श्रीमानले दलित भएकै कारण छाडेपछि न्याय नपाउदा देशै छाडिन ईन्दीराले

विभेद बिरुद्ध अभियान , पौष १७ गते - रसुवाका चेतनाथ न्यौपाने र इन्द्रीरा बिचको सम्बन्धमा रहँदै गर्दा उनिहरुको एक छोरी पनि जन्मिन । र चेतनाथले औपचारिक रुपमै छुट्टै कोठा लिएर काठमाडौमा उनलाई राखे । तर चेतनाथले छोरीको जन्मदर्ता गर्न मानेनन् । बिस्तारै उनि सम्पर्क विहिन हुन थाले र ईन्दिरालाई थाहै नदिई रसुवाबाटै अर्को विहे पनि गरे ।

श्रीमानले दलित भएकै कारण छाडेपछि इन्दीराले पटक पटक प्रहरीलाई गुहारिन् । उनलाई बोलाएर सामान्य मेलमिलाप गराएर छोडिदिने ग¥याँै तर कहिले पनि छोरीको जन्मदर्ता गर्न मानेन ।

हामीले ईन्द्राका विषयमा चेतनाथसंग कुरा गरेपनि उन्ले आमा छोरीलाई दुई लाख भन्दा बढि दिन नसक्ने बताए । कानुनी रुपमा देशको नागरिक बन्न पहिलो चरणमा गरिनु पर्ने जन्मदर्ता नै बाबुले नगरिदिएपछी पैसाको के अर्थ ?श्रीमतीका रुपमा सँगै बस्यो, छोरी जन्मी तर जब छोरीको जन्मदर्ता गर्ने समयमा भयो बाबुले चिन्दिन भन्छ । यसपछि इन्दीरा नेपालको कानुन, सम्बन्ध सबैबाट आजित भएर ४ बर्षकी छोरी च्यापेर देश छोड्ने निर्णय गरिन् ।

श्रीमानले कोठाको भाडा तिर्न छोडेपछि इन्दीराले कोठा छोडेर भतmपुर स्थीत साथीको डेरामा बस्दै थिइन । उनले आँफु सधैका लागि भारत जान लागेको बताएपछि हाम्रो टिम उनलाई भेट्न उनि बसेकै स्थानमा पुग्याँै ।
हामी उनी बसेको घरमा पुग्दा उनी सामान प्याक गर्दै थिइन । उनलाई सम्बन्धमा रहँदा चेतनाथले देखाएका सपना सम्झीदा निशब्द हुनिछन् । जातिय विभेदकै कारण चेतनाथले आँफुलाई प्रयोग गरेको उनको गुनासो छ ।

उनले छोरीको जन्मदर्ता मात्रै भएपनि आँफुलाई चेतनाथको कुनै सम्पत्तीको लोभ नभएको बताउँछिन् । उनले राज्यका कुनै निकायबाट पनि न्याय नपाएपछि आफन्तकै भर परेर सधैका लागि भारत जान लागेको बताइन् ।
उनकी ४ बर्षकी छोरी पनि अब भारतमै हुर्किने बढ्ने छिन् । तर आफ्नो बाबुको काखमा खेल्ने उमेरमा बाबुले चिन्दिन भनेकी उनकी छोरी हरेक पल बाबुलाई सम्झीरहेकी हुन्छिन् ।

हाम्रो टिमले उनलाई उनी बस्ने घरबाट भारत जाने बस सम्म पुराइदियौँ । आफ्नो देशबाट न्याय नपाए पछि नेपाल छोडेर अर्को नयाँ संसार सुर गर्न भारतको लागि लामो यात्रामा लागे इन्दिराका आमा छोरी ।सिधाकुरा जनतासँग बाट 

No comments:

Post a Comment