथिन् । काठमाडौंमा मासिक ७ हजारको जागिर पाएपछि भने छोराले खर्च माग्न छाडेको पार्वतीले बताइन् ।



कान्तिपुर बाट

Monday, October 19, 2015

के मतलब हामी उत्पीडितहरुलाई ? - आहुति

काठमाडौं, ३ कात्तिक -विभेद विरुद्ध अभियान । नयाँ संविधान घोषणा भएपछि नेकपा एमाले, एमाओवादी र राप्रपा नेपाललगायतका दलबीच बनेको गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु मात्र होइन, सरकार सञ्चालन समन्वय समिति समेत असमावेशी भएको भन्दै एमाओवादीका पोलिटब्यूरो सदस्य तथा युवा नेता आहूतिले आक्रोश व्यक्त गरेका छन् ।
सोमबार एमाओवादीले सरकार सञ्चालन समन्वय समिति गठन गरेपछि आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल फेसबुकमा प्रकट गर्दै उनले आक्रोश पोखेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्री चयन गर्ने ठाउँमा तिमीहरु बस्छौ, चयन गर्दा सबै षड्यन्त्र र जालसाजी तिमीहरु गछौं ।’ उनले अगाडि लेखेका छन्, ‘फेरि आफैंले मन खुसी बनाएका मन्त्रीको अनुगमन गर्न समिति पनि तिमीहरु आफैं मात्र बसेर बनाउँछौं ।

उनले थप आक्रोशित हुँदै प्रश्न गरेका छन्, ‘तब यो समाचार हामी उत्पीडितहरुलाई ……. खान सुनाउँछौं ?’ उनले एमाओवादीले उत्पीडितहरुलाई धोका दिएको संकेत गर्दै लेखेका छन्, ‘तिमीहरुका मन्त्री, तिमीहरुको सरकार, के मतलब हामी उत्पीडितहरुलाई ? जे सुकै गर ।’
सोमबार बिहान एमाओवादीले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको थियो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
सो समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा रहेका छन् ।
पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले सो समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए।
सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ ।
‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’, बैठकपछि प्रवक्ता शर्माले भने । यो समितिमा पनि महिला तथा दलितको सहभागिता छैन ।

