१४ बर्षीय बालिकालाई बलात्कार पछी हँसिया र ढुंगाले हानेर आँखा फुटाइयो

विभेद बिरुद्ध अभियान -१२ कात्तिक ।भोजपुरको आम्चोक ९ दुम्मानाकी एकजना १४ वर्षिया दलित समुदायकि बालिका अस्मिता बिक यौन हिंसाको शिकार भएकी छिन् । दलित समुदाय माथि नेपालमा हुने गरेको यस्तो हिंसाको उनी पछिल्लो शिकार हुन् ।अस्मिता बिकको बुबाले छोडेर भारत गएको र अामाको मृत्यु भइसकेको र  हाल ठूलो बुबाको घरमा बसेर अध्ययन गरिरहेकी भोजपुरको अाम्चोक-९ निवासी अस्मिता बिकलाई  स्थानीय श्री सरस्वती मावि कक्षा ८ मा अध्ययनरत छिमेकी सन्तोष श्रेष्ठले घास काट्न गएको बेला जबरजस्ती गरी खोल्सामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि  श्रेष्ठले आँखामा हँसिया र ढुंगाले हानेर अाँखा फुट्‍ने गरी यातना दिएर सिस्‍नोघारीमा मरी भनेर फालेको रहस्य पीडित बालिकाले अर्ध अचेत अवस्थामा अस्पतालमा बताए पछी खुलेको हो । 

कात्तिक ११ गते बलात्कारपछि हत्या प्रायस भएपछि अस्मिता बेहोस भएकी थिइन् । होसमा अाएपछि गाउँलेको सहयोगमा दोम्माना स्वास्थ्य चौकीमा सामान्य उपचार पछि आफन्तहरुको सहयोगमा धरानस्थित बीपी कोइरालाल स्वास्थ्य विज्ञान प्रतिस्ठाठानमा उपचार भइरहेको छ ।  अस्मितालाई आर्थिक अवस्था कम्जोर भएका कारण उपचारमा ढिला सुस्ती हुदा उपचारमा समस्या र आँखा समेत काम नलाग्न सक्ने खतरा बढेर गएको छ । बिपि मेमोरियल हस्पिटल धरानमा पुगेर पिडितलाई भेटेका नया शक्ति पार्टी नेपाल आबद्ध दलमर्दन कामीले बताए । उपचारमा आर्थिक अभाव भएपछि जीवनरक्षाका लागि अस्पतालकै श्ययाबाट सहयोगको याचना गरेकि अस्मिताले आफुलाई सहयोगका लागि आफ्ना दाजु धन बहादुर बिकको मोवाइल ९८०७०४२२०६ मा सम्पर्क समेत गर्न सकिने बताउदै न्यायका लागि पहल गर्दिन एव पीडकलाई हदै सम्मको कारबाही गर्न समेत हारगुहार गरेकी राजनीतिककर्मी कामीले बताएका छन्  ।

घटना सार्वजनिक भए पछी आरोपी श्रेष्ठलाई इलाका प्रहरी चौकी बालाँखाले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याउन लागेको जानकारी प्राप्त भएको छ ।




No comments:

Post a Comment