करिब एक बर्ष कोमामा रहेका मनकुमारलाई अस्पतालले डिष्चार्ज दिएपछि कोठामा राखेर उपचार गरिदै आएको थियो । आमाबाबुको सुखका लागि युएई आएका मनकुमारकै सेवाका लागि आमा बद्रीमाया र दिदी जानकी झण्डै दुई बर्ष देखि दुबईमा थिए ।
पथरी शनिश्चरे समाजको सहयोग ।
दुई महिना सम्म उपचार गर्दा निको नभएपछि उनी कार्यरत कम्पनीले उनको थप उपचार गर्न नसक्ने बतायो । तर बिभिन्न किसिमले दबाव सृजना गरिएपछि अस्तालले झण्डै एक बर्ष सम्म बिरामी कुर्नका लागि आफ्ना कर्मचारीलाई पालैसंग पठाउने गरेको भाई बाबुले जानकारी दिए । यस बीचमा पथरी शनिश्चरे समाज, नेपाली समाज लगायतका संस्थाका अगुवाले सहयोग गरेको बाबुले बताए । नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, पथरी शनिश्चरे समाजका अध्यक्ष कृष्ण पौडेल लगायतले आर्थिक सहयोग गर्नुका साथै कानुनी प्रकृयामा पनि सघाएको उनले बताए । मनकुमारका आमाबाबु तथा दिदिलाई नेपालबाट ल्याउने, कोठा खोजेर राख्ने देखि तीन तीन महिनामा भिजा नविकरण गर्ने काममा पनि सहयोग भएको उनले बताए ।
भाई पनि रोजगारी खोज्दै ।
मनकुमारको परिवारमा अहिले मुख्य आर्थिक स्रोत उनका भाई बाबुको आम्दानी हो । तर दुई महिना देखि उनीपनि युएईमा रोजगार बिहिन छन् । बैदेशिक रोजगारीको शिलशिलामा युएई आएका मनकुमारका भाई बाबु विश्वकर्माले जागिर गर्दै आएको कम्पनीमा भिषा सकिएको छ । त्यो कम्पनीमा भिजा थप नहुने भएपछि उनीपनि नयाँ रोजगारीकै खोजीमा छन् ।
अस्पतालको व्यवहार सहयोगी
उपचारका लागि अस्पतालमा तिर्नु पर्ने लाखौ रुपैया बाँकी रहेपनि अस्पतालको व्यवहार सहयोगी रहेको पाईएको परिवारका सदस्यले बताए । अस्पतालमा कुरुवा बस्दा भाषा लगायतका समस्या पर्दा अस्पतालले त्यहाँ काम गर्ने नेपाली कर्मचारी तथा सुरक्षाकर्मी मार्फत सहयोग पुर्याएको आमा बद्रीकुमारीले बताईन । मनकुमारको अल नाहादामा रहेको एन एम सी अस्पतालमा उपचार भएको थियो ।
दुतावासबाट अपेक्षाकृत सहयोग पाईएन ।
झण्डै दुई बर्ष उपचारका क्रममा नेपाली दुतावासबाट अपेक्षाकृत सहयोग नभएको परिवारका सदस्यले बताए । दुर्घटनापछि दाजुको उपचार तथा क्षतिपुर्तिका लागि पहल गर्न दुतावास धाएपनि त्यहाँबाट त्यसमा खासै सहयोग नभएको मनकुमारका भाई बाबुले बताए । केही कागजात बनाउने कुरामा सहयोग भयो त्यस बाहेक केही भएन उनले भने । उपचारका लागि ठुलो रकम लाग्ने भएको आर्थिक सहयोग गर्न नसकिने र काननी लडाईका लागि वकिलको ब्यवस्थाका लागि पनि दुतावासमा कुनै ब्यस्था नभएको दुतावासले बताएको उनले बताए ।
उपचारका लागि झण्डै पन्ध्रलाख धिराम खर्च भैसकेको परिवारका सदस्यले जानकारी दिए । शरुवाती दुई महिना बिमा कम्पनी तथा उनी कार्यरत कम्पनीबाट सहयोग भएपनि त्यसपछि सहयोग भएन । अहिले क्षतिपुर्ति दाबी गरि अदालतमा मुद्धा दायर गरिएकाले क्षतिपुर्ति पाउने परिवारको आशा छ । अस्पतालमा पनि क्षतिपुर्ति पाएपछि भुक्तानी गर्ने आश्वासन दिएर उपचार गराएको उपचारमा सघाउदै आएका दिपक अधिकारीले जानकारी दिए ।
थप जानकारीका लािग
बाबु विश्वकर्मा भाई ०५६२३७७८००
रमेश अधिकारी सहयोगी ०५५४८९७५२०
कृष्ण पौडेल सहयोग ०५५७७६२७१५
No comments:
Post a Comment