दलितहरुप्रति ओली महोदयहरुको चिन्ता र चिन्तन - भोला पासवान

कार्तिक ३, विभेद विरुद्ध अभियान ।

दलितहरुप्रति ओली महोदयहरुको चिन्ता र चिन्तन

मधेशमा दुई महिनादेखि आन्दोलन जारी छ । जारी आन्दोलनमा मधेशका दलितहरुको सहभागिता उल्लेखनीय छ । प्रमुख दल भने सत्ता सौदाबाजीमै व्यस्त छ । उनीहरुलाई न मधेशीको चासो छ, नत मधेशी दलितकै चिन्ता छ ।
नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताको भागबण्डा मिलाउन भ्याई नभ्याई छ । विदाका दिन पनि ओली सिंह दरबारमा व्यस्त छन् । तर ओलीको व्यस्तताबीच पनि दुई महिनादेखि आन्दोलनले छटपटिएका सर्वसाधारण जनताले अझै राहत पाउने अवस्था छैन । काठमाडौंमा २–४ लिटर पेट्रोलका लागि जनता रातभर पेट्रोल पम्पअगाडि लाइन बस्नुपरेको छ । बसपार्कमा दसैंका लागि घर जानेहरुको भीड छ, तर घर जान पाउने नपाउने ठेगान छैन ।
विडम्बनाको कुरा, मिडियाले लेखेझैं नयाँ सरकारले मधेशको समस्या समाधान गर्न तत्परता देखाएको छैन । पत्र पठाएर आनन्दसँग सुत्ने नयाँ सरकारले अझै पूर्णता पाइसकेको छैन । अझै पनि सत्ताको भागबण्डा मिलिसकेको छैन, विशेषतः प्रधानमन्त्रीकै पार्टीमा लफडा छ । प्रधानमन्त्रीको चुनावपछि सभामुख र उपसभामुखको छनौटसँगै अब प्रमुख दलहरु राष्ट्रपति, उपराष्ट्रपतिजस्ता पद भागबण्डा मिलाउन व्यस्त छन् ।
हुन त मधेश आन्दोलनलाई यसअघिको सरकार र नयाँ सरकारले टेरपुच्छर लगाएका छैनन् । अझ मधेशवादी दलका नेताहरु आफुखुसी सुशील कोइरालालाई मत हाल्न गएपछि आन्दोलन बेवारिसे भएको छ । अब कांग्रेस, एमाले, फोरम लोकतान्त्रिक र एमाओवादीसँगै धेरै दलबीच भागबण्डामा कुनै दलितको नाम चर्चामा समेत आएको छैन ।
दलितको चिन्ता गर्ने ओलीहरुको चिन्तन
मधेश आन्दोलनलाई पटक पटक मानमर्दन गर्ने क्रममा ओली महोदयहरुले कहिले २–४ वटा आँपसँग तुलना गरे त कहिले मधेश आन्दोलनलाई जमिनदारले गरेको भने त कहिले मधेशी नेताहरुले मधेशका दलितलाई विभेद गरेको चिन्ता प्रकट गरे । तर मधेशका दलितप्रति उनीहरुको चिन्ता मन्त्रिमण्डल गठनसम्म आइपुग्दा ब्राह्णवादी चिन्तणमा परिणत भइसकको छ । र, यसो भएको यो पहिलो पटक पनि पक्कै होइन । उनीहरुको व्यवहारले भन्छ, दलितलगायत पिछडिएका समुदायलाई अधिकार दिनै पर्दैन, भाषण गरिदिए पुग्छ !
नयाँ सरकारमा मन्त्रीहरुको सूची हेर्दा एमाओवादीका एक दलित नेतालाई मन्त्री बनाउने कामबाहेक अरु दलितको त कुनै चर्चा नै छैन । त्यसो त नयाँ संविधानले मन्त्रिपरिषदमा समेत समावेशी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ, त्यसैले नचाहे पनि एकाध दलितलाई मन्त्री बनाउने देखिन्छ । तर यहाँ चर्चा गर्न खोजिएको चाहिँ ओली र ओलीजस्ता शासकहरुको ब्राह्मणवादी चिन्तनको हो । उनीहरुले दलितप्रति व्यक्त गर्ने चिन्ता र चिन्तन विचारणीय छ ।
नहुने बेला दलित, हुने मौकामा चाहिँ गैरदलित
पहिलो संविधानसभा चुनावपछि राष्ट्रपति चुनावताका नेकपा एमालेले पार्टीप्रति बफादार रामप्रित पासवानलाई ‘बलिको बोको’ बनाएको उदाहरण उल्लेखनीय छ । हार्ने पक्का भएको बेला रामप्रितलाई उम्मेदबार बनाएर एमालेले आफू ‘दलितप्रति उदार’ भएको तथ्य देखाउन खोज्यो । तर अहिले जित्ने निश्चित भएको बेला विद्या भण्डारीको नाम अगाडि ल्याइएको छ । रामप्रितको नाम समेत उच्चारण गरिएको छैन । उनलाई त मूलधारको राजनीतिबाट पाखा लगाइएको छ ।
खोइ अहिले कहाँ हराएको छ, दलितप्रति ओलीहरुको चिन्ता ? सबै मधेशी नेतालाई जमिनदार देख्ने ओलीहरु सत्ताको नेतृत्व गर्दा चाहिँ किन आफै जमिनदार बन्न पुग्छन् ? के एमाले र एमाओवादीभित्र राष्ट्रपति–उपराष्ट्रपति, सभामुख–उपसभामुख र मन्त्री बन्न लायक दलित नेता नै छैनन् र ?
ओली र उनीजस्तै ब्राह्मणवादी सोच बोकेकाहरुले के बुझ्नु जरुरी छ भने दलितमाथिको उत्पीडन मधेशमा मात्रै छैन, पहाडमा पनि छ । कुनै शंका छैन, मधेशमा व्याप्त दाइजो र अन्य उत्पीडनकारी प्रथालाई हटाउनैपर्छ । दाइजो नल्याएकै निहुँमा कोही महिला मर्नुपर्ने स्थिति कदापि राम्रो होइन । तर ब्राह्मणवादी चिन्तन बोकेका नेता तथा अधिकारकर्मीको नजर तराईमा व्याप्त दाइजो, बोक्सी र विभेदमा मात्रै किन केन्द्रित हुन्छ ? त्यो पनि आन्दोलनको बेला त्यसको तेजोबध गर्नका लागि मात्रै किन उठाइन्छ ? के पहाडमा महिला हिंसा हुुँदैन ? पहाडमा दलितमाथि हुने विभेद अन्त्य भइसक्यो ? त्यो समस्या उठाउन पनि कुनै साइत कुर्नुपर्ने हो र ?
