विभेद बिरुद्ध अभियान -(दिपेन्द्र सिंह) कार्तिक २ गते-“मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ” बहुचर्चित महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा लिखित “मुनामदन” कृत्तिबाट लिएको यो मार्मिक एक सानो पंक्ति हो । अर्थात मानव हुनको लागि कुनै जात विशेषले नभएर उसको व्यवहार , मेहनत र विश्वासका साथै अपार हृदय दिलले हुने कुराको बोध गरे झै धनुषाको साविक फुलगामा गाविसको वाडा नं. ८ मा पर्ने हाँसपटटी मुसहरी टोलका बासिन्दाहरुले प्रमाणित गरेका छन । नगराइनचौकबाट पश्चिम मटिहानी जानेबाटो छेउमै पर्ने हाँसपटटीको वाडा नं.८ मा ४५ घरपरिवार मुहसर समुदायका वसोवास रहेको छ ।
प्रायःजसो मुसहर जाति भने पछि तराई क्षेत्रमा तल्लो जातले सम्बोधन गर्ने , अर्काको खेत खन्ने, दलित वर्गमा पर्ने भएकाले आफुलाई उच्च जात कहलाउनेहरु दासकै रुपमा हेर्ने प्रवृति अहिलेपनि हाम्रो समाजमा रहि आएको छ । तर ती ४५ घरपरिवारमध्ये केही मुसहरका कारण अहिले जहि तहि ती मुसहरवस्ती चर्चाको विषय बन्दै सवैको वाह वाही बन्न पुगेका छन । केहि समय पहिले सो सडकखण्ड भएर हिड्दा नाक खुम्चाउँदै थुक्दै हिडनेहरु पनि अहिले आएर वाह भन्दै फोटो खिच्दै सिल्फी लिन थालेका छन भने उदाहरणीय काम गरेको भन्दै सो मुसहरवस्तीका व्यक्तिहरुलाई धन्यवाद दिदै राम्रो गर्न हौसला दिन थालेका छन । पहिले नाक खुम्चाउने र थुक्नेहरु पनि अहिले सो वस्तीमा पुग्दा किन वाह भन्ने गरेको छ । हासँपटटीस्थित मुसहरवस्तीमा अहिले ४५ घरपरिवार मुसहर समुदायका बासिन्दाहरुको बसोवास रहेको छ । उनीहरुले मासिक १० रुपैयाको दरले रकम संकलन गर्दै स्वस्फूर्त रुपमा सार्वजानिक सडकको दुवैपटटी छेउमा लहलहाउँदै फुल लगाएका छन । जहाँ गाउँभरिका मान्छेहरु केही महिना मात्रै अगाडिसम्म सडकको दुवै पेटीमा दिसा गर्ने र दिसै दिसाले गन्हाउँदा सडकमा हिडने बटुवाले समेत गाली गर्दै कस्तो वस्ती भन्दै छि छि भन्दै जाने गरेको स्थिती रहेको थियो ।
अहिले कालोपत्रे गरिएको यस सडकखण्डमा पर्ने मुसहर बस्तीको संगै सडकको मुहार नै फेरिएकाले अहिले सो सडकखण्डमा दैनिक सयौंको संख्यामा बाटोमा हिडने स्थानियदेखि लिएर बाहिरका यात्रुहरु समेत रुकेर मुसहरवस्तीले गरेको नमुना कामको प्रंशसा गर्दै लहलहाउँदै गरेको फुलको बगैचामा सेल्फी खिच्ने गरेको पाइन्छ । हाँसपटटी मुसहरवस्तीका करिब ६७ वर्षीय जहरा सदा भन्छन “पहिले यो सडकखण्डमा गाउँभरिका मान्छेहरुले साँझ र विहानको समयमा दिसा गर्न आउने गरेको थियो । दिसै दिसाले फोहोर र प्रदुषित यो सडकपेटीमा खुटटा समेत हाल्ने खाली जमिन थिएन तर हाम्रो टोलका युवाहरुले सल्लाह गरेर दिसा नगरोस भन्दै सडकको दुवै छेउमा फुल रोप्ने जसले गर्दा दिसा नगर्ने मनसायले यसको सुरुवात गरेको बताए“ । सुरु सुरुमा फुल रोप्दा समेत गाउँका मानिसहरु राति र एका विहानै दिसा गर्ने गरेको तर आफुहरु बदनाम हुने गरेकाले आफुहरुले सो सडकपेटीमा फुलको साथै देवताको रुपमै मान्ने तुलसीको बोट लगाएपछि विस्तारै दिसा गर्नेहरु पलाएन भएको उनले बताए । यता, सोही मुसहरवस्तीका ६० वर्षीय भोगी सदा भन्छन पहिले यो सडकखण्डमा दिसा गर्न आउनेहरु अहिले आएर यहि पिपलको बोटमुनि आएर विश्राम गर्न आउँछन भने घरमा भगवानको पूजाआजाको लागि यहाँबाट गाउँभरिका मान्छेहरु फुल टिपेर समेत लाने गरेको छ । यो सडकखण्ड निकै फोहोर भएर दुगन्र्धित भएको र खुल्ला ठाउँमा दिसा गर्नाले निकै समस्या भई रोगी हुने चेतना आएका सो मुसहर वस्तीका बासिन्दाहरुले सडक सफा सुग्घर राख्नुपर्छ भन्ने भावनाबाट अहिले अभिप्रेरित भएका छन । भोगी सदाले भने आफुहरुलाई सडकमा फुल र दिन रात अक्सिजन दिने बोट तुलसी लगाउनुपर्छ भनी अरुले सल्लाह नदिए , आफुहरु यो सडकमा खुल्ला दिसा पिसाव नगरोस भनी स्वस्फूर्त रुपमा अगाडी बढदै यसलाई अभिभानको रुपमा अगाडी बढाउने बताए । हाल करिब १ किलो मिटरको लम्बाईसम्म सडकको दुवै छेउमा यसरी फुल रोपेको देखेर दिनहुँ आफुहरुले गरेको कामको प्रंशसा र यसको लम्बाई बढाउनुपर्ने सुझाव आएकाप्रति आफुहरुलाई समेत खुशि लागि रहेको बताए । उनले भने अहिले हामी प्रत्येक घरबाट महिनाको १० रुपैयाको दरले पैसा उठाउँछौ र उठेको पैसाले विजुलीको मिटरको पैसा तिर्ने गरेको छ भने फुललाई हेरचाह , गोठमेल गर्नका लागि आफुहरुले श्रमदान नै गर्ने गरेको बताए । आफुहरुले मिलेर अहिले यस वस्तीलाई सफा बनाएको देख्दा अहिले दिनहुँ यहाँ गर्मीको मौसममा आराम गर्न आउने , बटुवाहरु समेत थकान मार्न बस्ने , र यसैबाको छेउमा कल समेत गाडिएकाले यहाँ पानी खानको लागि समेत बटुवाहरु रुक्ने गरेको बताए । भोगी सादाका अनुसार करिब १ वर्ष पहिले यो सडक खण्डमा फुल रोप्दादेखि अहिलेसम्म लाखौं लाख फोटो खिचि सकेको छ । दिसै दिसाले दुगन्धित हुने ठाउँमा फुलेका फुल , तुलसी अहिले गाउँभरिका घरमा देवता पुजा लाउँदा पनि चढाउने गरेकाले आफुहरुलाई समेत निकै खुशी लाग्ने गरेको बताए ।
अव आफुहरुले यसको लम्बाईको क्षेत्रफललाई बढाउँदै पुरा रोडभरि नै फुल लगाउने योजनामा आफुहरु लागि परेका र अहिले आफुहरुले सयपत्री फुलको विउ ४ किलो छरि सकेको बताए । हासँपीस्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय फुलगामा हाँसपटटीका प्रध्यानाध्यापक अशोक साहका अनुसार अहिले यस सडकमा हिडने तथा स्थानियहरुको उदारणको रुपमा यस वस्तीका मुसहर समुदायका बासिन्दाहरु भएपनि अहिले पनि यस वस्तीका धेरै जना घरपरिवार निकै आर्थिक अवस्थाले कमजोर रहेकाले सो वस्तीका सम्पूर्ण बालबच्चाहरु विद्यालयसम्म आउन नसकेको बताए । आफुहरुले सक्दो विद्यालय आउने उमेर पुगेका बच्चाहरुको पहिचान गर्दै विद्यालयसम्म ल्याउने प्रयास गरि रहेको बताए । शिक्षक साहले भने शिक्षामा आउने चेतनाले मान्छेको हरेक विचार परिवर्तन गरि दिनेभएकाले यो कार्य गर्नु निकै उहाहरणीय काम गरेको बताए । यता, सोही मुसहर वस्तीका रामएकवाल सदा भन्छन यदि हामीलाई केही आर्थिक र प्राविधिक रुपमा सहयोग हुने हो भने नगराइनदेखि तुलसीयाहीसम्मको सडकपेटीको साथै फुलगामाको हरेका सडकपेटीमा यसरीमा हामी फुल लहलहाउन सक्ने बताए । त्यसैले होला महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफना चर्चित पु्स्तक “मुनामदन”को कुनै पंक्तिमा मानिस ठुलो दिलले हुन्छ जातले हुदैन लेखेका थिए । राम्रो काम गर्नेलाई सवैले सहयोग गर्नु पर्ने स्थानियबासिन्दाहरुको भनाई रहेको छ ।
No comments:
Post a Comment