अब पनि जागेनौ भने फेरी कहिले जाग्छौ ?- गोपाल शिवा

विभेद बिरुद्ध अभियान - २२ असोज - दुई दिन अघि मोरङको बेलबारी २ देबीथानडाँडामा १४ बर्षिय एक दलित समुदाय कि बालिकालाई चोरीको आरोप लगाउँदै कालोमोसो दलेर जुत्ताको माला सहित सिस्नुपानी लगाएर यातना दिँदै बजार घुमाउने क्रममा इलाका प्रहरी कार्यलय बेलबारीले भेटी उद्धार गरेको एउटा समाचार बिभिन्न मिडियामा आए पछी हजारौ दलित समुदायबाट आक्रोशको धेरै भन्दा धेरै प्रतिक्रियाहरु सहित यो समाचार सामाजिक संजालमा सेर गरियो । अर्को तिर दलित समुदाय माथि जे गरे पनि हुन्छ भने संकीर्ण ,दरिद्र तथा अहंकार मानसिकता बोकेका गैर दलितहरु मध्येकै केहि भने यस्ता विकृत मानसिकता बोकेका व्यक्तिहरुका कारण नेपाली समाजको बिकास हुन् सकेन भनेर भन्दैछन । समग्रमा आफुलाई दलित भन्ने नभन्ने कथित दलित र गैर दलित सवैको व्यक्त धारणाहरूमा मुख्यतया दुइधारणा बाहिर आएको पाइयो ।आज मैले चर्चा गर्न खोजेको विषय दलित समुदाय र गैर दलित समुदाय एवं तिनको यहि सोच र ब्यबहारको एक अंशसँग सम्बन्धित छ।

गैर दलित समाजलाई लज्जित बनायो 

दलित समुदाय कि बालिका माथि भएको कुटपीट, मोसो दल्ने र जुत्ताको माला लगाइदिने घटनाले समाजलाई लज्जित बनाएको छ भन्ने गैर दलित मित्रहरुको धारणा पाइयो ।२१ सौ शताव्दीमा कथित ठूलो जातका बाट जंगली असभ्य क्रुर ब्यबहार हुदा समाजलाई लज्जित बनायो भनेर जतिसुकै ठुला कुराहरु गरेता पनि यो हाम्रो सामाजिक संरचनामै खोट रहेको कुरामा कसैको दुइमत नहोला । यो संरचना दलित समुदाय माथि अमानविय घटना हुदा मुखले ठिक पार्ने तर मिलापत्र गराउने , घटना थामथुम गर्ने र आपराधीक मानसिकताका पाखण्डीहरूलाइ जीवन्त राख्ने छ । गैर दलित मित्रहरुले भन्ने गरे जस्तो बोल्ने गरे जस्तो ब्यबहारमा प्रगतिशील संरचना हुने हो भने यो समाजमा एक पछी अर्को दलित समुदायको नागरिक अमानविय घटनाको सिकार अहिले सम्म हुदैन थे । अहिले नै पनि समाजका दलितहरुले दैनिक जीवनयापनका कतिपय सवालहरुमा गम्भीर समस्या भोगिरहेका छन, जुन यी दलित समुदायलाइ उल्लु बनाउन मिठो बोलेर सधै दत्तचित्त रहनेहरुका सरोकार बाहिरका विषयबस्तु जस्ता देखिन्छन । अपवाद छाडेर दलित मैत्री बनेका गैर दलितहरुको बोली र ब्यबहार केलाउँदा सकारात्मक भन्दा नकारात्मक कदमको खेति गर्न ब्यस्त रहेको एव सकारात्मक पक्ष बिलाएको छ ।समाजमा गैर दलितले गर्ने दलित समुदाय माथिको ज्यादती प्रति जबरजस्ति आँखा चिम्लेर मुखले ठिक भन्ने र ब्यबहारले दिक्क पार्ने दोहोरो मानसिकता बोकेको यो समाजलाई लज्जित नबनाए अरु के बनाउछ ? अत भावनामा बहकिएर दलित मैत्री बन्ने भन्दा पनि सकारात्मक सन्देश प्रवाह गर्नसक्ने व्यक्ति बनौ ।किनकी परिवर्तनकारी सोच र खोजको विम्बात्मक स्वरूप प्राप्त गरिसकेको व्यक्तिका प्रत्येक क्रियाकलाप समतामुलक समाज निर्माण गर्ने  चासोको विषय बन्नु पर्छ र सम्बोधन हुनु पर्छ ।

