मेरो आस्था प्रति मलाई लज्जाबोध भयों !- गोपाल शिवा

रुकुममा जात ब्यबस्थाको नङो रूप देखिए पछि मेरा धेरै गैर दलित मित्रहरूले के भनु भयों भने कति दुःख लाग्दो घटना घटें छ है रुकुममा ! मलाई त जातपात भन्ने कुरामा बिस्वास लागदैन तर के गर्नु यो समाज नै त्यस्तो छ ।धेरै मित्रहरूले समाजलाई खिसिको उनाईमा उनेर गर्नु भएको गुनासो हो।जानेर होस् या नजानेर,मानेर होस् या नमानेर,हानेर होस् या ठानेर ,बुझेर होस् या बुझ पचाएर,दुःखमा होस् या सुखको ऐहसासमा होश मनुवादी सोचको बाहक र क्रियान्वयनकर्ता बनेर आजसम्म पनि बाँचेको संकीर्ण समाजको एक प्रतिनिधि पात्र तपाई / म (हामी) हौ। त्यही भएर हाम्रो समाजको विभिन्न खाले मानवता विरुद्धको हिंसाको पृष्ठभूमिमा हामी संलग्न भएका छौँ । जातको कारण आफनै देशमा आफनै दाजुभाइ माथि नरसंहार हुदा पनि स्वाभाविक मानेर नबोलेर , मौन बसेर ,यस्तै त होनि ब्रो भनेर हाम्रो सामाजिकीकरण हुदै जसरी आइरहेको छ। त्यसबाट ठूला ठुला क्रान्तिले हाम्रो स्वरुप पोतिएर छोपिए पनि हामी भित्रको जातीय अहमता र स्वभावहरू न्छोपिएका रहेछन भनेर प्रस्ट पारेको छ।

समातामूलक समाजको निर्माणर्थ दलित एकता दलित एकता भंदै सडकमा र फेसबुकमा दिनानु दिन थपिदै जाने उठ्ने, जुट्ने र केही गरौ भनेर क्रियाशील हूने हामी धेरै छौ । दलित आन्दोलन नया सिरा बाट गरौ , परे हतियार पनि उठाऊ भनेर संखघोष पनि गरछौ तर बिडम्बना दलित अधिकारको लागि जुटनु पर्छ भनेर बुझेका हामीलाई संसारको जति नै ठूलो शक्ति होओस् एक भन्दा बढी मोर्चामा जानेबित्तिकै जुटेकाहरूको कमजोरीहरु बढ्ने रहेछन भन्ने चै चेतना अहिले सम्म भएको छैन। नयाँ शक्तिका नाममा तिनै पुराना मान्छेहरु नयाँ कपडा फेरेर आउने , एकताको रटान लाउने आफ्नो दुनो सोझयाउने ,आपत बिपत र कोरश गर्ने बेला दश तिर मुख फर्काउने मानसिकता यसरी झाँगियो कि आठ दशकमा पनि दलित आन्दोलन दलितशक्तिको रुपमा राज्यलाई चुनौती दिने योग्य र सक्षम बन्न सकेंन। आन्तरिक समझदारी र एकतालाई बलियो बनाउन सकिएन। यति लामों इतिहास बोकेको दलित आन्दोलन जब आन्दोलनमा होमिदै सड़कमा ओर्लिंनछ तब तब आत्मविश्वास भनदा बढ़ी निराशावादमा परिवर्तन हुदो रहेछ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा भएको हत्याको विरोधमा दलित समुदायका नेता तथा अधिकारकर्मीहरुले देशका विभिन्न ठाऊ सहित काठमाडौँमा पछिल्ला केही दिन देखि दिन्हु प्रदर्शन गरिरहेका छन । केही दिन अघि म माइतिघर देखि बानेश्वर सम्म संयुक्त राजनीतिक दलित संङ्घर्ष समिति र दलित नागरिक समाजको आयोजनामा अयोजित कार्यक्रममा एकयबद्दत्ता जनाऊन सहभागी हुदा उपस्थित केही दलित सरोकार राख्नेहरुमा कस्तो भावना भेटेँ भने- यति गर्दा पनि हुँदैन भने के गर्ने? अब त बन्दुक नै उठाउनु पर्छ भन्ने सम्म सुने।हुन् पनि हो एउटा सीमा हुन्छ, संयमको । राज्यको विभेदकारी चरित्र देख्दा समाजका किनारमा बसेका बर्षौ देखि बहिश्करणमा परेका विशेष गरेर दलितहरु जसले गणतन्त्रका स्वरूपको परिकल्पना गरेका थिए, सामाजिक न्याय र समान अधिकारको प्रत्याभूति गर्न आन्दोलनको अग्रमोर्चामा रहेर लोकतन्त्रको अवधारणा ल्याएका थिए , उनीहरु आज निराशा भएर बसेका छन् । जस्को परिणाम बन्दुक नै उठाउनु पर्ने भो भनेर आवाजहरु प्रस्फूटन हुन थालेका छन ।यहि सोचमा एक पछि अर्को थपिदै जाने हो भने भोलिको सामाजिक आन्दोलन तत्कालिन माओवादीको जनयुद्द भन्दा खतरनाक नहोला भन्न चै सकिन्न ।

