दलित लक्षित कार्यक्रम विनियोजन नगरिएको भन्दै गाविस कार्यालयमा धर्ना

विभेद बिरुद्ध अभियान - दैलेख , कार्तिक २० - लयाटीबिन्ध्रासैनी गाविसको संशोधित गाउँ परिषद्मा दलितसम्बन्धी लक्षित कार्यक्रम समायोजन नगरिएको भन्दै दलित समुदायले कात्तिक १९ गते गाविस कार्यालयमा धर्ना दिएका छन् ।
धर्नाको समयमा दलितहरूले गाविसको खर्च प्रणाली अपारदर्शी भएको र दलहरूले कमिशनको हिस्सा लिएर चुप लागेको आरोप लगाएका छन् ।
कात्तिक १२ गते सम्पन्न गाउँ परिषद्ले स्थानीय निकाय योजना तर्जुमा कार्यविधिको मापदण्ड अनुसार बजेट विनियोजन नगरेको जनाउँदै बजेट समायोजन गर्न माग गर्दासमेत वास्ता नगरेको विरोधमा दलित समुदायले गाविस कार्यालयमा धर्ना दिएको बताइएको छ ।
परिषद्ले गरेको निर्णयको बारेमा जानकारी माग्दासमेत गाविस सचिव गणेशबहादुर शाहीले सूचना दिन नचाहेको छविलाल नेपालीले आरोप लगाए । उनले भने-‘गाविस सचिवले बजेट त लुकाए लुकाए कागज समेत लुकाए ।’
संशोधित बजेटमा दलित लक्षित कार्यक्रमका विषयमा गाविस सचिव शाहीले जिविसमा पेश गरी सकेपछि मात्र सार्वजनिक गर्न मिल्ने बताए ।

No comments:

Post a Comment