कार्य समितिमा हेरफेर गर्दै दलित एकता संजाल नेपाल-कुवेतको पाचौं वार्षिक उत्सव सम्पन्न

गोपाल शिवा – कुवेत ५ मे – दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीको सहभागीगिता भन्ने मुल उदेश्यका साथ स्थापित दलित एकता संजाल राष्ट्र समन्वय समिति कुवेतको पाचौं वार्षिक उत्सव सम्पन्न भएको छ । अध्यक्ष रमेश पाल्पालीको सभापतित्वमा मे ४ तारिख शुक्रबार कुवेतको मुर्गाफ स्थित गुलसन होटलमा पाचौं वार्षिक उत्सव कार्यक्रम आयोजना सम्पन्न भएको छ ।
कार्यक्रममा दलित एकता संजालका सलाहाकारहरु साथै दलित एकता संजाल कुवेतका कार्य समिति सपरिवार एवं कुबेतमा क्रियाशील विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सयुक्त रुपमा दिप प्रजवलन गरि केक काट्दै कार्यक्रमको उद्धघाटन गर्नु भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका सभापति अध्य्क्ष नेपालीले आउँदा दिनमा दलित एकता संजाल नेपाल कुवेत लाई एकताबद्ध र सशक्त ढंगले अघि बढाउँदै कुवेतमा रहेका दलित समुदायलाइ जोड्दै कुवेतमा क्रियाशील संघ सस्था ,सम्पूर्ण शुभचिन्तक, समर्थक तथा शुभेच्छुकहरु संग हातेमालो गर्दै दलित समुदायको हक, हित र सुरक्षाका लागि अझै बलियो ढंगले अघि बढ्ने प्रतिबध्ता गर्दै कार्यसमितिमा चयन भएका सवै नया पदाधिकारीहरुलाइ स्वागत एव शुभकामना समेत व्यक्त गरेका थिए ।
त्यस्तै गरि कार्यक्रममा शिव घमालको प्रमुख आतिथाई रहेको थियो भने समाजसेवी गणेश रावत ,रवी बन्जाडे, लुम्बिनी समाज नेपालका अधय्क्ष रुपन हमाल , एच पी खत्री ,मिडियाकर्मी राज मल्ल संजालका बरिस्ट सलाकार हितकाजी चन्द्र , जीवन सुनारको प्रमुख अतिथियाई रहेको थियो । कार्यक्रममा बोल्दै अतिथि रवी बन्जाडेले सैद्धान्तिक र वैचारिक रुपमा सचेत र संगठित भएक‍ो अवस्थामा दलित समुदायको हित हुने कुराको चर्चा गर्दै नव गठित कार्य समितिलाइ बधाई दिएका थिए ।
कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिब घमालले कुवेतमा दलित संजालको स्थापाना गर्दा को त्यो माहोल स्मरण गरेका थिए । घमालले नेपाली समाजको परिवर्तनमा दलित समुदायहरुले हरेक परिवर्तनका आन्दोलनमा मुख्य भुमिका निभाएको चर्चा गर्दै परिवर्तनका लागि आफै सचेत र क्रियाशिल हुनु पर्ने बताएका थिए । त्यस्तै गरि कार्यक्रममा बोल्दै बिभिन्न अतिथिहरुले नया कार्य समितिलाइ शुभकामना र कार्यक्रमको सफलताको कामना गरेका थिए ।
राजन बाबू परियारले संचालन गरेको यस कार्यक्रममा दलित एकता संजाल कुवेतमा आबद्द रहेर सामाजिक कार्यमा सक्रिय रहेका एवं विभिन्न समयमा संजाल लाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्नु हुने महानुभाव लाई सम्मान पत्र सहित दोशल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्य समितिमा हेरफेर पछी भने कार्यसमिति यस प्रकारको बनेको छ ।
अध्यक्ष -रमेश नेपाली
प्रथम उपाध्यक्ष-कृष्ण सुनार
द्दितिय उपाध्यक्ष-राजन बाबू परियार
महिला उपाध्यक्ष-माया बि.क
तृतीय उपाध्यक्ष-पुर्ण सिङ्ग सिके
सचिब -गुप्त गैरे
सह सचिब -रबि परियार
कोषाध्यक्ष -रमन नेपाली
सह कोषाध्यक्ष -दिपेश नेपाली
महिला सम्योजक -आशा बि.क
युबा सम्योजक- ओम प्रकाश बि.क.
सास्कृतिक बिभाग प्रमुख सोम रसाइली हुनुहुन्छ भने बर्तमान उपाध्यक्ष गम बहादुर सुनार ज्युलाइ सल्लाहकारमा राखिएको छ।

No comments:

Post a Comment