ओली महोदय र अधिकारकर्मीहरुले किन सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप वा अन्य पहाडी क्षेत्रमा अझै पनि सोझा दिदीबहिनीलाई भारतको कोठीमा लगेर बेच्नेसम्मको हर्कतलाई देख्दैनन् ? त्योचाहिँ महिला हिंसाभित्र पर्दैन ? भूकम्पछि मात्रै सयौं महिला नुवाकोटबाट हराएको प्रतिवेदन महिला अधिकारवादी संघसंस्थाहरुले सार्वजनिक गरेका छन् । तिनीहरु बेचिएको आशंका गरिएको छ, तर यहाँहरुलाई कुनै चासो छैन ।
नेपाली राजनीतिका खेलाडी भई पटक पकट अर्थमन्त्री भएका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग पहुँच भएका डा. रामशरण महतहरुलाई ‘तपाईंको जिल्ला र निर्वाञ्चन क्षेत्रमा अझै सोझा नेपाली चेलीबेटी विक्री हुँदैछ, यो कहिले रोकिन्छ ?’ भनेर ओलीको चस्मा लगाएर समाचार लेख्नेहरुले प्रश्न गर्नु पर्दैन ?
के चुल्हो छोएको कारण कालिकोटमा मनबीर सुनारको हत्या भएको होइन ? अन्तरजातीय विवाह गरेकै कारण दैलेखका सेते दमाईंका हत्या भएको र उनीहरुको परिवारले गाउँ छोड्नु परेको होइन ? अझ प्रहरीलाई नै मन्दिर जान नदिएर बाटोबाट फर्काइएको घटना नेपालीहरुको मानसपटलमा ताझै छैन र ? त्यसैले ओली महोदयहरुले मधेश आन्दोलनभित्रका समस्यामात्रै खोज्नुको सट्टा आपूmहरुले त्यसलाई हटाउन गरेको प्रयत्नबारे बताईदिँदा राम्रो हुन्थ्यो होला ।
वास्तवमा ओली महोदयहरुले मधेश आन्दोलनलाई कमजोर पार्न दलितप्रतिको ‘देखावटी चिन्ता’ छाडे हुन्छ । अहिले युगमा सूचना प्रविधिमा मधेशका दलितको पनि पहुँच भइसकेको छ । मधेशका सबभन्दा पिँधमा रहेका डोम र मुसहरले पनि मोबाइलमा फेसबुक र अनलाइन चलाउन थालिसकेका छन् ।
अब मधेश आन्दोलनको क्रममा व्यक्त देखावटी चिन्तालाई त्यागेर तराई÷मधेश, पहाड र हिमालका सबै दलितलाई राज्यले हिजोको दिनमा कानुन बनाएर पछि पारेको सत्यलाई स्वीकार गर्दै उनीहरुलाई राज्यको मूल प्रभाहमा ल्याउन वास्तविक पहल गर्नु जरुरी छ । राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा भोको पेट र खाली खुट्टा सहभागी हुँदै बलीदानी दिने दलितलाई पनि सत्तामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेर देखाउनु आवश्यक छ, मनोगत चिन्ता गरेर नाटक गर्दा मधेशी दलितहरु हाँस्छन् मात्रै ।
मधेशीलाई गाली गर्नेलाई मन्त्री बनाउने राजनीति कहिलेसम्म ?
अहिलेसम्मको स्थापित सत्य के हो भने ब्राह्मण नेताहरुले नेतृत्व गरेको कांग्रेस, एमाले र एमाओवादीलगायत मूलधारका पार्टीले मधेशी, जनजाति, थारुसँगै पिछडिएका समुदायका प्रतिनिधिलाई अघि सारेर ती समुदायमाथि जारी विभेदलाई नै संस्थागत गर्दै आइरहेको अवस्था छ । चाहे पहिलो मधेश आन्दोलनताका कांग्रेसका महामन्त्री रामवरण यादव होउन् या निवर्तमान सभामुख सुवास नेम्बाङ वा पूर्व सभासद शान्ता चौधरी वा पूर्व मन्त्री लालबाबु पण्डित वा सप्तरीका सत्यनारायण मण्डल नै किन नहोउन्, यिनीहरु सबैले आफ्नै समुदायलाई होच्याउन कुनै कसर बाँकी राखेनन् । र, आफ्नै समुदायको मानमर्दन गरेर, उनीहरुलाई अधिकारविहीन बनाउन सघाएर व्यक्तिगत रुपमा कोही राष्ट्रपति भए त कोही सभामुख र मन्त्री । तर अन्तिममा ती सबै महामहिमको हालत राष्ट्रपति रामवरण यादवको जस्तो हुने पक्का छ ढिलो चाँडो ।
हेक्का रहोस्, हिजोका दिनमा रामप्रित पासवानहरु पनि माधव नेपाल र केपी ओलीकै बोली बोल्थे र पार्टीका केही अवसर पनि प्राप्त गर्थे । तर रामप्रित पासवानहरुले पनि गरिब, उत्पीडित र दलित जनताका अधिकारको कुरा उठाउन थालेपछि उनीहरुको अवस्था कस्तो भयो, सायद दोहो¥याइराख्नु पर्दैन होला ।
सबैलाई थाहा छ, दोस्रो संविधानसभा चुनावमा सप्तरीको ५ क्षेत्रबाट चुनाव लड्छु भनेर खर्चबर्च जोहो गरिसकेका रामप्रित पासवानजस्ता पुराना नेतालाई पाखा लगाएर पूर्वराजावादी गोविन्द न्यौपानेलाई टिकट दिइयो । कतिसम्म भने रामप्रितलाई आफ्नै निर्वाञ्चन क्षेत्रबाट समानुपातिक उम्मेदवारमा समेत सिफारिस हुन दिइएन । त्यस बेला माधव नेपाल गुटमा रहेका पासवानलाई त्यही गुटकै नेताहरुले पेलान दिएर पन्छाएपछि पछिल्लो महाधिवेशनमा रामप्रित ओली गुटतिर लागे । तर पनि अहिले उनी एमाले र ओली गुटभित्र पनि हराएका छन्, कतै देखिँदैनन् । मन्त्रिमण्डल विस्तार गर्ने सुरसारमा रहेका एमाले नेताको सूचीमा छैनन् उनी । रामप्रितमात्रै होइनन्, पार्टीभित्र चल्तापुर्जाका नेताका रुपमा रहेका छविलाल विश्वकर्मा, जितु गौतम र गणेश बिके देउल्यालहरुको नाम पनि खासै चर्चामा छैन । मधेशका दलितहरुबारे त्यत्रो चिन्ता र चासो देखाउने एमाले नेताहरुका नजरमा ती दलित नेताहरु अझै ‘अछूत’ नै रहेका छन् ।
इसमता बाट

