आर्थिक अभावमा सुष्मा नेपालीको उपचारमा समस्या, सहयोगको अपिल

विभेद बिरुद्ध अभियान -२२    कात्तिक । आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सुष्मा नेपालीका परीवारले सवै संग सहयोगको अपिल गरेका छन् ।

गत साता अर्थात कार्तिक  १६ गते  आफु पढ्ने स्कुल भित्र नै अचानक लडेर टाउकोमा गम्भीर चोट लागेर  हाल सिएम्सी कलेज (अस्पताल) भरतपुर चितवनमा उपचार गराईरहेको गोर्खा सिरान्चोक ७ कि ६ बर्षिय सुष्मा नेपालीको ज्यान बचाउन उनका परीवारले सवै शुभेच्छुकहरुलाई सक्दो सहयोग जुटाईदिन आग्रह गरेका हुन् । 

भएको घर समेत भूकम्पले भत्काए पछी टहरोमा बस्दै दैनिक ज्यालादारि गरि परिवारको गुजारा चलिरहेको बेला यसरि छोरी बिरामी हुदा हुँदा उपचारमा समस्या भएको छ ।

सवै ऋण खोजेर नै उपचार गराएको छौ , घरको आर्थिक अवस्था कमजोर भएकाले अव त ऋण समेत कसैले पत्याएका छैनन । आइसीयुमा रहेकि छोरिको उपचारको लागि भनेर बालिकाका मातापिताले ९८४६७३०८८७ आफुलाई सम्पर्क गरि मानवियताका नाताले धेरैथोरै सहयोग  गर्न हार्दिक अपिल गरेका छन्  ।

No comments:

Post a Comment