सुस्मा परियारलाई दलित एकता संजाल साउदीको आर्थिक सहयोग

असोज २२ -साउदी – गत भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमाण्डौँको वीर हस्पिटलमा उपचाररत गोरखा, अजिरकोट गाउँपालिका २ कि शुष्मा परियारलाई दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति साउदीले सहयोग रकम संकलन गरि आज हस्तान्तरण गरेको छ ।

संजाल साउदीका अध्यक्ष रमेश लाम्गादे र रियाद सचिव देवेन्द्र विश्वकर्माको पहलमा दस हजार छ सय रुपैयाँ संकलन गरि आज संजाल नेपालका अध्यक्ष विष्णु सागर धमला र कोषाध्यक्ष कमला नेपालीले अस्पतालमा नै पुगेर हस्तान्तरण गरेका हुन । उक्त संकलित रकममा संजाल नेपालकी कोषाध्यक्ष कमला नेपालीले २ हजार एक सय थप गरि १२ हजार सात सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।

निज १४ वर्षिय शुष्मा परियारको गत २०७२ वैशाख १२ को भुकम्पमा परि बुबा आमाले नै ज्यान गुमाएकी थिइन । उनी अहिले कक्षा ९ मा अध्ययनरत छिन ।संजाल साउदीका अध्यक्ष रमेश लाम्गादेले सहयोगी सबैप्रती अभार प्रकट गर्दै बिरामिको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छ्न ।

साथै उनलाई सहयोग गर्न चाहनेहरुको नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ मा समेत रकम जम्मा गर्न सकिने छ । रन बहादुर बसेल (९८०६७१७१७८  ) लाई समेत सम्पर्क गर्न सकिने छ।

साउदीमा रही सुस्मा परीयारलाई सहयोग गर्ने सहयोगीहरु –
1) रमेश लाम्गादे साउदी रीयल ५० /-
2) नीर बाहादुर सुनार साउदी रीयल ५० /-
3) देबेन्द्र बीस्वाकर्म साउदी रीयल २० /-
4) लोकेस रम्जाली साउदी रीयल ५० /-
5) नीर्दोस बीक साउदीरीयल ५० /-
6) नगेश तामाङ साउदी रीयल ५० /-
7) नारायण कटुवाल साउदी रीयल ५० /-
8) अर्जुन नौपाने साउदी रीयल २० /-
9) प्रेम बराइली साउदी रीयल २० /-
10) अर्जुन सुनार साउदी रीयल २० /-
11) मीत्रलाल परीयार साउदी रीयल २० /-

No comments:

Post a Comment