Sunday, October 18, 2015

गोमा नेपालीलाई दलित एकता सन्जाल नेपालको आर्थिक सहयोग

प्रदिप नेपाली , धनकुटा, कार्तिक २ , विभेद विरुद्ध अभियान ।दलित एकता सन्जाल नेपाल, रियाद क्षेत्रीय समिती साउदी अरबले असहाय पिडित दलित महिलालाई आर्थिक सहयोग गरेको छ ।धनकुटा जिल्ला मुर्तिढुङ्गा गाबिस ९ निगाले निबासि गोमा नेपाली (परियार) लाई संजाल रियादका सचिब देबेन्द्र बिश्वकर्माले रुपैया १६८३०(सोर्ह हजार आठ्सय तीस) नगद एककार्यक्रमको आयोजना गरि हस्तान्तरण गरेका छन ।मुर्तिढुङ्गा गाबिसमा निर्माण भएको दलित मैत्री भवनमा असोज २७ गते बुधबार सहयोग कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा गाबिसका दलित अग्रज डम्बर बहादुर शिवा, नारायन बिक लागायत स्थानीय दलित एबम गैह्र दलितहरुको उपस्थिती रहेको थियो ।
रियाद क्षेत्रीय समिती साउदीका सचिब देबेन्द्र बिकले सन्जालको बारेमा तथा सहयोगको बारेमा पनि प्रस्ट पार्दै संजालको सानो सहयोगले पीडित महिला र उनकी नाबालिक छोरीलाई केहि राहात मिल्ने कुरामा आशावादी रहेको बताएका थिए । यो सगै सन्जालले नेपालको पूर्वी जिल्लाहरुमा पनि आफ्नो सामाजिक गतिबिधी सुरु गरेको छ ।दलित एकता संजाल साउदी NCC अध्यक्ष माधब शिवाको विशेष पहलमा रियाद क्षेत्रीय समित सदस्यहरु द्वारा संकलन गरिएको थियो साथै मुर्तिढुङ्गा निबासी अन्य ब्यक्तिहरुको पानी सहयोग रहेको थियो । 
पिडित महिलाका श्रीमान राम बहादुर नेपाली करिब १० बर्ष देखि मलेसियामा बैदशिक रोजगार को क्रम मा गए देखि बेपत्ता छन भने ससुरालेछोराको पिरले केही बर्ष अघि आत्महत्या गरेका थिए । त्यसै गरि सासूले पनि प्यारालाइसीसको बिरामी हुदा हुँदै केही महिना अघि मात्रै आत्महत्या गरेकी थिइन । पुर्ण रुपमा असहाय बनेकी गोमा नेपालीको २०७२ बैशाख १२ मा आएको भुकम्पले घर समेत भत्काइ दिएको थियो । यस्तो अवस्थामा असहाय एबम बिक्षिप्त भएकी महिलाको अवस्थालाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको संजाल साउदी NCC अध्यक्ष माधब शिवाले जानकारी दिएका छन ।उक्त सहयोग बारे संजाल आईसीसी महासचिब नीर बहादुर सुनार रियाद क्षेत्रीय समिती साउदिलाइ विशेष धन्यवाद दिदै यस कार्यले नेपालको पुर्बी क्षेत्रमा सन्जाल बिस्तारको लागि थप मद्दत पुग्ने आशा पनि ब्यक्त गर्दै नब निर्बाचित रियाद अध्यक्ष लगायत रमेश लाम्गादेलाई पनि विशेष धन्यबाद समेत दिएका छन ।
हिमालनेपाल डटकम बाट

दसैंको मुखमा सरकारले दिएको भत्ता नपाए पछि ९२ वर्षीय डिले सार्की भक्कानिए

अश्राङ (गोरखा)कार्तिक ०१, विभेद विरुद्ध अभियान।  दसैंको मुखमा सरकारले दिएको भत्ता नपाएपछि अश्राङ २ छापगाउँका ९२ वर्षीय डिले सार्की भक्कानिएका छन् । तीन दिनअघि नै उनको भत्ता कान्छी छोरी रमाले हातपारेको खबर उनले शुक्रबार मात्रै पाएका थिए ।
 
आफ्नो भत्ता आफूलाई पत्तै नदिई छोरीलाई दिइसकेको खबर गाउँलेको मुखबाट सुनेपछि उनी पहिले त गाविस सचिवसँग रिसाए । छोरीले सधैं यसरी नै बीचैबाट भत्ता लैजाने गरेको भन्दै उनले रुन्चे मुख लगाए ।
 
