विभेद बिरुद्द अभियान - मुलुक मात्र हैन स्वयम रुकुम जिल्ला पनि जातीय छुवाछुत मुक्त घोषणा भएको धेरै भैसक्यो। तर रुकुममा घटेको बर्बर घटनापछि सामाजिक सञ्जालमा दलित समुदाय तातेको छन । मूलधारे मिडिया मूलतः राज्य, संभ्रान्त वर्ग, स्थापित बुद्धिजीवी, व्यापारी , गैर दलित जस्ता शक्तिशाली वर्गको कब्जामा भएका कारण मूलधारे मिडियामा खास गरि दलित समुदायको पहुँच एकदम कम रहेको र सामाजिक सञ्जालमा दलित समुदाय तातिएको अहिलेको बर्तमान परिपेक्ष्य्मा यसको विकल्प अहिले सोसल मिडियाले दिएको छ ।फलतः अहिले जुम लगायतका सोसल मिडियाहरूमा दिन्हु फरक फरक दलित सरोकारका बिषयमा छलफल-गोष्ठी भैरहेका छन।
त्यसो त बलियो सामाजिक पूँजी भएका र दलित सरोकारमा उल्लेख्य बोलबाला प्रभाव भएर होला मूलधारे र सोसल मिडियामा पुग्न भ्याएकाहरू प्रायः यस्ता बहस र छलफलमा पनि आफ्ना अमूल्य विचार राख्ने विचारका वाहक बनिरहेका हुनछन । सामाजिक संजालमा देखिएका अहिलेको दलित सरोकारको सामाजिक बहस बाट दलित समुदायको मूल मुद्दाको बुझाइ र त्यससँग जोडिएका आग्रह-पूर्वाग्रह रोचक हुन्छन् ।उदाहरणका लागि दलित समुदाय, समतामुलक समाजको नागरिक कसरि बन्ने ? भन्ने प्रश्नमा थर बदल्ने , धर्म बदल्ने , दलित शब्द छोड्ने , हत्यार उठाउने जस्ता फरक फरक विचार र तर्कहरू उत्तर बनेर आशयका लम्बेतान क़िस्सा आउछन ।जस बाट बहसमा प्रस्तुत फरक ढंगको बुझाई र व्याख्याहरु बुझ्न त् पाईन्छ नै अझ बढी चै दलित मुद्दालाई कम्तीमा बहसमा ल्याउनका लागि भए नि यस्ता कार्यक्रम मार्फत जुन प्रयास गरिएको छ, सराहनीय छ ।
यधपी न्याय र अधिकारको सामाजिक आन्दोलनमा छरिएर बसेका ग्रास रूट देखिका दलितलाई एकताबद्ध गराऊन आन्दोलनमा लाग्नुपर्ने ठूलो जमातलाई दिग्भ्रमित पारिरहेको /समेटन नसकेको एउटा पाटो त् छ नै तर यस्ता विविध विचारलाई अलि मसिनो गरि केलाउँदा केही प्रस्ट प्रवृत्तिहरू भेट्न सकिन्छ । यी प्रवृत्तिले सबैका सोचाइलाई सम्पूर्णरूपमा व्याख्या त गर्दैनन्, तर पनि दलित आन्दोलनको पक्ष वा विपक्षमा प्रस्तुत विचारका मुहान बुझ्न भने सघाउँछन् ।किन भने जातका कारण राज्यमा सवै कुरामा पछाडी पारिएका राखिएका धेरैको आवाज यसरी नै समुदायको बोल्न सक्नेले उठाइदिनुपर्छ। भलै पीडकमाथि कारबाही नभए पनि उनीहरू गलत गरिएछ भनेर सतर्क हुन्छन् र पीडकमा पनि कानुनी उपाचार खोज्ने चेतना र शाहस आउछ ।जातका कारण प्रताडित भएका पीडितलाई आफूविरुद्धको दुर्व्यवहारको प्रतिवाद गर्नुपर्छ भन्ने सन्देश दिन पनि धेरे भन्दा धेरै बहस हुन् आवश्यक छ।