त्यसो त प्रजातन्त्र ,लोकतन्त्र आएकै यति धेरै वर्ष हुदा पनि हामीले समाजलाई आधुनिकीकरण गर्न सकेका छैनौं । अझ समाजका टाठाबाठाहरू संसारभरि चहार्दा उनीहरूले धेरैथोक सिके तर देश होस कि विदेश जातको नाममा बिभेद गर्न बिर्सीएनन।जसको परिणाम सामन्तवादमा आधारित नेपाली समाजमा बर्षौ देखिको शोषण, दमन, बिभेद, असमानताका र उत्पीडनको पिडाले बर्षौ देखि कमजोर मानिसहरु निर्णायक भूमिकामा आऊँन सकेका छैनन ।अहिले पनि दलित समुदायलाई कमजोर आँक्ने र मुख्य काममा विश्वास नगर्ने मानसिकता समाजदेखि राजनीतिक पार्टीहरूसम्म जब्बर रूपमा बसेको छ । यसो हुनु भनेको तिनले दलितलाई उपयोग गर्ने रणनीति मात्रै हो ।तर यो तथ्य र सत्य बुझेका पार्टीका दलित अगुवाहरू बोलन सकदैनन।ऊनीहरुको मुखमा घोड़ालाई झै लगाम लाइएको छ र लगाम बिष्टको हातमा भएकाले के बोल्ने के नबोल्ने मात्र हैंन के गर्ने के नगर्ने सम्म बिष्टको मर्ज़ीमा सीमित भएका छन। आफ्ना जात भित्रका साना तिना मुदा मामिला मिलाउन , समाज लाइ ब्यबस्थित गर्न  , समुदाय भित्र उठेको बिद्रोहको स्वर मथ्थर पार्न , आफ्ना समुदायका लाइ  देश र हिन्दु धर्म प्रति प्रति बफादार राख्न अभिप्रायका साथ् पार्टी बाट /संस्थाबाट नियुक्ति पाएका अख्तियारवाला चै बनेका छन । यसरि नियुक्त भएका अख्तियारवालाको उजुरी कतै नलाग्ने भएको हुनाले यिनले आफ्नै जातमा शोषण गर्ने , आफै हाली मुहाली रहने सवै हत्कण्डा अपनाउने , उत्पीडनको घटनामा न्याय भन्दा राहत र क्षतिपूर्ति दिलाएर आफ्नै जात र समुदाय लाइ दलित बनाएर खाइ पाई गर्दै आइरहेका छन् भन्ने कुराहरु दलित माथि ज्यादती र अमानविय घटना घटेका घडीमा दलित नेताको अभिव्यक्ति र ब्यबहार संगै प्रतित हुदै आएका छन ।