‘पहिलापहिला पनि त्यसैले लान्थी । अहिले पनि लगिछे’, रुन्चे स्वरमा डिले भन्छन्, ‘जहाँ लुकाए पनि भत्ताको कार्ड चोर्छे । भत्ताको पैसा रक्सी खाएर सक्छे । यसले मलाई बर्बाद पारी ।’
 
छोरा नभएकाले उनले छोरी रमालाई अंश दिएर राखेका छन् । महिनाको एक हजार रुपैयाँका दरले डिले सार्कीले प्रत्येक चार महिनामा भत्ता लिँदै आएका छन् । 
 
तर उनको दसैं मान्ने खर्च चार हजार रुपैयाँ रमाले बीचैबाट लगेपछि डिले दसैं मान्ने खर्चविहीन भएका छन् । ‘बूढो भएको बालाई आफूले दिनु त कहाँ हो कहाँ, सरकारले दिएको पनि बीचैमा खाइदिने ? ’ 
 
आक्रोशित हुँदै डिलेले भने, ‘दसैंमा आफ्नै हातले किनेर मिठोमसिनो खाउँला भन्ने धोको थियो । देउता दिने, पितृ हर्ने भनेको यही हो । यसलाई म नथुनी छाड्दिनँ ।’
 
गाविस सचिव हरिश ओखेडाले डिलेको भत्ता छोरी रमालाई दिएको स्वीकार गरेका छन् । ‘बुबा हिँड्न सक्नुहुन्न भन्दै आउनुभयो’, सचिव ओखेडाले भने, ‘कागजपत्रसहित आएपछि हामीले रोक्न मिल्दैन । आगामी दिनमा हामी डिले बाकै हातमा राखिदिन्छौं ।’

