मुटु रोगी पुजा परियारका लागी आर्थिक सहयोगको अपिल

विभेद बिरुद्ध अभियान - २२ माघ २०७४ - मोरङ उर्लाबारी –६ की मुटु रोगी पुजा परियार (२५) ले उपचारका लागी आर्थिक सहयोगको अपिल गरेकी छिन् ।आर्थिक अवस्था दयनिय भएकी उनी यतिबेला विराटनगरको नोवेल हस्पिटलमा जिउन संघर्ष गर्दै छिन् ।

अचानक खुन छाद्न सुरु गरेपछि स्थानीय हस्पिटल पुर्याइकी उनलाई त्यहाँबाट नोवेल लग्न डाक्टरले सुझाव दिएका थिए । नोवेलले उनको मुटुको अप्रेसन गर्नूपर्ने सल्लाह दिएको उनका मामा बिर्घ राईले जानकारी गराएका छन् ।

राईका अनुसार अप्रेसनमा ५ लाख खर्च लाग्ने भएपनि आफूहरुसँग एकपैसा पनि नभएकाले भान्जीको उपचार कसरी गर्ने भन्ने समस्याले दिनरात पिरोलेको छ । पहिलो चरणको उपचारमा नै भएको सबै पैसा सकिएकाले अब कसरी खर्चको जोहो गर्ने भन्ने चिन्ता उनको परिवारमा छ ।

सबैको सहयोग भइदिए भान्जीले नयाँ जिवन पाउने आसा सहित सबैलाई सहयोगका लागी उनले अपिल गरेका छन् । उनले भने, जीवन जिउने रहर कसलाई पो हुन्न तर गरिवीका कारण मेरो भान्जी यतिवेला जिवन र मरणको दोसादमा छिन् हजुरहरुको सानो सहयोगले पनि भान्जीले नयाँ जिवन पाउँनेछिन् कृपया सकेको सहयोग गर्दिनू होला ।

सानैदेखी मावालामा बस्दै आएकी उनको परिवार अरुको घरमा काम गरेर गुजारा टार्दै आएका छन् । उनलाई सहयोग गर्न चाहाने जो–कोहीले पनि ९८१८७९५६७८ र ९८११३२७७१५ मा सम्पर्क गर्न सक्नेछन् ।

No comments:

Post a Comment