बालिका बलत्कार गर्नेलाई दोहोरो मुद्धा लगाउने तयारी,मुद्धा चलाए ज्यान मार्ने धम्की

विभेद बिरुद्ध अभियान -१७ कात्तिक ।धरान / आँखा फाेडने प्रयाससहित दलित बालिका बलात्कार गर्ने आरोपीलाई प्रहरीले दुई वटा मुद्दा चलाउने भएको छ । महिलाहिसा र बालिका सम्बन्धि संबेदनशिल बिषय भएकोले घटनालाई गम्भिरता पुर्वक लिएर एक नम्बर प्रदेश संघिय प्रहरी ईकाई कार्यालय धरानको प्रत्यक्ष निर्देशनमा आरोपी १९ बर्षिय सन्तोष श्रेष्ठलाई ज्यान मार्ने उधोग र करणी मुद्दा दर्ता गर्नै प्रहरीले तैयारी गरेको हो । घटनाबारे जानकारी गराउन र अनुसन्धानबारे बुझन मंगलबार धरान स्थित संघिय प्रहरी इकाइ कार्यालयमा पुगेको दलित अधिकारकर्मी र पत्रकारहरुको टोलीलाई एसएसपी हरिबहादुर पालले आरोपीलाई दुई अलग अलग मुद्दा लगाउन निर्दैशन भैसकेको जानकारी गराए ।
एसएसपी पालका अनुसार घटनाको स्थलगत अनुसन्धान गर्नै र पिडितबाट जाहेरी लिएर दर्ता गर्ने काम भोजपुर प्रहरीले गरिसकेको थप सुक्ष्म अनुसन्धान गर्ने कार्य पनि भैरहेको बताए । उनले भने ,– ‘संबेदनशिल बिषयको अपराधमा कुनै कसर बाँकी नराखी अनुसन्धान गर्न निर्देशन गरिसकेको छु आफै प्रत्यक्ष सहभागी भएर फलोअप गरिरहने छु ।, दलित समुदायका बालिकामाथि निर्मम ढंगले अत्याचार भएकोले न्याय दिलाउन माग गर्दै बिश्वकर्मा कल्याण समाज धरानले एसएसपी पाललाई भेटेर सुक्ष्म अनुसन्धान गरेर कानुन अनुसार कार्वाही गर्न माग गरेका थिए । समाजका अध्यक्ष केदार बराइली र सल्लाहकार लालबहादुर सुन्चेउरी , नेपाली काँग्रेस धरानका नगर सचिव युवराज संकर लगायतको टोलीले एसएसपी पाल समक्ष डेलिगेसन गएका थिए ।

भोजपुरको आमचोक गाउँपालिका ९ दुम्मानामा बिश्कर्मा थरकी ‘‘भोजपुर क’ नामकी १४ बर्षिया बालिकालाई घाँस काटन गएको बेला छिमेकी १९ बर्षिय सन्तोष श्रेष्ठले आँखा फाेडने प्रयास सहित बलात्कार गरेका थिए । घटनाको बिषयलाई लिएर मोरंग र सुनसरीका बिभिन्न दलित अधिकारबादी संस्था र राजनैतिक पार्टीका दलित भातृ संगठनहरुले पनि आरोपीलाई कार्बाही गर्न माग गरेका छन । पिडित बालिकाको आरोपीको आक्रमणबाट देब्रे आँखा काम नलाग्ने भएको छ । उनको १२ कार्तिकदेखी धरान स्थित बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बालिकालार्इ उपचारमा सहयाेग
पिडित बालिकाकालाई बिश्वकर्मा कल्याण सेवा समिति धरानले मंगलबार ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।त्यसैगरि पीडित बालिकाको अवस्था बुझ्न पुगेका मान बहादुर कालिकोटेले एक हजार रुपैया , नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव युवराशंकरले ५ सय रुपैया र सुमन गहतराजले व्यतिmगत रुपमा ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समितिका अध्यक्ष केदार बराइली लगायतले बालिका उपचाररत बिपी स्वास्थ्य प्रतिष्ठानमा गएर नगद १५ हजार आर्थिक सहयोग गरेको छ । अध्यक्ष बराइलीले बालिकाको उपचार र न्याय दिलाउनकालागि आफुहरु निरन्तर लागिरहने बताए । आर्थिक अबस्था कमजोर भएको जानकारी पाएपछि बिभिन्न दयालु व्यक्त्तिहरुले पनि पिडित बालिका र उनको परिवारलाई सहयोग गरिरहेका छन ।

त्यसैगरि नेपाली काग्रेस धरान उपमहानगर समितीका सचिव युवराज शंकरले बलत्कारको केश दलित समुदायसँग जोडिएकाले दोषीलाई प्रहरी प्रशासनले उन्मुतिm दिने शंका वढेर गएको बताए । दोषी उपर कडा भन्दा कडा कार्वाही नगरे आफुहरु चुप लागेर नवस्ने समेत चेतावानी दिएका छन् ।