अन्नपूर्ण पोस्ट बाट

Friday, October 16, 2015

एमाओवादीले दलित समुदायको तर्फबाट दलजीत श्रीपाइलीलाई मन्त्री बनाउने

काठमाडौं ,असोज २९, विभेद विरुद्ध अभियान । एकीकृत नेकपा माओवादीले दलितका तर्फबाट दलजीत श्रीपाइलीलाई मन्त्री बनाउने खवर प्राप्त भएको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले श्रीपाइलीलाई मन्त्री बनाउने तयारी गरेका खवर नेपाल सन्देशको अनलाइन सस्करणमा आज प्रकासित भएको छ  । गृह सहित उपप्रधानमन्त्रीमा जाने नेताहरुको होड चलिरहेका बेला एमाओवादीको दलित मुक्ति मोर्चाका संयोजक समेत रहेका एमाओवादी भित्र स्वच्छ छविका नेताका रुपमा चिनिएका श्रीपाइलीलाई मन्त्री बनाउने तयारी भएको हो ।
नयाँ संविधानमा दलित हक अधिकार स्थापीत गराउृनकालागि महत्वपुर्ण भुमिका खेलेका श्रीपाइलीलाई मन्त्री बनाउन एमाओवादी स्थायी समिति एकमत रहेको स्रोतले दाबी गरेको छ ।उनी संविधान लेखन प्रकृयामा एमाओवादीबाट निकै सक्रिय भएर लागेका थिए भने व्यवस्थापिका संसदमा पनि उनको भुमिका महत्वपुर्ण रहेको छ ।
             को हुन दलजित श्रीपाली ?
उनलाई सवैले चिन्ने नाम हो प्रशान्त । माओवादीले युद्ध शुरु गर्नुअघि उनलाई चिन्ने नाम थियो दलजित श्रीपाली । माओवादी सेनाको डिभिजन भाईस कमाण्डर भएर अवकाश लिएका प्रशान्त रुकुमको आफ्नो गाउँ गुनाम लाई युटोपिया बनाउन चाहन्थे । युटोपियाको अर्थ हो ‘आदर्श सामाजिक र राजनीतिकपद्धती भएको कल्पित दिप’ । यहि सपना मनभरी साँचेर २०५२ माघ २८ गते प्रशान्तले घर छाडेर हिंडे । युद्ध सजिलो नहुने कुरा अनुमान गर्न त्यति घोत्लिनुपर्दैन तर त्यो युद्धकालभरी एउटा कमाण्डरको परिवार कसरी बाँच्यो ?एक ठाउँबाट अर्को ठाउँमा घुम्दै भाँडाकुँडा बनाएर हिँड्ने भएकाले उनका पितालाई गाउँलेहरुले हेपेर घुमई कामी नाम राखिदिएका थिए । उनको वास्तविक नाम गणेश विके थियो । छोरो युद्धमा हिँडेकै कारण गणेश विकेले प्रहरीकोहातवाट धेरै पिटाई खाए । पटक–पटकको पिटाईले थला परेका गणेश २०५३ बैशाखतिरै उपचार गर्न जाने कुरा गर्न थालेका थिए । जाने बुझेको छोरो युद्धको मैदानमा भएकाले पैसाको अभाव र प्रहरीको जगजगीले गर्दा उनको उपाचार गर्ने सपना अधुरै रह्यो ।
अन्तत: २०५३ जेठमा उनि थला परे । थला परेर ऐया–ऐया भनेर ओछ्यानमा छटपटाईरहेका गणेशलाई पटक पटक प्रहरीले अप्रेसनका नाममा कुट्न थालेपछि उनको बाँच्ने सपनामा कुठाराघात हुन पुग्यो ।एउटा एक्सनमा हिंडेका वेला आफ्ना पिता विरामी भएको खवर पाएर घरतिर हानिए प्रशान्त । पिताको दर्दनाक अवस्था देखेर औषधी गर्न सदरमुकाम वा काठमाडौं लैजाने सोचे उनले। तर, त्यो सोचलाई ब्यवाहरिक रुप दिन असम्भव देखे, अनि एकोहोरो पिताको मुखमा हेरिरहँदा अचानक पिताले ‘जोगिएर काम गरेस, म त मर्ने भएँ तँ बाचेस’  भनेपछि निन्याउरो मुख लाएर प्रशान्त आफ्ना विरामी वुवालाई छाडेर हिंड्न बाध्यभए । ‘चाहेर पनि उँहालाई औषधि लिन मेडिकल सम्म पुग्ने अवस्थामा म थिईन्, म हिंडेको केहिवेरमा उहाँ वित्नुभएछ, जहाँनबाट खवर पाएँ’– प्रशान्तले भने ।
निकै भावुक हुँदैप्रशान्तले थपे – ‘एक ट्याब्लेट पाएको भए वुवा बाँच्नुहुन्थ्यो होला, अहिले संझना आउँछ मन रुन्छ । प्रहरीको तिव्र खोजीकावीच मैले केही वोल्न सकिन् ।’गणेश विकेको इच्छा बमोजिम दोभानमा लाश जल्न थाल्यो ठिक त्यहि वेला प्रशान्त भने ओखरधाराको डाँडोमा एक घरलाई सेल्टर बनाएर दुरबिन बाट हेरिरहेको थिएँ । लाश  जलिसकेपछि मलामी घरतिर फर्के तर प्रशान्त दुरबिन झोलामाप्याक गरेर आफ़्नो सहयोगीका साथ डाँडापारीको अर्को गाउँतिर लागे । किनकी उनि मसानघाट वा घरमा देखिएमा प्रहरीको शिकार हुनुपर्थ्यो । प्रशान्त संझन्छन, – ‘वुवाको लाश छुने अभिलाशा पुरा नहुँदा मेरो मन कैयौ दिन रोईरह्यो ।’युद्धकालभरि प्रहरीको भरुवा बन्दुकको निशाना उनको आमाको स्तन थियो । महिनौं बन्दुको कुञ्जाको प्रहार सहेकी शुकैदेवी विकेको अन्तत: छातीको रोगले पिरोलिन थालिन ।
