कथित दलित भएर गैरदलित बसेको गुन्द्री छोएको आरोपमा कुटपिट

विभेद बिरुद्ध अभियान (अमर सुनार ) माघ १७ - महाबु गाउँपालिका-२ डुङ्ग्री भानेखोलाका ५५ वर्षीय पहल बिकलाई सोही ठाउँका ४७ वर्षीय भीमबहादुर रोकाय र सोही गाउँपालिका-१ खरिगैराका भीमबहादुरका २६ वर्षीय ज्वाँर्इ नगेन्द्र खत्रीले जातीय विभेद गर्दै कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
माघ १५ गते दिउँसो भीमबहादुरको घरमा काटिएको खसीको मासु किन्न त्यहाँ पुग्दा भीमबहादुरसमेत चार जना बसेको गुन्द्री छोएको भन्दै आरोपितहरूले कुटपिट गरेको भएको पहल बिकले बताए ।
कुटपिटको क्रममा पहलको दाहिने आँखामा चोट लागेको छ । जीउभर लात्ती र मुक्काले चोट लागेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका छन् ।
आरोपित पक्ष भीमबहादुर रोकाय र नगेन्द्र खत्रीसमेतलाई माघ १६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा झिकाइएको मुद्दा शाखाका प्रमुख सई चेतराज पन्तले जानकारी दिए । प्रहरीले स्थानीय तहमा आपसमा मिल्दा राम्रो हुने भनी पठाएको पीडितले बताए ।

No comments:

Post a Comment