मुद्धा चलाए ज्यान मार्ने धम्की
पीडितका आफन्तले आफुहरुलाई सुरक्षा चुनौती वढेर गएको संघीय प्रहरी इकाई कार्यालयमा वताएका छन् । पीडित बालिकाको दाजु धन बहादुर बिकले घट्नालाई वाहिर ल्याएको भनेर पीडिकका आफन्तले धाक धम्की समेत दिएको बताएका छन् । घट्नालाई गाउँमा नै मिलाउने प्रयास भएको थियो तर विपी प्रतिष्ठानमा ल्याएपछि मात्रै बलत्कारको घट्ना सार्वजनिक भएपछि पीडित बालिकाको आफन्तलाई धम्की आउन थालेको पुर्बेली खबरमा समाचार छ  ।

 यसरी खुल्यो बलात्कारको रहस्य
बालिकाको भनाइ अनुसार ११ कात्तिक शनिवार बालिका ‘भोजपुर क’ घाँस काट्न गएकी थिइन । एक्लै भएको मौका पारि छिमेकी सन्तोष श्रेष्ठले उनलाई बलात्कार गर्ने खोजेका थिए । तर, बालिकाले प्रतिकार गर्न सक्दो प्रयास गरिन । बलियो शरिर भएका सन्तोषले बलात्कारकै क्रममा बालिकाको आँखा ,अनुहार सबैतिर नङले जथाभावी कोतरे । अनि देब्रे आँदखा फोरिदिए । बालिका अर्धचेत भइन । सोही अवस्थामा सन्तोषले बालिकाको बलात्कार गरेर कसैलाई भनेमा ज्यान मार्ने धम्की दिँदै घर गए । बालिका साँझ पाँच बजे रक्ताम्मे भएर अर्धचेत अवस्थामा घर पुगिन् ।

दीदी र दाजु धनबहादुर आत्तिए । आफु बलात्कृत भएको कुरा लुकाउन बालिकाले घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएको बताइन । बहनीलाई रक्ताम्मे र अर्धचेत अबस्थामा देखेपछि आत्तिएका दीदीदाजुले एक घण्टाको बाटो बहिनीलाई बोकेर सडकमा निकाले । त्यहाँबाट एउटा कुखुरा बोक्ने गाडीलाई आग्रह गरेर राती रानीटार सम्म ल्याए । रानीटारमा एम्बुलेन्स नभएकोले एउटा जीप रिर्जब गरेर बिहान राती नै धरान स्थित बिपी प्रतिष्ठान ल्याइ पु¥याए । आँखाको फुटेर घाइते भएको भएपनि चेकजाँचका क्रममा डाक्टरहरुले बालिकाको आँखा भीरबाट लडेर फुटेको र शरिरमा चोट लागेको हो भन्ने कुरामा शंका गरे ।

किनभने उनीमाथि बलात्कार भएको प्रस्ट लक्षण देखिएका थिए । भीरबाट लडेर आँखा फुटेको र चोटपटक लागेको लक्षण थिएन । बालिकाले आफुमाथि निर्मम बलात्कार भएको चिकित्सकहरुलाई बयान गरेपछि बलात्कार भएको रहस्य खुल्यो ।सुरुमा बलात्कारको घटना खुलेमा आफ्नो झन बेइज्जत हुन्छ भनेर पीडा सहेर घटना लुकाएकी पिडित बालिकाले चिकित्सकले गहन सोधपुछ गर्दा आफु बलात्कृत भएको बताएपछि १२ कात्तिकमा आम्चोक गापका ९ नम्बर वडा अध्यक्षको सहयोगमा आरोपी पक्राउ गरिए । बालिकाको उपचारमा सहभागी चिकित्सकहरुले नै आफन्त मार्फत वडा अध्यक्ष बमबहादुर श्रेष्ठलाई सुचना गरेर आरोपी सन्तोषलाई पक्राउ गर्न आग्रह गरेका थिए ।

यसाे भन्छन चिकित्सक
चिकित्सकको आग्रहपछि वडा अध्यक्ष श्रेष्ठले तत्काल नजिकको प्रहरी चौकीमा खवर गरेर आरोपी सन्तोषलाई पक्राउ गराएका थिए । प्रहरीले आरोपी श्रेष्ठलाई जिल्ला तानेर अनुसन्धान सुरु गरको छ ।आर्थिक अवस्था नाजुक भएको दलित अधिकारकर्मीहरुले जानकारी गराएपछि बिपी प्रतिषठनल पीडित बालिकाको निःशुल्क उपचार गरिदिने भएको छ । बिरामी कुरुवा र अति आवश्यक औषधी र भैपरि खर्चका लागि दयालुहरुले सहयोग गरेर सोमबार नगद १५ हजार रुपैया दिएको दाजु धनबहादुरले बताए । पीडित बालिकाको दाजुलाई उपचार आर्थिक सहयोग प्रदान गर्दै श्री विश्वकर्मा कल्याण सेवा समाज प्रधान कार्यालय धरानका पदाधिकारीहरु ।

No comments:

Post a Comment