आमाको छातीको समस्यालाई पनि उपचार गर्ने अनुकुलता जुरेन लडाकु कमाण्डर प्रशान्तलाई । माओवादी शान्तिप्रक्रियामा आईसकेको थियो तर सुर्खेत स्थित छैटौं डिभजनमा ब्यस्त थिए प्रशान्त । कुरा २०६४ सालको हो । आमा वित्दाको दिन दिउँसो प्रशान्तले फोनमा कुराकानी गरेका थिए । कुराकानी संझदै प्रशान्त भन्छन्–‘छोरा म विरामी भएँ, अलि ठिक हुँदैछ भन्नुभएको थियो तर बेलुका वित्नुभएछ । आमालाई दिर्घकालीन रोग थियो उनको उपचार हामीले गर्न सकेनौं ।’ आमा वितेको केही दिनमा माओवादी लडाकुका व्रिगेड कमाण्डर आफ्नी आमालाई गाडेको चिहानमा पुगे, लडाकुकै कम्ब्याट ड्रेसमा । प्रशान्त संझन्छन–‘चिहानमा सैनिक ड्रेसमै गएर फोटो खिचेँ र एउटा विसौना बनाएर म फर्किएँ ।’२०५०/५१ तिर रुकुमको प्राथमिक विद्यालय गुनाममा दरबन्वादीवला शिक्षक थिए प्रशान्त । जिम्मुवालहरुले बसिखान नदिएपछि उनले जागिर छाडे । २०५२ को माघ अन्तिम सम्म प्रशान्त परिवार सँगै थिएँ अर्धभूमिगत रुपमा । भूमिगत हुनुभन्दा केहि दिनअघि पार्टीले उनलाई हसिया-हथौडा अंकित टोपी र रातो कपडा गर्धनमा बाँधिदिएर विदाई गर्यो । उनि त्यसपछि घर गए बिदा हुनका लागि ।
धेरै दिनपछि आएको छोरो भनेर परिवारले कुखुरा काटेर सत्कार गर्यो उनलाई । त्यतिवेला प्रशान्त दुई छोरीका बा भैसकेका थिए । युद्धमा जान लागेको भनेर कसरी भन्नेमा दोधारमा परें परेका प्रशान्तले त्यो रात दियालेको उज्यालोमा ‘आमा’ उपन्यास पढे । ‘आमाले किन सुत्दैनस भनेर करकर गर्दा मलाई निकै गर्मी महसुस हुन्थ्यो भने ढोकाको कापबाट छिर्ने जलजलाको चिसो सिरेटोले शितलताको अनुभुत गराउँथ्यो ।’  – प्रशान्त संझन्छन् । तर त्यो रात उनले परिवालाई युद्धमा जान्छु भनेर भन्नै सकेनन् ।भोलिपल्ट दाउरा गएर फर्केका प्रशान्तले दाउराको भारी फ्याक्दै आमा नजिक गएर भने – ‘आमा मैले जागिर पनि छोडिसकेको छु, कलेज पनि छोडनुपर्ने भयो, साथीहरुले मलाई कमाण्डर भनेका छन् के गर्ने होला म त जानुपर्ने भयो ।’ – आमाले सहज स्वीकार्दै भनिन  – ‘जाने– जाने यत्रो शोषण दमन छ, गरिखान पनि दिएका छैनन कति गोठ र जंगलमा बस्ने । अव लडेर जित्नुपर्छ ।’लेखपढ नभए पनि उनकी आमालाई त्यहाँको संघर्षले सचेत बनाईदिएको थियो । प्रशान्तले वुवालाई सोधेनन् । श्रीमतीले बच्चा देखाउँदै जाने निर्णय त गर्नुभो तर यि बच्चाको भविष्य के होला भन्ने कुरा गरिन् । प्रशान्त भन्छन्  – ‘जहानले मलाई हेरिरहिन हेर्दाहेर्दै आँशुले उनको गह भरियो, केही वोलिनन् रुमालले आशु पुछिन् । काखिमा दाउरा चेपेर भित्र छिरेकी आमाले बुहारीलाई हप्काउदै भनिन् – ‘किन रुन्छेस, समाजमा यस्तो थिचोमिचो छ, जाओस ।’  साँझ उनका बालाई आमा आफैंले भनिदिईन  – ‘छोरा लडाईमा जाने भन्छ, मर्छ बाँच्छ जे भएपनि एउटा छोरा गाउँको अन्यायको लागि शुरुदेखि लड्यो जाओस ।’  अनि त्यसको तिन दिनपछि प्रशान्तले घर छोडे ।हिड्ने वेला आमाले एउटा रातो रङको झोला र त्यसैमा जौको सातु, नुन खुर्सानी र ३ वटा चाउचाउ राखिदिईन,अनि टिका लागाउँदै आमाले आशिक  दिईन –‘बाँचे बाँचिहालिस मरे पनि एउटा छोरो युद्धका लागि ।’युद्ध शुरु भएपछि परिवार सँग करिब–करिब प्रशान्तको सम्वन्ध सकिएको थियो ।
युद्ध शुरु भएको १८ दिनपछि पहिलोपटक परिवारलाई गाउँको एउटा मेशमा भेटेका प्रशान्तले दशवर्षको विचमा मुस्किलले १३ पटक भेटे ।प्रशान्तको परिवार बनि गरेर खान्थ्यो । बर्षभरी अर्काकोका काम गर्दा खान धौधौ हुन्थ्यो । हात मुख जोहो गर्ने टेन्सनका बिचमा प्रहरीको कुटाई अर्को महाटेन्सन भएर थपिएको थियो उनको परिवारमा । एकपटक सर्च अप्रेसन गर्दा प्रहरीले उनको ४ बर्षे छोरी विजयीलाई आमाको काखवाट खोसेर एकतला माथि झ्यालवाट मल खाल्डोमा फालिदिएको थियो । ‘यो सुन्दा पीडाले मेरो छाती छियाछिया भएको थियो’–प्रशान्तले भने । उनकी श्रीमतीले उनलाई श्रीमान भन्न पाईनन् दाई भनेर पन्छाउनुपर्थ्यो सरकारी पक्षलाई । युद्धकालभरी उनका परिवारका कपडा च्यातेर नांगै बनाउनु सामान्य जस्तै थियो ।प्रशान्तको कमाण्डमा नजिकैको जंगलमा आएका माओवादी छापामारको टिमलाई डोकोमा बोकेर खाना पुर्याउँदा उनकी श्रीमतीले उनलाई भेट्न पाउँथिन नत्र उनिहरुको भेट दुर्भल जस्तै थियो । युद्धकालभरी उनको परिवारले असाध्यैअप्ठेरो जिन्दगी जियो । पश्चिममा सवैभन्दा बढि प्रहरी अपरेशन भएको गाउँ गुनाम नै थियो र सवैभन्दा बढि टार्गेट भएको घर प्रशान्तकै थियो ।
उनका परिवारले प्रहरीको ज्यादतीबाट बच्न कहिले ओडार त कहिले बेसीको गोठमा बसेर समय कटाए । प्रशान्त भन्छन् ‘मेरो परिवार हिउद, बर्खा नभनि घर छोडेर निद्रा पुर्याउन जंगल छिर्ने गर्थे ।’ गाउँमा सँधै अपमान र हेलामा बाँचेको परिवारको एउटा सन्तान आज संविधानसभाको सदस्यको रुपमा संसदभवन छिरेको छ। आज उनको नाम र भूमिका फेरिएको छ । आज उनलाई सवैले माननीय सभासद दलजित श्रीपाली भनेर चिन्छन् डिभिजन सहायककमाण्डर प्रशान्त भनेर होईन ।