हामी र हाम्रा अगुवाका कारण दलित अधिकारसँग जोडिएका केही मूलभूत विषयमा अस्पष्टता कति सम्म कायमै छ भन्ने मैले भोगेका र साक्षी बसेको एक अनुभवहरू बाडिचुडी गरदैछु। झंडै २ बर्ष अघि दलित एकता संजालको कार्यालयमा हामी अन्तरक्रिया गरिरहेका थियौ। तराईतिरका एकजना अग्रज पनि आऊनु भएको थियो।ठूलो राजनीतिक दलको दलित संगठनको कुनै बेला केन्द्रीय स्तरका कार्यकर्ता हुनु हुदो रहेछ। वहाँले अंतरक्रियामा राखेका प्रश्न अझै छापिएको छ मेरो मानसपटलमा।वहा भन्नु हुन्छ  “छुवाछूत, जातीय बिभेद र आरक्षणका बारेमा तत्कालीन प्रवृत्तिका विरुद्ध धेरै कराईयो बोलियों लड़ियों तर आफ्नै पक्षमा भने अनभिज्ञ रहेछु । जब आफु संगै दलितको आन्दोलन गर्नेहरूले काठमाँडौमा २/४ ओटा घर घडेरी जोड़ेको सत्यतथ्य थाहा पाएँ अनि आफ्नैविरुद्ध खनिए। त्यसपछि म माथि निषेधको राजनीति सुरू भयों । लौ तपाईहरू आफै भनुस न पैतृक सम्पति न त चिठा नै परेको फेरि फलनाले फलनाले दलितको राजनीति गरेर काठमाँडौमा करोडौको घर कसरी जोड़े ? ....दलितको कुरा बोलने ,लेख्ने ,आन्दोलनमा हिड्ने र मुक्ति र अधिकारको कुरा सम्प्रेषण गर्नेहरू दलित अधिकारकर्मी नेता भनेर मैले बुझ्दै आएको थिए तर त्यो सोचाई नै गलत रहेछ । त्यस्तालाई मात्र दलित अधिकारकर्मी नेता भन्न नहुनी रहेछ । आधुनिक परिभाषामा त एनजीओ चलाउने, घरजग्गा जोड़ने, नेताका घरदैलोमा गएर नारदले झैँ पोल लगाउने, वक्तव्य जारी गरिदिने, दलितका नामका कार्यक्रम र योजना आफ़ना पोल्टामा पार्ने  पुरस्कार खोलेर लिने/दिलाउने , बिस्ट र मुखियाको इच्छा एवं निर्देशन अनुसार बिभेदका घटना पनि मिलापत्र र सामसुम पर्दिने खेल हुदोरहेंछु....!”

अग्रजको कुरा सुने पछि हाम्रा र राम्रा मानिएका दलित नेता र अगुवाहरूको देखाउने दाँत र चपाउने दाँत रहेछ भन्ने तथ्यको ज्ञात मात्र भएन । आफ़ना स्वार्थलाई केन्द्रमा राखेर दलित मुक्तिको ओठे उदेश्य बोकेर हिडेको समुह नै पो हाम्रो समाज रहेछ भन्ने चेत आयो । मेरो आस्था प्रति लज्जाबोध भयों। एक छिन सोच्नुस त, तपाई हामी सबैको साझा समस्या होईन यो ?  हो भने अहिले रुकुम घटनामा हामी दलित एक हौ , हाम्रो समस्या ,पीड़ाको साझा उदेश्य छ भनेहरू किन एकै छातामुनि उभीएर विरोधको /न्यायको कोरश गर्न सकीरहेका छैनौ  ? जातका कारण घटित नरसंहारमा न्यायको लागि बोल्न नसकने दलित समाजका ठेक्केदार भनाउँदाहरु आफुले देश र दुनियाको सबै चिन्ता बोकेर हिडेको भ्रममा  भएर होला न्याय भन्दा पनि पुरस्कार, राहत र क्षतिपूर्ति दिलाऊँन बढ़ी भन्दा बढी  क्रियाशील देखिएका छन ।

