आमा बुबा गुमाएका तीन बालबालिकालाई प्रेस चौतारीको सहयोग

विभेद बिरुद्ध अभियान - २२ माघ २०७४कपिलवस्तु । आमा बुबा गुमाएका तीन बालबालिकालाई प्रेस चौतारी नेपाल कपिलवस्तुले आर्थिक सहयोग गरेको छ ।

चौतरीको २२ औं स्थापना दिवशका अवसरमा अभिभावक गुमाएका ६ महिने दुधे बालक सहित ३ जनालाई १० हजार आर्थिक सहयोग गरेको हो । वाणगंगा नगरपालिका–८ उदयपुरका ८ वर्षीय अर्जुन नेपाली, ६ वर्षीया जमुना नेपाली र ६ महिनाकी शिबानी नेपालीलाई पालन पोषणमा सहयोग पुरयाउन १० हजार सहयोग गरिएको प्रेस चौतारी कपिलवस्तुका जिल्ला अध्यक्ष हरि अधिकारीले बताए ।

गत श्रावणमा बुवाको र एक महिना अघि आमा गरी दुवैको मृत्यु भएपछि तीन जना बालबालिका सहारा विहिन बनेका हुन् । अभिभावक गुमाएका उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् ।

No comments:

Post a Comment