कुम्भकर्ण जस्तो सुत्ने दलित समाज

लोकतन्त्रमा नै जनताको स्वतन्त्रता, समानता र भातृत्वको उच्चतम अभ्यास हुन्छ भन्दै जातीय छुवाछुत तथा सवै प्रकारका विभेद मुक्त नारा उराल्दै नेपाली समाज नया सविधानको कार्यन्बयनको मार्गमा छ ।तर कानुनी राज्यको धज्जी उडाउँदै एउटी दलित समुदाय कि बालिका माथि सिस्नोले कुटपिट गर्ने, मोसो दल्ने र जुताको माला लगाउदै गाउ बस्ति घुमाउने यो जघन्य अपराधको जत्ति नै निन्दा गरेपनि कमी नै हुन्छ । दलित समुदाय माथि अहिले सम्म भएका गरिएका ज्यादती संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्रलाइ सवैधानिक वा कानुनीरूपमा स्थापित राज्यको न बाल अधिकार अन्तर्गत पर्छ , न त् मानव अधिकार अन्तर्गत पर्छ न त महिला अधिकार भित्र नै परेको छ । अचचम को कुरा त हिजो लक्ष्मी परियार देखि आज यी परियार थरकि बालिका माथि त्यत्रो जघन्य अपराध भयो तर बालधिकारको क्षेत्रमा, महिलाअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको कहिँ कतै उल्लेख्य र सम्झिन लायक उपस्थिति देखिएन । खै किन हो दलित समुदाय माथि ज्यादती हुदा पनि दलित विरुद्ध हुने हिंसा, दुर्व्यवहार,विभेद र कानुनी सजायका समस्या समाधानको लागि राज्यको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै नारा तय गर्ने महिलाधिकारकर्मी,बालधिकारकर्मी, मानवअधिकारकर्मी, मीडिया र नागरिक समाजको भूमिका उल्लेखिनिय पाइएन  
अर्को तिर मानवीय संवेदना र सभ्यतालाई समेत चुनौती दिनेगरी गरिएको यो दूव्र्यवहारको डकार जब मिडियामा गन्हाउन थाल्छ / थाल्यो अनि सामाजिक संजालमा ति अपराधीहरुलाई अनेकौ गालि गलौच गर्ने देखि भौतिक कारिवाही गर्ने एवं बन्दुक उठाउने परे पनि उठाई छाड्ने हुँकार अहिले सम्म बिभिन्न समाज भन्दै जुट्न नसकेका दलित समुदायका आदरणीयहरु ओकेल्दै देखा पर्छन ।  ७० वर्ष सम्म कुम्भकर्ण जस्तो सुतेको दलित समुदाय आफु र आफ्ना माथि यस्ता अमानविय घटना हुदा जुर्मुराउन सम्म जुर्मुराएर उठ्छ तर प्रतिकार गर्ने , कानुनि उपचार खोज्ने, पीडकलाई कारबाही गर्नका लागि आवश्यक पहलको काम चै अल्छि पाराले हाईहाईगर्दै कछुवा गतिले काम गर्ने सस्कार हावी छ। गरौं न त भन्नेहरू मौखिक रूपमा धेरै दलितहरु भेटिने गर्छन तर बिरालोको घाटीमा  घण्टी झुण्डाउ भन्दा चै बत्ति बालेर नै खोज्नु पर्छ ।समाजमा बाहिर आएका तर प्रहरीसम्म नपुगेका धेरै घटनाहरु समाजका अग्रज व्यक्ति, पीडक र पीडितबीच छलफल गरी मिलापत्र गराउदै विभेदलाई जीवन्त राख्दै आएको सत्य बुझेका दलित समुदायकाहरु, के यी र यस्ता परिघटनाहरु हुदा मात्र नकारात्मक टिप्पणी उठाउन पर्याप्त प्रेरक हुन हाम्रो लागि ? एक पछी अर्को गर्दै दलित समुदायका नागरिक अमानवीय ढंगले प्रताडित हुदा पनि हामि एक हुदैनौ भने , साझा मुदा र सोच बनाउदैनौ भने र अब पनि जागेनौ भने फेरी कहिले जाग्छौ ?

