दलित बस्तीका बालबालिकाले देउसीभैँलो खेलेर आपतकालिन कोष खडा गरे

विभेद बिरुद्ध अभियान -८   कात्तिक ,काठमाडौं । लमजुङको बेसिशहर नगरपालिका ११ तिलाहर स्थित दलित बस्तीका बालबालिकाले देउसीभैँलो खेलेर आपतकालिन कोष खडा गरेका छन् ।

दलित समुदायमा बालबालिकालाई आपत विपद पर्दा, गाउँमा कुनै महिला सुत्केरी हुँदा, विरामी पर्दा लगायतका आपद विपद्मा सहयोग गर्ने लक्ष्य राखिएको कोषकी कोषध्यक्ष सर्मिला वि.कले बताइन् ।उनले भनिन्–‘दलित समुदायका महिला तथा बालबालिकाहरु बढी समस्यामा पर्छन् । उनीहरुलाई कोषमार्फत सहयोग गर्ने हाम्रो लक्ष्य छ ।’

बालबालिकाले प्रत्येक महिनामा मासिक ५० रुपैँयाका दरले रकम संकलन गरेर कोषलाई बढाउदैँ लैजाने लक्ष्य राखेको कोषकी सदस्य राधिका वि.ले बताइन् । बालबालिकाले खेलेको देउसीभैँलोमा ५ हजार भन्दा बढी रकम संकलन भएको छ । बालबालिकाले कोष सञ्चालनका लागि १३ सदस्यीय समिति समेत गठन गरेको महिला खबरमा समाचार छ  ।

No comments:

Post a Comment