अर्को तर्फ हामीले बोलेनौँ भने हामीलाई जातको कारण दुर्व्यवहार गर्ने नै व्यक्तिले अथवा त्यस्तो विभेदकारी मनसायका व्यक्तिले हामीलाई जस्तै अबको पिँढीलाई पनि दुर्व्यवहार गरिरहन्छ।त्यहि भएर नेपालमा दलित समुदाय माथि भएका जयादत्ति बिरुद्द, दलित हक अधिकारका बारेमा न्याय, समानता र अधिकारका मुद्दामा मुलुक भित्र र मुलुक बाहिर अरव देखि अमेरिका ,यूरोप देखि एशियान मुलुक सम्म छरिएर रहेका सचेत र आलोचनात्मक चेत राख्ने थोरै भए पनि दलित समुदायलाई एकजुट बनाउदै एकताको मालामा उन्ने अभियान सुरु चै गरेको छ । थोरै भए पनि दलित समुदायका व्यक्तिलाई सूचना र विचारको स्रोत र माध्यम हुने अवसर दिएको छ । समग्रमा भनु पर्दा कथित दलित समुदाय आफु संगै समाजलाई जागरूक बनाउने, सशक्त बनाउने एवं हक अधिकार र उत्पीड़न बिरुद्द बोल्न लडन सहभागिता गराउने केही पक्षमा राम्रा हुदै गएको स्पष्ट हुन्छ ।तर हामीले हिँड्नुपर्ने यात्रा लामो छ किनकी दलित समुदायको ठूलो हिस्सा अहिले पनि सामाजिक संजालको माध्यमहरू बाट टाढै छन् । हामी निकै पछाडि छौं।
दलित समुदायले आफ्नो समश्या र निराकरणको लागि एकता र साझा मुद्दा बोकेर जानु पर्ने महत्व एवं आवश्यकताको महसूस गर्दै छलफल-गोष्ठी दशकौ अघि देखि गर्दै आइरहेका सत्य सवैलाई थाहा छ । तर विडम्बना ८ दशक लामों दलित आन्दोलनमा दलित एकताको कुरा फलाकने दलित समुदाय कार्यगत एकता खास गरि संयुक्त रुपमा उभिनु कोरश गर्नु पर्ने बेला भने दश तिर टाउको फर्काउदै आएका छन । यहि आचरण र स्वाभावले अहिलेसम्मको लामो र पुरानो दलित आन्दोलनको इतिहास तल परेको हो भन्दा फरक परदैन।यस्तो विषम सत्यहरूको साक्षी बनु परेकोले व्यक्तिगत रूपमा अधिकारका क्षेत्रमा केहि गरछु / गरौ भन्दै देखिएका क्रियाशील सबैलाई मेरो जदौ छ ।
त्यसो त् संसारभरि बाट छलफल-गोष्ठीमा जोडिँदा हामी आर्थिक रुपमा बलियों बनेर , विचार माझीएर माथि जान पनि सकिन्छ भने विचार बाझेर अरुलाई बिझाएर झन् तल पर्न पनि सकिन्छ।किनकी सामाजिक रूपान्तरणको अभियानमा लाग्नेहरूले चलाउने कार्यक्रम , बनाउने समूह एवं ग्रूप र सहभागीहरूले धर्म र गैर दलितलाई ठोकठाक, जोडजाड गरेपछि दलित सरोकारको बहस बनिहाल्छ ,दलित सरोकारवाला र अधिकारकर्मी भैहालिनछ भन्ने बुझाइ राख्दै आइएको छ । जसका कारण अहिले सम्म दलित सरोकारवालाहरु बाट आलोचनात्मक चेत विकास गर्ने भनेर जे जति छलफल र बहसको थालनी भए ,ग्रूप र समूह बने ति सवै धर्म ,गैरदलितलाई गाली गर्नेमा सिमित भएका छन । तर अब सँधै त्यसरी हुँदैन । कमजोरीमा आत्मालोचना गरौं। दलित एकता लाई र चेतनालाई बढाएर प्रभावकारी बनाउ ।न्यायपूर्ण, दिगो र वातावरणमैत्री समाधानमा छलफल र बहश गरौ।सामाजिक समस्यामा बोल्ने, प्रश्न गर्ने र त्यसलाई बदल्नमा सबैको भूमिका हुन्छ खास गरि आफू र आफ्नो समुदायमाथि भइरहेका अत्याचार र अपमानविरुद्ध दलित समुदायहरू कति प्रतिशत सूचित हुन सकिरहेका छन् , आफ्नो मत कतिले राख्न सकिरहेका छन् र कति प्रतिशत सहभागी गराऊँन र एकयबधता जनाऊँने बनाउन सकियो भने आलोचनात्मक र विश्लेषणात्मक कर्म र कर्तव्य दलित सरोकारका कार्यक्रम गरिदा समिक्षा हुनु पर्छ। होइन भने भेदभाव र अन्यायबारे सन्देश सम्प्रेषण गर्ने हामी आफैलाई चिथोर्न पुग्छौं।