अन्त्यमा,

समुदायको माया गर्नेहरू एकअर्कासित सधैं कुरा गर्छन्‌, योजना बनाउछन , साझा सोच र साझा पिडा बनाउछन । केही कुराको खाँचो परेको बेला मात्र होइन सधैव के कसरि हुन्छ समुदायलाई उत्थान र सम्बर्दन गर्न सकिन्छ भनेर लागेका हुन्छन । सम्पन्नता बिपनता जे भए पनि एकअर्काको चासो राख्छन्‌।तर नेपालमा दलित समुदाय माथि भएका ज्यादतीको सुक्ष्म विश्लेषण गर्ने हो भने एउटा दलित माथि अन्याय अत्याचार हुदा समुदायको अर्को जान्ने बुझ्ने दलित, आमसञ्चार, नागरिक समाजसेवी एवम् वुद्धिजीवीवर्गले मौनता साधेर बसिदिने गरेको छ ।पछिलो सत्तरी बर्षमा दलित नेताहरु दलित समुदाय माथि भएका ज्यादतीका नीतिलाइ आफुले डोर्याउने हैनन कि आफै निरन्तर परिवर्तन हुने छेपारे दलित राजनीति र आन्दोलन गर्न माहिर छन जसले गर्दा अहिले सम्म भएका अमानविय घटनामा कसैले पनि न्यायोचित ढंगले न्याय पाउन सकेका छैनन ।फलस्वरूप आफु माथि अमानविय र ज्यादती हुदा पनि न्यायोचित उपचार नपाउने/ नदिलाउने बेइमानी गरेको बग्रेल्ती उदाहरण देख्न सकिन्छ । यो त्यस्तो चरम रोग हो, जसलाइ हटाउन दलित नै जागरुक नहुन्जेल कसैको केहि लाग्दैन ।

प्रत्येक क्रियाकलाप सार्वजनिक चासोको विषय बन्नु पर्छ अनि मात्र समतामुलक नेपाली समाज बन्न थाल्दछ । त्यसैले यहि लेख मार्फत बेलबारी २ कि परियार बहिनी संग गरिएको अमानवीय घटनाको सत्यतथ्य छानविन, दोषिको तत्काल पहिचान गरी कडाभन्दा कडा कारवाही गरी पीडितलाई न्यायका लागि नेपाल सरकार र सरोकारवाला निकाय सँग जोडदार माग गर्दछु । समाजका गरिव , उत्पीडित ,कथित दलित र दलित महिलाहरुमाथि निरन्तर बढ्दै गएका जातीय भेदभाव तथा छुवाछूत र बलात्कार लगायतका हिंसा अन्त्यका लागि राजनीतिक दल, मानवाधिकारवादी, संघसंस्था, नागरिक समाज, आमसञ्चारकर्मी लगायत सबै सरोकारवालाहरु लाई न्यायका पक्षमा सहयोग गरिदिनु हुन समेत हार्दिक आवहान गर्न चाहन्छु ।

No comments:

Post a Comment