विहेको रक्सी खर्च स्पाइनलका बिरामी मोति परियारलाई

विभेद बिरुद्ध अभियान - (विवेक विवश रेग्मी) माघ २६ गते  - तरहराः सामान्य तया विवाहको भोज भतेरमा मादक पदार्थमा बढी खर्च हुने गरेको छ । समाजमा रहेका गरिब, दुखीलाई सय, पचास सहयोग नगर्ने तर विवाहको भोजमा भने दशौं हजारको मादक पदार्थ सेवनमा फिजुल खर्च गर्ने सामाजिक प्रवृत्ति लाई नयाँ बाटो देखाउँदै तरहराका बहत्तर लिम्बुले उदाहरणीय काम गरेका छन् । लिम्बुले विवाहमा हुने मादक पदार्थको खर्च तरहराकै एक बिरामीलाई सहयोग गरेका छन्् । 

उनले आफ्नो विवाहको अवसर पारेर स्पाइनलका बिरामी रहेका तरहरामा लामो समयदेखि बस्दै आएका पारस मोति परियारलाई सहयोग गरेका हुन् । करिब ६÷७ बर्षदेखि स्पाइनलका बिरामी रहेका परियारलाई बुधबार आफ्नो विवाहको अवसरमा तरहराका बहत्तर लिम्बु र शोभा लिम्बुले नगद ७२ हजार रुपैँया सहयोग गरेका हुन् । परियारलाई उपचारका लागी सहयोग माग्न जाँदा कसैले सहयोग नगरेका कारण आँफुनो मन भावुक भएकोले आँफूले सहयोग गरेको लिम्बुले बताए । 

सञ्चारकर्मीसँग कुरा गर्दै लिम्बुले भने,‘मेरो विवाहको कार्ड बाड्नुभन्दा अगाडी हामी मोती दाईको उपचारका लागी सहयोग माग्न गयौँ,त्यतिबेला तरहराका हुनेखानेले पनि पचास, सय रुपैँया निकाल्न मुख बिगार्दा म स्तब्ध भएँ, त्यसैले मैले मेरो विवाहमा मादक पदार्थ ल्याउँने खर्च मोती दाईलाई सहयोग गरेको हुँ ।’ समाजमा नयाँ सोच, बिचार र सहयोगको भावना नपलाएको बताउँदै उनले विवाह भएको सुखद अवसरमा दम्पतीले सहयोग गरेको साथै आगामी दिनमा समेत हामी यस ठाउँको उत्थानका लागी जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाए । मापसे सेवन गर्ने विवाहको खर्च मध्येको ७२ हजार रुपैँया सहयोग गरेको उनको भनाई थियो । समाजमा पनि आगामी दिनमा नयाँ सोच र सहयोगको भावना आउनुपर्ने उनको तर्क थियो । आँफूले परियारको उपचारका लागी सहयोग उठाउँन जाँदा यहाँका बासिन्दाले मुख नमिठो बनाउँदा आँफू स्तब्ध भएको लिम्बुको भनाई थियो । यसअघि तरहराका केही युवाहरु शिवु राई,बहत्तर लिम्बु,उमेश राई,जीवन गिरी लगायतको सक्रियतामा बजारमा पैसा उठाई उनको उपचारको लागी १२ हजार रुपैँया सहयोग गरिएको थियो । 

विवाहको अवसरमा आँफूलाई सहयोग गर्ने कुनै थाहै नभएको बताउँदै परियारले भने ‘भाईहरुले गर्दा मैले नयाँ जीवन पाएको छु,धन्यवाद दिने कुनै शब्द नै छैन ।’ आफ्नो तरहरामा टेलरिङको पसल समेत रहेको र २०५५ सालतिरै ‘हङकङे जहाजले’ नामक एल्बम निकालेको समेत परियारले बताए । लामो समयदेखि आँफूले तरहराको लागी देन दिएको बताउँदै यस ठाउँले आँफूलाई बिर्सन नहुने बताए । स्पाइनल कडको अप्रेसन गरेको र यो उपचार नेपालमा नहुने भएकाले सिलगढीमा गराउनुपर्ने उनले बताए । सो ठाउँमा उपचार गराउँदा धेरै खर्च लाग्ने र आँफूसँग पर्याप्त रकम नभएकोले अन्यलाई समेत सहयोग गर्न उनले अपिल गरे । सम्पूर्ण तरहराबासीले र आफ्ना आफन्तले समेत सकेको सहयोग गर्नुपर्नेमा उनको जोड थियो । आफ्नो समस्या बुझेको र सहयोग गरेकोप्रति उनी भावुक हुँदै भने ‘तरहराका भाईहरुले मलाई सहयोग गरेर नयाँ जीवन दिनुभो यसका लागी मैले जीवनभर भुल्ने छैन ।’ 

परियारकी पत्नी निर्मला मोतेले पनि आफ्नो पतिको अवस्था नाजुक भएको र तरहराका युवाहरुले बचाएको बताईन् । आफ्नो एक छोरा रहेको र तरहराको हिमशिखर बोर्डिङमा पढ्ने गरेकोले समेत छोरालाई पढाउनका लागी अवस्था नाजुक हुने गरेको उनले बताईन् । बहत्तर लिम्बु यसअघि युकेमा बस्दै आएका थिए । लिम्बुले तरहरामा आएर यसअघि पनि बिभिन्न सामाजिक कामहरु गर्दै आएका छन् । समाजका लागी लिम्बु अहिले निकै उदाहरणीय पात्र बनेका छन् । उनले समाज परि

No comments:

Post a Comment