हिन्दुधर्मिक परम्परा अनुसार अन्तर्जातिय विवाह सम्पन्न

विभेद बिरुद्ध अभियान - माघ २५- काठमाडौं । समाजमा अन्तर्जातिय विवाह तथा प्रेमलाई अस्विकार गरिँदै आएको छ । अन्तर्जातिय प्रेम तथा विवाह गर्ने कयौँ जोडीहरुलाई परिवार तथा समाजले बहिस्कार गरेको जातिय विभेद गर्ने गरेको घटनासमेत नसुनिएको होइन । तर, राजधानीमै हिन्दुधर्मिक परम्परा अनुसार अन्तर्जातिय विवाह सम्पन्न भएको छ ।
चन्द्रागिरी २ बाडभञ्ज्याङकी रोजिना परियारलाई चन्द्रागिरी नगरपालीका वडा नम्बर ३ का खेमराज ढकालले प्रेम–मागि विवाह गरेका हुन् ।
बुधबार थानकोटस्थित त्रिभूवन पार्कमा हिन्दुधार्मिक परम्परा अनुसार दुवै परिवारको सहमतिमा विवाह सम्पन्न भएको हो ।
ढकाल र परियारबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।
विवाह समारोहमा दुवै तर्फका परिवारका सबै सदस्य र आफन्तहरु सहभागी रहेको दियो पोस्टमा खबर छ  ।

No comments:

Post a Comment