‍‍जाजरकोटका शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरे

विभेद बिरुद्ध अभियान - जाजरकोट, कात्तिक १४ । सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाउनुभएको छ ।
करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो । स्थानीय पानी घट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता नेपालीले बताउनुभयो । घट्टबाट बेलुका ६ देखि बिहान ६ बजेसम्म बिजुली निकाल्ने गरिएको छ ।
घरघरमा बिजुली पुगेसँगै टिभी हेर्न, मोबाइल चार्ज गर्न र विद्यार्थीलाई पढ्न सजिलो भएको स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज वीरराज सिंहले बताउनुभयो । यसअघि सो गाउँका बासिन्दाले सोलार र दियालोको उज्यालोमा जीवन गुजारा गर्नुपरेको थियो ।
बिजुली निकाल्न रु तीन लाखभन्दा बढी खर्च भएको नेपालीले वताउनुभयो ।

No comments:

Post a Comment