चलचित्र ‘तुईन’ बाट उठेको रकम मुगुकी चुक्का नेपालीलाई

विभेद बिरुद्ध अभियान - ( विजय थापा) ,अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्दै आएकी ‘तुईन’ चलचित्रकी निर्मात्री सृजना उप्रेतीले  चलचित्रबाट  उठेको रकम मुगुकी आङ्ग झरेकी चुक्का नेपालीलाई आर्थिक सहयोग गरेकी छिन् । 

गत मे महिनाको ९ तारिख अमेरिकाको भर्जिनियाको रेस्टन शहरमा ‘तुईन’ चलचित्र प्रदर्शन गरिएको थियो । उक्त दिन बुधबार कामको दिन परेता पनि  बिदेशी तथा नेपाली दर्शकआएका थिए । र दर्शकले चलचित्र राम्रो भएको प्रतिक्रिया दिएका थिए ।

उप्रेतीले यस्ता कार्यक्रमबाट उठेका रकम बाट सामाजिक सेवामा गर्दै आएकी छिन् । ‘तुईन’ चलचित्र अमेरिकाको अन्य शहरमा पनि प्रदर्शन हुने भएको छ । उनले कुराकानी गर्दै चलचित्रबाट उठेको रकमले सामाजिक सेवामा खर्च गर्न नडराउने उप्रेती बताइन । उनले अमेरिकामा रहेका सबै समुदायलाई यो चलचित्र प्रदर्शनको लागि आग्रह गर्दै उठेको रकमले केहि असल काम गर्न ईच्छा रहेको बताइन ।

‘तुईन’ विश्वकै जोखिमपूर्ण नदी पार गर्ने माध्यम मध्ये एक हो । एउटा डोरीको सहाराबाट नदी पार गर्ने माध्यम तुहिन ग्रामिण नेपालका भेगहरुमा यस्को प्रयोग हुने गरेको छ। यस्तै तुहिनयात्राको जोखिम, झोलुङ्गे पूल निर्माण सम्बन्धित पक्षको उदासिनता जस्ता विषयहरुलार्इ समेटेर ‘तुहिन’ चलचित्रको निर्माण गरिएको हो  ।

यो फिल्मको निर्माता श्रीजना उप्रेती रहेकी छिन्। उक्त फिल्ममा तुहिनयात्रामा संघर्ष गर्ने एक युवक सुरज थापालार्इ वास्तविक कथाको काल्पनिक पात्रको रुपमा उभ्याइएको छ।

विद्यार्थीहरु तुहिनमा यात्रा गरिरहेका बेला जब तुहिन टुटेर झर्छ र बाँचको एक विद्यार्थीको रुपमा चलचित्रमा राखिएको छ। यो चलचित्रको निर्देशन उत्सव थपलियाले गरेका हुन्।

No comments:

Post a Comment