राजनीतिमा सबैभन्दा माथि आस्था हुन्छ। तपाईँहरुको आस्थाप्रति मैले कुनै प्रश्न उठाइरहेको छैन। सबैलाई छ कि दलित समुदायको हित होस्। सिद्धान्तमा पनि म कुनै प्रश्न उठाइरहेको छैन किनभने दलित समुदायको मूँदा प्रति तपाईँहरु सबै समर्पित हुनुहुन्छ। जब ब्यबहारको कुरा आउँछ,  सडक देखि सदन सम्म दलित एकता र दलित मुद्दाको कुरा आउछ तब व्यक्तिगत महत्वाकांक्षाको टक्कर सुरु हुन्छ। राजनीतिक दलको टक्कर सुरु हुन्छ।सबैलाई लाग़्छ कि दलितको लागि सदन देखि सड़क सम्म मैले मेरो दलले मात्र बोलेको छु/छ, यो आन्दोलन त मैले चलाइरहेको छु।तर यथार्त नितान्त फरक हुन्छ । जब तपाईँ परेको बेला एकअर्काको खुट्टा तान्न थाल्नुहुन्छ तब कसरी दौडिन सक्नुहुन्छ? मेरो आशय सबै सवै दलित मिलेर एक दलित पार्टी बनाउ भन्ने हैन तर दलित मूदा संग जोडीएका आन्दोलन ,कार्यक्रम र कार्यसूचीमा समझदारी गरेर आन्तरिक एकता नबनाउने हो भने अघि बढ्न मुस्किल हुनेछ।दलित शक्तिको रुपमा स्थापित हुन ग़ार्हो हुनेछ।

रुकुम घटनामा पिडितलाई न्याय दिलाउनु भए जति सवै दलित समुदायको , संघ सस्थाको सिद्धान्तको लडाइँ हो , आस्थाको लडाइँ हो । तर हामीमा बेमेल छ, विभाजन छ, हामी मिल्न सकेका छैनौं, त्यसैमा अरूहरू खेलिरहेछन्, बोलने मौक़ा पाईरहनछन ।दलित समुदाय यस्तो अवस्थामा उभीएका छन कि विभाजित मानसिकतामा रहेर समाज सुधारन, पिडितलाई न्याय दिलाउने प्रक्रियामा अगाडि बढ्न सम्भव नै छैन । वास्तविकतामा हामी परिवर्तनका लागि प्रतिबद्ध नै छैनौं भन्ने कुरा दशकौ सम्म हामी भित्र नै विद्यमान बिभेदले पुस्टी गर्छ। त्यही भएर दलित आन्दोलनको आगामी कार्यदिशाबारे अहमता त्यागेर छलफल  गरौ ,समीक्षा गरौ । किनकी नेपालका धेरै दलित आन्दोलन असफल भएका छन् त नभनु तर गन्तव्यमा नपुगी स्थगित भएका छन्।जब दलित अधिकारको लडाइँलाई स्वार्थको लडाइँ बनाइन्छ तब आन्दोलन धेरै अघि जाँदैन रहेछ भन्ने अब चै बुझौ । कमसेकम परेको बेलामा साझा समस्या र मुद्दामा दलित आन्दोलन सफलतातर्फ उन्मुख नभएसम्म म र मेरो भन्ने मानसिकतालाई छोडौ।किनकि हाम्रो मौनताले हाम्रो मुख्य शत्रु उम्किन सक्छ, दलितलाई जे गरे पनि हुन्छ भन्ने संस्कार हावी हुन् सक्छ र फेरी यस्तै मौका आउनलाई अर्को आधा शताब्दी पर्खिनुपर्ने हुन सक्दछ। त्यसैले अबको लडाई अन्तिम र निर्णायक गरौ  । सवैले मिलेर यस्तो  लडाइ लडौ जसले सबै किसिमका भेदभाव, दमन र शोषणको अन्त्य गरोस् । यो लडाइमा कुनै दल , कुन समुदाय र कुन बिचार एव आस्था भन्ने आधारमा तँ तँ र म म गरेर आपसी मुटाव नबढाई मिलेर लडौ।


प्रतिक्रियाको लागि 
-गोपाल शिवा परियार 
gopsiwa@gmail .com

No comments:

Post a Comment