कानुन मन्त्रालयले जातीय भेदभाव तथा छुवाछूत विरुद्ध राष्ट्रिय अभियान चलाउने

विभेद बिरुद्ध अभियान -काठमाडौ , २०  कातिक । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले  जातीय भेदभाव तथा छुवाछूत विरुद्धको नीतिगत र कानुनी परामर्शसँगै राष्ट्रिय अभियान चलाउने घोषणा गरेको छ ।
कानुन मन्त्रालयले गरेको गतिविधिलाई विहिबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी जातीय भेदभाव तथा छुवाछूत विरुद्ध राष्ट्रिय अभियान चलाउने घोषणा गरेको हो ।
मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जातीय भेदभाव तथा छुवाछूत विरुद्धको कानुनी अभियान सात प्रदेशमा संचालन गर्ने गरी आफुहरुले तयारी गरेको बताए । जातीय भेदभाव तथा छुवाछूत विरुद्धको नीतिगत, कानुनी र संस्थागत व्यवस्था सम्बन्धित हाते पुस्तिकाको मस्यौदा बनाउने , जातीय छुवाछूत विरुद्धको कानुनी अभियान कार्यक्रम संचालन सम्बन्धीत परामर्श, समन्वय अन्तरकृया कार्यक्रम संचालन गर्ने र दलित अधिकारका क्षेत्रमा विज्ञहरुसँग जातीय भेदभाव तथा छुवाछूत विरुद्धको नीतिगत ,कानुनी र संस्थागत व्यवस्था सम्बन्धीत हाते पुस्तिकको मस्यौदा विषयमा छलफल गरिसकेको प्रवक्ताले जानकारी दिए ।
यस्तै जातीय भेदभाव र छुवाछूत कसुर सजाय ऐन पहिलो सशोधन विधेयक व्यवस्थापिका संसदमा विधेयक पेश गर्ने स्वीकृतिका लागि कानुन मन्त्रालयबाट सहमति दिएको प्रवक्ताले जानकारी दिए । राष्ट्रिय दलित आयोगको विधेयक संसदमा विचारधीन रहेको भन्दै छिट्टै विधेयक पास भएर आउने मन्त्रालयले जनाएको छ ।
व्यवस्थापिका–संसदबाट पारित २८ विधेयकहरु
–मौजुदा ऐनहरुमा रहेका कतिपय व्यवस्थाहरुलाई तत्काल संविधान अनुकुल बनाउन विभिन्न १९३ वटा ऐनहरुलाई संशोधन गर्ने “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक”
–नेपालको संविधान पहिलो संशोधन
–शिक्षा (आठौं संशोधन) विधेयक
–भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण सम्बन्धी विधेयक
–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक
–खोप विधेयक
–राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही –नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक
–मेलमिलाप सम्बन्धी (पहिलो संशोधन) विधेयक
–मानव अंग प्रत्यारोपण (पहिलो संशोधन) विधेयक
–विनियोजन विधेयक
–सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक
–नेपाल खुला विश्वविद्यालय विधेयक
–सर्वोच्च अदालत ऐनलाई संशोधन गर्न बनेको विधेयक
–न्याय सेवा आयोगको काम, कर्तव्य, अधिकार र कार्य्विधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
–न्याय प्रशासन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
–न्याय परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
–विशेष आर्थिक क्षेत्र विधेयक
–कर्मचारी सञ्चय कोष (नवौं संशोधन) विधेयक
–लेखा परीक्षण (पहिलो संशोधन) विधेयक
–निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक
–बैकिङ कसूर र सजाय (पहिलो संशोधन) विधेयक
–सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) विधेयक
–आर्थिक विधेयक
–ऋण तथा जमानत (ऐघारौं संशोधन) विधेयक
–राष्ट्र ऋण उठाउने विधेयक
–औद्योगिक व्यवसायी सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक
–बन ऐनलाई संशोधन गर्ने बनेको विधेयक
–नेपाल राष्ट्र बैंक ( दोस्रो संशोधन) विधेयक
व्यवस्थापिका–संसदमा हाल विचाराधीन रहेका ३९ विधेयक
–अदालतको अपहेलना सम्बन्धी
–सामाजिक व्यवहार सुधार सम्बन्धी
–स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक
–देवानी संहिता
–देवानी कार्यविधि संहिता
–अपराध संहिता
–फौजदारी कार्यविधि संहिता
–फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक
–बैंक तथा वित्तिय संस्था सम्बन्धी
–नेपाल स्काउट (दोस्रो संशोधन) विधेयक
–केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धी
–राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) विधेयक
–राजर्षिजनक विश्वविद्यालय
–नेपालगञ्ज विश्वविद्यालय
–नेपाल पशु चिकित्सा परिषद् ऐनलाई संशोधन गर्न बनेको विधेयक
–निजी सुरक्षा सेवा व्यवसाय (नियमित र व्यवस्थित) गर्न
–यातना तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार (नियन्त्रण) विधेयक
–सामाजिक सुरक्षा सम्बन्धी
–भूमिगत जलस्रोत संरक्षण सम्बन्धी
–संकटापन्न वन्यजन्तु तथा वनस्पतिको प्रजातीको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी
–अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी
–श्रम सम्बन्धी
–वनस्पति र वनस्पति श्रोत सम्बन्धी
–राष्ट्रिय सुरक्षा परिषद् सम्बन्धी
–लोक सेवा आयोग
–सहकारी सम्बन्धी
–राष्ट्रिय चिकित्सा शिक्षा
–राष्ट्रिय दलित आयोग
–आदिवासी जनजाति आयोग
–सिंचाई सम्बन्धी
–मुस्लिम आयोग
–मधेसी आयोग
–थारु आयोग
–राष्ट्रिय समावेशी आयोग
–मतदाता नामावली सम्बन्धी
–निर्वाचन आयोग
–राजनीतिक दल सम्बन्धी
–संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सुविधा तथा सेवाका शर्त सम्बन्धी
–राष्ट्रिय महिला आयोग
व्यवस्थापिका–संसदमा विधेयक पेश गर्ने स्वीकृतिका लागि ८ विधेयक
–भाषा आयोग
–संघीय आकस्मिक कोष
–सार्वजनिक सुरक्षा (तेस्रो संशोधन)
–वस्तु विनिमय बजार
–कम्पनी ऐन, २०६३ संशोधन
–ख्वप विश्वविद्यालय
–निर्वाचन क्षेत्र निर्धारण आयोग सम्बन्धी विधेयक
–जातिय भेदभाव र छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक ।

No comments:

Post a Comment