होटलमा खाजा खान आएका ग्राहकलाई जातीय छुवाछूत गर्ने धरौटीमा भए रिहा

विभेद बिरुद्ध अभियान - धादिङ, २१ वैशाख । होटलमा खाजा खान आएका ग्राहकलाई जातीय छुवाछूत गरेको आरोप लागेका व्यापारीलाई जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ ।

गजुरी गाउँपालिका – ३ का २८ वर्षीय ज्ञानेन्द्रबहादुर मगरलाई जिल्ला अदालतको आदेशले रु १० हजार धरौटीमा रिहा गरेको हो । मगरको होटलमा चाउचाउ खान गएका सोही स्थानका ३४ वर्षीय चन्द्रबहादुर विकलाई होटलमा जातीय छुवाछूत गरी होटलबाट बाहिर बस्न लगाएका थिए । 

आफूलाई जातीय छुवाछूत गरेको जनाउँदै विसं २०७४ चैत २५ गते विकले जाहेरी दिएका थिए । अभियुक्त मगरलाई प्रहरीले वैशाख १२ गते पक्राउ गरी मुद्दा चलाएको थियो ।

No comments:

Post a Comment