
विभेद बिरुद्ध अभियान -भदौ २८ - तनहुँ - धारामा पानी थाप्ने क्रममा छोइएको भन्दै गत शनिबार एक दलित महिलालाई जातिय विभेद गर्नुका साथै निर्घात कुट्ने रुपा गुरुङले माफी मागेकी छिन् ।जिल्लाको व्यास १० निवासी २७ वर्षीया प्रतिक्षा परियार सोही स्थान निवासी ३० वर्षीया रुपा गुरुङले जिल्ला प्रहरी कार्यालय तनहुँको परिसरमा माफी मागेकी हुन् ।
छुवाछुतको निहुमा प्रतिक्षामाथि यसरी भयो कुटपिट शिर्षकमा समाचार प्रकाशित भएपछि उक्त घटना बारे सर्वत्र चर्को बिरोध भएको थियो । पीडक पक्ष र पीडित पक्षबीचको छलफल पछिको सहमतिमा पीडक गुरुङले माफी माग्दै, 'आउँदा दिनमा यस्तो गल्ती नदोहोराउने र जातिय विभेद नगर्ने' प्रतिबद्धता जनाएपछि दुवै जना समझदारीमा मिलेर गएका छन् । प्रतिक्षाको उपचारको लागि रुपाले ५ हजार सहयोग गरेकी छन् ।
No comments:
Post a Comment