कालिकोटमा कुटपिटबाट वडा सदस्य मना सार्कीको मृत्यु

विभेद बिरुद्ध अभियान - जेष्ठ २१  -कालिकोट । कालिकोट जिल्ला नरहरिनाथ गाउपालिका वडा नम्बर ९ निवासी महिला वडा सदस्य ४५ वर्षिया मना सार्कीको कुटपिटबाट मृत्यु भएको छ ।

जेठ १९ गते राती ९ः३० बजे स्थानीय बासिन्दा राजिन्द्र शाही, र्शिजना शाही लगायतले कुटपिट गरेको आफ्न्तको आरोप छ । सार्कीको गत शनिबार राति ११ बजे मृत्यु भएको हो ।उनका श्रीमान चुरे सार्की रोजगारको सिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरीकी आमा समेत रहेकी सार्कीको हत्याका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कालिकोटले जानकारी दिएको छ ।

मृतक सार्कीको लास पोस्टमाटमको लागि जिल्ला अस्पताल मान्ममा लगिएको छ । कुटपिटमा संलग्न भएको हुनसक्ने भने सोही वडा कि राजिन्द्रा शाही, श्रीजना शाही र दुर्गा शाहिलाई प्रहरिले अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालाय लगेको जानकारी दिएको ग्रामिण नेपाल मा खबर छ ।

घटनाका आरोपित गिरफ्तार

नरहरीनाथ गाउँपालिका-९ घरभई सोही वडामा दलित महिलातर्फबाट निर्वाचित वडा सदस्य ४२ वर्षीया मना सार्कीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थान निवासी २२ वर्षीया राजीन्दा शाही, १९ वर्षीया सृजना शाही र १८ वर्षीया दुर्गा शाहीलाई जेठ २१ गते प्रहरीले गिरफ्तार गरेको छ ।
मृतकका छोरा पदम नेपालीले कर्तव्य ज्यान र छुवाछुत कसुर सजाए एन अनुसार आरोपीहरूविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका इन्स्पेक्टर निरज चौलागाँइले बताए । मृतक सार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल कालिकोटमा राखिएको छ ।
घटनाको विषयमा दलित सेवा संघ, दलित गैरसरकारी सस्था महासंघ, नेपाल राष्टिय दलित कल्याण संघ लगाएतका दलित गैरसरकारी निकायल विज्ञप्तिमार्फत निन्दा गरेका छन् ।मृतका छोरा सार्कीले कर्तव्य ज्यान तथा जातीय छुवाछुत कसुर ऐनअन्र्तगत जाहेरी दिएपछि घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि राजिन्दा र सृजना शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। घटनाका विषयमा जिल्ला स्थित स्थानीय जनप्रतिनीधि दलित अधिकार तथा मानव अधिकारवादी संस्था, पत्रकार नागरिक समाजले प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गौतमलाई घटनाको सत्यतथ्य छानबिन र घटनाको दोषीलाई कानुनी कारबाहीको मागसमेत गरेका छन्।

तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली, नरहरिनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट नेपाल राष्ट्रिय दलित कल्याण समाजका जया विक, नेपाल पत्रकार महासंघका तुलाराम पाण्डे, इन्सेक जिल्ला प्रतिनिधिलगायतका व्यक्तिहरूले हस्ताक्षर गरेको ज्ञापनपत्रमा मना सार्की हत्याकाण्डको उच्च स्तरीय छानबिन समिति गठन गरि स्थलगत अध्यायन सहितको छानबिन समिति गठन गर्न माग गरेका छन्। यस्तै दोषीलाई सर्वस्व सहित जन्म कैद, जातीय विभेदका कारण दलित महिला जनप्रतिनिधिको हत्या गरिएकोले सहिद घोषणा गर्नु पर्ने, पीडित पक्षलाई उचित न्यायसहित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

No comments:

Post a Comment