अपमानले उब्जिएका जटिलता- गोपाल शिवा

विभेद बिरुद्ध अभियान - ५  कात्तिक । आजको यो एक्काईसौँ शताब्दी सुचना र प्रबिधिको शताब्दी हो । फेसबुक , स्काइप, उइच्याट, भाइबर, ट्वीटर यस्ता सामाजिक सञ्जाल हुन् जसले गर्दा एउटा ठूलो ब्रहमाण्ड नै सानो गाँउमा परिणत भएको छ । यसै साता ८  हजार भन्दा बढी फलोर्स भएकी ५ हजार जति साथी भएकी गायिका इन्दिरा शाह ठकुरीले आफु भन्दा सानो जातिको संगत कहिलै नगर्नु रहेछ आखिरी आची त् आची नै हो चलाए पछी गन्ध आउनि ...भन्दै सामाजिक सञ्जालमा सन्तुलित नभएको, कसैप्रति पूर्वाग्रही भएको स्टाटस राखिन  । यिनको स्टाटस निजि होला तर दलित समुदायका सहित अन्य कयौ थरि कथित सानो जात र समुदायका हजारौ साथीहरु माझ सार्वजनिक गर्दै यिनले यो तुष पोखे पछी यिनको स्टाटस पढेर दशकौ देखि अपहेलित भएर बाचेका , समाजबाट दबाइएका नेपाली समाजमा जसलाई सानो जाति वा दलित समुदाय भनिनेहरु जो यिनको सामाजिक संजालमा मित्रछन ति सवै बोले के भनेको यस्तो भन्दै सुझाव एवं सिर्जनात्मक आलोचनाहरु मार्फत त् केहि आक्रोशको स्तर बाट प्रकट भए । कतिपयले  राम्रो कमेन्ट गरे त् कतिपय ले अस्लिल शब्दहरु घुसाए । कतिपयले ठिकै त् भनेको हो नि चली आएको कुरा भन्न नमिल्ने भन्दै यिनी संगै कोरश गरे त केहिले मेरो पनि जात सानै हो खै हामि बोलिनौ तर दलितहरु चै किन उफ्रेको भनेर प्रश्न गरे । यस किसिमको संकिर्णता, जातीय अहमतालाइ मलजल गर्ने सुझाब र आत्मबल पाए पछी पूर्वाग्रही भएको स्टाटस हटाउदै गायिका इन्दिरा शाह ठकुरीले अर्को  स्टाटस लेखिन जो चोर उस्को ठूलो स्वर भने झै किन मान्छे हरु तात्तिन्छन ...कसैलाइ तार्गेट गरेर लेखेको होइन पहिला तिमीहरुको मनसाय लाई नै ठूलो बनाउ सधै उच्च स्थानमा रहन सक्छौ मैले लेखेका लेखहरु कसैलाइ पर्न गएमा सयोग मात्र हुनेछ ...।

दोस्रो स्टाटसमा भनिएको कुराको बिशलेष्ण गर्दा हिजो सम्म यिनकै हात बाट भाइ टिका ग्रहण गर्ने , गायिका दिदि भन्दै सम्मान र आदर गर्ने अक्षुण्ण नेपाली समाजका कथित सानो जातिका दाजुभाई तथा दिदि बहिनिहरुबाट आएको सुझाबलाइ सिरोधार्य गरि गल्तिको एकचोटि आत्म समीक्षा गर्नु जरुरी नठानेको बरु आफु जातीय रुपमा शाह ठकुरी ठुलो जात भएको बुझाईन  । करिब २ सय ४० बर्षेदेखि शासन चलाउँदै आएको शाह वंशीय राजतन्त्रको कहिले नब्युँझिने गरी विधिवत् अन्त्य  भै गणतन्त्र स्थापना भै महाराजहरु पनि आम नागरिक भैसके तर यिनी भने पहिला तिमीहरुको मनसाय लाई नै ठूलो बनाउ सधै उच्च स्थानमा रहन सक्छौ भन्दै अझैँ आफैलाइ उनै शाह बंशको महारानी जस्तो गरि सामाजिक संजालमार्फत नेपाली समाजमा ठुलो र सानो जातको विभेदलाइ जीवन्त तुलाउदै सामन्तवादको एउटा उदाहरण प्रस्तुत गरेको प्रतित गराइन ।यो लेखमार्फत् गायिका इन्दिरा शाह ठकुरीको त्यहि स्टाटस (स्क्रीन सट गरिएको)  र त्यसको अपमानले उब्जिएका जटिलताको विषयमा केहि लेख्दैछु ।

प्रजातन्त्र , बहुदल , लोकतन्त्र जस्ता परिवर्तन आए पनि हाम्रो नेपाली  समाजमा दलित जाति सबैभन्दा कथित सानो जात एव उत्पीडित जाति हो भन्नेमा सम्भवत: विवाद नहोला   । सामाजिक, आर्थिक उत्पीडनको जाँतोमा पिसिएका जातिलाई माथि उठाउने प्रयत्न र स्वयम्का प्रयास नभएका पनि होइनन् तर मानव जातिकै कलङ्कको रूपमा रहेको जातीय भेदभाव र छुवाछुत, सामाजिक एवम् जातीय उत्पीडनको पराकाष्टाले अहिले सम्म पनि हामी जो–कोहीलाई पीडाबोध भएको छ । यहि पीडाबोध गर्दै इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा हामी नया सबिधान कार्यन्वयन संगै समस्या, चुनैति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ ।  