Wednesday, October 14, 2015

Digging for Dalit: Social Justice and an Inclusive Anthropology of Nepal

14 october 2015-Bibhed Birudh AVhiyan. Where can we find Dalits in discussions of the earthquakes? An apt metaphor would be “under the rubble,” with the muffled cries of hard-hit Nepali communities calling our attention to their social marginalization. Much like the caste fissure between pure and impure, the earthquakes pitted insiders and outsiders against each other in the realm of public commentary and rendered silent those voices aligned with Dalits’ concerns. Like the structures that collapsed, so did old social barriers (albeit temporarily), prompting some observers to report on instances of intercaste cooperation. Otherwise, caste concerns were portrayed as unimportant in the grand scheme of things.
This silence unintentionally reaffirms caste discrimination in Nepal. 
On the ground, where it mattered most, individuals, families, and communities were denied basic emergency needs. There were even reports of rescuers turning away from buried people based on caste alone. Yet these failures could have been anticipated. Years before the earthquake,humanitarian organizations warned that social inequality placed Dalits at greater risk during disasters. Even after the earthquake, journalists and anthropologists did little to acknowledge Dalits in their writings on rural destruction, government fumbling, class and development, health care, and resilience during a crisis. Comprising between 13 and 20 percent of Nepal’s population and living throughout the country, Dalits remain the poorest and least healthy of any commonly recognized group. Although their social position in Nepal has improved recently  the fact that Dalits are regularly subjected to educational, health, economic, religious, and legal discrimination, as well as physical violence, is cause for grave concern.
Inquiring and writing about Nepal’s Dalits parallels the discomfort of living as a Dalit. People do not want to hear about oppressive traditions of blatant discrimination. They respond with disbelief, resignation, and resistance. But social realities emerging from natural disasters expose what must change to form a more just world and, we suggest, an inclusive anthropology of Nepal. In this essay, we call attention to two narratives about inequality. The first, which we challenge, instructs us not to essentialize Nepali culture with sweeping “culturist” representations. Yet the ethnography of Nepal’s Dalits describes how caste and ethnicity do fundamentally shape relationships with powerful others, often resulting in extreme social marginalization. The second narrative bears witness to this. A report on Dalits’ experiences of actual and perceived discriminationin the earthquakes’ aftermath reveals troubling social issues that a public anthropology of Nepal might engage. An ethnographic account by Mitra Pariyar does the same:
It was dark when we arrived at Harka Damai and his wife Sita’s house atop a cliff in Thalajung, some 30 kilometers from Barpak, Gorkha District–the epicenter of the devastating April 25 earthquake. Their mud-and-stone house was reduced to rubble. Harka and Sita had taken shelter in a little animal shed above a Gurung village. When we arrived at the shed, all we could see was a buffalo and two little beds beside it. The couple was cooking rice and lentils on the veranda of an abandoned house nearby.
After the meal, we went to the shed to sleep. It was raining and slightly windy. Because the shed had no outer wall or covering, it was cold and wet—even under a blanket. I asked Harka why, nearly a month after the earthquakes, he had not yet received a proper tent like the cozy Red Cross tents. Visibly upset by my query, he pointed to a piece of tarpaulin barely three meters long and two meters wide stuck to one side of the shed. “This is all the relief I have received, plus 12 kilograms of rice, some lentils, and two bottles of cooking oil. Help is pouring in for higher people, but not for the like of us.”
Early the next morning, we visited his fallen house. From the top of the cliff, we could see many villages below. He asked: “Do you see a clear pattern? The village down in the valley, dominated by the high castes—Bahuns and Chhetris— has many houses down. But there are big and colorful tents everywhere. Look at the Gurung villages below us. They have some big tents, which they got much later. The households that did not receive a proper tent have been living together in those large tents—the ones villagers had acquired for communal festivities.”
“Why aren’t you in one of the communal tents?” I asked.
Sita replied: “Well, why do you think? We are untouchables. We cannot enter those tents, unless we want to get beaten up. We ended up in a dirty shed because we have neither money nor connections to people in power like the high castes, nor a big caring community like the Gurungs.”
As anthropologists of Nepal reflect on their role as writers in the midst of this crisis, we want to caution against dismissing common practices of social inequality for a rosier picture focused only on resilience. Likewise, we urge complementing excessive criticism of the government with the facts of caste discrimination as practiced daily in Nepali communities. We would hope that all anthropologists of Nepal and the Himalayas begin to ask about Dalits as a standard practice of doing anthropology in this region, in order to deepen our understanding of structural inequalities in villages, cities, offices, markets, and institutions. The greater ethical challenge, it seems to us, is the question of how best to write about other people’s discriminatory practices. The tendency to substitute class for caste analysis, or to neglect asking about Dalits in a predominantly janajativillage or development organization, renders the anthropology of Nepal incomplete. Ours is a call to speak the name “Dalit” throughout the coming months and years of earthquake rebuilding.

source:-culanth.org