दलित बनाउनेहरुको पिछा लाग्ने हैन, समकक्षी बनौं - बलदीप प्रभाश्वर चामलिङ

विभेद बिरुद्ध अभियान - जेष्ठ ११- मेरी सानी छाेरी सुम्निमा राईले भनिन्, " म रिमा विश्वकर्मा जस्ती राम्री र माेडल बन्न चाहन्छु ।"म मनमनै खुसी भएँ किनकि अब सुन्दरताकाे मापदण्ड जात विशेषले निर्धारण गर्ने समय अन्त हुदैरहेछ । मैले मेराे परिवारमा जातीय विभेदकाे पूर्वाग्रहकाे निषेध गर्नुले पनि याे भएकाे हाे भन्ने ठानेकाे छु ।

पुजा चन्द र निरूता सिंहहरूले जातीय पहिचान नलुकाइ दिएकाे भए आज दलित महिलाहरू सुन्दर हुँदा " कस्ती बाहुनी जस्तै राम्री रहेछिन्" भन्ने मिथ ताेडिने थियाे । बाहुनीहरू नराम्री हुँदा "कस्ती कमिनी-दमिनी जस्ताे नराम्री रैछन् " भन्ने चिन्तन अन्त्य हुने थियाे ।अशाेक शर्मा र तुलसी घिमिरेहरूले आफ्नाे पहिचान खुलाउन हिम्मत गरेकाे भए आज दलितहरू घन कुट्ने काम मात्रै नगरेर बाैद्धिक कलाकारितामा पनि अब्बल हन्छन् भनेर गर्वका साथ छरछिमेकमा छाँती फुकाउने थियाे ।

आहुतिहरूले थर खुलाएका भए आज दलितहरू जुत्ता सिलाउने मात्रै नभएर प्रतिष्ठित चिन्तक, दार्शनिक , साहित्यकार पनि हुन्छन् भन्ने प्रमाणित हुने थियाे ।त्यसैले हामीले थर नलुकाऔ । चरा माथी आकासमा जति उडे पनि आखिर चाराे खान भुईमै आउनु पर्छ । आखिर तुलसी घिमिरे, आहुतिहरूले आफ्नाे सन्तानकाे वरवधु खाेज्न सशांक काेइराला, केपी ओली र प्रचण्ड दाहालहरूकाे कुलमा हाेइन, राज्यले सदियाैं देखि थिचेर राखेका उनै दलित समाजमा नै जानुपर्छ ।

त्यसकारण पहिले आफ्नाे समाज निर्माण गर्ने हाे । आफूलाई दलित बनाउनेहरूकाे पिछा लाग्ने हाेइन, समकक्षी बन्ने हाे । आफ्नाे समाजकाे उदाहरण र गुणकाे मापदण्ड बन्ने हाे ।

लेखक बलदीप प्रभाश्वर चामलिङ "जातियमुक्ती र लोकतन्त्र" , "क्रुसमा नमरेका बुद्धमार्गी जिसस"का  लेखक / अनुवादक एव राष्ट्रिय जनमुक्ति पार्टीका सचिब -हुनु हुन्छ  (तस्बिर  रिमा बिस्वकर्मा -गुगल ) 

2 comments:

  1. सवै राम्रो तर २ टा कुरा गलत। १. अशोक हर्मा दलित हुन् भन्ने कहााबाट पुष्टि गर्नुभयो । आहुतिले कहिल्यै थर लुकाएनन् । आहुति उनको साहित्यकि नाम हो । लेखक वाहेक सवैले उनी साकी जातिका हुन् भनेर चिनेकै छन् ।

    ReplyDelete
    Replies
    1. शर्मा घिमिरे लामिछने पोख्रेल सबै बाहुन को थर दलित हुन सक्ने रहेछन तर कारन चाहिँ बाउ चाहिँ बाहुन अनि आमा चाहिँ तल्लो जात भनिएकाहरु बाट जन्मिएकाहरु यस्तोमा पर्दा रहेछन् ।

      Delete