अन्तरजातीय विवाह गरेका गणेश र ज्योति विस्थापित जीवन बिताउन बाध्य भए

विभेद बिरुद्ध अभियान - २७ भदौ। अन्तरजातीय विवाह गरेका जाजरकोट, जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका गणेशकुमार चदारा र र सोही ठाउँकी ज्योति शाह दुई वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन् । विवाह गरेदेखि उनीहरु आफ्नो घर जान पाएका छैनन् ।

सदरमुकामस्थित भाडाको कोठामा उनीहरुले गुजारा चलाइरहेका छन् । कथिल्लो माथिल्लो जातका भनिने माइती पक्षका शाह ठकुरीको धम्कीका कारण उनीहरु विस्थापित जीवन बिताउन बाध्य भएका हुन् ।

२०६७ सालमा गणेश १७ वर्षका थिए, ज्योति १५ वर्षकी । त्यतिखेर उनीहरुबीच प्रेम बस्यो । मायाप्रेम बसेपछि गणेशले २०६७ साल असार २९ गते ज्योतिलाई भगाएर घर ल्याए । तल्लो जातको केटासँग बिहे गरेको भन्दै माइतीले ज्योतिलाई खोसेर लगे । गणेशलाई कुटपिट गरे । परिवारलाई धम्क्याए । तर, उनीहरुको प्रेमलाई जात र धाकधम्कीले रोकेन । उनीहरुले उमेर पुगेपछि पुनः २०७२ कात्तिक ९ गते सँगै मर्ने सँगै बाँच्ने कसम खाँदै गाउँबाट भागे । गाउँमा आए जेसुकै हुन सक्ने भन्दै परिवारले धम्क्याएपछि उनीहरु घर जान सकेका छैनन् । यही कारण कक्षा १२ को परीक्षासमेत दिन पाएनन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment