रुकुम पश्चिम घटनाका अभियुक्तमध्ये फरार ५ जना अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी (आदेशसहित)

विभेद बिरुद्द अभियान -  रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ स्थित सोती गाउँमा गत जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाका अभियुक्तमध्ये फरार ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।रुकुम जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी गर्दै नियमानुसार गर्न आदेश गरेको हो । नवराजसहित ६ जनाको हत्यामा संलग्न भएको आरोपमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि हालसम्म २९ जना अभियुक्त पक्राउ परेका छन् ।

घटनापछि दर्ता भएको अभियोग पत्र र थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले यस्तो आदेश गरेका हुन् ।

अदालतको आदेशमा भनिएको छ ‘फरार प्रतिवादीहरू तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढाका नाममा नियमानुसारको पक्राउ पूर्जी जारी गरि नियमानुसार गर्नू ।’

आदेशमा घटनाका २३ प्रतिवादीलाई मुद्दा पुर्पक्षको लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेसँगै कारागार चलान भएका छन् ।














No comments:

Post a Comment