बलात्कारपछि हत्या गर्न खोज्ने श्रेष्ठ पक्राउ, बालिकाको उपचार गर्न आर्थिक सहयोगको आब्हान

विभेद बिरुद्ध अभियान -१३  कात्तिक ।तारा लामगादे (महाप्रतिवाद) धरान÷गत शनिबार दिउँसो १ बजे भोजपुर जिल्लाको आम्चोक ९ दुम्मानाकी १४ वर्षकी बालिकालाई बलात्कार गरी हत्या गर्न खोज्ने सन्तोष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेकी बालिकाको आर्थिक अवस्था कमजोर भएका कारण आर्थिक सहयोगको आब्हान गरिएको छ । 
बालिकालाई श्रेष्ठले घास काट्न गएको बेला जबरजस्ती गरी खोल्सामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि पीडितले दाजुलाई सुनाईदिन्छु भनेपछि श्रेष्ठले आँखामा हँसिया तथा ढुंगाले हानेर मरिभनि छोडेर भागेका थिए । फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जाहेरी लिएर दोषीलाई कडाभन्दा कडा कार्वाही गर्ने तयारी भईरहेको संघीय प्रहरी इकाई कार्यालय कोशीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालले जानकारी दिएका छन् । उनले भने–‘यो अत्यन्तै जघन्य अपराध हो । यसलाई कुनै हालतमा उम्कन दिँइदैन । जबरजस्ती करणी र ज्यान मार्ने उद्योगसमेतको मुद्दा चलाएर कडा कार्बाही हुन्छ । जाहेरी दिने उनका दाजु समेत उपचारमा भएका कारण जाहेरी दिन ढिला भएको छ तर पनि कानुनी प्रक्रिया तुरुन्तै मिलाईन्छ र अपराधीलाई सजाय हुन्छ । यस्ता घटनाले स्तब्ध तुल्याएको छ । पीडित बालिकाको उपचारमा सबैले सहयोग गरौं ।’
सानैमा आमा गुमाएकी ति बालिकालाई उनका दाजु र दिदीले हुर्काएको दाजु धनबहादुर लोहारले बताए । बुबा करिब ९ वर्ष अघि भारततिर गएका अहिलेसम्म फर्किएका छैनन् । उनी कहाँ छन् भन्ने छोराछोरीलाई अत्तोपत्तो छैन । धनबहादुर समेत भर्खर १८ वर्ष पुगेका छन् । बालिकाले विद्यालयसमेत नगई घरमा नै काम गर्दै आएकी थिइन् । विहान धान काटेर खाना खाइ दिँउसो घाँस काट्न गएको बेला छिमेकी १९ वर्षका सन्तोष श्रेष्ठले बलात्कार गरेपछि हल्ला हुने डरले मार्न खोजेको अर्धचेत अवस्थामा रहेकी बालिकाले बताएकी छन् । श्रेष्ठ स्थानीय सरस्वती मावि कक्षा ८ मा अध्यानरत थिए ।
बहिनीको अवस्था गम्भिर देखेपछि तुरुन्तै धरानतर्फ गाडिमा उपचारका लागि ल्याइएको थियो । आइतबार विहान ४ बजे बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइपु¥याए पनि चिकित्सकहरुले एउटा स्लाईन लगाएर दिनभर राखेका थिए । उक्त अवस्था देखेपछि एकजना सर्वसाधारणले घटनाका विषयमा दलित अधिकारकर्मी दलमर्दन कामीलाई फोन गरे । दलमर्दन उक्त खबर सुन्नासाथ प्रतिष्ठानको आकस्मिक कक्षमा पुगे । उनले बालिकाको नाजुक अवस्था देखेपछि तुरुन्तै डाक्टरसँग सल्लाह गरेर उपचारमा लाग्न अनुरोध गरे । दलमर्दनको पहलमा आइतवार बेलुकादेखि उपचार सुुरु भयो । उनले बालिकाको तस्बिर र घटना विवरण फेसबुकमा लगाए पछि अन्यको पनि घटनातर्फ ध्यानाकर्षण भयो । तर उपचारका लागि पैसाको अभाव भएको छ । दलमर्दनको पहलमा १३ हजार ५ सय रुपैयाँ संकलन गरेर उपचार थालिएको छ । बालिकाको बाँया आँखा कुटपिटका कारण बाहिर निस्केकोले काम नलाग्ने हुँदा सोमबार निकालिएको चिकित्सकले बताएका छन् । 
खबर बाहिरिए पछि केहि व्यक्तिहरुले रकम जुटाई दिन थालेका छन् । तर कमजोर आर्थिक अवस्था भएको र उनका आफन्तसमेत कमजोर आर्थिक अवस्था भएका कारण सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न संघसंस्था, व्यक्तिहरुलाई आब्हान गरिएको छ । सहयोग गर्न चाहनेहरुले पीडित बालिकाको दाजु धनबहादुर लोहोर (९८०७०४२२९६), दलमर्दन कामी (९८१३१९७११३) वा तारा लामगादे (९८१५३०६०५२) मा सिधा सम्पर्क गर्न सकिने बताइएको छ । अहिले धरानस्थित प्रतिष्ठानमा बालिकाको उपचार भइरहेको महाप्रतिबाद राष्ट्रिय साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment