विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Tuesday, October 10, 2017

पत्रकार महराको गाली, ‘ तँ डुमले पत्रकारिता सिकाउने ? ‘

विभेद बिरुद्ध अभियान  - असोज २४ – डोटीका पत्रकार पवन महराले सामाजिक संजाल मार्फत अश्लील गाली गलौज गरेको भन्दै मलेसियामा कार्यरत डोटीकै एक युवकले पत्रकार महरा बिरुद्ध खेद ब्यक्त गरेका छन् ।

पत्रकार महराले एउटै पार्टीलाई मध्येनजर गरि लेखेको समाचारमा गरेको कमेन्टको बिषयलाई लिई गाली गलौज गरेको पीडितले जानकारी दिए । पिडितले एउटै पार्टीलाई मात्र मध्येनजर नगरी सबैलाई समेटी समाचार लेख्न आग्रह गरेका थिए । तर महराले सबै पार्टीका आ-आफ्नै पत्रकारका संगठन हुने र तँ डुम (दमाई) ले आफुलाई पत्रकारिता सिकाउने भन्दै प्रती उत्तर दिएको जागरण मिडियामा खबर छ  ।
तर, नेपालको संविधान २०७२ को भाग ३ को धारा २४ औं को उपधारा १, २, ३, ४ र ५ मा लेखिएको छ । कुनै पनि व्यक्तिलाई निजको उत्पती, जात, जाती, समुदाय, पेसा, व्यवसाय वा शारिरीक अबस्थाको आधारमा भेदभाव गर्न पाइने छैन् र सो कार्य गरेको पाईएमा कानुन बमोजिम दण्डनिय हुने छ ।



पत्रकार महरा र पिडित प्रकास नेपालीबिच भएको कुराकानी
पत्रकार महरा र पिडित प्रकास नेपालीबिच भएको कुराकानी
पत्रकार महरा र ३ बर्ष देखि मलेसिया बस्दै आएका पीडित युवक प्रकाश नेपाली डोटीकै बासिन्दा हुन । महरा राष्ट्रिय समाचार समिती र ईमेज च्यानलका डोटी रिपोर्टर हुन भने दिपायल पोस्टका सह-सम्पादक तथा एनपिएल न्युज अनलाईन मिडियाका सम्पादक हुन ।पत्रकार राष्ट्रको चौथो अँग भएर पनि यसरि जातिय आधारमा बिभेद गर्नु र अपशब्द प्रयोग गरि गाली गलौच गर्नु आफैमा असोभनिय र निन्दनिय कार्य हो । पत्रकार महराले प्रयोग गरेका शब्द र जातिय दुब्र्यवहारप्रती दलित अधिकारकर्मी तथा संचारक्षेत्रमा संलग्न अन्य पत्रकारहरुले बिरोध गरेका छन ।

 समाजमा सदभाव कायम गर्न, जनचेतना बृद्धी गर्न र समाजका अन्धविश्वास, बिभेद हटाउनमा कलम चलाउनु पर्ने पत्रकार नै समाजमा द्धन्द र जातिय बिभेदजन्य ब्यवहार गर्छ भने अन्य व्यक्तिले यस्ता बिभेद र बहिष्करणमा परेका जाति, समुदायप्रती कस्तो ब्यवहार गरिरहेका होलान ? पत्रकार बाट नै जातिय दुब्र्यवहार र अशोभनिय गाली गलौच गरिएको प्रती पत्रकार महासंघको ध्यान पनि केन्द्रित होस ।