चोरी गरेको भन्दै बेलबारीमा १४ वर्षीया बालिकालाइ मोसो र जुत्ताको माला लगाई याताना

विभेद बिरुद्ध अभियान - बेलबारी ,२० असाेज- बेलबारी नपा-२ की १४ वर्षीया एक बालिकालाई पैसा चोरेको आरोपमा मोसो दलेर जुत्ताको माला लगाई गाउँ घुमाउने सोही ठाउँका ४५ वर्षीया दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवरलाई असोज १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

दलित समुदायकी १४ वर्षीया बालिकामाथि आरोपितद्वयले करिव ५/६ सय रुपियाँ चोरी गरेको आरोप लगाउँदै असोज १९ गते मोसो दलेर जुत्ताको माला लगाएर दुर्व्यवहार गरी गाउँ घुमाउँदै गरेको अवस्थामा प्रहरीले बालिकाको उद्धारसमेत गरेको थियो ।

इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामजी कटुवालले घटनामा अगुवाको रूपमा संलग्न दुवै आरोपितलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको जानकारी दिए ।

यसैबिच पीडितकी आमाले आफ्नो छोरीले चोरी नगरेको जनाउँदै आफूहरूको आर्थिक हैसियत कमजोर भएकै कारण यस किसिमले सामाजिक रूपमा अपमानित हुनु परेकोले न्यायको लागि सहयोग गरिदिन सङ्घसंस्थामा आग्रह गरेकी छन् ।कुटपिटबाट बालिका घाइते भएकी छिन् । उनको स्थानीय मेडिकलमा उपचार गराइएको छ । आर्थिक अवस्था कमजोर भएकी ती बालिकाका बुबा भारतमा मजदुरी गर्छन् । उनकी आमा संगीता परियारले घटनामा संलग्न सबैलाई कारबाहीको माग गर्दै प्रहरीमा निवदेन दिएकी छन् । पीडित बालिकाले आफुले पैैसा नचोरेको र आफुले लिनुपर्ने पैसा लिँदा आफुलाई कुटपिट गरी कालोमोसो दलेको गुनासो गरिन् । स्थानीय कबिर माविमा कक्षा ६ मा अध्यायनरत ती बालिका कुटपिटका कारण बोल्न समेत नसक्ने अवस्थामा पुगेकी छिन ।
काकीले पनि खाइन् कुटाई

 पीडित बालिकासँगै उनकी कान्छी काकीले पनि कुटाइ खाएकी छन् ।  बालीकाका काकाले  काकी प्रमिला परियारलाई कालो मसो दलेर कुटपिट गरेका थिए प्रमिलाकी आमा सहित भएर कालो मोसो दलेको भन्दै आफूलाई श्रीमानले कुटेको उनले बताइन् । उनले श्रीमानका नाममा समेत उजुरी दिएकी आजको नया पत्रिका दैनिकमा खबर छ। 

घटनामा संलग्न दुईजना पक्राउ

सोही घटनामा संलग्न भएका स्थानीय ४५ वर्षीय दुर्गा चौधरी र ५० वर्षीय कुलदिप कुँवर दनुवार पक्राउ परेका छन् । उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्र्तगत कारबाही गरिने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक रामजी कटुवालले जानकारी दिए । 

No comments:

Post a Comment