छोरी जन्माएपछि श्रीमान एकाएक गायब, राधाको बिजोक

विभेद बिरुद्ध अभियान - फागुन १५ -मंगलेसेन । अछामको मंगलेसेन नगरपालिकाकी राधा नेपालीले छोरी जन्माएवछि उनको श्रीमान सम्पर्क बिहीन भएका छन् । श्रीमान सम्पर्क विहीन भएपछि राधा अहिले बैतडीको पाटनमा रहेको सेफ हाउसमा छिन् ।राधाले छोरी जन्माएकै कारण श्रीमान भागेर विदेश गएको उनको आरोप  छ । घरपरिवारले पनि उनलाई घरमा बस्न नदिएपछि उनी २ महिनाकी छोरी काखमा च्याप्दै प्रहरी कार्यालय पुगेकी थिइन् । बच्चासँगै प्रहरी कार्यालयमा आएकी राधालाई प्रहरीले सेफ हाउसमा पुर्याइदियो । २ वर्ष पहिले बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर–६, बगछेनाका सुरेश नाथसँग विवाह गरेकी नेपालीलाई सुरेशका परिवारले तल्लो जातको विवाह गरेको भन्दै घर पस्न दिएन् ।

 घरपरिवारले बस्न नदिएपछि राधा १० महिनासम्म गाउँलेहरुको सहयोगमा अलगै घरमा बसेकी स्थानियले बताएका छन् ।दलितकी छोरीलाइ घरभित्र पस्न नदिने भनेपछि सुरेश र राधा सुेरशकै अर्को घरमा बसेको जनतान्यूजमा खबर छ । अर्को घरमा बस्दा पनि घरमा कोही नभएको बेला ससुराले आफूलाई पीट्ने गरेको राधाले बताइन् । आफूले ससुराले पीटेको कुरा श्रीमानलाई पनि नभनेको राधाको भनाई छ । ‘घरमा मलाई खान समेत केही दिइएन’, राधाले भनिन्, ‘घरमा पानीको धारा समेत छुन दिएका थिएनन् ।’भोकभोकै बसेको देख्दा गाउँलेले लुकाएर खानेकुरा दिए पनि सासुससुराले गाउँलेहरुलाई समेत गाली गरेपछि छिमेकिले पनि आफूलाई सहयोग नगरेको राधा बताईन् ।

घरमा सबैले नराम्रो गरेपछि राधाका श्रीमानले उनलाई झुलाघाटमा लैजानुभएको थियो । ७ महिनाको झुलालघाटको बसाइँपछि राधा र उनका श्रीमान घर फर्केर आए । तर घरमा पहिलेको जस्तै सासुससुराले बस्न नदिएपछि उनीहरु भारतको पीथौरागढ गए ।त्यहाँको १ महिनाको बसाइँमा राधाले छोरीे जन्माइन्। छोरी जन्मिएपछि श्रीमानले उहाँलाई घरमै आफ्नो अंश लिएर बस्ने भन्दै पीथौरागढबाट घर लिएर आए। तर, राधालाई झुलाघाटको एक होटेलमा छोडेरउनका श्रीमान गायब भए । होटेलबाट हिँडेका सुरेश कहाँ गए भन्ने अहिलेसम्म पत्ता लागेको छैन् ।

भारतबाट सँगै फर्केका सुरेश र राधा झुलाघाटको एक होटलामा बसेका थिए । तर त्यसको भोलिपल्ट बिहानै ४ बजे उठेर हिँडेका सुरेश अहिलेसम्म फर्केका छैनन् । अहिलेसम्म आफ्ना श्रीमान नफर्केपछि राधा प्रहरी कहाँ पुगिन् । प्रहरी कहाँ पुगेर आफ्नो समस्या राखेपछि प्रहरीले उहाँलाइ पाटनमा रहेको महिला सेवा केन्द्रमा पु¥याइएको हो ।

No comments:

Post a Comment