दलितहरुले गैर दलित संगै पुजा अर्चना गर्न नपाइने भने पछि पण्डित विरुद्ध मुद्दा

विभेद बिरुद्ध अभियान - फागुन १५ - पुनर्वास ।  कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको ङ गाउँ स्थित मन्दिरमा पुजा गर्न नपाइने भन्दै जातिय भेदभाव तथा छुवाछूत जन्य कार्यलाई प्रोत्साहन दिएको भन्दै मन्दिरका पुजारी सहित २ जना विरुद्ध सोमबार ईलाका प्रहरी कार्यालयमा मुद्दा  दर्ता गरिएको छ ।

पुनर्वासनगरपालिका (६ ङ गाउमा जातिय भेदभाव तथा छुवाछूत जन्य कार्यलाई प्रोत्साहन दिएको आरोपमा मन्दिरका पुजारी  बलराम भट्टराई र अर्का ब्यक्ति श्रीकृष्ण नेपाल विरुद्ध जातिय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन २०६८ को अनुसार कानुनी करवाहीको माग राख्दै ४ राजनैनिक दलका दलित भातृसंगठनका प्रतिनिधिको रहोवरमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा आज मुद्दा दर्ता गरिएको हो ।

पुनर्वास  नगरपालिका (६ स्थित सय नम्बर चोक मा रहेको मन्दिरमा शिवरात्रीको दिन पुजाको निम्ति आर्थिक संकलन गर्दा दलित समुदायबाट पनि संकलन गरिनुपर्ने भन्दा पण्डित भट्टराईले दलित समुदायका मान्छे र गैर दलितहरुले मन्दिरमा संगै पुजा अर्चना गर्न नपाइने र दलित भक्तजनले ल्याएको प्रसाद अन्य संग मिसाउन हुदैन भनी जातिय भेदभाव तथा छुवाछुत जन्य कार्यलाई प्रोत्साहन गरेकोले कानुन बमोजिमको हदै सम्मको कारवाहीको माग राख्दै पुनर्वास नगरपालिका(६ का टेकबहादुर बिक र पुर्ण बहादुर बिकले आज मुद्दा  दर्ता गराएका हुन ।

पुनर्वासमा झन्डै २ सातादेखि बिवादित बन्दै आएको उक्त बिषयमा कुनै सहमती हुन नसके पछि सोमबार अबेर साँझ मुद्दा  दर्ता गरिएको हो । सोमबार चार राजनैतिक दलका ४ दलित भातृसंगठनका प्रतिनिधिहरुको रहोवरमा मुद्दा  दर्ता भएको हो । जातीय भेदभाव र छुवाछूत भएको भन्दै कानुनी कारवाहीको माग गर्दै एमाले समर्थित मुक्ती समाजका जिल्ला अध्यक्ष बिनोद नेपाली,माओवादी केन्द्र समर्थित दलित मुक्ती मोर्चाका बलबहादुर बिक,नेपाली काँग्रेस समर्थित नेपाल दलित संघ का भिम नेपाली र नेपाल कम्युनिस्ट पार्टी बिप्लब का सुरेश सार्की लगायत का ब्यक्ती हरुको रहोबरमा मुद्दा  दर्ता गरिएको हो ।

No comments:

Post a Comment