अंगीरा पासीलाई बलात्कार, जातीय विभेद र आत्महत्या दुरुत्साहन गरेर आत्महत्या गर्न बाध्य पारियो

विभेद बिरुद्द अभियान - साउन ५ , देवदह नगरपालिका–११ बड्कीगुम्बीकी १३ वर्षीया अंगीरा पासीको बलात्कार, जातीय विभेद र आत्महत्या दुरुत्साहन गरेर आत्महत्या गर्न बाध्य पारेको इन्सेकले जनाएको छ ।

इन्सेकले साउन ४ गते सार्वजनिक गरेको प्रारम्भिक स्थलगत अनुगमन प्रतिवेदनमा वडाअध्यक्ष र समाजका अगुवा सहितको समाज भेलाले १३ वर्षीया बालिकालाई आरोपितको जिम्मा लगाउनु कानुन विपरीत र मानव अधिकार विरोधी कार्य भएको उल्लेख गरेको छ ।

बालिकामाथि भएको बलात्कार जस्तो जघन्य अपराधमा कानुनी उपचारको साटो आरोपितको जिम्मा लगाउने कार्य भएको देखिन्छ । जनप्रतिनिधि र समाजका अगुवाले नै कानुन विपरीत कार्य गर्दा थप अपराध जन्मिएको निष्कर्ष अध्ययन टोलीले निकालेको छ ।

पीडित एक त बालिका अर्को तर्फ छलफलमै आरोपितकी आमाले तल्लो जातको केटी अस्वीकार गर्ने, घर नलैजाने जस्ता धम्की दिएको र घरमा जानासाथ लाठीले हानेको, जातीय विभेद गर्दै अपमानजनक रूपमा गालीगलौज गरेको । नेपालको कानुनले जातका आधारमा गरिने विभेदलाई अपराध मानेको छ । यस घटनामा जातीय भेदभाव भएको प्रष्ट देखिएको इन्सेकले जनाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार अघिल्लो दिन बलात्कार, दोस्रो दिन बालिकालाई बलात्कारका आरोपितलाई जिम्मा लगाइए पछि भएको जातीय भेदभाव जस्ता घटनाले आरोपितपक्षबाट पीडितउपर असुरक्षा बढेको देखियो । पीडित झुण्डिएको स्थानबाट आरोपित ‘अंगीरा झुण्डिएको’ भन्दै भाग्नु जस्ता घटनाक्रमले घटना स्वभाविक भएको देखिएन । बालिकामाथि बलात्कार, जातीय भेदभाव र बालविवाह जस्ता अपराधले पीडितलाई मृत्युका मुखसम्म पु¥याएको घटनाक्रमले देखाउँछ ।

गम्भीर घटना हुँदा पनि जनप्रतिनिधि र समाजका अगुवाले अंगीराका परिवारका बारेमा चासो लिएको पाइएन । यसले दलित आस्थाका आधारमा अपराध ढाकछोप गर्न खोजेको जस्तो पनि देखिन्छ । घटना गम्भीर मानव अधिकारको उल्लंघन, जातीय भेदभाव र रहस्यमय रूपमा मृत्यु भएकाले अनुसन्धानको दायरा फराकिलो बनाउँदै पीडितलाई न्याय दिलाउन प्रहरी प्रशासनले गहिरो अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

देवदह नगरपालिका–११ बड्कीगुम्बीकी १३ वर्षीया अंगीरा पासीलाई ०७७ जेठ १० झुण्ड्याएर हत्या गरिएको भनी विभिन्न समाचार माध्यममा समाचार प्रकासन तथा प्रसारण भएपछि घटनाका विषयमा सत्यतथ्य जानकारी लिन इन्सेक लगायत मानवअधिकार संस्थाका प्रतिनिधिले जेठ १५ गते घटनास्थलको स्थलगत अनुगमन गर्नुका साथै पीडित, आरोपित तथा अन्य सरोकारवालासँग भेटघाट गरी घटनाको प्रारम्भिक स्थलगत अध्ययन प्रतिवेदन तयार पारेको हो ।

पीडित ०७७ साल जेठ ९ गते राती घरमा नभेटिएपछि पीडितकी आमा र छिमेकका युवासहित खोज्दै जाँदा नजिकैको खेतमा वीरेन्द्र भरले बलात्कार गरिरहेको अवस्थामा फेला पारेका थिए ।

पीडितपक्षले घटनाबारे समाजसेवी बालकृष्ण पासी जानकारी गराएपछि लाई वडाअध्यक्ष अम्बरबहादुर चौधरीलाई बोलाएर रातभर छलफल गरी पीडित बालिकालाई आरोपितको जिम्मा लगाउने निर्णय गरेको । जेठ १० गते बिहान पुनः छलफल गरेर पीडितलाई आरोपितको जिम्मा लगाइएको थियो । दिउँसो करिब २ बजेतिर आरोपितले पीडित बालिकालाई घर लिएर जाँदा आरोपितकी आमा अकालीले जातीय रूपमा गालीगलौज, कथित तल्लो जात दलित भएकाले घरभित्र जान नदिने भन्दै कुटपिट गरेपछि देवदह नपा–२ पेटवनियास्थित घरतिर गएका थिए । त्यसै दिन ४ देखि ५ बजेतिर रोहिणी खोलाकिनारमा अंगीराको शव झुन्डिएको अवस्थामा भेटिएको थियो ।

No comments:

Post a Comment