मानबहादुर विकको घरमा बालिएको दियोबाट आगो सल्के पछि ६० घर नष्ट

विभेद बिरुद्ध अभियान -काठमाडौं, असोज १५ । काठमाडौंको बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् ।शनिबार मानबहादुर विकको घरबाट शुरु भएको आगलागीमा ६० घर नष्ट भएको प्रहरीले जनाएको छ ।

मानबहादुर विकको घरमा बालिएको दियोबाट आगो सल्केको बताइएको छ ।आगोमा परेर करिब १५ वटा ग्यास सिलिण्डर पड्केका थिए । शनिबार बडादशैंको टीका परेकाले विकको घरमा दुर्गा माताको पूजा आरधना गरी दियो बालिएको बुझिएको छ ।

डेरामा बस्ने तीन जना आगोमा परेर घाइते भएका छन् भने सबैको खाद्यान्न, लत्ताकपडा जलेको छ ।स्थानीय कुलेश्वर प्रहरीको सकृयता र नेपाली सेनाका पाँच वटा दमकलले रातभर लगाएर आगो नियन्त्रणमा लिएका थिए ।अग्निपीडितहरुको लागि बस्ने र खानेको समस्या छ भने लत्ताकपडा सबै जलेर नष्ट भएका छन् । उनीहरुलाई स्थानीयबासिन्दाले बस्ने, खानेको व्यवस्था गरेका छन् ।

No comments:

Post a Comment