एका तिर दशकौ देखि अपहेलित भएर बाचेका , समाजबाट दबाइएका दलित समुदायका युवायुवतीहरू यो समाज संग अन्तरघुलन हुन्  चाहन्छन् । अवसर प्रदान गरियो भने उनीहरू युवकहरूभन्दा माथि पुग्न चाहन्छन् र त्यसका लागि सक्षम पनि छन् । अर्को तिर भेदभावपूर्ण समाजको अन्त्य गर्न आजका युवा वर्ग तातिनु पर्छ भन्दै केहि दलितमैत्री पनि देखिएका छन् । तर देखिएका मध्ये कोहि यस्ता दलितमैत्री ढोंगीहरु छन जो आफूलाई फाइदा हुन्जेल ,आफुले भनेको , सोचेको ,खोजेको हुन्जेल दलितमैत्री हुन्छन् र आफ्नो इच्छा बिपरित एक इन्च तलमाथि हुने बितिकै सानो जात भनेको सानो सोच भएको गुहु जस्तो यस्तो र उस्तो भन्दै गाली गर्दै सामन्तवादको एउटा उदाहरणीय बन्छन । 

हामी कत्ति अमानवीय जस्ता छौं भन्ने  ‘गुहु’ शब्दको प्रयोगबाट थाहा हुन्छ । ‘गुहु’ भन्ने शब्दको बाहिरी अर्थ फोहोर हुने ,दूर्गन्धित हुने भन्ने बुझिन्छ ।  के सानो भनिएका जातहरु आफ्नो इच्छाले सानो भएका हुन,  उनीहरु त्यस्तो हुनमा यो समाजको सामन्ती ब्यबस्था , सस्कार र ठुला भनिने मानिसहरुको दोष छ कि छैन ? समाजलाइ समतामुलक मानवीय बनाउने हो भने ठुला भनिनेहरुले गुहु जस्तै भएका सानालाई माया गर्न सिक्नु पर्ने होइन र ? आफु जस्तै मानव बनाउन सिकाउनु पर्ने हैन र ? कथित सानो जातीहरु कसरी गालीका लागि प्रयोग गर्ने शब्द हुन सक्छन् ? आफै जस्तै अरुलाई काटे पनि रगत  रातै हुने मानवलाई ‘गुहु’ भन्दै धृणा र अपमान किन गरिन्छ? २१ औ सताब्दीमा यसरि  ‘गुहु’ भन्दै गरिएको धृणा र अपमानले उब्जिएका जटिलताले भोलि मुलूक कता तिर जाला ? समतामुलक समाज निर्माण गर्न जुटेको सामाजिक सद्भाव र भाइचारा के होला ? यो लोकतन्त्रमा सामन्तवादी एवं दानवीय आँखाबाट आफु जस्तै मानवलाई ‘गुहु’ भन्दै किन हेरिन्छ ?  

हुनसक्ला गायिका इन्दिरा शाह ठकुरीले भने झैँ कसैलाइ टार्गेट गरेर लेखेको हैन होला तर सामाजिक संजालमा हजारौ मित्रहरु माझ कसैलाई आक्रोश पोख्दा आलोचना गर्दा प्रयोग गरिने यस्तो शब्दले कथित सानो जातलाई हैन, कमेन्ट गर्ने इन्दिराको सांस्कृतिक स्तर कति दरिद्र छ भन्ने प्रष्ट हुन्छ । २१ औ सताब्दिमा देशबिदेश घुमेको जानेको बुझेको इन्दिराको अन्धविश्वासको,आफु ठुलो जातको हु , सानो जातको चै गुहु भन्ने सोच र  मानसिकता समाजमा बड्दै जाँदा २१ औ शताब्दीको युवा पुस्ता बाट पनि समतामुलक समाजको निर्माण हुदैन कि भनेर अनुमान लाउन सकिन्छ । किनकि  सामन्तवाद र सामन्तवादि सोच बोकेकाहरुले समाजका गरिब दलित , उत्पीडित र कथित सानो जातहरुलाई हेप्ने नियतले उखान टुक्काहरु ईन्दिरा दिदीले झैँ सिर्जना गर्ने एव गाली र उपमाको विषय बनाउँछन  । 

अन्त्यमा , यो सभ्य समाजको निर्माणमा होमिनु तपाइँ हामी जस्ता देशबिदेश घुमेका जानेका बुझेका पुस्ताको हो  । तपाई हामीले समाजका बिभिन्न खाले  कुरिती, विकृतिलाई निमोठि सभ्य समाजको निर्माण गर्नु पर्छ ।त्यसैले सामाजिक संजालमा होस् या दैनिक जीवनमा होस जातीय, क्षेत्रीय, लिङ्गीय एवं वर्गीय विभेदजन्य शब्दहरुको प्रयोगबाट बाहिर निसकौ किनकि यो मुलुक , यो सामाजिक संजाल गोरा, बलिया, अघाएका, सुकिला मुकिला, चिल्ला र  स्वघोषित ठुला भनिनेहरुको मात्रै होइन  ।

No comments:

Post a Comment