जनआन्दोलनको सफलतासँगै अन्तरिम व्यवस्थापिका ०६३ जेठ २१ गते संसदले नेपाललाई "छुवाछुतमुक्त राष्ट्र" घोषणा गरेको थियो । जातीय छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ बनेको पनि दशक पुग्यो । भएको घोषणा र बनेको ऐनले विषेश गरी जातीय विभेद तथा छुवाछुतको मारमा परेका लाखौँ दलित समुदायलाई ठूलो राहत पुग्ने आशा गरिएको थियो । तर नतीजा घाम जस्तै छर्लँग छ। फेरी पनि हामी सधैँ समतामूलक समाज र बिभेद मुक्त समाजको कुरा गर्छौँ। भोली नै पर्सि नै वा पाँच वर्षमै त्यो चरणमा पुग्छौं जसरी कुरा गर्छौँ।तर हाम्रो बिगत र इतिहास साक्षी छ। पछिल्लो ८ दशकमा राज्य बाट जे जस्तो लगानी दलित समुदाय माथि भयों त्यसले सबै दलितलाई बराबरी हैसियतमा उकास्न सम्म सकेको छैन। उकिसीएका छन त तिनै दलित सरोकारमा उल्लेख्य बोलबाला हूनेहरू मात्र। बरु गैर दलितले दलित संग गर्ने बिभेदको जस्तै ठूलो सानो जात भन्ने परम्परागत मान्यता र संरचना बोकेर दलित समुदाय बसेका छन । समतामूलक समाज बनाऊँनु भनेको आफु र आफ़ना समुदाय , समाज भित्रका सामाजिक कुरीति भत्काउँदै जाने पनि हो।तर हामीले कहिले आत्मसमीक्षा गरेनौ।आलोचना गर्नुपर्ने विषय कतिपय हुन्छन् त्यसकारण गर्नुपर्छ। गैरदलितलाई गाली गर्दैमा ठूलो भइन्छ भन्ने संस्कार बसाऊँनमा नै हामी उद्धत छौ, केन्द्रित हुँनछौ तर हामी भित्रको कमजोरी सुधारगर्नु पर्ने पक्षहरू बिरालोले दिशा लुकाए झै लुकाउछौ।जस्को परिणाम ८ दशक अघि खनेको दलित आन्दोलनको बाटो भविष्यमा कता जाने भनेर आफै प्रश्न बनेर बसेको छ।
हामीले कल्पना गरेको समतामूलक समाजको लागि त लामो बाटो हिँड्नुपर्छ। अझ त्यो बाटोमा हिँड्दा केके समस्या आउँछन् भन्नेबारे हामीले ध्यान नै दिँएका छैनौ। त्यसैले म भन्छु, लामो समयपछिको कुरा अहिले नगरौं। त्यो उद्देश्य राखिराखौं। तर अहिले लेखेर बोलेर व्यवहारिक थालनी गरेर जे हुन्छ त्यो गर्दैजाउँ। हामी बिचको बिभेद हटाऊ, हामी अन्तरघुलन हौ ।बिभेदको पीड़ा र प्रतिकार हाम्रो साझा लड़ाई बनाऊँ। हाम्रा कला शीप र संस्कृतिलाई वैज्ञानिकरण गरौ, बजार खोजौ ,सामूहिकताको अवधारणा ल्याउ,आर्थिकरूपमा सवल बनेर संगै उभिऊ ।अहिलेभन्दा राम्रो प्रगतिशील भोलि र भोलिभन्दा प्रगतिशील पर्सि हुनेगरी काम गरौँ।आर्थिक रुपमा हामी सबल भयौं भने हामीले पनि प्रभाव पार्न सक्छौं। आर्थिक सबलतासँगै हाम्रो राजनीतिक सबलता पनि बढ्छ।
No comments:
Post a Comment